नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
विन्द्रा हाडा भट्टर्राई
सचिव
महिला, बालबालिका र समाज कल्याण मन्त्रालय
जन्म स्थान- भोटाहिटी, काठमाडौं
जन्म मिति - सन् १९६५ जुन २३
'त्यस्तो सुरक्षित जागीर खोज्नेले लोकसेवा लडेर सरकारी जागीर खाए भइहाल्यो नी ! ' स्नातकोत्तर तह पुरा गरि भर्खरै मात्र अध्यापन पेशा शुरु गरेकी एक जुझारु र हठी शिक्षिकाकालागि सहकर्मीका यी शब्द सहृय भएनन् । उनलाई लाग्यो, त्यो उनको क्षमता र आत्मसम्मानमाथिको प्रहार थियो । त्रिचन्द्र क्याम्पसका एक शिक्षकका यी भनाइलाई चुनौती दिनकै लागि शिक्षक बन्ने बालखैकालदेखिको सपनालाई चटक्क चुडाँलेर उनी लागिन्, लोकसेवा आयोगको परीक्षा तयारीतर्फ।
ल्ाोकसेवामा नाम निकालेर शायद उनी तिनै शिक्षकको मेख मार्न चाहन्थिन्, तर त्यही हठले अहिले उनी नेपालकै अत्यन्तै उत्साही महिला सचिव बन्न पुगिन् । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विन्द्रा हाँडासँग अझै पनि आफ्नो जीवनको त्यो पलको सम्झना ताजै छ । 'मलाई लज्जित बनाउन वा बदनाम गर्न वा सम्झाउन, चाहे जुनसुकै कारणले त्यसो भनिएपनि अहिले म उहाँप्रति आभारी छु ।' ती शिक्षकको नाम त उनलाई सम्झना छैन, तर उतिवेला तिखो वचनवाण झै लागेको त्यो त्यही एक वाक्य थियो, जसले उनको जीवनको लक्ष्य नै बदलिदियो ।
वाल्यकालदेखि शिक्षक बन्ने अभिलाषा बोकेकी विन्द्रालाई सरकारी सेवा निवृत्त आफ्ना अधिकृत बाबु विष्णु हाँडाको संगतले समेत यस अघि कहिल्यै छोएको थिएन । अझ भनौ, उनले प्रशाशनिक सेवामा आफ्नो भविष्य कहिल्यै देखेकी सम्म पनि थिइनन् । त्यसैले १९९१ म्ा अर्गानिक रसायन शास्त्रमा त्रिचन्द्र क्याम्पसबाट स्नातकोत्तर तह उतर्ीण्ा गरेलगत्तै उनले सोही क्याम्पसमा आंशीक प्राध्यापकको रुपमा शिक्षण पेशा शुरु गरिन् ।
तर आंशीक प्राध्यापककालागि क्याम्पस भित्र गरिने व्यवहारले भने उनको मन दिनदिनै कँुडिन्थ्यो । प्रगतिका थोरै मौका, अनि कम पारिश्रमिक । आंशिक प्राध्यापकमाथि गरिने यो भेदभावको बारेमा बोल्नर्ुपर्छ भन्ने उनलाई शुरुदेखि नै नलागेको होइन, खाली पर्खाई थियो उचित अवसरको । आंशिक शिक्षककालागि क्याम्पस प्रसाशनस“ग सुरक्षित स्थानको माग गर्ने आन्दोलनको अगुवाई उनैले गरिन् र सोही अभियानको नेतृत्व गर्ने क्रममा एक शिक्षकले अपमानजनक ढंगबाट भनेका तिनै शब्दले उनलाई नयाँ लक्ष्यतर्फडोर्यायो ।
उनी लोकसेवा आयोगको परीक्षा बसिन्, सहजै उतिर्ण्र्ाानि भइन्, तर मनमा शिक्षक बन्ने सपना अझै थियो । त्यसैले उनी फर्केर उही क्याम्पस पुगीन्, जहाँ उनको जम्काभेट उनै शिक्षकसँग भयो । वास्तवमा उनी त्यतिखेर त्यही चाहन्थिन्, 'तस् शिक्षक भेटिउन्, र उनले गर्वसँग भन्न सकुन्, - म सफल भए ।' उनको प्रगतिले अचम्मिएका ती शिक्षकले यतिखेर उनीमाथि व्यंग प्रहार गरेनन्, बरु सहज ढंगले नयाँ करिअरको शुरुवात गर्न हौसला र शुभकामना दिए ।
तर सेवा निवृत्त सरकारी अधिकारीकी छोरी विन्द्रा, सरकारी कार्यालयमा कसरी काम हुन्छ भन्ने कुराबाट अनभिज्ञ थिइनन् । बाल्यकालदेखि नै कर्मचारीतन्त्रमा रहेका कठिनाईलाई नजिकैबाट अनुभव गरिरहेकी विन्द्रा, त्यसैले त यो पेशामा लाग्न त्यति उत्साहित थिइनन् । तर योग्यता, साथी संगाती अनि परिवारको सुझाव र एउटा अनौठो संयोगले उनलाई सन् १९९२ मा खानी विभागमा रसायन शास्त्री बनायो ।
विन्द्राको जन्म सन् १९६५ जुन २३ तारिखका दिन काठमाडौंको भोटाहिटिस्थित विशुद्ध नेवार समूदायमा भएको थियो । परम्परागत् संस्कृति र मान्यतामा कुनै पनि किसिमको परिवर्तन नरुचाउने कट्टर परिवार भएपनि बाबु विष्णुले छोरीको लालनपालन र पढाइ लेखाइकालागि कुनै कञ्जुस्याई गरेनन् । त्यसो त ठूलो -संयुक्त परिवार) परिवारको जेठो छोरा विष्णुको पहिलो सन्तान भएकाले पनि विन्द्राको वाल्यकाल माया - मायामै वित्यो ।
विन्द्राले स्थानीय बालकुमारी हाई स्कुल पढ्न शुरु गरिन् र बुवाको सरुवासँगै उनका विद्यालयहरु प्नि परिवर्तन भइरहे, कहिले नेपालगञ्ज त कहिले भैरहवा । कहिलर्ेर् इलाम त कहिले काठमाडौं । बाबुसँगै देशका यी विभिन्न भागमा भएको उनको बसाइ सराइले उनलाई अर्को पाठ सिकायो - ' वास्तविक जीवनको पाठ । सैद्धान्तिक ज्ञानभन्दा धेरै फरक छ वास्तविक जीवन, र मेरो वाल्यकालले मलाई त्यो जीवन बुझ्न सघाएको छ ।' उनले काठमाडौंको नेपाल आदर्श हाई स्कुलबाट सन् १९८२ मा एस एल सि परिक्षा उतिर्ण्र्ाारिन् । 'त्यसैले वाल्यकालको स -साना घटनाको सम्झनाले अहिले पनि मेरो काममा धेरै सहयोग पुगेको छ ।'
सन् १९९२ मा नगेन्द्र प्रसाद भट्टर्राईस“ग अन्तर जातीय विवाह गरेकी विन्द्राले अन्तरजातीय विवाहकै कारण परिवारबाट कुनै पनि किसिमको कठिनाई भोग्नु परेन । त्रिभुवन विश्वविद्यालयको अग्रेजी विभागमा आबद्ध नगेन्द्रसँगको उनको विवाहको निर्ण्र्ाााई कट्टर विचार र परम्परागत सोच भएको दुवै परिवारले सहर्षस्वीकार गर्यो । जसको फलस्वरुप अहिले उनीसँग हरेक मोडमा प्रोत्साहन गर्ने श्रीमान् छन्, मायालु दर्ुइ छोरी छन्, अनि सहयोगी सासु पनि । 'मेरो श्रीमान र सासु ससुराले सहयोग नगरेको भए म मेरो ब्यावसायीक जीवनलाई निरन्तरता दिन सक्दिनथें ' उनी भन्छिन् ।
श्रीमान् र श्रीमती दुवै काम गर्ने शहरी परिवेशमा अझै पनि महिलाहरु कुण्ठित र अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको परिवार उनले धेरै देखेकी छिन् । आफूले त्यो भोगाईको सामना गर्नु त परेको छैन, तर पनि उनलाई बारम्बार लागिरहन्छ - यो प्रवृत्ति ठिक होइन, तर परिवर्तन त्यति सहज पनि छैन ।
परिवारको सहयोग र आफ्नै लगनशिलताका कारण उनी दिनप्रतिदिन निखारिदै थिइन् । तर एउटै काम निरन्तर ७ वर्षन्दा धेरै समय गरिरहँदा विस्तारै उनले निरस अनुभव गर्न थालिन् । त्यसैले उनले आफूभन्दा वरिष्ठ कर्मचारीलाई आफू अन्य कार्यालयमा सरुवा हुन चाहेको बताईन् । सन् १९९९ मा उनको सरुवा भयो अर्थमन्त्रालयमा जहाँ उनले अतिरिक्त मुल्य कर विभागमा रसायनशास्त्रीको रुपमा काम थालिन् ।
प्राविधिक क्षेत्रमा काम गर्नेहरुकालागि स्तरोन्नतीको मौका न्युन भएको अनुभव उनले गर्न थालिसकेकी थिइन् । त्यसमाथि महिला कर्मचारीमाथि गर्ने व्यवहार पनि फरक भएको उनको अनुभव थियो । एकातिर प्राविधिक व्यक्ति तथा उनीहरुको ज्ञान र विद्वताको अवमूल्यन, अनि अर्कोतिर सहकर्मीहरुको सहयोगको अभाव अनुभप गर्न थालेपछि भने उनको मनमा पेशा परिवर्तनको सोच पनि नआएको होइन । तर समयको माग उनीसँग अर्कै थियो .............................
'थाहा छैन म महिला भएर हो या अरु केही, वा त्यो मेरो सोचाई मात्रै थियो, तर अफिसमा मेरो कामलाई र्समर्थन गर्ने मानिस निकै कम थिए । काम गर्ने उचित वातावरणको अभावले म विरक्तिएको थिए । तर पनि म मेहनत र भाग्यमा विश्वास गर्ने भएकाले मेरा लागि आफसेआफ अघि बढ्ने बाटाहरु खुले ।'
सन् २००२ मा उनी सह सचिव पदको प्रतिस्पर्धाकालागि तयार भइन् र जीत उनकै पोल्टामा पर्यो । आफूले काम गरिरहेको भन्दा दर्ुइ तह माथिको पद यतिखेर उनकालागि कुरिरहेको थियो । तर उनको प्रगतीमार् इष्र्या गर्ने सहकर्मीहरुले दर्ुइ तह बराबरको उनको बढुवा रोक्न सक्दो प्रयास नगरेका होइनन् । उनी उक्त पदका लागि योग्य नभएको, उक्त पदकालागि दिइने जिम्मेवारी सम्हाल्न सक्ने क्षमता नभएको भन्दै उनका विरुद्ध थुपै्रै टिका टिप्पणी भए । तर मेहनत, लगनशीलता र इमान्दारिताले गुथेको उनको पद अरुको इष्र्याले यसै खोसिन सक्ने अवस्था पनि थिएन । सोही वर्षउनी बनिन् - सामान्य प्रशासन मन्त्रालयको सहसचिव ।
आफू एक सरकारी कर्मचारीको परिवारको सदस्य भएको नाताले उनले कर्मचारीको सानो भन्दा सानो समस्याका बारेमा समेत उनी जानकार थिइन् । त्यसैले श्रीमानलाई तलबी विदाको प्रावधान मिलाउन उनले निकै कसरत गरिन् र सफलता समेत हात पारिन् । सरकारी कर्मचारीहरुको स्तरोन्नतीको परम्परागत ब्यवस्थामा परिवर्तन ल्याउनका लागि पनि उनकोे योगदान छ । कडा परिश्रम गर्ने कर्मचारीको स्तरोन्नतीका लागि लब्धाङ्क पत्र -मार्क सिट) मा देखिने श्रेणीले मात्र निर्देश गर्न नसक्ने उनको तर्क छ । उनले यो कुरालाई मुखले मात्र होइन, व्यवहारमै उतारेर देखाइन् । उनकै कार्यकालमा शाखा अधिकृत तहमा काम गर्ने ७० कर्मचारीले आफूले चाहेको क्षेत्रमा काम गर्ने अवसर पाए र उनीहरुको सेवा प्रशंशायोग्य भएको विन्द्राको भनाई छ । र्'कर्मचारीको चाहना बुझ्न सके मात्रै उनीहरुबाट अधिकतम हा“सिल गर्न सकिन्छ । यसबाट फाइदा पाउने भनेको आखिर नागरिक र मुलुकले नै हो ।'
उनले वाणिज्य विभागको महानिर्देशकको रुपमा समेत काम गर्ने अवसर पाइन् । उनकै कार्यकालदेखि बजार अनुगमनलाई नियमित बनाईयो र काला बजारीयाहरुलाई उदाङ्गो पार्ने कामको शुरुवात भयो । भ्रष्टाचारी ब्यापारीहरुलाई नियन्त्रणमा ल्याउन उनले शुरु गरेको उपभोक्ता अधिकारको अभियान अझै जारी छ । बजारलाई सरकारी नियन्त्रणमा ल्याउन सम्भव छ भन्ने कुरा स्थापित गर्न सफल विन्द्रालाई अझै पनि आफूले चाहेजति गर्न नसकेकोमा भने खल्लो लागी रहन्छ ।
पछि, सन् २००७ अक्टोबर १ मा, उनलाई बढुवा गरी मन्त्रीपरिषद् कार्यालयमा सचिवको जिम्मेवारी दिईयो । त्यहाँ उनले १३ महिना काम गरिन् । आफ्नो कार्यकालमा उनले मन्त्रीपरिषद् कार्यालयभित्र सामाजिक, आर्थिक र अन्य मुद्धाहरुका लागि अलग अलग डेस्क निर्माणको प्रावधान स्थापित गरिन् ।
भौतिक पर्ुवाधार र सामाजिक क्षेत्र हर्ेर्ने डेस्कको जिम्मेवारी भने उनको काँधमा थियो । कृषि, आर्थिक, उद्योग, महिला, बालबालिका, शिक्षा, भुमि ब्यवस्थापन र भौतिक योजना सम्बन्धि सुचनाहरु संकलन गरि सोही अनुरुपको योजना बनाउने काम उनले नै शुरु गरिन् । उनकै कार्यकालमा मन्त्रीपरिषद् कार्यालयमा निर्माण भएको डाटाबेस प्रणालीका कारण सम्पर्ूण्ा मन्त्रालय सम्बन्धि सुचना मन्त्रीपरिषदको कार्यालयले प्राप्त गर्न थाल्यो । सम्पर्ूण्ा मन्त्रालयका सुचना एउटै कार्यालयमा प्राप्त हुने भएकाले यसले मन्त्रीपरिषद्को कामलाई सहज बनाउन थप सहयोग गर्यो ।
मन्त्रीपरिषद्को कार्यालयमा रहँदा प्रशाशनिक सुधारका विभिन्न क्षेत्रमा काम गर्ने धेरै ठाउँ हुँदा हुँदै पनि संविधानसभाको तयारी अर्को महत्वपर्ूण्ा अवसरका रुपमा आएकाले उनका धेरै योजनाहरु थाँती रहे । तर पनि संविधानसभाकालागि आफू पनि प्रत्यक्ष सहभागी हुन पाउँदा उनी निकै खुशी छन् ।
सन् २००८ नोभेम्बर ५ तारिखमा उनलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सरुवा गरियो । उनको शब्दमा यो मन्त्रालय ठूलो जिम्मेवारी बोकेको तर सानो अवधारणाले चल्ने मन्त्रालय हो ।
खानी विभागमा रसायनशास्त्रीका रुपमा काम गर्दा होस् अथवा सचिवकै रुपमा मन्त्रीपरिषद्को कार्यालयमा काम गर्दा होस्, अहिले काम गरेझै खशी अनुभव उनले कहिल्यै गरेकी थिइनन् । शायद यहाँ उनले आफ्नो इच्छाको काम गर्न पाएकी छिन्, या आफ्नो वर्गको हितका लागि ।
तर यो काम त्यति सहज भने छैन । 'कुल जनसंख्याको ८० प्रतिशत हिस्साकालागि काम गर्ने यो मन्त्रालयकालागि सरकारी बजेट न्युन छ । आर्थिक बर्ष०६६/०६७ कालागि विनियोजित ८ करोड ५ लाख ५० हजार रुपैंया एउटा ठूलो परियोजनाको भन्दा पनि कम बजेट हो ।'
ग्रामीण भेगका महिला तथा बालबालिकाकालागि कार्यक्रम सञ्चालन गर्न महिला अधिकारकर्मी, सभासद तथा सामान्य नागरिकहरुको बारम्बारको अनुरोधको वेवास्ता गर्नुपरेकोमा उनको मन खिन्न छ । तर बजेट अभावका कारण यस्ता सयौं परियोजनाहरु थन्किएका छन् ।
हालै मन्त्रालयले अधवैशैं महिलाहरुको शिक्षामा केन्द्रित एउटा कार्यक्रमको शुरुवात गरेको छ । यो स्कुल छाडेका महिलाहरुलाई पूनः स्कुल पुर्याउनलागि लागि तयार पारिएको १० दिनको व्यवहारिक तालिमसहितको प्याकेज कार्यक्रम हो । यो कार्यक्रम मार्फ मन्त्रालयले आर्थिक बर्षो अन्त्य सम्ममा मन्त्रालय २ हजार ३ सय ४२ गाउ“ विकास समितिहरुमा पुग्ने लक्ष्य लिएको छ । अर्को वर्षयसको लक्ष्य बर्ष६ सय गाउँसम्म पुग्नु छ । मन्त्रालयले मुलुकभरका गाउ“ विकास समितिहरुमा घरेलु हिंसाको शिकार भएकाहरुको उद्धारका लागि उजुरी डेस्क पनि स्थापना गर्दैछ ।
तर पनि उनलाई लाग्छ अहिले उनको पाइलाले ठिक ठाउँ भेटेको छ । उनलाई लाग्छ,'काम गर्दा कठिनाई जहाँ पनि हुन्छ, तर आफूले इच्छाएको क्षेत्र र वर्गकालागि काम गर्दाको आत्मसन्तुष्टि नै बेग्लै हुन्छ । म मेरो काम र लगनशीलताको प्रयोग यो वर्गको हितको लागि लगाउन चाहन्छु । त्यसैले आफ्नो काम देखाउने यो अत्यन्त उर्वर समय र स्थान हो ।'
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .