This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


लीला न्याइच्याइ

संविधा सभा सदस्य
केन्द्रीय सदस्य नेपाल क्रान्तिकारी महिला युनियन
वैकल्पिक केन्द्रीय सदस्य, नेपाल मजदुर किसान पार्टीजन्म : सन् १९८०, भक्तपुर

लीला न्याइच्याइ नेपालको नयाँ खालकी महिला नेतृ हुनुहुन्छ जसले २७ वर्षै उमेरमा संविधान सभाको सदस्य बन्ने हैसियत बनाउनुभयो । उहाँले ६०१ सदस्य मध्ये ५ सदस्य ओगट्ने नेपाल मजदुर किसान पार्टीको तर्फाट समानुपातिक प्रतिनिधित्वको रुपमा संविधानसभाको लागि छानिनुभएको थियो ।

प्रायः युवाहरुले राजनीतिलाई फोहरी खेलको संज्ञा दिएर तर्केर हिंड्ने बेलामा न्याइच्याइ राजनीति मार्फ् शान्ति निर्माणको लागि आफूलाई समर्पित गरिरहनुभएको छ । उहाँलाई विश्वास छ कि नेपालमा थुप्रै स्वच्छ छवी भएका विद्वान राजनीतिज्ञहरु भए पनि यो देशको छवि केही भ्रष्ट नेताहरुको अधिपत्यले धुमिल भैरहेको छ ।

न्याइच्याइको जन्म भक्तपुरको पुरानो शहरमा सामान्य नेवार परिवारमा तेस्रो छोरीको रुपमा भएको थियो । उहाँको बुबा सिकर्मीको काम गर्नुहुन्थ्यो भने आमा गृहिणी हुनुहुन्थ्यो । स्थानीय भक्तपुरको बासु माध्यमिक विद्यालयमा कक्षा ४ पर्ढर्दै गर्दा न्याइच्याईले अगस्ट २१, १९८८ को भुकम्पपछिको एक महत्वपर्ूण्ा राजनीतिक घटनालाई बुझ्ने मौका पाउनुभयो ।

भुकम्पले क्षत्रि्रस्त भएका भक्तपुरका थुप्रै घर भत्काएर पुनःनिर्माण गर्नुपर्ने भयो । भुकम्पले भन्दा पञ्चायती सरकारले उक्त प्रकोपलाई हर्र्ने तरिकाले त्यहाँ साँच्चैको त्रासदी निम्त्यायो । तत्कालीन सरकारले भक्तपुरमा राहत सामाग्री वितरण गर्ने जिम्मा राष्ट्रिय पञ्चायत सदस्य कर्ण हेजुलाई दियो, जो कोष हिनामिना गरेको अभियोगमा नेमकिपाबाटै निकालिएका थिए । भुकम्प राहतको सर्न्दर्भमा पञ्चायती सरकारले हेजुलाई बलिको बोकोको रुपमा प्रयोग मात्र गरेको थियो । त्यसमाथि हेजुले राहत सामाग्री ठूला हुनेखानेहरुको बीचमा बाँडे जसका घर भुकम्पले भत्केकै थिएन र साँचैका पिडीतले भने केही पनि पाएन । रिसले चूर भएका स्थानीयबासीहरुले उनको मुखमा कालोमोसो दलेर यति नराम्रोसँग उनलाई पिटे कि उनलाई हस्पिटलमा भर्ना गर्नुपर्‍यो र त्यहीं उनको मृत्यु भयो ।

सरकारले हेजुको मृत्युको जिम्मेवार नेमकिपालाई ठहर्‍यायो र पार्टी नेताहरु र कार्यकर्ताहरु बिस महिनासम्म कैद गरिए । तिनीहरु सन् १९९०मा पञ्चायती व्यवस्थाको अन्त्य भैसकेपछि मात्र छुटे ।

यसबाहेक सन् १९९० को जनआन्दोलन पनि न्याइच्याइले नजिकबाट हेन पाए । त्यसमा भक्तपुरका स्थानीय बासिन्दा स्वःस्फुर्त रुपमा सहभागी भएका थिए, सुरक्षाबल विद्यालय र घरघरमा खानतलासी लिन पुगेका थिए । शिक्षकहरु समातिएका थिए भने कृषकहरु निर्घात पिटिएका थिए । विद्यालयका शिक्षकहरुले विरोध पर्रदर्शन गरे र विद्यार्थीहरुलाई सहभागी हुन प्रोत्साहित पनि गरे । न्याइच्याइ ती युवा विद्यार्थीहरु मध्ये एक थिए जो नेमकिपाले आयोजना गरेका पञ्चायत विरोधी कार्यक्रममा सक्रिय सहभागी हुन्थे ।

न्याइच्याइले आफू ६ कक्षाको हुँदा र्सवप्रथम नेमकिपासँग सम्बद्ध विद्यार्थी संगठनमा आबद्ध हुनुभयो । यसलाई राजनीतिक संगठन होइन भनेर देखाउन यसको नाम विद्यार्थी कल्याण समिति राखिएको थियो र यो समाज कल्याण परिषद्को मातहतमा भक्तपुरको हरेक विद्यालयमा यसको समितिहरु थिए । यो समितिले विशेषगरी कक्षा कोठा भित्र अनुशसन पालना गराउने गथ्र्यो ।

न्याइच्याए एक औसन दर्जाको विद्यार्थी हुनुहुन्थ्यो जो पाठ्यपुस्तकमा मात्र सीमित नरही हाजिरीजवाफ, वक्तृत्वकला, कविता प्रतियोगिता आदिमा पनि भाग लिन चाहनुहुन्थ्यो । उहाँका शिक्षकहरुले विद्यार्थीहरुलाई सफल व्यक्तिहरुको जीवनी पढ्न भन्नुहुन्थ्यो र उहाँले त्यसमध्ये क्लारा जेटि्कन, होचिमिन्ह, रोसा लुक्जेर्म्बर्ग र गंगालालको जीवनी आदि पढ्नुहुन्थ्यो । त्यसमध्ये उहाँलाई विशेष गरेर हृदयचन्द्र सिंह प्रधानले लेखेको गंगालालको चिता नामक नाटक र भियतनामी नेता होचिमिन्हको जीवनीले बढी प्रभावित पारेको थियो । गंगालाल नेपालका एक शहीद हुन जसालाई राणा सरकारले सन् १९४०मा मृत्युदण्ड दिएको थियो । 'यदि ती नायकहरुले आफ्नो समयमा संर्घष नगरेको भए त्यसपछिका पुस्ताले पढ्ने मौका नै पाउँदैनथे । त्यसकारण यो सम्पूण राष्ट्र र जनताको लागि गरिएको राजनीति हो'- उहाँले भन्नुभयो ।

कक्षा ९ मा पुग्दा उहाँ भक्तपुर विद्यार्थी कल्याण समितिको अध्यक्ष हुनुभयो, जसले नेमकिपाको निर्देशनअनुसार जिल्लाभरि कार्यक्रम हेर्नुहुन्थ्यो । त्यसका लागि उहाँ हरेक गाविसमा स्कुलमा जानुहुन्थ्यो र सत्यलाई आपनै आँखाले हेर्नुहुन्थ्यो । त्यसपछि उहाँले विद्यार्थीहरुले निकाल्ने 'प्रचेष्टा' नामक पत्रिका सम्पादन गर्न थाल्नुभयो ।
एसएलसी जाँच नजिक आउँदा उहाँका शिक्षकहरुले उहाँलाई अन्य कुराबाट टाढा बस्न सुझाव दिनुभएको थियो । उहाँले सन् १९९६ मा एसएलसी परीक्षा उत्तिर्णर्नुभयो ।

घरमा उहाँलाई विज्ञान विषय लिएर पढ्न दबाब दिएको थियो तर उहाँले विद्यार्थी कल्याण मार्फ् विभिन्न गतिविधिमा संलग्न भइराख्नुपर्ने भएकोले मानविकीमा भर्ना हुनुभयो । उहाँलाई थाहा थियो कि विज्ञान पढेपछि काठमाडौं गएर पढ्नर्पर्छ, प्रयोगात्मक कक्षामा बढी समय जान्छ र विद्यार्थी गतिविधिमा समय दिन पाइँदैन।

भक्तपुर बहुमुखी क्याम्पसमा भर्ना भइसकेपछि पनि उहाँले राजनीति र विश्वको बारेमा ज्ञान दिने पुस्तकहरुको सुची तयार पार्न तिर लाग्नुभयो । उहाँ आफ्ना साथीहरुका साथ राजनीति भनेको फोहरी खेल हो भन्ने चलेको धारणालाई मेटाउन लाग्नुभयो र त्यसको सट्टा युवाहरुका बीच राजनीतिको महत्व स्थापित गर्ने प्रयास गर्नुभयो । उहाँ विश्वास गर्नुहुन्छ कि युवा र शिक्षित नेताहरुले मात्र नेपालको भत्केको राजनीतिक अनुशासनमा नैतिकता ल्याउन सक्छ र केही हद सम्मको स्थायित्व प्रदान गर्न सक्छ ।

र्सार्वजनिक सम्पत्तिको तोडफोड, सडकमा टायर बाल्नु र जबर्जस्ती बन्द गराउनु राजनीति होइन । 'राजनीतिको उद्देश्य जनता र राष्ट्रको सेवा गर्नु हो । हामीले स्वच्छ राजनीति गर्नुपर्छ । त्यसपछि मात्र जनतालाई राम्रो सेवा दिन सकिन्छ । राम्रा मानिसहरु राजनीतिमा संलग्न नभएसम्म गरीब राजनीतिकै खेलाडीहरुले फोहरी खेल खेलिरहन्छ ।

न्याइच्याइ पार्टर्ीीाजनीतिमा तब प्रवेश गर्नुभयो, जब सन् १९९६ मा नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले भारतीय सरकारसँग महाकाली सन्धीको सन्धीपत्रमा हस्तक्षर गर्‍यो । यो सन्धी नेपालको हितको लागि घातक हुनसक्ने भनेर विभिन्न कम्युनिष्ट पार्टीले सामूहिक रुपमा विरोध गरे । यसमा न्याइच्याइले पनि भाग लिनुभयो र सन्धी विरोधी आन्दोलनलाई गति दिनुभयो ।

राजनीतिक चेतना भएकै कारणले उहाँले भक्तपुर बहुमुखी क्याम्पसमा अर्थशास्त्र, राजनीति शास्त्र र अंग्रेजी साहित्य लिएर प्रमाणपत्र तह पढ्नुभएको थियो । स्नातक अर्थशास्त्र र अंग्रेजी साहित्य लिएर रत्नराज्य लक्ष्मीक्याम्पस बाट गर्नुभयो । त्यसपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट सूचना विज्ञानमा स्नातकोत्तरको ड्रि्री पनि हासिल गर्नुभयो ।

न्याइच्याइको राजनीतिक क्रियाकलापहरु सधैं उहाँको पार्टीको नेमकिपाबाट निर्देशित हुने गर्दछ । नेमकिपासँग विद्यार्थी संगठनमा काम गर्दा उहाँले आफ्नो क्रियाकलाप गुणात्मक शिक्षा प्रणालीमा केन्द्रित हुनुभएको यिथो । उहाँहरुको विरोध गने तरिका वा शैली अरु विद्यार्थी संगठनहरु वा राजनीतिक पार्टी भन्दा भिन्न छ । उहाँका अनुसार उहाँहरुको संगठनले कहिल्यै क्याम्पस अगाडि टायर बालेनन् र कक्षा बन्द गराएनन् । त्यस्तै उहाँहरु र्सार्वजनिक सम्पत्तिमा क्षति पनि पुर्‍याएनन् ।

विद्यार्थीहरुसँग ८ वर्षकाम गरिसकेपछि सन् २००५ मा शाही कदमको विरुद्ध जनआन्दोलन भाग दईको उभार आइरहेको बेला उहाँ महिला संगठनलाई सशक्त गर्न लाग्नुभयो । उहाँ त्यसबेला पार्टी आयोजना गरेका हरेक विरोध कार्यक्रममा भाग लिन जानुभयो । गाउँ शहर जताततै डुल्नुभयो, राजाको निरंकुश कदमका विरुद्ध जनतालाई चेतना दिन ।

उहाँ सन् २००८ मा पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बन्नुभयो । उहाँमा अनुशासन छ र आफुभन्दा माथिल्लो तहका नेताहरुको सम्मान गर्नुहुन्छ - यी दुई यस्ता गुणहरु हुन् जुन आजका अधिकांश युवा कार्यकर्ताहरुले गुमाइसकेका छन् । उहाँ आफूलाई आफ्नो पार्टीको वरिष्ठ नेताहरुको सहयोगबाटै संविधान सभासम्म आइपुगेको मान्नुहुन्छ ।

नेपालको समसामयिक राजनीतिका आलोचक न्याइच्याइले महिला संगठनसँग आफूलाई जोडिसकेपछि सामाजिक ब्यवधानहरु महसुस गर्न थाल्नुभयो । महिलाहरुको समस्याहरुका अगाडि उहाँलाई विद्यार्थीहरुको मुद्दा फितलो लाग्यो ।

'नेपालमा शिक्षित महिला नेतृहरुको खाँचो छ । नेपालमा धेरै महिलाहरु राम्रो जागिर र राम्रो श्रीमान पाउनलाई शिक्षा ग्रहण गर्दछन्, समाज र राजनीतिको अनुहार बदल्नलाई होइन'- उहाँ भन्नुहुन्छ ।

एकताका पिछडिएका जिल्लाहरुमा गनिने भक्तपुरले नेमकिपाको संयोजकत्वमा भएका थुप्रै विकास कार्यक्रमहरुले गर्दा अहिले परिवर्तन भइरहेको छ । त्यहाँको स्थानीय निकायले महिला र गरीब परिवारलाई लक्षित गरी सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

उहाँको पार्टीभीनै भए पनि त्यसले नेपाली राजनीतिमा महत्वपूण भूमिका खेलिरहेको उहाँ विश्वास गर्नुहुन्छ । उहाँ ठूला पार्टीले नेपालको इतिहासमा धेरै गल्ती गरेको र अहिले पनि गल्ती दोहोर्‍याइरहेको धारणा राख्नुहुन्छ । सानो भए पनि उहाँको पार्टी जनतालाई झुक्याउँदैन । उहाँका अनुसार ठूला पार्टीको सफलतामा पुगेपछि जनतालाई गरेको बाचा बिर्सन्छन् जबकि उहाँको पार्टी सक्ति र पदको लालचमा फस्न अस्वीकार गर्दछ ।

भक्तुरमा आदिवासी नारायणमान विजक्छे रोहितको नेतृत्वमा रहेको नेमकिपाको भक्तपुरमा राम्रो पकड छ । नेमकिपाको सक्रियतामा त्यहाँका किसानहरुले आफूले जोत्दै आएको खेत जमिनको आधा भाग आफ्नो नाममा दर्ता गराउन सफल भएका छन् । जोताहालाई आधा जग्गा दिनुपर्ने कानुन भए पनि यो भक्तपुरमा मात्र लागू भएको देखिन्छ । यसै प्रकार भक्तपुरका अधिकांश गरीबहरुलाई नेमकिपामाथि विश्वास छ ।

न्याइच्याइलाई उहाँको पार्टी नेपालीहरुलाई एक राम्रो संविधान बनाउन सहयोग गर्नेछ । नेमकिपाले गरीब जनताको हातमा सबैलाई समान अधिकार दिलाउने अठोट लिएको छ । यस पार्टीको घोषणापत्रले निजी क्षेत्रलाई दिने भन्दा पनि सरकारले नै उद्योग व्यापार सञ्चालन गर्ने प्रस्ताव राखिएको छ ।

न्याइच्याइको काँधमा अहिले नयाँ संविधान बनाउने राष्ट्रिय दायित्व छ । उहाँका लागि आफ्नो पार्टीीभक्तपुरका जनता र देशभरिका जनता सामु आफ्नो क्षमता पर्रदर्शन गर्ने बेला आएको छ । भविष्यमा उहाँ महिला अधिकारको लागि अझ बढी काम गर्ने र समाज परिवर्तनका संवाहक बन्ने अभिलाषा राख्नुहुन्छ ।
- बिन्जु सिटौला

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .