This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


चित्रलेखा यादव

प्रतिनिधिसभाका पर्वउपसभामुख
नेपाली कांग्रेसकी नेत्री
जन्मः मे १९६५, नवराजपुर गाविस, सिरहा जिल्ला ।

जुन ३, २००५ मा पुराना नेवारी मन्दिरले घेरिएको पाटन दरवार क्षेत्रको मध्यभागमा अस्थायीरुपमा तयार पारिएको स्टेजमा उभिएर चित्रलेखा यादवले प्रतिनिधिसभाको देखावटी सत्रमा आँफैले लेखेको प्रस्ताव जोडजोडले वाचन गर्नुभयो । यतिखेर पानी पर्दैथियो, यादव र पर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समेतका सात राजनीतिक दलका माथिल्लो तहका नेताहरु छाता ओढेर बसिरहनु भएको थियो । सत्तारुढ नेपाली कांग्रेसभित्र आपतकालीन समयावधिलाई बढाउने सम्बन्धी विषयमा उत्पन्न पार्टी भित्रको खिचलोको कारण नेपालको प्रतिनिधिसभालाई विघटन गरिएको थियो ।

राष्ट्रिय राजनीतिमा प्रतिनिधित्वको अभावको फाइदा उठाउँदै त्यसबखतका राजा ज्ञानेन्द्रले शाही नेपाली सेना परिचालन गरी फेब्रुअरी १, २००५ मा रक्तपातविहीन कु गरेर राज्यसत्ता हातमा लिए । त्यसैवर्षो मे ४ मा संसदमा ९० प्रतिशतभन्दा बढी स्थान रहेका सात राजनीतिक दलले राजाको कदमको विरुद्धमा विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलन प्रारम्भ गरे । सभामुख तारानाथ रानाभाट राजाको र्समर्थक भएकोले उपसभामुख चित्रलेखा यादवले देखावटी सत्रको अध्यक्षता गर्नुभयो जसमा विघटित संसदका अधिकाँश सदस्यहरु उपस्थित भए । नेपालको इतिहासमा पहिलो महिला सभामुखको रुपमा देखावटी सत्रको उहाँको अध्यक्षताले राजाविरोधी अभियानमा राजनीतिक दलको सकारात्मक छवि प्रस्तुत गरेको थियो ।

यमुनाप्रसाद यादवको पहिलो बच्चाको रुपमा यादवको जन्म १९६५ मा सिराहा जिल्लामा भएको थियो । उहाँका बुबालाई पञ्चायतकालमा तत्कालीन राजा महेन्द्रले राष्ट्रिय पञ्चायतको सदस्यको रुपमा दुईपटक मनोनित गरेका थिए । उहाँकी आमा रामरती बुबा यमुनाप्रसादकी तेस्रो श्रीमती हुनुहुन्थ्यो किनभने पहिलो र दोस्रो श्रीमतीबाट बालबच्चा भएका थिएनन् । परिवारमा पहिलो बच्चा भएकोले यादवले परिवारका सबै सदस्यको माया प्राप्त गर्नुभयो, खासगरी हजुरआमाको । त्यसबखत यादव समुदायमा बिरलै हुने घटना भए पनि उहाँका प्रगतिशील बुबालाई धन्यवाद दिनर्पर्दछ किनभने यादव नै जिल्लामा पहिलो स्नातक हुनुहुन्थ्यो (भारतको पटना विश्वविद्यालयबाट अंग्रेजी र अर्थशास्त्र पढ्ने अवसर पाउनु भयो) । उहाँले चारवर्षो उमेरबाटै काठमाडौंमा अध्ययन गर्ने मौका पाउनु भएको थियो । त्यसयता यादवले राजधानीमा छात्रावासमै अधिकाँश समय विताउनुभयो ।

उहाँको बाल्यकालमा यादव समुदायमा केटीहरुलाई कमजोर ठानिन्थ्यो । "केटीहरुले आफ्नो घरबाहिरका व्यक्तिसँग कुरा गर्दैनथे र एक्लै विद्यालय समेत जाँदैनथे । हाम्रो घरमा पुरुषहरु 'दुरा' नाम गरेको कोठामा बस्दथे र महिलाहरु 'अङ्ना' मा । अङ्नामा परिवारका स्त्री सदस्यहरु मात्र बस्न पाउँथे र बाहिरका कसैलाई पनि प्रवेश निषेध हुन्थ्यो । छोरीहरु साना हुँदासम्म दुरामा जान पाउँथे तर ठूला भएपछि छोरीहरुले त्यहाँ जानु हुँदैनथ्यो," उहाँले थप्नुभयो ।

यस्तो सामाजिक वातावरणमा घरबाट त्यति धेरै टाढा रहेका विद्यालयसम्म केटीहरुलाई एक्लै पठाउनु अनौठो थियो । "मेरो बुबाले आफ्नो सम्पत्ति ठूलो घर बनाउन होइन आफ्ना केटाकेटीलाई शिक्षित बनाउन लगानी गर्नुभयो । केटाकेटीलाई विद्यालय पठाउन बुबाले जग्गाजमिन बेचेको देखेर केही नातेदार र छिमेकी हाँस्दथे । तर उहाँले यसमा त्यति धेरै पर्वाह गर्नु भएन किनभने उहाँलाई शिक्षाको महत्व राम्रोसँग थाहा थियो ।"

यादव काठमाडौंको विद्यालयमा अध्ययन गरिरहँदा उहाँ वर्षा एकपटक मात्र गाउँको घरमा जान पाउनुहुन्थ्यो । उहाँ सम्झनुहुन्छ, "म दुई महिना लामो हिउँदे विदा हुँदा घर फर्केर आउँथे । त्यसबखत काठमाडौंबाट गाउँमा पुग्न तीनदिन लाग्दथ्यो किनभने तर्राईमा त्यतिखेर राजमार्ग थिएन र म भारतको जयनगरबाट त्यहाँ पुग्नु पर्दथ्यो । त्यतिखेर यादव समुदायमा केटीहरुले सातदेखि बाह्रवर्षभित्रमै विवाह गर्नुपर्ने चलन थियो । मेरी आमाले समेत छोरीले सानै उमेरमा विवाह गरेको भए राम्रो हुने कुरा गर्नुहुन्थ्यो किनभने म वर्षा एकपटक मात्र गाउँमा आउन पाउँथे ।"

पाँच वा छ कक्षामा पढ्दै गरेको समयमा यादवकी हजुरआमाले यादव पुरुषसँग विवाह गर्न जोड गर्न थाल्नुभयो, अन्यथा उहाँले यो धरतीबाट शान्तिपर्वक विदा हुन नसक्ने बताउनुहुन्थ्यो । तर उहाँले जतिबेला विवाहको कुरा सुन्नुहुन्थ्यो उहाँले कराउन थाल्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, "मेरो विद्यालय जीवनमा म सदैव कक्षामा उत्कृष्ट भएँ । त्यसकारण, मैले आफैंलाई प्रतिवाद गरेँ, मैले अध्ययनमा राम्रो गर्न सकिन भने म परिवारको निर्देशनलाई स्वीकार गर्नेछु तर मैले विद्यालयमा राम्रै गरिहेकी छु भने कृपया मलाई मेरो अध्ययनलाई निरन्तरता दिन अनुमति दिनुहोस् ।" यसपटक फेरि बुबाले हजुरआमालाई चित्त बुझाउने गरी सम्झाएर मलाई अध्ययनमै समर्पित गराउन मद्दत गर्नुभयो ।

तर बुबाले भाषाविज्ञानमा विद्यावारिधी गर्नुभएका डा. श्रीकृष्ण यादवबाट विवाहको प्रस्ताव ल्याएपछि उहाँले परिवारको अनुरोधलाई प्रतिरोध गर्न सक्नुभएन । उहाँ त्यसबखत ९ कक्षामा अध्ययनरत १५ वर्षी हुनुहुन्थ्यो । उहाँकी आमा यस प्रस्तावप्रति त्यति खुशी हुनुहुन्थेन किनभने उहाँकी छोरीको भावी पति धनी परिवारबाट थिएनन् । "मेरी आमाले धनी मानिससँग मेरो विवाह गर्नुपर्नेमा जोड दिनु भएपनि मैले यही प्रस्तावलाई स्वीकार गरेँ किनभने मैले धनीसँग विवाह गरेँभने घरमा म मेरो पतिबाट हेपिनु पर्ने सोचें । त्यसैले मेरो पहिलो प्राथमिकता मेरो पढाइलाई निरन्तरता दिनुथियो र त्यस उद्देश्यका निम्ति म राम्रो वातावरण चाहन्थे," यादवले भन्नुभयो ।

श्रीकृष्णसँग विवाह गरेपछि उहाँका परिवारले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र नेपाली विषयमा स्नातक र स्नातकोत्तरको अध्ययन पूरा गर्न सहयोग पुर्‍यायो । जनकपुरमा कन्या मन्दिर विद्यालयमा कक्षा ९ मा पढ्दै गर्दा उहाँलाई प्रतिबन्धित नेपाली काँग्रेसको भ्रातृ सँस्था नेपाल विद्यार्थी संघका पुरुष साथीहरुले संस्थामा सहभागी हुन आग्रह गरे र लोकतन्त्रसम्बन्धी पुस्तक समेत दिएका थिए । "उनीहरुले लोकतन्त्रले हरेक क्षेत्रमा हामीलाई छनौट दिने बताएका थिए । कुनै पनि प्रकारको राजनीतिक गतिविधिका निम्ति प्रतिबन्धित रहेको त्यस समयमा लुकीछिपी मैले लोकतन्त्रसम्बन्धी पुस्तक पढेँ र विद्यार्थीका बैठकहरुमा उपस्थिति जनाएँ," उहाँले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालयमा स्नातक अध्ययन गर्नेक्रममा विद्यार्थी राजनीतिमा यादव बढी सक्रियरुपमा सहभागी हुनुभयो । एकतन्त्रीय पञ्चायती व्यवस्थाका विरुद्ध संर्घष गरिरहेका सबै राजनीतिक दलका निम्ति अत्यन्त महत्वपुर्ण क्षणमा विद्यार्थी युनियनको कोषाध्यक्षमा उहाँ चुनिनु भयो । सन् १९९० को फेब्रुअरीमा जनआन्दोलन प्रारम्भ हुँदा यादव कर्र्तिपुरमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्थ्यो । यो स्थान आन्दोलनसँग सम्बन्धित एउटा प्रमुख स्थल थियो ।

आफ्नो स्नातकोत्तर अध्ययन पूरा गरेपछि उहाँ सिरहा जिल्ला र्फकनुभयो जहाँ उहाँका पति सिरहा क्याम्पसमा प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पनि क्याम्पसमा करिब १८ महिना अंग्रेजी विषय अध्यापन गर्नुभयो र नेपाली कांग्रेसको सिरहा जिल्ला कार्य समितिको सदस्य बन्नुभयो ।

सन् १९९९ मा यादवले सिरहा जिल्लाको एउटा क्षेत्रबाट आम निर्वाचनमा पार्टीको तर्फबाट पहिलोपटक उम्मेदवारको टिकट पाउनुभयो । "त्यससमयमा मधेशी समुदायबाट धेरै कम महिला राजनीतिज्ञहरु थिए र पार्टीले मलाई प्राथमिकता दिएको महशुस गरेँ," उहाँले भन्नुभयो ।

उहाँले पहिलो निर्वाचन जित्नुभयो र २०५ स्थानको प्रतिनिधिसभामा निर्वाचित सांसदमध्ये १२ जना महिलामा एक हुनुभयो । यस चुनावमा उहाँको दल नेपाली कांग्रेसले २०५ मध्ये १११ स्थान जितेर बहुमत हासिल गर्‍यो । उहाँको भाग्य त्यतिकै सकिएन र उहाँलाई उपसभामुख बनाइयो । "चुनावपछि म राजधानीतर्फलागेकी थिएँ । म चितवनमा पुग्दा मेरो दलले मलाई उपसभामुख बनाउने निर्णय गरेको सुनेँ । म अचम्भित भएँ किनभने मैले चुनावमा टिकटको निम्ति भनेकी पनि थिइन न त पार्टीमा कुनै पदको निम्ति आग्रह गरेकी थिएँ । मैले विश्वास गरेकी थिएँ कि मेरो दलले मेरो र्सार्वजनिक छवी देखेकै कारण त्यो पद दिएको होला," उहाँले बताउनुभयो ।

सन् २००२ मा नेपाली काँग्रेस टुक्रेर दुई भाग हुँदा यादवले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको नेपाली काँग्रेस ऐ (प्रजातान्त्रिक) लाई छान्नुभयो जुन सन् २००८ मा संविधानसभाको निर्वाचन हुनुअघि पुनः मुख्य पार्टीमा विलय भएको थियो । उहाँ भन्नुहुन्छ, "प्रधानमन्त्री देउवालाई आधिकारिक प्रक्रिया बेगरनै पार्टी बाट हटाएकोमा मलाई पार्टीको कार्यशैलीप्रति दुःख लागेको थियो । यी सबै घटनाक्रमहरु पुरुषकै कारण थिए, त्यहाँ महिलाको कुनै भूमिका थिएन । न त नेपाली काँग्रेस, न त राज्यको राजनीतिमा, महिलाहरु निर्णय-निर्माण निकायमा छैनन् ।"

संविधानसभाको निर्वाचनको मुखमै आएर खुलेका मधेशी राजनीतिक दलहरुमा सहभागी हुन केहीले नेपाली काँग्रेस त्यागे र नयाँ पार्टीी प्रवेश गरे । तैपनि उहाँ पुरानै दलमा रहनु भयो । उहाँ "एक मधेश, एक प्रदेश" को विचारसँग सहमत हुनुहुन्न जुन केही मधेशी दलहरुको मुख्य राजनीतिक माग भएको छ । उहाँ भन्नुहुन्छ, "यो त्यति सम्भाव्य माग होइन किनभने तर्राईमा विभिन्न भाषाभाषी र संस्कृति भएका मानिसको बसोबास छ । तर म विकेन्द्रीकरण र समावेशीकरणको मागमा भने सहमत छु ।"

संविधानसभाको निर्वाचनमा यादव नवगठित मधेशी जनअधिकार फोरमका पुरुष उम्मेदवारबाट पराजित हुनुभयो । "तर्राईमा, संविधानसभाको चुनान कानुनविहीन र असुरक्षित परिस्थितिमा गराइएको थियो । मधेशमा जताततै धम्की र त्रासको राजनीति व्याप्त थियो ।" उहाँ वर्तमान राजनीतिक परिस्थितिबाट समेत त्यति सन्तुष्ट हुनुहुन्न । "हामीहरु अहिले नयाँ नेपाल बनाउने लामो यात्रामा छौं । शक्तिका खातिर अहिले एकआपसमा लर्डाईं गर्ने समय होइन । राजनीतिक नेताहरु इमान्दार हुनुपर्दछ र मुलुकमा वास्तविक शान्ति वहाली गर्न सहमतिको राजनीतिमा पुनः र्फकनुपर्दछ ।"

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .