नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
धर्मशीला चापागाई
उपाध्यक्ष, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)एकिकृत नेकपा माओवादीका तर्फाट संविधान सभाका लागि निर्वाचित सदस्य,
जन्म स्थानः बुधबारे गाविस, झापा जिल्ला, मेचि अञ्चल, पूर्वी नेपाल
जन्म मिति : जनवरी ३१, १९७३
उनका आखाले पहिलो पटक सिंहदरबारको सामना गर्यो, जुन ठाउँ विगतमा उनी विरुद्ध मात्र थिएन, उनको पार्टीले अंगालेको दर्शन र सिद्धान्तको समेत विरोधमा थियो । धर्मशीलाले २०६३ साल माघ १ गते पहिलो पटक सिंहदरबारमा पाईलो टेकेकी थिइन् । जहाँ उनका आखँाहरु उनले त्यसअघि कहिले नदेखेका ठुला ठूला भवनहरुमा ठोक्किए ।
जनआन्दोलनको बलमा पूनस्थापित संसदमा तत्कालिन नेकपा माओवादीबाट मनोनित सदस्यको रुपमा सिंहदरबार प्रवेश गरेकी धर्मशीलाले भावि योजनाबारे त्यही पहिलो पाइलादेखि नै सोच्न थालिन् । सिंहदरबारसम्म पुग्नका लागि आफूले पार गरेको लामो यात्रा सम्झदा उनी आफूसँग भएको धेरै नेपालीको आशा, भरोसा र सपना भुल्दिनन् । उनलाई लाग्छ, यो शुरुवात मात्रै हो, पाइला अरु चाल्न बाँकी नै छ ।
तर विगतको उनको यात्रा त्यति सहज थिएन । कठिन यात्राका उकाली ओराली मनको कुनै कुनामा कस्सिलो गरि गाँठो परेका छन् । ती सम्झनाका कुटुराहरु उनी हत्तपत्त खोल्दिनन् । वा खोल्न मन गर्दिनन् । समतामुलक समाज निर्माण गर्ने गन्तब्य नचुमेसम्म उनले शुरु गरेको यात्राको अन्त्यको छैन भन्ने उनलाई लाग्छ ।
किनकी ऊ पुरुष हो, किनकी ऊ परिवारमा र्सवश्रेष्ठ हो, किनकी उसलाई सामाजिक मूल्य र मान्यताले भगवानको रुप दिएको छ । के यसैलाई आधार बनाएर एक पुरुषले महिलामाथि निरन्तर अन्याय गरिरहन पाउँछ - महिलाका भावना र्रर् इच्छाहरुमाथिको निरन्तर प्रहार के उसकालागि छुट हो - के पूरुषले गर्ने हरेक दुर्ब्यवहार सहनु महिलाको कर्तव्य हो - यस्ता अनगिन्ति प्रश्नका जन्जालहरुले उनको कलिलो मष्तिष्क विचलित भइरहन्थ्यो । उनलाई लागिरहन्थ्यो - के उनका बाबु भएको नाताले ती पुरुषले आमा, आफू र दिदि बहिनीमाथि गरेको व्यवहार कहिलेसम्म ढाकछोप गरिरहने ?
व्रि्रोह पिडाले जन्माउँछ शायद - ''पिडाले पर्दा हटाउँछ, यसले व्रि्रोही आत्मामा सत्यको झण्डा गाड्छ ।'' त्यस्तै भयो, बाल्यावस्थाको हेला र तिरस्कारले उनलाई दिनदिनै व्रि्रोही बनाउँदै लगेको थियो । जतिजति धर्मशिलाका बाबुको पुरषत्वले परिवारमा धावा बोल्थ्यो, धर्मशीलाको मनमा पनि व्रि्रोहको मुस्लो त्यसैगरि हुरहु्र्ती बल्थ्यो । धर्मशीलाका आमाले परिवारमा छोरारुपी खुशी दिन सकिनन् । वंशज धान्ने, किरिया गर्ने पात्र जन्माउनुको सट्टा उनको कोखबाट लगातार ५ छोरी जन्मिए । यसैको उपहार स्वरुप ९ वर्षी छदाँ धर्मशीला, उनकी आमा र बहिनीहरुले 'अर्की आमा ' उपहार पाए - 'सौतेनी आमा । ' मनमनमा धर्मशीलाले सोचिरहिन् - के यी नयाँ आमाले छोरा जन्माउन सक्लिन् ?
अब विस्तारै उनको प्यारो घर उनकी आमा, बहिनी र उनका लागि विरानो बन्दै गयो । घरमा सौतेनी आमाको दिनहुँको खटनपटन, झर्कोफर्को र यातना झन्झन् उपद्रो हुँदै गयो । एकातिर बाबुको व्यवहारले असहृय पीडा महशुश गरिरहेका वखत सौतेनी आमाको अथाह घृणा अनि शारिरिक तथा मानसिक यातनाले उनीभित्रको व्रि्रोही मन झन् व्रि्रोही बन्दै गयो ।
बाबु र सौतेनी आमाको दिनहुँको शारिरिक यातना, त्यसमाथि वर्षोनी सुत्केरी भएर थङथिलो भएको उनको आमाको उमेरमै ढल्किदो दिन देखेर धर्मशीलाको मन दिनहुँ रुन्थ्यो । आमाको छेउमा बसेर उनका आँशु पुछ्दै गर्दा धर्मशीलाले लाखौपटक 'यसको बदला लिएरै छाड्ने' कसम खाइन् । उतिवेलै पनि सामान्य लेखपढ गर्ने र न्याय अन्याय छ’ट्टयाउन सक्ने क्षमता भएकी आफ्नी आमाको यस्तो हविगत देख्दा उनलाई लाग्थ्यो, अरु निर्दोष आमाको अवस्था के होला ?
जेठी छोरी भएका कारण उनीसँग बहिनी र आमाको जिम्मेवारी बोध थियो । त्यही जिम्मेवारी बोधले उनलाई हरेक पटक बाबु र सौतेनी आमा सहितको परिवारबाहेकको अर्को विकल्प खोज्न घच्घच्याइरहृयो । पारिवारिक अन्यायको अन्त्यको उपाय खोज्ने क्रममा विस्तारै उनी सामाजिक जीवनमा प्रवेश गरिन् । हरेक घर, बस्ती र टोलमा उनले आफ्नै घरको व्यथा देख्न मात्रै होइन अनुभव गर्न सकिन् । अन्ततः परिवारभित्रको चर्को विभेद र अन्यायको अन्त्यको खोजी अनि आन्तरिक द्वन्दले निर्दोष गाउँले धर्मशीलालाई व्रि्रोही बनायो ।
' हामी पाँच जना छोरी छोरी भएकै कारणले मात्रै मेरो बुवाले दोस्रो विहे गरे । अनि शुरु भए हाम्रा दुखका दिन' उनलाई लाग्छ, 'मेरो संर्घषको यात्रा पनि त्यहीबाट शुरु भयो ।'
झापाको बुधबारे गाविसमा सामान्य खेती किसानीबाट जीवन गुजारा गरिरहेको एउटा तल्लो मध्यम वर्गीय परिवार वि.सं. २०३४ सालमा चन्द्रगढी बर्साई सर्यो । पारिवारिक द्वन्दकाविच पनि सहयोगी र शिक्षाको महत्व बुझेकी आमाको साथका कारण धर्मशीलाले औपचारिक शिक्षा शुरु गरिन् । उनले वि.सं २०३५ सालमा चन्द्रगढीस्थित प्रशिक्षण केन्द्र प्राथमिक विद्यालयमा भर्ना पाईन् । अस्तब्यस्तता र किचलोमा गुज्रिरहेको पारिवारिक अवस्थाका कारण धर्मशीला र उनका बहिनीहरुलाई विद्यालयस्तरिय शिक्षा पुरा गर्नै धौ धौ पर्यो ।
तर आमाको सिरानीमा राखिएका महिला अधिकारसँग सम्बन्धित पुस्तकले उनलाई सधै उर्जा थपिरहन्थे । ती अक्षरका अर्थहरु उनले विस्तारै बुझ्न थालिन् । लैङ्गकि संवेदनशील ती पुस्तकहरु उनी जति जति पढ्थिन्, उनी र उनकी आमाले महिला भएकै कारण परिवारभित्र भोग्नुपरेको पीडाले उनलाई औडाह हुन्थ्यो । अनि उनी मनमनै संकल्प गर्थिन्, 'यो अन्यायको अन्त्य गर्नैपर्छ । यो अवस्यम्भावी छ ।'
अव उनलाई परिवार र समाज मात्रै होइन सिंगो देशले नै यो अन्यायलाई र्समर्थन गरिरहेको अनुभव हुन थाल्यो । त्यसैले उनका पाइला बढे -एउटा अनन्त यात्राको खोजमा, राजनीतिक र सामाजिक परिवर्तनको उज्यालोतर्फ।
१३ वर्षो उमेर देखि नै उनका बाबु उनको विहे गरिदिने सुरमा लागी परेका थिए । एकातिर धर्मशीलाकी आमा उनलाई विद्यालय पठाउन चाहन्थिन भने अर्कातिर उनका बाबु कलिलो उमेरमै छोरीको विहे गरेर जिम्मेवारीबाट पन्छिन चाहन्थे । तर धर्मशीलाका बाबुको निर्णयबाट अलिकति पनि खुशी थिइनन् । आखिर अरु कसैले गरिदिएको आफ्नो जीवनको निर्णयाट जीवनभर पीडा खेपिरह धर्मशीलाका निमित्त स्वीकार्य थिएन । उनको शिक्षालाई निरन्तरता दिने वा विहे गर्ने भन्ने विषयमा बाबु आमाबीचको अन्तरद्धन्द चरम उत्कर्षा पुगेपछि उनले आफ्नो जीवनको निर्णयआफै लिइन् ।
एपरिणामतः यस्ता घरेलु हिंसा र समस्याको समाधान खोज्नेर् इच्छाले उनलाई कम्यूनिष्ट दर्शन र सिद्धान्तले ।
आमाको दिनहुँको आँशु, बहिनीहरुका मसिना सपना, सौतेनी आमा र आफ्नै बाबुको दिनहुँको खटनकाबीच पनि धर्मशीलाको पर्ढाई चलिनै रहेको थियो । २०४७ सालमा पहिलोपटक एस.एल.सी परीक्षामा सहभागी धर्मशीला राजनीतिक जीवनप्रति यति धेरै आकषिर्त भइसकेकी थिइन् कि उनको शैक्षिक जीवन विस्तारै कमजोर बन्दै गयो । राजनीतिक गतिविधि र अतिरिक्त क्रियाकलापमा उनको बढ्दो रुचीले शैक्षिक जीवनका आफ्ना दुई वर्षचिप्लिएको उनलाई पत्तै भएन । तर उनलाई त्यो फलामे ढोका पार गर्नु नै थियो । त्यसैले दुई वर्षछि उनी फेरि परीक्षाका लागि बसिन् र उनको त्यो प्रयास सफल भयो ।
एस एल सि परिक्षा उत्तीर्णगरेपछि उनी उच्च शिक्षाका लागि झापाकै भद्रपुरस्थित मेची क्याम्पस गईन् । क्याम्पस प्रवेश सँगै पार्टीनेताहरुको निर्देशन अनुसार राजनीतिक गतिविधिमा उनको सहभागिताले गती लियो । धर्मशीलाले माध्यमिक तहमा छँदै वि.सं २०४६ सालमा पार्टीको औपचारिक सदस्यता लिइसकेकी थिइन् । त्यसैले क्याम्पसमा हुने राजनीतिक गतिविधिमा उनको सहभागिता पहिलैकै कामको निरन्तरता वा पूनर्बहाली मात्रै थियो ।
महिलाहरु घरको चार पर्खालभित्र कैद भएर घरायसी कामहरुमै सिमित हुने बस्तुको रुपमा हेरिने उतिवेलाको त्यो समाजमा राजनीतिक जीवनमा महिला प्रवेश निकै चुनौतीपूर्ण थियो । तर क्रान्तिकारी विचारले प्रभावित उनका लािग त्यो ढुंगे यात्रा पनि त्यति असहज भने बनेन । वि.सं २०५० सालमा उनका बुवा र आमा अलग भए । एकातिर तल्लो मध्यम वर्गीय परिवार, त्यसमाथि भएको सम्पत्ति पनि भागवन्डा भएपछि उनीहरुलाई दैनिक गुजारा चलाउन निकै गाह्रो पर्यो । हली, खेताला राख्ने पैसा समेत नभएपछि सामाजिक मूल्य मान्यतालाई चुनौती दिदै उनी आफैले हलो जोतिन्, खेतबारीमा अन्नबाली लगाइन् । समाजले पुरुषले मात्रै गर्ने भनि छुट्टयाइदिएका कामलाई उनले महिलाले पनि गर्न सक्छन् भनेर देखाइ दिइन् । पाँच वर्षम्म उनी लगातार खेती किसानीमा संलग्न भइन्, तर यससँगै उनको राजनीतिक जीवनले भने गति लिइ रहेको थियो ।
झापा आन्दोलनका क्रममा तत्कालिन कम्यूनिष्ट नेताहरुले गरेका राजनीतिक गतिविधिका माझ धर्मशीला हुर्केकी थिइन् । चरम आर्थिक संकटका बीच पनि उनकी आमा झापा आन्दोलनमा उत्रिएका कम्युनिष्ट नेताहरुलाई खाना खुवाउने गर्थिन् । पुर्वी क्षेत्रमा कम्युनिज्मलाई खत्तम पार्ने अभियानमा लागेकाहरुसँग पनि उनको परिवारको सम्बन्ध राम्रै थियो । एउटै घरको माथिल्लो तलामा कम्युनिष्ट नेताहरुलाई खाना खुवाईरहेका बेला उनकी आमाले तल्लो तलामा सुरक्षाकर्मीहरुका लागि पनि खाना बनाइरहेकी हुन्थिन् । यही राजनीतिक परिवेश र लुकामारीले धर्मशिलालाई अन्याय विरुद्ध अझ कठोर बनाउँदै लगेको थियो ।
उनले अनुभव गरेकी छिन् - 'एउटी महिलाले आफ्नै घरमा कुनै सम्मान पाउँदिनन् । घरभित्रै उनी सधै दबिएकी हुन्छिन् ।' उनलाई लाग्छ, महिलाले भोग्ने पीडाको शुरुवात आफ्नै घरबाट हुन्छ ।
तत्कालिन उदियमान कम्युनिष्ट नेताहरु सिपी मैनाली, ध्रुव अधिकारी लगायतसँग उनको पारिवारिक सम्बन्ध थियो । उनीहरुले नै उनको कलिलो दिमागमा कम्युनिष्ट दर्शन र सिद्धान्तहरु प्रवेश गराए । यस्ता विचारहरुबाट प्रभावित भएर नै धर्मशीलाले आफ्नै परिवारभित्र रहेको भेदभावपूर्ण सामाजिक मान्यता परिवर्तन गर्ने अग्रसरता लिन सकेकी थिइन् । उनको राजनीतिक जीवनको यात्राको शुरुवातको कथा यतिमै सिमित भएन ।
क्याम्पसको पर्ढाईका क्रममा उनले राजनीतिक अभ्यास र गतिविधिमा राम्रो प्रदर्शन गरिन् । एवम् रितले एकजना साहसी र फुर्तिली केटीले एक पछि अर्को गर्दै समाजमा स्थापित रुढीवादी मान्यता तोड्दै गईन् । समाज भनेको हामी जस्तै मानिसहरु मिलेर निर्माण हुन्छ - यदि हामीले आफूलाई परिवर्तन गर्यौं भने निश्चितरुपले हामी बँाचिरहेको पितृसत्तात्मक समाज बदल्न हामी सक्छौं ।
हुनतः उनको दल एकिकृत नेकपा माओवादीले मध्यपश्चिमबाट ससस्त्र संर्घष शुरु गरेको थियो, तथापी पुर्वी क्षेत्रमा पनि सो पार्टीले सैद्धान्तिक गतिविधि जारी राख्यो जसका लागि धर्मशीलाको भूमिका महत्वपूर्ण रह्यो । वि.सं२०५३ सालमा उनले अर्धभूमिगत अवस्थामा आफ्नो शिक्षा र राजनीतिक गतिविधिलाई सँगैसँगै अघि बढाइन् । यद्यपि वि. सं. २०५३ सालमा प्रमाणपत्र तहको पर्ढाई सकेपछि उनले आफ्नो अध्ययनलाई थाँती राखिन् । २०५४ साल मंसिर ९ गते मेची क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकारी सदस्यको रुपमा क्याम्पस परिसरमा आयोजित भेलालाई सम्बोधन गरिरहेका वखत उनी पहिलोपटक बन्दि भइन् । एक महिनापछि मात्रै उनी रिहा भइन् । त्यसयता उनी पूर्णतः भुमिगत भइन् । स्कुले जीवनमा सक्रिय राजनीतिक गतिविधि प्रदर्शन गरेकी उनलाई त्यतिवेलासम्म ''भुमिगत'' भन्ने थाहा थिएन - 'पछि मात्र मलाई थाहा भयो कि जनयुद्धको तयारीका लागि हाम्रो पार्टी २०४६ सालदेखि नै भुमिगत रहेछ भनेर । '
वि सं २०५४ साल अघिसम्म पुर्वी क्षेत्रमा राजनीतिक गतिविधि मात्र संचालन गर्दै आएको पार्टीले २०५४ साल फागुनदेखि ससस्त्र गतिविधि पनि शुरु गर्यो । धर्मशीलाले पनि पार्टीको निर्देशन बमोजिमको जिम्मेवारी सम्हालिन् । अहिले पनि उनी पुर्वी नेपालका झापार्,र् इलाम, मोरङ्ग र सुनसरीको जिम्मेवारी सम्हालेरीरहेकी छिन् ।
स्कुलको पर्ढाई सकेपछि उच्च शिक्षाका लागि मेची क्याम्पस प्रवेश गरे लगत्तै उनी बाबुराम भट्टर्राईको मातहतमा रहेको कम्युनिष्ट पार्टीसँग सम्बन्धित विद्यार्थी संगठनसँग आबद्ध भएकी थिइन् । चारवटा कम्युनिष्ट पार्टीबीच एकिकरण नहुँदा सम्म उनको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पाचौं छैठौं को नामबाट चिनिन्थ्यो । आरम्भमा उनको पार्टी केहीहदसम्म नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवाद-लेनिनवाद्) सँग आबद्ध थियो । तर चौथो साधारण सम्मेलनपछि, चारवटा कम्युनिष्ट पार्टी - संयुक्त जनमोर्चा नेपाल, नेपाल एकता केन्द्र, संयोजक बाबुराम भट्टर्राई, मोटो मसाल र पातलो मसाल एक भएर एउटा कम्युनिष्ट पार्टी बन्यो ।
वि. सं २०५२ सालमा धर्मशीला विद्यार्थीहरुको झापा जिल्ला समन्वय समितिको अध्यक्ष भईन् । धर्मशीलाले राजनीतिकालागि पारिवारिक माया मोहको जन्जाल समेत त्याग गरिन्, यद्यपी आमा र बहिनीहरुको सम्झनाले उनलाई कहिलेकाँही पिरोलिरहन्थ्यो । तर मुलुककै परिवारको सुखको लागि हिडेकी धर्मशीलालाई आफ्नो परिवारको एकलौटी सुखसँग कुनै परवाह थिएन । घर छोडेपछिको उनको पूर्ण राजनीतिक यात्रा शुरु भयो ।
आर्थिक रुपमा आफैलाई बलियो बनाउन उनले झापाकै मोमेन्टरी गार्मेन्ट प्राईभेट लिमिटेडमा सुरक्षा गार्डको काम शुरु गरिन् । त्यहाँ रहेका २ हजार २ सय जना कर्मचारी मध्ये ९० प्रतिशत कर्मचारी महिला थिए । तर महिलामाथिको विभेद उनको घरको भन्दा कम थिएन - 'त्यो मेरा लागि मजदुर नेताका रुपमा आम मानिसहरुको नेतृत्व गर्ने अर्को अवसर थियो ।' त्यहाँ मजदुरहरु बाषिर्क ९ सय रुपैंयामा बर्षौं बर्षेखि दासको रुपमा काम गर्दै आएका थिए । व्रि्रोही र क्रान्तिकारी मन भएकी धर्मशीलाले त्यहाँ मजदुर अधिकारका लागि डटेर संर्घष गरिन् । परिणामतः उनी एकमहिनामै निश्कासित भइन् ।
गार्मेन्ट कारखानाभित्रैबाट पनि उनले उनले पार्टीको गतिविधि अघि बर्ढाईरहेकी थिईन् । मजदुरलाई संगठीत गर्ने काममा उनी सफल भएपनि कारखानामा मजदुर युनियन स्थापना गर्ने उनको प्रयास भने सफल भएन । उनको पार्टी भूमिगत भएपछि त्यहाँ नेकपा एमालेले आफ्नो मातहतमा मजदुर युनियन दर्ता गर्यो ।
उनकै पहल र सक्रियतामा गार्मेन्ट कारखानाले मज्दुरसँग संचय कोस, मजदुर अधिकार लगायतका विषय समेटिएको ६ बुँदे सहमती गर्यो । वि.सं ०५५/०५६ सालमा २ बर्षधर्मशीलाले झापा र इलाम जिल्लाको जिम्मेवारी सम्हाल्दै स्क्वाड कमाण्डर बनिन् ।
स्थानिय जनता माओवादीसँग डराउने गरेको उनलाई राम्रै थाहा थियो । त्यसैले उनले विद्यार्थीको रुपमा गाउँ पसिन् । त्यसपछि पूर्व क्षेत्रमा पार्टी गतिविधि सञ्चालन गर्न उनले कडा परिश्रम थालिन् । एकातिर उनले पार्टीको संगठन र गतिविधिलाई विस्तार गर्नु थियो भने अर्कातिर पूर्वी क्षेत्रमा सैनिक कार्यक्रम शुरु गरेको पार्टीको निर्देशनको नेतृत्व पनि । उनको हिम्मत र परिश्रम र दृढ संकल्पले उनलाई पूर्वी क्षेत्रको एरिया सदस्य समेत बनायो ।
त्यसबेला पार्टीमा जनशक्तिको अभावका कारण धर्मशीलाले त्यत्रो ठूलो जिम्मेवारी एक्लै सम्हाल्नुपथ्र्यो । उनीमाथि महिला संगठन, विद्यार्थी संगठनका साथै सैन्य संगठनको समेत जिम्मेवारी थियो । उनले वि.सं २०५६ देखि २०५७ सालसम्म पार्टीको निर्देशन बमोजिम सैन्य फाँटमा काम गरिन् ।
उनको नेतृत्वमा २०५४ साल फागुन ४ गते झापाको जलथल गाउँ विकास समितिको बन कार्यालयमा पहिलो कारवाही भयो । बन कार्यालयमा रहेका २ वटा र्राईफल कब्जा गर्नु उनीहरुको मुख्य उद्देश्य थियो । उनको नेतृत्वको त्यो पहिलो कारवाही सफल भएकोमा उनी खुशी थिइन् । यसले उनको नेतृत्व क्षमताको प्रदर्शन समेत गर्यो । १३ सदस्यीय टोली एउटा र्राईफल र पाँच गोली कब्जा गर्न सफल भयो । अर्को र्राईफल भने गस्तीका लागि बाहिर लगिएकाले उनीहरुले कब्जा गर्न सकेनन् ।
''मस्ती'', यो शब्दले व्रि्रोहमा लागेकाहरुका लागि कम महत्व राख्छ । उनीहरुले आफ्नो धेरै भन्दा धेरै समय सैन्य गतिविधिमै विताउँछन् । स्वभावतः व्रि्रोहीहरुको ध्यान समाजमा विद्यमान परम्परागत मान्यता तोड्नमै केन्द्रित हुन्छ । धर्मशीलाले पनि व्रि्रोहको त्यही बाटो अख्तियार गरिन् र पितृसत्तात्मक समाजद्वारा स्थापित मान्यताहरु ताेडिन् । तर उनले तोड्न नसकेको एउटै बन्धन थियो - माया । व्रि्रोहमा जन्मेको त्यो माया अझै गहिरो हुने उनको अनुभव छ । धर्मशीलाका अथक परिश्रम र अभियानलाई नजिकैबाट नियाल्ने, उनले खाए नखाएको विचार गर्ने अनि उनले गरेका कामहरुमा विशेष चासो राख्ने शंकर उनी वरिपरि नै हुन्थे । धर्मशीलालाई मनको कुरा नभनेरै पनि लुकीछिपी उनलाई नियाल्ने अनि माया गर्ने शंक (पार्टमा उनीभन्दा कनिष्ठ)को मनको कुरा जतिखेर धर्मशीलाले थाहा पाइन्, उनी शंकरजस्तो डराइनन् । बरु सिधै शंकरसँग प्रस्ताव राखिन् विवाहको । पार्टीीनयम कानुन पछ्याउँदै उनीहरुले वि.सं २०५६ साल असोजमा विवाह गरे ।
श्रीमान श्रीमती दुवैले आफूलाई पार्टी जीवनमा समर्पित गरिसकेका थिए । २०५७ साल भदौमा गर्भवती भएपछि भने उनले आफूमाथि रहेको ठूलो जिम्मेवारीबाट केही समय पैचो मागिन् । तर उनका कामहरु रोकिएका भने थिएनन् । पहिलो बच्चा जेठ १० गते जन्मिएको थियो तर त्यसको ४ दिन अघि मात्रै पनि उनी रणभूमिमा थिइन् ।
गर्भावस्थामा समेत उनी मेची र कोसी अञ्चलका लागि पार्टीले संचालन गरेको सैन्य तालिममा सहभागि भइन् । त्यतिमात्रै होइन, गर्भवती अवस्थामै वि.सं २०५७ साल फागुनमा उनी पार्टीको दोस्रो राष्ट्रिय सभामा सहभागी हुन भारतको पञ्जाव समेत पुगिन् । यो उनको पार्टी नीतिको र्समर्पण मात्र थिएन, बाल्यकालदेखिको मुक्तिको चाहनाको परिणाम पनि थियो । राष्ट्रिय सभामा सहभागी भएपछि उनले पार्टीमा क्षेत्रीय ब्यूरो सदस्यको पोष्ट पाईन्, जुन केन्द्रिय कमिटीभन्दा एक तहमात्र कम होे ।
बाहिर सुरक्षा व्यवस्था निकै कडा थियो । भित्र धर्मशीला प्रसव व्यथाले अत्ताल्लिरहेकी थिइन् । त्यसो त माओवादीका महिला कार्यकर्ताका लागि प्रसव ब्यथाको ठिक अघिसम्म पनि काममा ब्यस्त रहनु सामान्य कुरा हो । तर यतिखेर उनको अवस्था नाजुक बन्दै गइरहेको थियो । अत्यन्तै खतरा मोलेर धर्मशीलालाई विराटनगरको स्थानिय अस्पताल पुर्याईयो । जहाँ उनको शल्यक्रिया भयो र सोही दिन (जेठ १० गते) देखि धर्मशीलाको जीवनमा नयाँ अध्याय थपियो ।
र्
मर्न र मार्न तम्तयार उनका तिनै बलिया हातहरु यतिखेर एउटा नयाँ जिवनलाई जगत चिनाउँदै थियो । काखकी सानी छोरीलाई छातीमा टाँसेर उनले धेरैपल्ट अठोट गरेकी थिइन् - म त्रि्रो संसार अलग्गै बनाउन प्रयासरत छु । त्रि्री हजुरआमा, आमा र सानिमाले भोगेजस्तो पीडा तिमीले भोग्नुपर्ने छैन मेरी छोरी ।'
२०५८ साल असोजदेखि उनले पार्टीको मोरङ्ग जिल्लार् इन्चार्जको जिम्मेवारी पाइन् । तर २०५८ साल मंसिर ११ गते मुलुकमा संकटकाल लागको एक महिनापछि पुषमा उनी ६ महिनाको बच्चासहित गिरफ्तार भईन् । त्यसपछिको उनको चार वर्षछोरीसँगै जेलका चिसा सिढीमा विते । जेलको चिसो कुनामा छोरी च्यापेर उनी त्यतिखेर हरेक साँझ, दिउँसो र विहान मृत्यु जीवन-मृत्युसँग संर्घष गरिरहेकी हुन्थिन् ।
जेलभित्र उनीमाथि के मात्रै भएन, दिनहुँको लाठी, मुक्का र बुट प्रहारले आहत भएर ढल्दा एक मुठठी पानी समेत उनले पाइनन् । जेठमा छोरी जन्मदाँ गरिएको अप्रेसनुरक्षँकर्मीहरु उनीमाथि निर्दयी प्रहार गर्थे । सुत्केरी हुँदाको अप्रेशन गरिएको टाँका समेत चुँडिदा अनि संगैकी छोरी क्वा क्वा रोइरहदा आफूले दुध खुवाउन नसक्दाको पीडा सम्झदा उनी अझै पनि भावुक हुन्छिन् ।
तर श्रीमान् शंकरको सम्झना त्यो एकान्तमा उनको साहरा बनेको थियो । सारा नेपालीले मुक्तिको श्वास फेरेको दिन आफ्नो सुखद जीवनको शुरुवात हुने आशामा उनी कहालिलाग्दा प्रहरहरु काट्दै थिइन् । तर जेलभित्रै रहँदा उनले श्रीमानको मृत्युको खवर सुनेपछि उनको त्यो सपना चकनाचुर भयो - 'उनको गिरफ्तारीको खबर पाउने वित्तिक्कै मैले उनको आशा त मारिसकेको थिए । आखिर त्यही भयो ।' उनले लामो सुस्केरा हालिन् । वि.सं २०५९ साउनमा इलाम जिल्लामा ३३ दिन बन्दी बनाइएपछि राज्य पक्षले उनका श्रीमान शंकरको हत्या गरेको उनको भनाइ छ । विगतको सम्झनाले रसाएका आँखाहरु पुछ्दै धर्मशीलाले भनिन् -' मैले त हामी आमा छोरीको जीवनको समेत आश मारिसकेका थिए । '
जेलको त्यो चारबर्षो यातनापूर्ण बर्साईपछि, वि सं ०६३ साल जेठ ९ गते, १९ दिने दोस्रो जनआन्दोलनको सफलतासँगै उनले पनि जेल जीवनबाट उन्मुक्ति पाइन् । जेलमा रहँदा समेत पार्टीको सिद्धान्त र दर्शन उनले छाडेकी थिइनन् ।१९ दिने जनआन्दोलनका बेला पनि उनले बन्दिहरुको नेतृत्व गर्दै जेलभित्रैबाट स्वतन्त्रताको आवाज उठाएकी थिईन् ।
गिरफ्तार हुँदा मोरङ्ग जिल्लार् इन्चार्ज रहेकी उनले जेलबाट रिहा भएपछि ०६३ साउन १० गते सुनसरी जिल्लाकोर् इन्चार्जको जिम्मेवारी पाइन् । महिला संगठनको पाँचौं राष्ट्रिय सभाको जिम्मेवारी अनि अखिल नेपाल महिला संगठनको उपाध्यक्षमा समेत उनी निर्वाचित भईन् । यसैबीच उनलाई ०६३ साल माघ १ गते अन्तरिम संसदको सदस्यमा मनोनित गरियो । यो उनको राजनीतिक जीवनप्रतिको र्समर्पण र उनकै निरन्तरको परिश्रमको फल थियो । अहिले उनले पार्टीीत्र मेची, कोसी र सगरमाथा अञ्चलको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
वि.सं ०६४ साल चैत २८ (सन् २००८, अप्रिल १०) गते भएको संविधानसभा निर्वाचनमा भाग लिएर धर्मशीलाले आफूलाई प्रजातान्त्रिक अभ्यासमा होमिन् । नेपाली कंग्रेसका चर्चित नेता चक्रप्रसाद बास्तोलालाई हराउँदै निर्वाचनमा विजय हासिल गरिन् । अन्याय, लैङ्गकि भेदभाव र अन्य सामाजिक कुसंस्कृतिलाई निमिट्यान्न पार्ने उद्देश्यसहित संविधान लेखनको अर्को यात्रा उनले शुरु गरेकी छिन् । सलाम हक्की योद्धा धर्मशीलालाई । उनको यात्रा सफल रहोस् !
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .