नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
अष्टलक्ष्मी शाक्य
केन्द्रीय कमिटी सदस्य, नेकपा -एमाले)
अध्यक्ष, नेकपा (एमाले) महिला विभाग
पूर्वउद्योगमन्त्री
जन्मः अक्टोबर १९५३, जोछें, काठमाडौं ।
अष्टलक्ष्मी शाक्यको जन्म सन् १९५३ को वडादशैंको अष्टमी तिथीका दिन संभ्रान्त नेवार परिवारमा आठमध्ये दोस्रो सन्तानको रुपमा हनुमानढोका दरवार स्वायर नजिकको जोझेंमा भएको थियो । परिवारका कुनै पनि सदस्य राजनीतिमा संलग्न नभए पनि उहाँ वामपन्थी राजनीतिमा रुची राख्नुहुन्थ्यो । यसै कारण उहाँले २० वर्षो उमेरमै लोकतन्त्र, समानता र महिला मुक्तिको निम्ति संर्घष्ामा होमिन परिवार समेत त्याग गर्नुभयो ।
विद्यालय तहको अध्ययन पूरा नगर्दासम्म काठमाडौंका परम्परागत नेवारी समुदायका अरु केटीहरुझैं उहाँ पनि सरल र लज्जालु स्वभावकी हुनुहुन्थ्यो । प्रवेशिका परीक्षा सन् १९७१ मा उत्तीर्ण गरेपछि उहाँले बसन्तपुरमा स्तम्भकार लेखिकाका रुपमा आजकल परिचित साथी सुलोचना मानन्धरसँगै चीनीया भाषा कक्षामा भाषा सिक्न थाल्नुभयो । दुवै केटीहरुका विषयमा त्यसबखत खुब चर्चा हुन्थ्यो किनभने दुवैले गर्ने कामहरु त्यसबखतका अन्य केटीहरुले गर्ने कामभन्दा निक्कै फरक थियो - उहाँहरु साइकल चलाउने, कार चलाउने, पौडी खेल्ने र शारीरिक अभ्यास गर्ने गर्नुहुन्थ्यो । उहाँहरुले गर्ने यी कामहरु परिवारका सदस्यलाई पत्तो समेत हुँदैनथ्यो भने परिवारको स्वीकृति समेत लिने गर्नुहुन्नथ्यो । आँफैले पढ्ने गरेको स्थानीय विद्यालयमा उहाँले पढाउन समेत थाल्नुभयो । रत्नराज्य लक्ष्मी कलेजमा थप अध्ययनका निम्ति उहाँ भर्ना हुनुभयो ।
चीनीया भाषाको अध्ययनकै क्रममा उहाँले वामपन्थी बौद्धिक व्यक्तित्व र फिजिसियन डा. महेशमान श्रेष्ठबाट भाषा मात्र नभइ कम्युनिज्म र कम्युनिष्ट मुलुकका मानिसका विषयमा धेरै ज्ञान प्राप्त गर्नुभयो । उहाँ अन्य वामपन्थी नेताहरुका साथै माओत्से तुङको जीवन र योगदानबाट धेरै प्रभावित हुनुभयो । खासगरी, उहाँलाई क्रान्तीको अवधिमा चीनमा महिला अधिकारकर्मीले गरेका संर्घष्ाका गाथा समेटिएका लेखहरु पढ्न मन लाग्दथ्यो । नेपाली समाजलाई पनि चीनमा माओले गरेझैं परिवर्तन गर्ने कुराले उहाँको दिमागलाई पटकपटक प्रहार गरिरहन्थ्यो ।
रत्नराज्य लक्ष्मी कलेजमा उहाँ आफ्ना साथीबीच अधिकाँश समय राजनीतिक मुद्दाहरुमा बहस गर्नुहुन्थ्यो । बुर्जुवा शिक्षाको नकारात्मक पक्षका सम्बन्धमा सुनेपछि उहाँलाई कलेजमा लिइरहेको शिक्षाको विश्वास हटेर गयो । वास्तवमा, उहाँका बुबाआमा कलेजमा उहाँका गतिविध्रि्रति शंका गर्नुहुन्थ्यो । उहाँका बुबाआमा उहाँका गतिविध्रि्रति कडाइ गर्ने प्रयत्न गर्नुहुन्थ्यो तर उहाँले रातको समयमा भए पनि राजनीतिक भेलामा सहभागी हुने अनेक जुक्ती निकाल्नुहुन्थ्यो । कलेजमा चारवर्षबिताएपछि उहाँले बुर्जुवा शिक्षा त्याग गर्नुभयो ।
एकदिन उहाँका भाषा र राजनीतिक गुरु डा. श्रेष्ठ उपचारका निम्ति चीनतर्फप्रस्थान गर्नुभयो । अष्टलक्ष्मी र उहाँका चीनीया भाषा कक्षाका साथीहरु शिक्षकविहीन बन्नुभयो । त्यसपछि उहाँहरुले करिब साठी जना युवाको समूह बनाएर कम्युनिज्मका बारेमा मानिसलाई पढाउन गाउँ भ्रमण गर्ने तथा क्रान्ति र कम्युनिष्ट नेताहरुका बारेमा पुस्तिकाहरु प्रकाशन गर्नेजस्ता कृयाकलापमार्फ समाज परिवर्तनका लागि अग्रसर हुन थाल्नुभयो । कुनै पनि राजनीतिक दलसँग आबद्ध नभइ उहाँहरुले तीन वर्षम्म काम गर्नुभयो । शिक्षकको रुपमा काम गर्ने अवसरका कारण उहाँलाई यस्ता गतिविधिमा संलग्न हुन अत्यन्त सहयोग पुर्याएको थियो र उहाँले बुबाआमालाई गाउँमा विद्यालयकै कामको सिलसिलामा गएको भन्न पाउनु भयो ।
काठमाडौंका सुनचाँदी व्यवसाय गर्ने धनी शाक्य परिवारमा जन्मेहुर्के पनि उहाँले आफ्नो जीवनमा महङ्गा गहना लगाउने चाहना कहिल्यै राख्नुभएन । उहाँ आफ्ना अन्य पाँचजना दिदीबहिनीभन्दा पूरै भिन्न हुनुहुन्थ्यो । अष्टलक्ष्मीका शंकास्पद कृयाकलाप बुझेपछि उहाँका अभिभावकले उहाँको विवाह गरिदिने निर्णयगर्नुभयो । उहाँले अभिभावकको यस्तो मनसाय विवाहको टुंगो लागेपछि मात्र थाहा पाउनुभयो । दुःखका साथ उहाँले आफ्ना हुनेवाला दुलाहालाई आफूले विवाह गर्न नसक्ने सन्देश पठाउनुभयो । यस्तो घटना भएपछि उहाँ केहीदिन घरको कोठामै थुनिनु भयो । घरबाट बाहिर निस्कन समेत नपाए पछि अष्टलक्ष्मीले बहिनी सुनिता र साथी सुलोचनाको मद्दतले घरबाट भाग्ने र पार्टीीाममा लाग्ने योजना बनाउनुभयो । यसबखतसम्म, उहाँले नेकपा (मार्क्सवादी-लेनिनवादी) सँग युवा साथीहरु रघु पन्त र सीता खड्कामार्फ सर्म्पर्क स्थापित गरिसक्नुभएको थियो र यो दल पञ्चायती शासनकालमा प्रमुख भूमिगत पार्टी थयो ।
सन् १९७९ को डिसेम्बर १९ को दिन थियो । यही दिन उहाँले राम्रा कपडा र गरगहना लगाएर साथीको घरमा भोज छ भन्दै छलेर घर त्याग गर्नुभयो । त्यसअघि नै उहाँले आफ्ना महत्वपर्ूण्ा पुस्तक र कागजातहरु बाहिर पुर्याइसक्नु भएको थियो । उहाँले साथीभाइसँग रहेका आफ्ना तस्वीरहरु संकलन गरेर डढाइदिनुभयो । उहाँले आफ्नी बहिनीलाई दुइ पृष्ठको एउटा चिठी लेखेर केही दिन नखोल्न भन्दै छाड्नुभयो । उहाँले त्यसपत्रमा जनताका निम्ति आफूले केही गर्न चाहेको र आफ्नो खोजी नगर्न भन्नुभएको थियो ।
"महङ्गा कपडा र गरगहना लगाएर म सोझै पार्टीको सर्म्पर्क व्यक्तिसँग गएँ र ठूलो सामाजिक परिवर्तनका निम्ति भूमिगत जीवन आरम्भ गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेँ," उहाँ भन्नुहुन्छ । उहाँले महङ्गा गरगहना समेत आफ्ना सबै सरसामान पार्टीलाई हस्तान्तरण गर्नुभयो र पार्टीको निर्देशन सिरोपर गर्ने प्रतिज्ञा गर्नुभयो । त्यसबखत, नेकपा (माले) को बाग्मती अञ्चल इन्चार्ज अमृतकुमार बोहरा हुनुहुन्थ्यो र पछि उहाँ जीवनसँगी समेत बन्नुभयो । यसरी, २५ वर्षो उमेरमै उहाँले राजधानीको सुविधायुक्त जीवनशैली त्याग गर्नुभयो र दुगम गाउँमा भूमिगत जीवन आरम्भ गर्नुभयो ।
भूमिगत जीवन आरम्भ गर्नासाथ उहाँ सुविधामुखी सहरी बासिन्दा नभइ दुःखीको सेवामा समेत उत्तिकै खरो उत्रन सक्ने चुनौति आइलाग्यो । पार्टीी उहाँलाई काठमाडौं उपत्यकाको पूर्वमा रहेको सिन्धुपाल्चोक जिल्लाको पिस्कर गाउँमा काम गर्ने जिम्मेवारी दियो । उहाँ सम्झनुहुन्छ, "नगरकोटबाट दुई दिन हिँडेपछि हामीहरु मध्यराती २ बजे पिस्कर पुग्याँै । एकजना महिला कमरेडले मलाई अङ्गालो हाल्नुभयो र खोले दिनुभयो । म धेरै थाकेकी थिएँ तर मैले कल्पना गरेको एउटा लक्ष्य प्राप्तीको आरम्भ भएकोमा औधी खुशी थिएँ ।"
पिस्करमा पार्टी सगठन स्थापित गर्न उहाँले दुईवर्षकाम गर्नुभयो । त्यहाँको जीवन उहाँले कल्पना गरेकोभन्दा धेरै भिन्न थियो । उहाँ त्यहाँका स्थानीय वासिन्दा थामी समुदायबीच रहनुभयो । त्यहाँ बस्दा उहाँ तीनमहिनासम्म एउटा गुफामै बस्नुपर्यो । गाउँमा खानेकुराको नाममा एक गेडो पनि अन्न थिएन र उहाँले खोले र सिस्नु खानु पथ्र्यो, यस्तो खानेकुरा उहाँले कहिल्यै खानुपरेको थिएन । तर उहाँले थामी जनताको यथार्थता बुझ्ने अवसर पाउनुभयो । स्थानीय जनतासँग बस्दा र काम गर्दा उहाँले मुलुकको तितो पक्षलाई बुझ्नुभयो । उहाँले त्यहाँका जनता औधि गरीब भए पनि राजनीतिक रुपमा सचेत रहेको पाउनुभयो । गउँमा रहँदा उहाँले गाउँलेहरुलाई र्सार्वजनिक स्वास्थ्यका बारेमा लेख्न र पढ्न सिकाउनुभयो । शिक्षकको रुपमा काम गर्दाको उहाँको अनुभव यहाँ काम लाग्यो ।
वि.स. २०४६ मा बहुदलीय प्रणाली पुनःस्थापित हुनुअघि मुलुकका विभिन्न भागमा उहाँले एघार वर्षभूमिगत जीवन विताउनुभयो । उहाँ कीर्तिपुरको पाँगा, काठमाडौंको टोखा, इलाम र झापामा बस्नुभयो । समय वित्दै जाँदा उहाँलाई पार्टी भीत्र सक्रिय महिलाको रुपमा बढुवा गरियो । सन् १९८४ मा उहाँ झापाको जिल्ला समितिमा सदस्य र अखिल नेपाल महिला सँघको मेची अञ्चल इन्चार्ज बन्नुभयो । सन् १९८८ मा उहाँ मेची अञ्चल कमिटीको सदस्य बन्नुभयो ।
भूमिगत जीवन आरम्भ गरेको केही समयपछि नै सन् १९८० मा उहाँले अमृत कुमार बोहरासँग विवाह गर्नुभयो । बोहरा अहिले नेकपा (एमाले)का स्थायी समिति सदस्य हुनुहुन्छ । यो वास्तवमै अनौठो विवाह थियो । विवाहका निम्ति दुवैले पार्टीमा आवेदन गर्नुभयो र पार्टीले अनुमति प्रदान गरेको थियो । "हामीले रुमाल साटासाट गरेका थियौं र मुलुकलाई साक्षी राखेर कसम खाएका थियौं । यसरी हामीहरु श्रीमान र श्रमती भएका हौं । यो साँच्चिकै सामान्य समारोह थियो," उहाँ सम्झनुहन्छ ।
तैपनि, उहाँले कहिल्यै विवाह भएको अनुभव गर्नुभएन किनभने उहाँ त्यसबखत पूर्णकालीनरुपमा राजनीतिक कृयाकलापमा संलग्न हुनुहुन्थ्यो । उहाँका निम्ति सबैभन्दा कठिन समय नै दुईजना बालबच्चा जन्मदाको क्षण थियो । एकपटक, काठमाडौं बाहिरको पाँगामा आश्रय लिएको समयमा पञ्चायती प्रशासनको आँखा छलेर छोरी लिएर भाग्नु परेको थियो । एक छोरा र एक छोरी गरी दुई केटाकेटीको हेरचाह गर्नु हरेक कदममा चुनौतिपूर्ण थियो । दुवै केटाकेटीको बाल्यावस्था अधिकाँश समय साथीहरुको घरमै वितेको थियो । उहाँले आफ्नो १५ महिनाको सानी छोरीलाई समेत छाडेर हिँड्नुपरेको थियो । बच्चाले अष्टलक्ष्मीलाई कहिलेकाँही आमा भनेर चिन्दैनथे । छोरा र छोरी अलगअलग स्थानमा हुर्केका कारण एकअर्काप्रति उनीहरु त्यति हेलमेल गर्दैनथे ।
उहाँ भूमिगतकालमै पटकपटक पक्राउ समेत पर्नुभयो । इलाममा पक्राउ पर्दा काठमाडौंबाट आएकी नेवार गृहिणी भनेर झुक्याएर भाग्न सफल हुनुभयो । तर झापामा साथीसँगै गिरफ्तार हुँदा भने यस्तो गर्न सक्नुभएन । उहाँ इलाम कारागारमा थुनिदा उहाँका बुबा काठमाडाैबाट धेरै वर्षछि आफूलाई भेट्न इलाम पुगेको सम्झना गर्नुहुन्छ । उहाँलाई २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि मात्र रिहा गरियो । त्यसपछि, अष्टलक्ष्मीले आफ्नो परिवारका सदस्यसँग भेट गर्नुभयो । दशवर्षपछि घरपुग्दा उहाँका बुबाले उहाँको कामको प्रशँसा गर्नुभएको थियो तर उहाँले राम्रो कार्य गर्नकै निम्ति घर त्याग नगरेको भए पनि हुन्थ्यो भन्नुभयो ।
उहाँ प्रतिनिधिसभाको सदस्यको रुपमा काठमाडौंबाट सन् १९९९ को आम निर्वाचनमा विजयी हुनुभयो । उहाँलाई २००४ मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइयो । यसबाहेक, पार्टीमा उहाँलाई धेरैवटा जिम्मेवारी समेत दिएको थियो । उहाँलाई मुस्लिम इत्तेहाद संगठन, केन्द्रीय कानुन विभाग र संसदीय सुनुवाई समिति, इत्यादिमा जिम्मेवारी दिइयो ।
अष्टलक्ष्मीले पार्टी भीत्र महिला संगठन स्थापित गर्न महत्वपूर्व भूमिका खेल्नुभयो । सन् १९८१ फेब्रुअरीमा गौरा प्रर्साईं, सुशीला श्रेष्ठ र अन्यले हेटौंडामा नेकपा (माले) को महिला कमरेडको गोप्य भेला आयोजना गरेर अखिल नेपाल महिला संघलाई सक्रिय संस्थाको रुपमा पुनर्गठित गर्नुभयो । यस भेलाले शान्ता मानवीलाई अध्यक्षमा निर्वाचित गर्यो । अष्टलक्ष्मीले पार्टीमा महिला सदस्यहरु धेरै उपस्थित गराउन योगदान गर्नुभयो ।
अष्टलक्ष्मी आफ्नो दल र मुलुकका निम्ति निष्ठापूर्वक समर्पित भएर महत्वपूर्ण योगदान गर्न पाएकोमा गर्व गर्नुहुन्छ । "संर्घष नै मेरो लक्ष्य हो । पार्टीको निम्ति त्यति धेरै काम गरेकै कारण हामीले पदभन्दा पार्टी लाई माया गर्दछौं," उहाँ भन्नुहुन्छ ।
उहाँले मुलुकमो सामाजिक र राजनीतिक परिवर्तनका निम्ति आफ्नो आरामदायी जीवन र व्यक्तिगत खुशीयालीलाई बलिदान गर्नुभयो । उहाँको संर्घष र उपलब्धीलाई खासगरी महिला अधिकारकर्मीले मुलुकमा नमूनाको रुपमा लिनुपर्दछ ।
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .