नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
कविता बाँतर सरदार
सदस्य, संविधानसभा, नेपाली काङ्ग्रेस
जन्मः १९६५, मोरङ जिल्ला, झोराहाट गाविस
अशिक्षित, न्यून आय समूह, साँस्कृतिक र सामाजिकरुपमा तल्लो समुदायबाट आएकी कविता बाँतर सरदारको लक्ष्य परिवार वा अन्य पक्षको सहयोग नपाएका महिलालाई राजनीतिमा उचित र पर्याप्त अवसर जुटाउने रहेको छ ।
सरदारको जन्म माछा मार्ने पुख्र्यौली पेशा भएको तल्लो जातको माझी परिवारमा सन् १९६५ जनवरी १६ मा भएको हो । मोरङको दक्षिणी भेगमा बसोबास गर्ने उहाँको परिवारले राम्रो जीवनको कहिल्यै कल्पना समेत गरेको थिएन । सरदारका बुबा पदम कुमार अशिक्षित हुनुहुन्थ्यो तर पञ्चायतकालमा उहाँ सरकारी कर्मचारी हुनुहुन्थ्यो । राजनीतिमा प्रवेश गर्नका निम्ति उहाँले जागिर छाड्नुभयो । उहाँ जिल्ला पञ्चायतको सदस्य बन्नुभयो र पञ्चायती व्यवस्था समाप्त हुनु एकवर्षअघि सन् १९८९ मा उहाँको मृत्यु भयो ।
सरदारको समाजमा शिक्षालाई प्राथमिकता दिइन्न, खासगरी केटीहरुका निम्ति । तैपनि, उहाँका हजुरबुबा धनीराम सरदार जवाहरले चार दशक अघि नै व्यक्तिगत रुपमा उहाँ र उहाँकी बहिनीलाई शिक्षित बनाउने अठोट गर्नुभयो । उहाँले दुवैलाई विद्यालयमा भर्ना गराउनुभयो । यसैबखत, कविताका बुबाको तेह्रथुम जिल्लामा सरुवा भयो ।
सरदारको परिवारको आर्थिक अवस्था अन्य गाउँलेको तुलनामा राम्रै थियो र परिवारको १२ बिघा जमिन थियो । तर उहाँका बुबा राजनीतिमा प्रवेश गर्नासाथ बुबाले पैतृक सम्पत्ति सबै त्याग्नुभयो ।
सरदारले झोराहाट गाउँको सरस्वती माध्यमिक विद्यालयमा पढाइ थाल्नुभयो र सन् १९९० मा एसएलसी परीक्षा उत्तीण गर्नुभयो । तर नजिकमा उच्च अध्ययनका निम्ति सुविधा नभएकोले उहाँले मोतिपुरको स्थानीय विद्यालयमा परिवार चलाउनकै निम्ति सन् १९९३ देखि प्राथमिक शिक्षिकाको रुपमा पढाउन थाल्नुभयो । उहाँलाई पछि सुन्दर निम्न माध्यमिक विद्यालय भौदहमा सरुवा गरियो ।
बाँतरको कूल जनसंख्या मुलुकभरमा करिब २२५,००० रहेको मानिन्छ । पछौटेपनबाट ग्रस्त बाँतर परिवारबाट मोरङ जिल्लामा एसएलसी गर्ने एकदर्जन भन्दा कम बाँतर महिलामध्ये उहाँ एक हुनुहुन्छ । पुरुषलाई बजार र विद्यालय जान तुलनात्मकरुपमा सजिलो हुन्छ तर महिलाले यो अवसर मुश्किलले पाउँछन् । सरदार आफ्नो समुदायकी थोरै महिला शिक्षिकामध्ये एक हुनुहुन्छ र सबैका निम्ति उदाहरण भएको गर्वसाथ बताउनुहुन्छ ।
दुईवर्षपछि नै शिक्षक साथीहरुको सल्लाहमा उहाँ भारतको वीरपुरमा गएर प्रविणता प्रमाणपत्र तहको निजी विद्यार्थीको रुपमा परीक्षा दिनुभयो । उहाँले वीरपुरमा झण्डै एक महिना बसेर जाँच दिएर र्फकनुभयो । स्नातक तहसमेत पढ्ने उहाँले इच्छा राख्नुभएको थियो तर परिवार र शिक्षण पेशा नै छाड्नुपर्ने भएकोले यस्तो गर्न पाउनु भएन । सरदारले अझै पनि स्नातक गर्ने सपना बुन्नु भएको छ । उहाँले परिवारलाई आफ्नो नाम गाउँकै स्थानीय कलेजमा दर्ता गराइदिन आग्रह समेत गर्नुभएको छ ।
सरदारले केशर कुमार सरदारसँग सन् १९८३ मा विवाह गर्नुभयो । उहाँका पति छिमेकी गाउँकै हुनुहुन्थ्यो र उहाँहरुबीच कक्षाकै साथीको रुपमा चिनचान भए पनि विवाह गरेपछि मात्र गहिरो सम्बन्ध स्थापित भएको थियो । उहाँहरुको विवाह दुवै परिवारको सहमतिमा भएको थियो । कविताका बुबाले केशरसँगको विवाहका बारेमा केही पनि नबताउनु भएको उहाँको भनाइ छ । "साँच्चिकै, मेरो बुबालाई रक्सी पिउन मन पथ्र्यो । एक दिन, उहाँलाई मेरो श्रीमान्को घरमा निमन्त्रणा गरिएको थियो । अकस्मात, उहाँले मेरो विवाह गरिदिने निर्णनगर्नुभएछ र मैले मेरो बुबाआमाले कुराकानी गरेको सुनेपछि थाहा पाएँ । मेरो गाउँको यो परम्परा नै हो," उहाँले भन्नुभयो ।
विवाह गर्दा दुवैजना विद्यार्थी थिए । केशर अहिले गाउँकै स्थानीय प्राथमिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । सरदारको दाम्पत्य जीवन तुलनात्मकरुपमा सहज छ र उहाँ शिक्षित र बौद्धिक श्रीमान् पाएर खुशी हुनुहुन्छ । "मेरो श्रीमान्को सहयोग र र्समर्थन नपाएको भए म यो स्थितिमा हुने थिइन," उहाँले भन्नुभयो । उहाँको कमाइ श्रीमान्ले लिने कहिल्यै गर्नुभएको छैन न त उहाँले गर्न चाहेको काममा अवरोध नै गर्नुभएको छ । सासु झाउलीदेवी सरदारले समेत महिला अधिकारका बारेमा बुझ्नु भएको छ किनभने उहाँ पनि पञ्चायतकालमा महिला संगठनको सदस्य हुनुहुन्थ्यो ।
२०४६ सालको जनआन्दोलनले सरदारलाई राजनीतितर्फआकषिर्त गर्यो । २०३६ सालको जनमत संग्रहमा समेत बहुदलीय प्रजातन्त्रको पक्षमा उहाँ उभिनु भएको थियो । सरदारका हजुरबुबा महात्मा गान्धीका अनुयायी हुनुहुन्थ्यो र नेपाली काङ्ग्रेसका नेता बी.पी. कोइरालालाई र्समर्थन गर्नुभयो । त्यसैकारण, लोकतन्त्रले मात्र मुलुकलाई बचाउन सक्दछ भन्ने धारणाका साथ उहाँले राजनीतिमा प्रवेशका निम्ति नेपाली काङ्ग्रेसलाई छान्नुभयो ।
२०४६ पछि नेपाली काङ्ग्रेसले सरदारको गाउँमा पार्टीले साधारण सदस्यता वितरण गर्यो । सन् १९९१ मा झोराहाट गाउँ संगठनको अध्यक्षमा उहाँलाई नियुक्ती दिइयो । उहाँको कार्यशैलीका कारण सन् १९९४ मा उहाँले पार्टीले सक्रिय सदस्यता प्राप्त गर्नुभयो । धेरै वर्षपछि उहाँ नेपाली काङ्ग्रेसको जिल्ला समिति सदस्यमा निर्वाचित हुनुभयो । उहाँले महिला अधिकारको क्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिनुभयो र हाल उहाँ नेपाल महिला संघको आमन्त्रित सदस्य हुनुहुन्छ ।
महिलाका निम्ति राम्रो स्थान प्राप्त गर्न पार्टी भीत्र कठिन स्थिति रहेको उहाँको धारणा छ र अझ थिचोमिचोमा परेका जातिलाई अझ कठिनाइ छ । सम्पुरूण प्रमुख नेताहरु पुरुष हुनुहुन्छ र उहाँहरु माथिल्लो जातिका हुनुहुन्छ, उहाँहरुले महिलालाई महत्व दिनुहुन्न । "हामी निमुखाले जतिसुकै कराए पनि उनीहरुका कानमा बतास लाग्दैन," उहाँ भन्नुहुन्छ ।
दुई दशकसम्म ग्रामीणस्तरको अधिकारकर्मी र शिक्षण पेशामा आबद्ध भए पनि पनि संसदको टिकटका निम्ति सरदारले पार्टी कहिल्यै कुरा राख्नु भएन । संविधानसभाको निर्वाचनको तयारी भइरहँदा उहाँ समेतका केही महिला अधिकारकर्मीले पार्टी ३३ प्रतिशत स्थानमा महिलालाई उम्मेदवार बनाउनु पर्ने माग गर्नुभयो । पार्टी सभापति गिरिजाप्रसाद कोइराला बिराटनगर आउँदा उहाँले सक्रियरुपमा विभिन्न कार्यक्रममा सहभागिता जनाउनुभयो । पार्टी मोरङ जिल्लामा छ वटा टिकट पुरुषलाई र दईवटा टिकट महिलालाई दिने प्रस्ताव गर्यो । कोइरालाले मौखिकरुपमा यसमा सहमति जनाउनुभयो तर चुनावमा महिलालाई एउटा पनि टिकट दिइएन । "मलाई अत्यन्त नरमाइलो लाग्यो । मैले मेरै निम्ति मागेको थिइन तर महिलाका निम्ति नियम बनाउन मात्र चाहेकी थिएँ । पूरै जिल्लाबाट एकजना पनि महिलालाई पार्टी टिकट दिएन," उहाँले भन्नुभयो ।
निर्वाचन आयोगले पार्टीलाई समानुपातिक प्रतिनिधित्वको उम्मेदवारका निम्ति सबै जातीय समूह, लिङ्ग, जाति र क्षेत्रका आधारमा सदस्यको सूची उपलब्ध गराउन भनेको थियो । उहाँ सम्झनुहुन्छ, "संविधानसभामा स्थान नपाउँदा मलाई चिन्तित बनाएको थियो । म मेरो जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व गर्न उत्सुक थिएँ तर सबैजसो नेताहरुले मलाई हतोत्साही बनाए । माथिल्लो तहका सबै नेताहरु उच्च जातका बाहुन-क्षेत्री समुदायका रहेको मैले बुझेकी थिएँ । निर्वाचन आयोगले महिला र अन्य पीडित समुदायको प्रतिनिधित्व गराउने प्रावधान नराखेको भए मैले संविधानसभाको सदस्यमा निर्वाचित हुने अवसर पाउने थिइन । मैले पार्टी भीत्र जोडदार ढंगबाट यो कुरा उठाएँ । संविधानसभा निर्वाचनको अवधिमा पार्टीको तर्फाट उम्मेदवार बन्नुभएका महेश आचार्यलाई निर्वाचित गराउन ठूलै मेहनत गर्यौं तर यो क्षेत्र नेपाली काङ्ग्रेसको गढ रहे पनि चुनावी आँधी अर्कैतिर मोडियो ।"
सरदारको सबैभन्दा ठूलो संर्घष संविधानसभामा समानुपातिक प्रतिनिधिको रुपमा चुनिनु थियो । रोजगारी र परिवार छाडेर उहाँ राजधानी छिर्नुभयो । तैपनि, आर्श्चर्य र निराशाबीच उहाँले आफ्ना कुरा सुनिदिने ठूला नेताहरु पाउनु भएन, उहाँलाई कतिपय नेताहरुले नचिने झैं गरे । धेरै प्रयास गरे पनि गिरिजाप्रसाद कोइरालालाई भेट गर्नका निम्ति प्रधानमन्त्रीको बालुवाटारस्थित निवासमा प्रवेश गर्न समेत उहाँ असफल हुनुभयो । उहाँले महेश आचार्य र शेखर कोइरालासँग भेट गरेर आफूले शिक्षण पेशा छाडेको र संविधानसभाको सदस्यमा आउनु बाहेक अर्को विकल्प नरहेको जानकारी गराउनुभयो । उहाँहरुले आश्वासन त दिनुभयो तर शङ्का लागेकोले धेरै रात न्रि्रा समेत लागेन । हुँदाखाँदाको राम्रो जागिर छाडेर ठूलो पद खोज्ने हुँदा रित्तो हात लाग्यो भनेर गाउँघरमा टिप्पणी पनि गरियो । तर अन्ततः उहाँको नाम समानुपातिक प्रतिनिधिको रुपमा संविधानसभाको सूचीमा आयो ।
सरदारले सामाजिक बहिष्करण र आफ्नै पार्टीको सदस्यबाट अनैतिकताको आक्षेप सहनु परेको छ । उहाँमाथि देखिने किसिमको विभेद त गरिएको छैन तर सहकर्मी पार्टीकोदस्यबाट प्रस्तुत गरिएका गलत आचरणका धेरै अनुभव र सम्झना छन् । "हामीले यस्ता विभेदका बिरुद्धमा संर्घष गर्नुपर्दछ र समान अधिकारका निम्ति आवाज उठाउनु पर्दछ । पहिलो, संर्घष परिवार भित्रैबाट प्रारम्भ गर्नुपर्दछ र यसलाई गाउँघर, क्षेत्र र पार्टीभीत्र तथा अन्ततः राष्ट्रभर फैलाउनु पर्दछ," उहाँ भन्नुहुन्छ ।
पार्टीभीत्र अधिकारकर्मीको रुपमा उहाँको २० वर्षो करिअर केन्द्रीय कार्य समितिमा प्रवेशका निम्ति पर्याप्तरुपमा सहयोगी भएको छैन । पार्टीले विधानले केन्द्रीय समिति सदस्यमा उम्मेदवार हुनका निम्ति महासमितिको सदस्य हुनुपर्ने व्यवस्था गरेको छ । तर उहाँ अहिलेसम्म महासमिति सदस्यमा चुनिनु भएको छैन । "हामी कसरी माथि जान सक्छौं - महासमितिको सदस्य हुनका निम्ति निर्वाचन क्षेत्रमा ठूलै संर्घष हुने गरेको छ । महिलाका निम्ति आरक्षण (कोटा) को व्यवस्था गरिएको छैन र महासमिति सदस्य भएकाहरुले मात्र चुनावमा उठ्न पाउँछन्," उहाँले बताउनुभयो ।
तल्लो जात भएकैले यस्तो गरिएको हो - "वास्तविक समस्या के हो म भन्न सक्दिन । मलाई गाउँ इकाइ चुनावमा समेत उम्मेदवार बन्न दिइएन । हरेकजसोले टिप्पणी गर्दछन् - 'तिमी किन अघि बढ्न चाहन्छौ - विद्यालयमा त्रि्रो राम्रो जागिर छ र जागिरमै ध्यान दिए राम्रो हुनेथियो ।' कसैले पनि पार्टीभीत्र मैले प्रगति गरेको चाहँदैनथे ।"
अहिले सरदार नेपालका निम्ति समतामुलक समाजको लागि उपयुक्त हुनेगरी संविधान निर्माण गर्ने सपना पूरा गर्नेतर्फतल्लिन हुनुहुन्छ । नयाँ संविधानमा सबै समुदाय, समूह, जातजातिको अधिकारलाई प्रत्याभूति गर्नुपर्ने उहाँ बताउनुहुन्छ । उहाँ सम्पुण सरकारी र अन्य क्षेत्रमा महिलालाई अनिवार्यरुपमा ५० प्रतिशत स्थान व्यवस्था गर्ने प्रावधान राख्नुपर्नेमा जोड दिनुहुन्छ ।
उहाँ नेपाललाई सङ्घीय राज्य बनाउनुपर्ने विश्वास राख्नुहुन्छ र सङ्घीयताबाट मात्र सबै क्षेत्रका जनताले आफ्ना हकअधिकार सुनिश्चित गर्न सक्नेछन् । तर उहाँ सङ्घीय राज्यहरु बनाउँदा जातीयतालाई आधार बनाउने कुरामा विश्वास राख्नुहुन्न ।
सरदार भन्नुहुन्छ, "अपहेलित समूहको उत्थानका निम्ति शिक्षाको सुविधा नै सबैभन्दा महत्वपूण आवश्यकता हो । उनीहरुका निम्ति कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइनुर्पर्दछ र राज्यले सबैलाई रोजगारीको प्रत्याभूति गर्नुपर्दछ । साथै, स्वास्थ्य र सरसफाइको सेवा समेत उपलब्ध गराइनुपर्दछ ।"
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .