नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
अमृता थापा मगर
सदस्य, संविधानसभा, एकीकृत नेकपा (माओवादी)
सभापति, प्राकृतिक स्रोतसाधन, आर्थिक अधिकार र राजस्व बाँडफाँड समिति, संविधानसभा
महासचिव, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)
जन्मः मे, १९७२, स्याङ्जा जिल्ला ।
अमृता थापा मगर सन् १९९६ देखि आरम्भ भएको माओवादी जनयुद्धमा पूणरुपमा संलग्न हुने थोरै महिलामध्ये एक हुनुहुन्छ । दशवर्षो छापामार युद्धको अन्तिम अवस्थामा आइपुग्दा उहाँले जनमुक्ति सेनाको ब्रिगेड कमिसारको रुपमा सेवा पुर्याउनु भएको थियो । सन् २००६ मा माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेपछि उहाँले आफ्नो राजनीतिक कृयाकलापलाई संसदतर्फकेन्द्रित गर्नुभएको छ र संविधानसभामा रहेर नयाँ संविधानको मस्यौदा तयारीमा सक्रिय हुनुहुन्छ ।
थापा मगरको जन्म स्याङ्जा जिल्लामा सन् १९७२ मा भएको थियो र तीन कक्षा उत्तीण गरेपछि उहाँको परिवार पोखरा बर्साई सरेको थियो । "स्याङ्जाको गाउँमा हुँदा म मगर भाषा बोल्थें । हामी राम्रोसँग नेपाली भाषा जान्दैनथ्यौं र मलाई लाग्थ्यो तल्लो जातका मानिसले मात्र मगर भाषा बोल्दा हुन् । त्यसबाहेक महिलाहरुमाथि बढी नै विभेद हुने गरेको मैले अनुभव गरेकी थिएँ । उदाहरणका लागि, मेरो घरमा पूजा गर्न आएका एकजना ब्राहृमणले धार्मिक किताब छुन नदिइ थन्क्याउँथे ताकि महिलाले यसलाई छुन नसकून् ।" थापा मगरका व्रि्रोही भावना यस्तै अनुभवबाट सिर्जित भएका थिए ।
उहाँले एसएलसी परीक्षा सन् १९९० मा दिनुभयो जुन वर्षदलविहीन पञ्चायत प्रणालीलाई हटाउन जनआन्दोलन चलिरहेको थियो । शिक्षकहरुले नेपालमा बहुदलीय प्रजातन्त्रलाई पुनर्स्थापित गर्न भएका पर््रदर्शनमा सक्रिय सहभागी भएको उहाँले नजिकबाट नियाल्नुभएको थियो । मुलुकमा ठूलो राजनीतिक परिवर्तन ल्याउन सफल यस ऐतिहासिक घटनाले उहाँलाई उत्प्रेरित गरेको थियो ।
थापा मगरको उत्प्रेरणाको अन्य स्रोतमा उहाँका बुबा हुनुहुन्थ्यो जो पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक हुनुहुन्थ्यो । उहाँ वामपन्थी विचारधारातर्फढल्कनु भएको थियो र सन् १९७९ मा पञ्चायती शासनका बिरुद्ध सञ्चालित विद्यार्थी आन्दोलनमा संलग्न हुनुहुन्थ्यो । अमृताले राजनीतिका विषयमा बुबाले साथीहरुसँग गरेका कुराकानी ध्यानपुर्वक सुन्ने गर्नुहुन्थ्यो र उहाँका किताब पढ्ने गर्नुहुन्थ्यो । राजनीतिमा महिलाको सहभागिताको विरोधमा समाज रहेको भए पनि उहाँका बुबाले राजनीतिमा प्रवेशका निम्ति सहयोग गर्नुभयो ।
जनआन्दोलन सफल भएपछि थापा मगरमा जनताको शक्तिले अधिकार स्थापित गराउने सामर्थ्यको गहिराइ बुझ्न सक्षम बनायो र उहाँ प्रविणता तहको पहिलो वर्षै हुँदा अखिल स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) को सदस्य बन्नुभयो । बहुदलीय प्रजातान्त्रिक पद्धति स्थापित गरेर मात्र पर्याप्त हुँदै भन्ने उहाँमा विश्वास थियो र उहाँ मुलुकमा गणतन्त्र स्थापित हुनुपर्दछ भन्ने मान्यता राख्नुहुन्थ्यो । राजनीतिक स्वतन्त्रता पाएको अनुभूति भए पनि जनजातीय समूह, दलित र महिलाको रुपमा विभेदले नेपाली समाजलाई क्षतविक्षत पारेको थियो । थापा मगर भन्नुहुन्छ, "हाम्रो समाजमा रहेका त्यस्ता समस्याको समाधानका निम्ति म राजनीतिमा प्रवेश गरेकी थिएँ ।"
थापा मगरले सन् १९९१ को आम निर्वाचनको अवधिमा नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र को 'गण्डकी साँस्कृतिक संगम' नामको साँस्कृतिक टोलीको सदस्यको रुपमा काम गर्नुभयो । काठमाडौंस्थित सरस्वती क्याम्पसमा अध्ययन गर्दा उहाँले विद्यार्थी संगठनमा काम गर्नुभएको थियो ।
सन् १९९५ मा थापा मगरले राजनीतिलाई निरन्तरता दिने शर्तमा पार्टी सदस्य कामरेड हितमान शाक्यसँग अन्तर जातीय विवाह गर्नुभयो । उहाँका बुबाले अर्को जातको व्यक्तिसँग विवाह गर्ने कुरालाई विरोध गर्नुभयो तर उहाँले व्रि्रोह गर्नुभयो र विवाह बन्धनमा बाँधिनुभयो ।
जनयुद्ध आरम्भ गर्ने विषयमा पार्टी भीत्र विभाजन आए पछि उहाँ र उहाँका श्रीमान्ले पुष्पकमल दाहाल प्रचण्डसँग सम्मिलित हुने निर्णयगर्नुभयो । उहाँको पार्टीको नाम बदलेर मार्च १९९५ मा नेकपा (माओवादी) राख्यो र १८ फेब्रुअरी १९९६ मा जनयुद्ध आरम्भ गर्यो । त्यसबखत उहाँ सरस्वती क्याम्पसमा स्नातक तहमा अध्ययनरत हुनुहुन्थ्यो ।
"जनयुद्धको पहिलो दिन म काठमाडौंमा थिएँ । म त्यसबखत विद्यार्थी संगठनका साथै महिला संगठनमा आबद्ध थिएँ । जनयुद्ध आरम्भ भएको छ दिनपछि क्याम्पसमा मलाई खोज्न प्रहरी आएको थाहा पाएर म भूमिगत भएँ," उहाँ सम्झनुहुन्छ । युद्धको प्रारम्भकालमा पार्टी भीत्र पुर्णकालीन काम गर्ने ४०-५० जना महिला मात्र थिए । नारी दिवस (८ मार्च, १९९६) को अवसरमा काठमाडौंमा खुलारुपमा माओवादीको महिला संगठनले थापा मगरकै संयोजकत्वमा 'महिला आन्दोलनको कार्यदिशा' नामक सेमिनार आयोजना गरिएको थियो । सहभागी महिलाले जनयुद्धको र्समर्थन गरेको घोषणा गर्नुभयो । प्रहरीले उनीहरुलाई पक्राउ गर्न खोजेको थियो तर सबैजना भाग्न सफल भए । "पार्टीको विभिन्न संगठनमध्ये हामी महिलाको संगठन नै पहिलो हो जसले जनयुद्धलाई र्समर्थन गरेको पहिलो घोषणा गरेको थियो," उहाँ भन्नुहुन्छ ।
त्यसलगत्तै, पार्टी थापा मगरलाई पार्टीले संगठन विस्तारका निम्ति पुर्वाञ्चल पठायो । उहाँले सुनसरी र मोरङजस्ता पुर्वाञ्चलका जिल्लामा जिल्ला सदस्यकै रुपमा काम गर्नुभयो । "मैले करिब एकवर्षविराटनगरमा बसेर काम गरेँ । मैले नाम परिवर्तन गरेँ र केही मानिसले मात्र मलाई चिनेकोले काम गर्न त्यति समस्या परेन ।" त्यसपछि उहाँलाई धरान पठाइयो तर पछि उहाँ छोरी जन्माउने सिलसिलामा पोखराको घर पुग्नुभयो । पार्टीले उहाँलाई पोखरामै रहन अनुमति दिएको भए पनि थापा मगरलाई क्षेत्रीय समिति सदस्यमा घटुवा गरिएको थियो । "मेरो पार्टीले मलाई घटुवा गरेर सजाय दियो किनभने मैले बच्चा जन्माएँ । त्यसैले, मैले पार्टीीत्रै संर्घष गरेँ, यसैगरी महिलाको उन्नति हुन सक्दैन भनेर व्रि्रोह गरेँ । त्यसपछि मलाई पोखराको इलाका सचिवमा नियुक्ती दिइयो । उक्त घटनापश्चात महिलाहरुलाई बच्चा जन्माएकै कारण कहिल्यै पनि घटुवा गरिएन," उहाँले भन्नुभयो ।
थापा मगरलाई सन् १९९९ मा क्षेत्रीय ब्युरो सदस्यमा पदोन्नति गरियो र नेपाली महिलालाई संगठित गर्न नयाँ दिल्ली पठाइयो । उहाँले त्यहाँ करिब दुईवर्षम्म महिला विभागको इन्चार्जको रुपमा काम गर्नुभयो । नोभेम्बर २००२ मा उहाँ उदयपुर जिल्ला कमिटीको इन्चार्जको रुपमा काम गर्न नेपाल र्फकनुभयो । सन् २००४ को केन्द्रीय कमिटी बैठकमा कूल ९३ जना सदस्यमध्ये ११ जना महिला केन्द्रीय कमिटी सदस्यमा उहाँले पनि नियुक्ती पाउनुभयो । उहाँले तर्राईका धेरैवटा जिल्लाहरुमा पार्टीकोइन्चार्जको रुपमा काम गर्नुभयो ।
थापा मगरले व्रि्रोहको अवधिमा परिवारसँग अलग्गिएर बस्नुभयो र छोरीलाई बुबाआमाको काखमा छाड्नुभएको थियो । उहाँका बुबालाई पक्राउ गरिएको थियो र एकवर्षम्म जेल पर्नुभयो । बुबालाई नराम्रोसँग यातना समेत दिइएको थियो ।
अक्टोबर २००५ मा थापा मगर जनमुक्ति सेनाको ब्रिगेट कमिसार बन्नुभयो जुन माओवादी शसस्त्र बलमा महिलाले सम्हालेको सबैभन्दा माथिल्लो पद हो । उहाँले धेरैवटा फौजी कारवाहीमा सहभागी हुनुभयो, खासगरी पूर्वी नेपालमा, जसमा घोडेटार (भोजपुर जिल्ला), बन्दीपुर (सिराहा जिल्ला) र धनकुटा छन् । भोजपुरको आक्रमणमा उहाँलाई गोली समेत लागेको थियो ।
राजा ज्ञानेन्द्रको बिरोधमा सात राजनीतिक दलको गठबन्धनले अप्रिल २००६ मा आरम्भ गरेको दोस्रो जनआन्दोलनमा थापा मगरको ब्रिगेडलाई पुर्व-पश्चिम राजमार्ग अर्न्तर्गत तर्राईमा सुरक्षाकर्मीको आवागमनलाई रोक्नका निम्ति परिचालन गरिएको थियो । "दोस्रो जनआन्दोलनको अवधिमा र्सवसाधारणको भेलालाई दबाउन आइरहेको सुरक्षाफौजलाई रोक्न म काकडभिट्टामा मेरा जनमुक्ति सेनासँग थिए," उहाँ भन्नुहुन्छ ।
जनआन्दोलनको सफलतापश्चात थापा मगरलाई पार्टीकोसंगठनमा काम गर्ने पुनः जिम्मेवारी दिइयो र पार्टीको इन्चार्जको रुपमा तेह्रथुम र धनकुटा जिल्ला पठाइयो । उहाँ पार्टीकोमहिला संगठनमा पर्ूण्ाकालीन कार्य गर्नेगरी महासचिवको रुपमा काठमाडौं र्फकनुभयो र सन् २००७ मा काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकार) को पाँचौं महाधिवेशन आयोजना गर्नुभयो । उहाँलाई पार्टीको तर्फाट जनवरी २००७ मा अन्तरिम संसदको सदस्यमा नियुक्त गरिएको थियो भने समानुपातिक प्रतिनिधित्वको रुपमा संविधानसभा सदस्यमा समेत उहाँ अहिले कार्यरत हुनुहुन्छ ।
थापा मगर व्रि्रोहका अवधिमा धेरै नोक्सानी व्यहोर्नु परे पनि उहाँको पार्टी कहिल्यै नथाक्ने बताउनुहुन्छ । उहाँ नसुतिकन दिनरात हिँडेको सम्झनुहुन्छ । प्रमुख सैनिक कारवाहीको क्रममा थोरै खानाको भरमा घाइते साथीहरुलाई बोकेर धेरै लामो बाटो तय गर्नुपर्दथ्यो । "तपाईंको निश्चित लक्ष्य र उद्देश्य हुन्छ भने तपाईंले थाकेको महशुस गर्नुहुन्न । आजभन्दा बढी काम गर्नुपरे पनि हामी खुशी थियौं । बन्दुकका गोली हामी नजिकबाट हुँइकिन्थे तर हामीलाई डर लाग्दैनथ्यो ।"
माओवादी व्रि्रोहमा महिलाको सहभागिता र संलग्नताले पुरुषकै समकक्षमा महिलाले काम गर्नसक्ने प्रमाणित गरेको थियो । "सामाजिक रुपान्तरणका निम्ति आफ्नो जीवन उर्त्र्सग गर्न महिलाहरुले पनि सक्दछन् भन्ने विश्वास हामीमा थियो । महिलाहरुले पार्टी भीत्र सबैभन्दा इमान्दार र विश्वासिलो रहेको प्रमाणित गरेका छन् ।"
थापा मगर महिलाले राजनीतिक परिवर्तन गर्न सफल भए पनि महिलाप्रति समाजले हर्र्ने दृष्टिकोण र विभेदमा परिवर्तन ल्याउन बाँकी रहेको बताउनुहुन्छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने र निर्धारित समयमै जनताको अधिकारलाई सुनिश्चित गर्नेगरी संविधान निर्माण गर्ने कार्य सम्पन्न गर्न अझै बाँकी छ । यसैगरी, आर्थिकरुपमा पछि परेकाहरुलाई आर्थिक कृयाकलापमा पहुँचको विषय समेत पूरा गर्न त्यसै बाँकी छ ।
उहाँ नेपाली महिलाका धेरै समस्या रहेको बताउनुहुन्छ । उदाहरणका लागि, दलित महिलालाई अझै पनि 'अछुत' मानिन्छ र मधेशी महिलाले विभिन्न विषयका समस्या भोग्नु परिरहेको छ । थापा मगर यस्ता महिलाका निम्ति धेरै काम गर्न बाँकी रहेको विश्वास व्यक्त गर्नुहुन्छ । "हामीहरु रुपान्तरणकै चरणमा छौं र संविधानसभामार्फ मुलुकमा नयाँ पद्धति बसाल्न कार्यरत छौं । तर केही मानिसहरु पुरानै पद्धतिलाई जोगाउन प्रयासरत छन् । उनीहरुका कारण अस्वस्थ राजनीति हावी भइरहेको छ," उहाँले भन्नुभयो । "हामीले समस्या सिर्जना गर्ने त्यस्ता मानिसलाई नङ्ग्याउनु पर्दछ र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनका निम्ति कदम अघि बढाउनु पर्दछ । यसको कुनै विकल्प छैन ।"
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .