नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
दुर्गा घिमिरे
जन्म स्थानः सुनसरी जिल्ला, कोसी अञ्चल
जन्म मितिः सन् १९४८ मे १२
उपसभापती, महिला दवाब समूह
संस्थापक सदस्य, महिला बेचविखनविरुद्ध राष्ट्रिय समूह
उपसभापती, राजनीतिमा एसिया प्यासिफिकका महिलाहरुको केन्द्र
दुर्गा घिमिरेले आफ्नो करिअर विद्यार्थी राजनीतिबाट शुरु गरिन् । सन् १९७० मा नेपाली कांग्रेसको विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघको स्थपाना हुँदा दुर्गा त्यसको संस्थापक सदस्य भएकी दुर्गाले राजनीतिमै आफ्नो भविष्य देखेकी थिइन् । तर राजनीतिबाट शुरु भएको उनको करिअर अहिले सामाजिक जीवनमा समर्पित छ ।
मानव बेचविखन विरुद्धको सामाजिक अभियानमा अग्रसर दुर्गाले आफ्नो जीवनको आधाभन्दा धेरै समय महिला र बालबालिकाको अधिकारका लागि लडेरै विताइ सकिन् र उनी आफ्नो बाँकी समय पनि यसैमा खर्चिन चाहन्छिन् ।
विद्यार्थी राजनीति गर्दा उनी थुपै्र पटक गिरफ्तार भएकी थिइन् । सन् १९७० मा पहिलो पटक त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघको कोषाध्यक्ष रहँदा उनी जेल परेकी थिईन् । विराटनगरस्थित महेन्द्र मोरङ्ग क्याम्पसमा नेविसंघ सभापती भएका बेला सन् १९८२ मा उनी तेस्रो पटक जेल परिन् । १३ महिने जेल बसाइमा उनले महिलाहरुका विभिन्न समस्याका बारेमा साक्षात्कार हुने मौका पाइन् । उनी भन्छिन्, 'म त्यसबेला जेल पर्ने सहाना प्रधानपछि दोश्रो महिला थिंए । तर त्यो परिवार र समाजसँगको व्रि्रोह पनि थियो ।'
जेल बर्साई कसैका लागि सुखद अवश्य हुँदैन । त्यसमाथि बढेकी छोरी त्यति लामो समयसम्म जेल पर्दा उनको परिवारमा उथलपुथल हुने नै भयो । उनी जेल परेको खबरले उनकी आमालाई हृदयघात समेत भयो । राजनीति गर्ने, त्यसमाथि जेल परेकी केटीको विहे गर्न उतिवेला जुनसुकै परिवारलाई पनि हम्मे हम्मे पर्ने समय थियो । यस्ता महिलाप्रति समाजले हर्ेर्ने दृष्टिकोण निकै साँघुरो थियो । कुनै पनि परिवारले आफ्नी छोरी, बहिनी, बुहारीलाई राजनीतिक गतिविधिमा संलग्न गराउने जमाना त्यो थिएन । अझ महिलालाई राजनीतिक गतिविधिमा संलग्न हुन पूर्णतः निषेध थियो । महिलाहरु राजनीति गर्न तथा भाषण गर्न, नारा लगाउन अहिले भै स्वतन्त्र थिएनन् । त्यस्ता काम पुरुषका भागमा पर्थे ।
त्यसैले उनका बुवा आमा छोरीको विवाहलाई लिएर चिन्तित हुनु स्वभाविक थियो । तर दुर्गाले परम्परागत महिला भएर घरमा बस्नुभन्दा राष्ट्रको लागि आफ्नो जीवन र्समर्पण गर्ने अठोट लिएकी थिइन् । उनले आफ्ना अभिभावकलाई सम्झाउने प्रयत्न पनि गरिन्, 'तपाईहरुसँग ७ जना छोरी छन्, एकजना राष्ट्रका लागि र्समर्पण गर्नुस न ।'
जेलमा बस्दाका सम्झना समेटेर सन् १९९४ मा उनले ''जेलको सम्झना'' नामक पुस्तक समेत प्रकाशन गरिन् । सो पुस्तकले हत्या, चोरी, लगायतका मुद्धामा जेल परेका महिलाहरुले त्यहाँ रहँदा भोगेको पिडा र समस्याबारे चर्चा गर्छ । उनले सो पुस्तकका लागि सन् १९९४ मा उत्तम शान्ति पुरस्कार समेत प्राप्त गरिन् । सो पुस्तक " Stay Alive: Women's memory in the prison in Nepal"को नाममा अंग्रेजीमा पनि अनुवाद भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सन् १९७० मै अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्णारेपनि उनको जेल रेकर्डका कारण उनले जागिर पाउन सकिनन् । उनी एकदमै चिन्तित भईन् । त्यसैले उनले कानुन विषय पढेर आफै काम गर्ने सोच बनाईन् । उनी घर छाडेर काठमाडौं आईन् । उनले सन् १९७३ मा आर्थिक विकास र प्रशासन केन्द्र (Centre for Economic Development and Administration/CEDA) मा जागिर पाइन् । यो राष्ट्रिय विकासका लागि निति र रणनिति निर्माणमा योगदान पुर्याउने त्रिभुवन विश्वविद्यालयको मूख्य नीति अनुसन्धान केन्द्र थियो ।
त्यहाँ उनले चार बर्षकाम गरिन् । त्यहाँ काम गर्दा उनको प्रेम साहित्यकार जगदिश घिमिरेसँग बस्न पुग्यो । जोसँग उनले सन् १९७४ मा विवाह गरिन् । विवाहपछि उनले सन् १९७७ बाट सामाजिक काम शुरु गरिन् । श्रीमानसँग बेलायत पुगेका बेला उनले विविसी नेपाली सेवामा काम गर्ने अवसर पनि पाईन् । त्यहाँ उनी राजनीतिक विश्लेषण र टिप्पणी गर्थिन् । उनका श्रीमान जगदिश सन् १९८२ दखि ८४ सम्म अन्तराष्ट्रिय अभिभावक केन्द्रमा सहायक क्षेत्रीय निर्देशकको रुपमा कार्यरत थिए ।
दुर्गा, महिलाका मुद्धाहरुमा निकै संवेदनशील थिईन् जतीबेला उनी समाज कल्याण परिषद्को सामुदायिक सेवा समन्वय समितिमा सन् १९७९ मा कार्यरत् थिइन् । त्यसबेला बेचविखनमा परेकाहरुका लागि काम गर्ने कुनै गैर-सरकारी संस्था नभएकाले प्रहरीले त्यस्ता महिलाहरुलाई उद्धार गरी समाज कल्याण परिषद्मा ल्याउने गथ्र्यो । सोही ताका उनको भेट एक यस्ती युवतीसँग भयो, जो आफ्नै बुवाद्वारा बेचिएकी थिईन् । उनले ती युवतीलाई तुलसी मेयर महिला आश्रममा राखेर पुनर्स्थापना गरिन् । शुरुमा त उनले त्यस्ता घटना थोरै मात्र होलान् भन्ने ठानेकी थिईन् तर पछि उनले त्यस्ता थुपै्र घटना फेला पारिन् ।
बेलायतबाट फर्केपछि सन् १९८६ मा उनले छिमेकी मुलुकका विभिन्न ठाउँमा बेचिएका महिलाहरुका लागि काम गर्ने संकल्प गरिन् । उनले सन् १९८७ मा उद्योग विभागमा ए बी सी नेपाल (एबिसि, नेपाल) नामक संस्था दर्ता गरिन् । उनी सम्झन्छिन्, 'पञ्चायती ब्यवस्थाको समयमा सरकारले प्राथमिकतामा नपारेका विषय र मुद्धाहरुमा काम गर्न एकदमै कठिन थियो ।'
त्यसैले उनले आफ्नो संस्था उद्योग विभाग अर्न्तर्गत दर्ता गराउने सोच बनाइन् र त्यस्ता महिलाहरुका लागि गोप्यरुपमा काम गर्न थालिन् । गैर सरकार संस्था (गैसस) स्थापनाको शुरुका दिनमा उनले महिलासँग सम्बन्धित भन्दापनि बृक्षारोपण, स्वास्थ्य शिविर जस्ता समाजसँग सम्बन्धित काम गरेर जनताको मन जित्ने प्रयास गरिन् । ती कार्यक्रम उनले काठमाडौंको डाँछीमा संचालन गरेकी थिईन् । नगरकोटको आर्थिक शसक्तिकरणका लागि डाँछीमा चर्खा वितरण गरिन् र स्कुल निर्माणमा सहयोग गरिन् ।
पछि सन् १९९० मा उनी आफ्नो गैर सरकारी संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन सफल भईन् । संस्था दर्ता हुनु अघि उनले एउटा दुई दिने गोष्ठि आयोजना गरेकी थिईन् । जुन कार्यक्रमको उद्घाटन उनले एकजना बेचीएकी युवतीको हातबाट गराइन् । संचार माध्यमहरुले त्यो कार्यक्रमलाई निकै प्राथमिकता दिए किनकी त्यो कार्यक्रमको उद्घाटन कुनै प्रधानमन्त्रीको हातबाट नभएर एकजना बेचिएकी युवतीको हातबाट भएको थियो । जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्नाले बेचीएका महिला, घरेलु हिंसाबाट पिडित, बाल विवाह लगायतका क्षेत्रमा काम गर्न उनको आत्मबल बढ्यो र उनलाई सजिलो पनि भयो ।
उनले त्यस्ता विषयमा जनतालाई सचेत गराउन आफ्नै आवाजमा चेतना फैलाउने गीतहरु रर्ेकर्ड गरिन् । त्यसबेला केटीहरुलाई स्कुल पर्ठाईदैनथ्यो । त्यसैले उनले आफ्नो गितमार्फ केटीहरुलाई केटाहरु जस्तै शिक्षा लिन दिन जनतालाई चेतना फैलाउने काम गरिन् ।
उनले गीत, अनौपचारिक शिक्षा र अन्य गतिविधिमार्फ परिवर्तन ल्याउने प्रयास पनि गरिन् । त्यसबेलाको समाज आजको जस्तो स्वतन्त्र र खुला थिएन । उनको अभियानको र्समर्थन गर्नेहरु भन्दा अवरोध गर्नेहरु बढि थिए । दलालहरुको सञ्जाल निकै बलियो भएकाले बेचविखन नियन्त्रण गर्न एकदमै गाह्रो थियो । एक्काईसौं शताब्दीमा केटी बेचीनु हुदैन भन्ने विचारका साथ अभियान शुरु गरेकी उनले त्यसका पक्षमा वकालत गरि नै रहिन् ।
सन् १९९६ फेब्रअरी ५ मा प्रहरीले भारतको बम्बइका केही कोठीमा छापा मारी यौन कार्यमा संलग्न ५ सय ३८ जना युवतीलाई नियन्त्रणमा लियो । ती युवतीहरु भारतका विभिन्न राज्यबाट आएका थिए र त्यसमध्ये २ सय १८ जना नेपालबाट लगिएका थिए । सो समाचार विभिन्न संचार माध्यम र महिला तथा बालबालिकाको क्षेत्रमा महाराष्ट्रको बर्म्बईमा कार्यरत भारतीय गैर सरकारी संस्थाहरुमार्फ नेपालका गैर सरकारी संस्थाहरुसम्म पुग्यो । ती युवतीहरुलाई गैर सरकारी संस्थाहरुद्वारा संचालित पूनर्स्थापना केन्द्रमा राखियो ।
जब त्यो समाचारको पुष्टि भयो, महिला तथा बालबालिकाको अधिकारका लागि काम गर्दै आएका नेपालका १७ वटा गैर सरकारी संस्था (गैसस) को प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई भेटी त्यसबारे सचेत गराए । उनीहरुले बर्म्बईमा रहेका नेपाली युवतीहरुको अवस्थाबारे अनुसन्धान गर्न राष्ट्रिय समिति गठन गर्न पनि माग गरे । उद्धार गरिएका ती युवतीहरुलाई तुरुन्त नेपाल फर्काईनुपर्ने, समस्या समाधानका लागि नेपाल र भारतका सरकारविच द्विपक्षीय वार्ता हुनुपर्ने, उद्धार गरिएका युवतीहरुको स्वास्थ्य जाँच गर्नुपर्ने, नेपालमा आफ्नो परिवार र्फकन चाहनेहरुलाई नेपाल फर्काई उनीहरुको परिवार र समाजमा पर्ूनस्थापना गर्नुपर्ने, र बेचविखनको समस्या रोक्न तत्काल राष्ट्रिय निति जारी गर्नुपर्ने उनीहरुको माग थियो ।
प्रधानमन्त्रीले गैससको प्रतिनिधि मण्डलले अघि सारेका मागलाई सकारात्मक रुपमा लिंदै एक साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । यद्यपि सरकारले एक महिनासम्म पनि कुनै कदम चालेन । त्यसपछि फेरि प्रधानमन्त्रीलाई कोठीको अवस्थाबारे जानकारी गराउँदै स्मरणपत्र पर्ठाईयो । त्यसैबेला गैससको प्रतिनिधि मण्डलले परराष्ट्र मन्त्री, स्वास्थ्य मन्त्री र महिला बालबालिका तथा समाज कल्याण मन्त्रीसँग भेट गरी कोठीमा रहेका युवतीहरुको अवस्था अत्यन्तै कठिन र दयनीय भएको भन्दै उनीहरुको उद्धारका लागि तत्काल कदम चाल्न माग गर्यो ।
बर्म्बईमा केही युवतीहरुको कोठीमै मृत्यु भएको र करिब ३० जना कोठीको झ्याल तोडेर भागेको समाचार नेपालभरि फैलियो । अझै पनि ती युवतीहरुको उद्धारका लागि नेपाल सरकारले कुनै प्रयत्न गरेको छैन । त्यसैले एड्स् विरुद्ध राष्ट्रिय सञ्जाल तथा एच आई भि/एड्स्, चेलीबेटी बेचविखन र महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका ३७ वटा नेपाली गैससको एउटा समूहले पत्रकार सम्मेलनको आयोजना गर्यो ।
दुर्गा यो अभियानमा शुरुदेखि नै सक्रिय थिइन् । उनीसँगै यस क्षेत्रमा काम गर्ने अन्य संघसंस्थाको सक्रिय सहभागितामा १ सय २४ जना नेपाली युवतीहरु घर र्फकन सफल भए । महाराष्ट्रका ११ जना प्रहरी अधिकृत र गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सुरक्षा निगरानीसहित विभिन्न समयमा नेपाल आइपुगे ।
यसरी बर्म्बईबाट उद्धार गरी ल्याईएका ती युवतीहरु मध्ये एबीसी नेपालले २८ युवतीलाई शरण दियो भने अन्य विभिन्न संघ संस्थाहरुले यसकालागि हात अघि बढाए । तर सरकारले यसकालागि कुनै तयारी कहिल्यै गरेन । यस सम्बन्धमा गैर सरकारी संस्थाहरुले ५ महिनासम्म सरकारसँग वार्ता र छलफल गर्ने अथक प्रयास गरे तर सरकारले कुनै चासो दिएन । सरकारले सहयोग नगरेपछि गैर सरकारी संस्थाहरु आफैंले ती युवतीहरुलाई पर्ूनस्थापना गर्नुपर्यो ।
उनीहरुको घर फिर्तिप्रति सरकार सकारात्मक थिएन । ती युवतीलाई घर फर्काउने गैर सरकारी संस्थाको कामको सरकारी अधिकारीहरुद्वारा आलोचना गरिएका समाचार त्यसबेलाका प्रमुख पत्रपत्रिकामा छापिदा दुर्गालाई आत्मग्लानी हुन्थ्यो । अझ केही सरकारी अधिकारीहरुले त सरकारको अनुमतीबीना उनीहरुलाई नेपाल फर्काएर गैर सरकारी संस्थाहरुले समानान्तर सरकार चलाउन खोजेको आरोप समेत लगाएका थिए । अझ भारतद्वारा नेपाललाई एच आई भि/एड्स्को डम्पीङ्ग र्साईट बनाईदैछ र यो खेलमा गैर सरकारी संस्थाहरुले पैसा कमाईरहेका छन् भन्ने जस्ता प्रतिक्रियाले उनलाई बेलाबेलामा विचलित बनाउँथ्यो । तर दुर्गा आफ्नो कामप्रति दृढ थिइन्, त्यसैले उनले कहिल्यै हार खाइनन् ।
दलालहरुको बलियो सञ्जालका कारण दुर्गालाई बारम्बार 'ज्यान मार्ने' धम्की समेत आउने गथ्र्यो । यतिसम्म कि उनले आफ्नो बच्चालाई स्कुल छोड्नसम्म गाडी चालकलाई पठाउनुपर्यो । दलालहरुले उनको डिल्ली बजारस्थित कार्यालयको भ्यालको सिसा समेत फुर्टाईदिए । दुर्गा र उनी जस्तै यस क्षेत्रमा काम गर्ने गैसस प्रयासका कारण बेचविखन विरुद्धको मुद्धा विस्तारै सरकारको पनि चासोको विषय बन्यो । सरकारले सन् १९९६ मा बेचविखनविरुद्ध राष्ट्रिय स्तरको कार्यदल गठन गर्यो ।
आफूले गरेको काममा समाजको र्समर्थन नपाएपनि परिवारको भने उनले दह्रो र्समर्थन हात पारिन् । आफैले अनुभव गर्न सक्ने भएका कारण पनि महिलाका समस्या पुरुषले भन्दा महिला स्वयंले बुझ्न सक्छन् भन्ने श्रीमान्को भनाइ उनलाई निकै घत परेको छ । आफ्नै परिवार, सन्तान,नातागोता, साथीभाई अनि परचक्रिबाट बेचिएका चेलीहरुले नयाँ जीवन प्राप्त गर्न सकेकोमा उनी खुशी छिन् । तर अझै पनि हजारौं महिलाहरु बेचविखनको जोखिममा छन् । त्यसैले सधैका लागि त्यो नरकको ढोका बन्द गर्न सकेको दिन मात्रै उनको सपना पुरा हुनेछ ।
दुर्गा भन्छिन्, 'उनीहरुको मुद्धा उठाएर परिवारसँगको पुनर्मिलनकालागि मैले सहयोग गरेका कारण ती महिलाहरु म प्रति आभारी छन् । अहिले उनीहरुमध्ये धेरै महिलाहरु खुशी छन् भन्दा म निकै सन्तुष्ट भएको अनुभव गर्छर्ुु'
उतिवेला उद्धार गरिएका मध्ये करिब १९ जना महिला अहिले सफा टेम्पो चलाईरहेका छन् । केही महिलालाई होटल ब्यवस्थापन सम्बन्धि तालिम दिईएको छ । आफ्नो कामको मूल्यांकन स्वरुप दुर्गाले उच्च सामाजिक पुरस्कार्रर्/इन्टरनेसनल रोटरी भोकेसनल अवार्ड र रिफ्लेक्सन अफ होप अवार्ड -यो अवार्ड उनी र उनका श्रीमान दुवैले प्राप्त गरेका थिए) बाट अलग अलग समयमा सम्मानित भइन् ।
उनी भन्छिन्, 'एकजना मध्यमवर्गिय महिला राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न मुद्धामा बहस गर्न सक्ने भई । त्यसैले म मेरो प्राप्तीसँग एकदमै धेरै खुसी छु ।' उनी थप्छिन्, 'कामको सम्मान स्वरुप पुरस्कार पाउँदा निकै खुशी र गर्व लाग्छ ।'
तर सामाजिक परिवर्तनको उनको उद्देश्य भने अझै बाँकी नै छ । उनका सहयात्रीहरु शेरबहादुर देउवा, रामशरण महत, अर्जुननरसिंह केसी आज मुलुकका वरिष्ठ नेता भएका छन् । आफू त्यसरी प्रतिष्ठित नभएकोमा उनलाई कुनै दुःख छैन । उनलाई लाग्छ, महिलाको क्षेत्रमा काम गरेर उनले समाजमा गरेको योगदान कुनै राजनीतिज्ञको भन्दा कम छैन । उनी भन्छिन्, ' राजनीतिज्ञहरुको शक्ति र सत्तामा रहँदा मात्र नाम हुन्छ, तर हाम्रो सदैव । हामी 'इभरग्रिन' छौं । जनताहरु हामी र हाम्रो कामलाई सँधै माया गर्छन्, तर राजनीतिज्ञहरुप्रतिको जनताको विश्वास घट्दो छ ।'
राजनीतिक जीवनसँग कुनै समय निकै नजिक दुर्गालाई अहिले लाग्छ, अरुको खुट्टा तान्ने प्रवृत्ति हाम्रो राजनीतिमा अझै हावी छ । उनको विचारमा राजनीति शरिर, पैशा र प्रचार (muscles, money and manipulation) को खेल हो । आफू राजनीतिक जीवनमै सक्रिय भइरहेको भए आज आफूले काम गर्न चाहेको विषयमा यति स्वतन्त्र ढंगले प्रस्तुत हुन सक्दिनथे कि भन्ने उनलाई लाग्छ । त्यसैले राजनीतिक जीवनबाट बाहिरिएकोमा उनलाई खुशी पनि लागेको छ ।
घरेलु हिंसा र बेचविखनविरुद्धको आमूल परिवर्तन उनी र उनीजस्ता केही सिमित मानिसहरुको प्रयासले मात्रै सम्भव छैन भन्ने उनलाई लाग्छ । त्यसैले त्यो परिवर्तनको पर्खाइमा उनी पनि छिन् । तर पनि उनलाई लाग्छ, अहिलको नेपाली समाज विस्तारै सोही बाटोतर्फउन्मुख छ । यस्ता गतिविधिविरुद्धको महिलाहरुको संगठित आवाज अनि अन्याय पर्दा चुपचाप बस्ने परम्परा तोड्ने कामको शुरुवातले उनीमा निकै उत्साह थपेको छ ।
उनलाई हिजोआज गाउँमा चेतनाको रौनक छाएको अनुभव भएको छ ।। समूह वा सहकारीकै नाममा भएपनि एकताबद्ध महिलाहरुको स्वर बलियो बन्दै गएकोमा उनी दंग छिन् । उनलाई लाग्छ, यतिखेर यो अभियानमा उनी एक्लो छैनन् । उनीसँगै हात मिलाउने अनि उनका पाइलालाई साथ दिने अनगिन्ति हात र पाइलाहरु उनलाई पछ्याउँदै छन् । तर पनि उनलाई लाग्छ -'समाजमा गडेर रहेको घरेलु हिंसा र चेलीबेटी बेचविखनको अन्त्यकालागि एक व्यक्तिको प्रयासले सम्भव छैन । यसकालागि दुई तीन वटा हस्तक्षेपकारी कार्यक्रमले मात्र त्यसलाई उखेलेर फाल्न सकिंदैन । यस्ता गतिविधिविरुद्ध एउटा गतिलो र प्रभावकारी अभियान आवश्यक छ । हाम्रो अभियानको सफलताका लागि त्यस्ता गतिविधिविरुद्ध पुरुषहरुबाट पनि आवाज उठ्नु पर्छ ।'
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .