This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


विद्या भण्डारी

उपाध्यक्ष, नेकपा एमाले
मन्त्री, रक्षा
जन्म, सन् १९६१, भोजपुर

नेकपा एमालेका पर्ूव महासचिव मदन भण्डारीसँग विवाह गर्नु अगाडिसम्म विद्या भण्डारीलाई निकै कम मानिसहरु चिन्थे । मदन भण्डारीको सन् १९९६ मा गाडी दर्ुघटनामा मृत्यु भएपछि मानिसहरु उहाँलाई चिन्न, याद गर्न थाले । केहीले त उहाँलाई विधवा राजनीतिज्ञ भनेर खिसी पनि गरे, जब उहाँले मदन भण्डारीको ठाउँबाट सोही साल चुनाव लड्नुभयो र जित्नु पनि भयो । आज तिनै मानिसहरु उहाँले पार्टर्ीीे आठौं महाधिवेशनमा चुनाव लडेरै उपाध्यक्षको पद हासिल गरेको र हाल आएर रक्षा मन्त्रीको पद समेत सम्हालेको देखेर उहाँलाई एक सफल राजनीतिज्ञ भनेर स्वीकार गर्न बाध्य भएका छन् ।

उहाँको जन्म सन् १९६१ - विसं २०१८ असार ५)मा नेपालको पर्ूर्वी पहाडी जिल्ला भोजपुरको आम्बोटे गाउँमा एक हुनेखाने सम्पन्न ब्राम्हण किसान परिवारमा भएको थियो । उहाँ बाल्यबालदेखि घरपरिवारमा छोरी हुनुको विभेद भोग्नु नपर्ने एक भाग्यमानी महिला हुनुहुन्थ्यो । उहाँका बुबा रामबहादुर पाण्डे गाउँको एक स्कुलमा हेडमास्टर हुनुहुन्थ्यो भने बाजे तिलकबहादुर पाण्डे समाजसेवक र पञ्चायतकालमा प्रभावशाली प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँले पहिला बेहेरेश्वर प्राथमिक विद्यालयमा भर्ना हुनुभयो र पछि विद्योदय व्यावसयिक माध्यमिक विद्यालयमा पढ्न थाल्नुभयो । त्यहाँबाट उहाँले सन् १९७९ मा एसएलसी पास गर्नुभयो । उहाँ परिवारमै एसएलसी पास गर्ने पहिलो महिला हुनुहुन्थ्यो । 'म गाउँमा रोल मोडेल जस्तै थिएँ र मेरो कारणले अरुहरुलाई पनि आफ्ना छोरीलाई पढाउन प्रेरणा मिल्यो ।'-उहाँले भन्नुभयो ।

उहाँले र्सवप्रथम राजनीतिको बारेमा आफू ७ कक्षामा हुँदा जानकारी लिनुभयो र त्यो चासो बढ्दै गयो । घरमा बाजे र अनेरास्ववियुमा लागेका काकाहरुको राजनीति र राजनीतिक कुराकानीले पनि उहाँ यसमा थप आकषिर्त हुनुभयो । नेपालमा त्यसबेला निर्दलीय पञ्चायती व्यवस्था थियो भने झापामा चाहिँ भारतमा नक्सलाइटहरुको प्रभावमा केही कम्युनिष्टहरुले जमिन्दारहरुको विरुद्ध हतियार उठाएका थिए । गाउँमा तिनीहरुको विरुद्ध नकारात्मक प्रचारवाजी भएको थियो र सामान्य मानिसमाझ कम्युनिष्टहरुलाई टाउको कटुवा र अर्काकी छोरी चेली उठाएर लानेहरुको रुपमा चित्रण गरिएका थिए । त्यसैले गाउँमा केटीहरुलाई विवाहित छ भनेर देखाउन चुरा पोते लगाएर मात्र जंगलमा घाँस काट्न पठाउँथे । तर घरमा भने उहाँले झापाको आन्दोलन भनेको असमानताका विरुद्ध भएको सशक्त व्रि्रोहको रुपमा बुझ्न पाउनुभएको थियो ।

घरमा खानु लाउनुको कुनै कमी थिएन तर उहाँलाई गाउँमा भएका गरीब र भोका नांगाहरुको चिन्ताले सताउँथ्यो । 'गाउँमा मलाई जहिले पनि कोही खान लाउन नपाएको वा घर नभएको मानिस देख्यो कि यहाँ हाम्रो देशमा किन सबै समान छैनन् भन्ने चिन्ता लागिरहन्थ्यो ।'-उहाँले भन्नुभयो ।

उहाँले आफ्ना एक आफन्त खगेन्द्र पाण्डेबाट चिनियाँ क्रान्तिको बारे सुन्नुभएको थियो । उहाँले कम्युनिज्ममा सबैले खान पाउँछ, बस्ने ठाउँ र राम्रो ज्याला दिने काम पाइन्छ भन्ने सुन्नुभएको थियो । यसैबाट उहाँको कम्युनिष्ट दर्शनप्रति आकर्षा बढ्दै गयो । कक्षा ८ मा पढ्दा उहाँले कोअर्डिनेसन कमिटीको बारे थाहा पाउनुभयो । त्यो कमिटी झापा आन्दोलनमा सक्रियहरुले खोलेको थियो र पछि त्यही विकसित हुँदै सन् १९७८ मा नेकपा माले बन्न गयो ।

उहाँ गाउँमा र अन्यत्र स्थानीय जमिनदारहरुका विरुद्ध हुने कार्यमा सक्रिय हुन थाल्नुभयो । 'गाउँमा मेरो बाजेलाई सामन्ती भन्थे । म तिनै सामन्तीहरुको विरोध गर्न अग्रपंक्तिमा हुन्थे । तर उहाँले मलाई मेरो यस्ता क्रियकालापका लागि कहिल्यै गाली गर्नुभएन । बरु मलाई राजनीतिमा अझ लाग्न प्रोत्साहन दिनुभयो ।'- उहाँले भन्नुभयो । अरु उहाँलाई पुराना बाटामा लाग्ने छोरा नातीहरुबाट भन्दा उहाँ नयाँ बाटोमा लाग्नेबाट बढी आशा थियो ।

सन् १९७८ मा विद्याले भोजपुर क्याम्पसमा मानविकी पढ्न थाल्नुभयो । यसै साल काठमाडौंमा विद्यार्थी आन्दोलन शुरु भयो । उहाँले आफ्ना अनेरास्ववियुमा केही साथीहरुले अलि अलि पैसा उठाएर उक्त आन्दोलनमा सहयोग गर्न केही साथीहरुसमेत उताबाट पठाउनुभयो । यो नै उहाँको राजनीतिमा प्रवेश भएको घटना भन्दा हुन्छ ।

विद्या पञ्चायतीकालमा विद्यार्थी नेतृत्वको तर्फाट एकदम सक्रिय हुनुहुन्थ्यो । उहाँको समूह स्थानीय कार्यकर्ताहरुलाई भेट्न र बैठक राख्न दर्ुगम गाउँहरुमा जानुहुन्थ्यो । महेन्द्र मोरङ क्याम्पस विराटगरमा स्नातक गरिरहनु हुँदा उहाँ अनेरास्ववियुको कोषाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँ त्यसपछि विस्तारै अखिल नेपाल महिला संघको तर्फाट पार्टर्ीीाजनीतिर सक्रिय संलग्न हुन थाल्नुभयो । त्यसैबीच उहाँ नेकपा मालेको विराटनगर नगर कमिटीमा पनि संलग्न हुनुभयो ।

सन् १९८२ मा उहाँको विवाह मदन भण्डारीसित भयो । त्यो विवाह पार्टर्ीीे मध्यस्थतामा भएको थियो । बिहा भन्दा अगाडि उहाँले मदन भण्डारीलाई दर्ुइ पल्ट देख्नुभएको थियो सन् १९७९ र १९८० मा, उहाँ भोजपुरमा कार्यकर्ता प्रशिक्षण दिन आउनुभएको बेला । स्वभाविकले उहाँलाई मदन भण्डारीको व्यक्तित्व, राजनीतिक विचारधारा र नेतृत्व क्षमताले प्रभावित पारेको थियो । 'तर हाम्रो बिहे होला भनेर सोचेको थिइन । त्यो पहिलो नजरको प्रेम थिएन । मलाई त उहाँले देख्ने वित्तिकै नर्भस भए जस्तै हुन्थ्यो । उहाँको आफ्नो कुरा सटीक ढंगबाट राख्ने खुबीले मलाई छोयो । मलाई उहाँ पक्कै केही अलग खालको व्यक्तित्व हो जस्तो त लागेको थियो तर कुनै बेला पार्टर्ीीहासचिवै होला भन्ने सोचेको थिइन ।'-उहाँले भन्नुभयो ।

उहाँहरुको विहे अन्तरजातीय थियो - उहाँ ब्राम्हण परिवारबाट आउनुभएको थियो भने मदन भण्डारी एक क्षेत्री परिवारबाट । उहाँको विहेमा परिवारले कुनै सहयोग गरेन र सबै ब्यवस्थापन पार्टर्ीीटै भयो । जब उहाँले आफ्नी आमालाई मदन भण्डारीसँग बिहे गर्ने निर्ण्र्ाासुनाउनुभयो, उहाँले न त्यसलाई सकारात्मक रुपमा लिनुभयो, न विरोध गर्नुभयो । विवाहपछि दुबै आफ्नो आफ्नो तर्फाट पार्टर्ीी सक्रिय हुनुभयो र परिवारको लागि समय दिन सक्नुभएन । उहाँहरुसित आफ्नो बिहेको निर्ण्र्ाासही थियो कि गलत थियो भनेर सोच्ने समय पनि थिए । 'आज भोलि पनि मलाई ती दिनहरु सम्झेर ल्याउँदा डर लाग्छ र कसरी त्यो पार गरी आजको अवस्थामा आइपुगें जस्तो लाग्छ ।'-उहाँले भन्नुभयो ।

विवाहपछि उहाँको श्रीमानले पार्टर्ीी देशको निमित्त धेरै ठूल्ठूला योगदान गर्नुभयो भने उहाँ स्वयम् गुमनामको स्थितिमा बस्नुभयो । त्यसमा उहाँको कुनै अपशोच छैन । बरु उहाँ त भन्नुहुन्छ- 'मैले थुप्रै नेता पत्नीहरुमा एउटा अव्यक्त दुःख पाएको छु । उनीहरु आफूले आफ्नो श्रीमानको प्रगतिको लागि आफ्नो क्षमता र मौकाको बलि चढाएको ठान्नुहुन्छ । मलाई त त्यस्तो लाग्दैन । घाँटी जोडेर आफ्नो श्रीमानसँग प्रतिस्पर्धा गर्नुको सट्टा मैले नै उहाँलाई अगाडि बढ्न दिएँ र आफूलाई घर गृहस्थीमा व्यस्त राखे । न मैले कहिल्यै उहाँ कुनै पद र क्षमताका फाइदा लिएँ, न कहिल्यै उहाँसित जोरी खोजे । बरु म मेरो कारणले उहाँ कतै कुनै विवादमा नफसोस् भन्नेतर्फर्सतर्क थिएँ ।'

सन् १९९३ मा श्रीमानको मृत्यु भएपछि बल्ल उहाँ राजनीतिमा देखा पर्न थाल्नुभयो । सन् १९९४ को मध्यावधि चुनावमा पार्टर्ीी उहाँलाई उहाँको श्रीमान सांसद छानिएकै चुनाव क्षेत्रमा टिकट दियो र पर्ूव प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईलाई हराएर सांसद् हुनुभयो ।

सन् १९८० मा अनेमसंघको स्थापनाकालदेखि नै उहाँ त्यसमा सक्रिय हुनुहुन्थ्यो । पहिले उहाँ विराटनगर, मोरङ जिल्ल्ाा र कोशी अञ्चलको अध्यक्ष हुनुभयो पछि सन् १९९८ मा उहाँ त्यसको केन्द्रीय अध्यक्ष चुनिनुभयो । अनेमसंघमा संलग्न भएदेखि नै उहाँ महिलाहरुलाई आफ्नो हक र अधिकारको लागि संगठित गराउन र अन्याय, अत्याचारका विरुद्ध बोल्न लगाउन थाल्नुभयो । त्यसैबेलामा उहाँले नेपालका महिलाहरु पुरुषले भोग गर्ने हरेक अधिकारबाट कसरी बंचित हुँदै आइरहेका छन्, कसरी महिलाहरु परिवारदेखि समाजसम्म विभिन्न तहमा विभेद सहन बाध्य छन् भनेर बुझ्न थाल्नुभयो ।

उहाँले हाल आएर सन् १९९० को राजनीतिक परिवर्तन अगाडिको र त्यसपछिको महिला आन्दोलनको प्रकारमा केही भिन्नता पाउनुभएको छ । सन् १९९० अगाडि मुख्य लक्ष्य भनेको निर्दलीय पञ्चायती व्यवस्था अर्न्तर्गत महिलाहरुलाई संगठित गर्नु थियो । त्यतिबेला तिनीहरुको आन्दोलन केही हदसम्म राजनीतिक थियो र तिनीहरु सडकबाटै नारी स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त थिए । सन् १९९० पछि राजनीतिक वातावरण खुकुलो भएपछि मध्यम र उच्चवर्गको परिवारबाट आएका महिलाहरु सुकिला लुगा लगाएर दाताहरुको इशारामा महिला मुद्दा उठाउन अघि सरे । उहाँ यी महिला मुद्दाका नवागन्तुक कार्यकर्ताप्रति एकदम नकारात्मक हुनुहुन्छ । उहाँले भन्नुभयो -'हामी राजनीतिक कार्यकर्ताहरु हाम्रो जीवन पिठयुँमा बच्चा बोकेर धुलौटे सडकमा दगुरेर महिला मुक्तिका लागि बितायौं । तर आजभोलि भने हाम्रो मुद्दाबाट फाइदा उठाएर च्याउ झै फैलिएका एनजिओहरु सलबलाइरहेका छन् ।' उहाँलाई आज गर्व यसमा छ कि उहाँ कहिल्यै दाताहरुको पछि लाग्नुभएन र तिनीहरुका शर्तमा सम्झौता गर्नुभएन ।

सन् १९९७ मा त्यतिबेलाको संयुक्त सरकारको लागि विद्या भण्डारी ७ महिनासम्म जनसंख्या तथा वातावरण मन्त्री बन्नुभयो । 'मेरो पोर्टफोलियोसँग म खुशी नै थिएँ तर त्यस्तो वातावरणमा मन्त्रालयमा काम गर्न निकै कठिन थियो जहाँ म मलाई सहयोग गर्ने शायदै मात्र कोही भेट्थें । मैले भन्नै पर्छ एकजना महिला मन्त्री भएको कारणले मैले थप असहयोग झेल्नुपर्‍यो ।'

उहाँले सन् २००६ मा विवादास्पद सम्पत्ति विधेयक दर्ता गर्न पाउनुभयो । नेपाली काग्रेसका केही सांसद्हरुको साथ लिएर । यस विधेयक मार्फ नेपालको इतिहासमा पहिलो पल्ट पैतृक सम्पत्तिमा महिलाहरुले हक पाए र आमाको नामबाट छोराछोरीलाई नागरिकता दिलाउन सफल भए ।

सन् १९९८ देखि केन्द्रीय सदस्य भएर उहाँ हाल पार्टर्ीीे आठौं महाधिवेशनबाट उपाध्यक्ष चुनिनुभएको छ । 'महाधिवेशनको बेलामा थुप्रै पुरुष नेताहरुले मलाई उपाध्यक्षमा नलड्न सल्लाह दिए तर मैले अठोट गरिसकेको थिएँ र म अप्रत्यासित ढंगले निर्वाचित भएँ । म खुशी छु नै, यस त्यसभन्दा बढी मलाई मेरो गहन जिम्मेवारीको ज्ञान छ ।' उहाँले भन्नुभयो । उहाँलाई गत केहीवर्षअगाडिदेखिको पार्टर्ीीत्रको समस्याले चिन्तित बनाएको छ तर अगाडि बढ्दै जाने कुरामा उहाँ निश्चिन्त हुनुहुन्छ ।

राजेन मानन्धर र शुभेच्छा विन्दु तुलाधर

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .