This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


लिलि थापा

महिला मानवअधिकार
जन्मः १९५९, काठमाडौं ।

यो सन् १९९२ को वर्षथियो । लिलि थापा र उहाँका पतिले थप अध्ययनका निम्ति भारत जाने योजना बनाएका थिए । उहाँ आफ्नो भ्रमणको तयारीमा व्यस्त हुनुहुन्थ्यो । शाही नेपाली सेनाका चिकित्सकको रुपमा राष्ट्रसंघीय शान्ति अभियानको रुपमा इराकमा त्यसबखत कार्यरत अमिरबहादुर थापाको आगमनको प्रतिक्षामा उहाँ बसिरहनुभएको थियो । अमिर बहादुर नेपाल आएको एकहप्तापछि नै भारततर्फप्रस्थान गर्ने आशा गरिएको थियो । उहाँ आफना पतिको आगमनका दिनगन्ती गरेर बसिरहनु भएको थियो किनभने उहाँले पतिलाई छ महिनादेखि भेट्नु भएको थिएन । तर कुरा त्यस्तो भएन । एकदिन उहाँ विद्यालयबाट घर र्फकदा इराकमा उहाँका पति विरामी भएको कुरा परिवारले सुनाए । परिस्थिति अझ डरलाग्दो भयो किनभने पतिलाई अब जिउँदो भेट्न सक्ने अवस्था थिएन । उहाँले त्यसक्षणको अनुभवलाई गहभरि आँशु पारेर भन्नुभयो, "मैले सुनेकी थिएँ मेरा पति विदाइको भोजमा सरिक भएका थिए । भोज सकिएपछि उहाँ सुत्न निस्कनुभयो तर कहिल्यै ब्युँझनु भएन । हामीले हाम्रो सुन्दर भविष्य सँगै मिलेर बनाउने प्रतिज्ञा गरेका थियौँ तर यो सबै त्यसै खेर गयो ।"

पतिको आकष्मिक मृत्युपश्चात लिलिले झण्डै छ महिना आमाको घरभित्रै एक्लै एकान्तमा बिताउनुभयो । उहाँले अन्य मानिससँग कुराकानी बन्द गर्नुभयो र आफूले पढाउने गरेको विद्यालयमा जानसमेत छाड्नुभयो । उहाँले विद्यावारिधिको उपाधि लिने योजना समेत त्याग्नुभयो जुन दुवैको एउटै सपना थियो । पतिसँगका धेरै स्मरणका क्षण रहेको पतिको घरमा समेत उहाँ जान चाहनु हुन्नथ्यो । श्रीमान्ले उहाँलाई सहयोग र हौसला प्रदान गर्नुहुन्थ्यो । श्रीमान्ले नै लिलिलाई स्नातकोत्तर तहमा अध्ययन गर्न प्रेरणा दिनुभएको थियो ।

पद्मकन्या क्याम्पसबाट स्नातक तह उित्तर्ण गरेपछि लिलिले अठार वर्षो उमेरमा विवाह बन्धनमा बाँधिनुभयो । उहाँ भारतमा स्नातकोत्तर तहको पढाइका निम्ति जानुभयो तर बुबा विरामी हुनुभएका कारण पूरा गर्न सक्नुभएन । उहाँका बुबा लिलिको विवाह भएको हर्ेन चाहनुहुन्थ्यो । त्यर्सथ उहाँले पढाइ छाड्नुभयो र नेपाल र्फकनुभयो ।

विवाहपछि उहाँ झण्डै दशवर्षम्म गृहिणीको रुपमा घरमै बस्नुभयो । उहाँका तीनजना छोरा जन्मिए । उहाँ जीवनबाट खुशी हुनुहुन्थ्यो । तर उहाँका श्रीमान्ले आफूलाई केही गरेर देखाउन निरन्तर हौसला दिनुभयो जसबाट उहाँले आफूले गरेको अध्ययनको ज्ञान र सीपको प्रयोग गर्न सक्नुहुन्थ्यो । आफ्ना श्रीमान्को हौसलाबाटै लिलिले त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्न थाल्नुभयो र १९९० मा अध्ययन पूरा गर्नुभयो । श्रीमान्ले उहाँका निम्ति विद्यालय समेत खोल्नुभयो । त्यहाँ उहाँले काम थाल्नुभयो । उहाँले आफ्ना परिवारका सदस्यहरु अत्यन्त सहयोगी प्राप्त भएको महशुस गर्नुभयो । उहाँले यस्तो अनौठो जीवन पाएकोमा सबैभन्दा भाग्यमानी सम्झनुभयो ।

आफ्ना श्रीमान् गुमाएपछि उहाँको भाग्य परिवर्तन भयो र उहाँका वरिपरिका मानिसको व्यवहारमा समेत परिवर्तन आएको उहाँले अनुभव गर्नुभयो । सबैभन्दा भाग्यमानी बुहारी भन्ने उहाँका परिवारका सदस्यहरुले समेत कुरा काट्न थाले । यस्तो यति डरलाग्दो भयो कि उहाँ माइतीघर जानुभयो र त्यहाँ झण्डै डेढ वर्षविताउनुभयो । नेपालमा विधवाले आमाको घरमा बस्नु हुँदैन भन्ने गरिन्छ । तर उहाँकी आमा यस्ता धारणाको विपक्षमा उभिनुभयो र आफैंसंग बस्न अनुमति दिनुभयो । भाग्यवश, जीवनका कठिन घडीमा आमा र दाजुभाइबाट उहाँले धेरै ठूलो नैतिक सहयोग प्राप्त गर्नुभयो ।

"मैले आफैंलाई धेरै सान्त्वना दिए र छ महिनाको विचारविमर्श पछि विद्यालय पुनः जानथालेँ जसबाट मैले विगतलाई विर्सन सक्थेँ र मेरा छोराहरुका निम्ति बाँच्नु पथ्र्यो । म गोदावरीको छात्रावासमा हरेक साता मेरा छोराहरुलाई भेट्न जान्थे र उनीहरुसँग बसेर रुन्थे," उहाँले भन्नुभयो । छोराको विद्यालयका एकजना फादरले उहाँको भन्दा धेरै दुःख पाएका धेरै विधवाहरु छन् भन्ने सम्झन मलाई सान्त्वना दिन्थे । ती फादरले विद्यालय नजिकै बस्ने एकजना युवतीको उदाहरण दिन्थे जसलाई उनकी सासु र परिवारका अन्य सदस्यले यातना दिने गर्दथे । उनको कथा सुनेपछि लिलिले उनलाई भेट्ने इच्छा देखाउनुभयो र उनको घर पुग्नुभयो । तर सासुले ती महिलालाई भेट्न अनुमति दिनुभएन । उनको घरपुग्दा लिलिले रंगीविरंगी कपडा लगाउनुभएको थियो, सायद यस्तो देखेर ती महिलाकी सासुले बुहारीलाई विगार्ने भई भनेर चिच्याउन सक्थिन् ।

लिलि त्यसक्षण अत्यन्त दुःखित भईन् तर कुनै पनि तरिकाबाट ती युवा विधवा महिलासँग भेट्ने तीव्र इच्छा उहाँमा थियो । एकजना फादरसँगको कुराकानी पछि उनैले ती महिलालाई भेट्न चाँजोपाँजो मिलाइदिए । पहिलोपटक ती दुईवटी महिलाले भेट गर्दा दुवै विहृवल भए । त्यसपछि तिनीहरुले बेलाबखत भेटघाट गर्न थाले र एकदिन एउटी महिलाले आफू सासुबाट मात्र नभई देवरबाट समेत पीडित भइरहेको स्वीकार गरिन् । उनले आफूलाई देवरबाट यौनजन्यरुपमा शोषण गरिरहेको गोप्य कुरा र्सार्वजनिक गरिन् ।

लिलि उनको पीडा थाहा पाएर औधि दुःखित हुनुभयो र उनलाई सिलाइकटाइ तालिम लिने बन्दोबस्त मिलाइदिनुभयो । उहाँले सासुलाई समेत यो तालिममा उनलाई पठाइदिन मनाइन् । यी महिला पछि गएर राम्रो फेसन डिजाइनर बनिन् । उनी नै पहिलो महिला हुन् जसले लिलिलाई एकल महिलाको विषयमा काम गर्न उत्साह दिएकी थिइन् ।

यसै अनुभवका आधारमा लिलिले जबजब विधवाका विषयमा सुन्नुहुन्छ उहाँ तिनीहरुसँग भेटघाट गर्न जानुहुन्छ । विभिन्न कृयाकलापमार्फ उहाँले आफैलाई सान्त्वना दिइरहनु हुन्छ कि मन पराउने व्यक्ति गुमाउने एकमात्र आफू होइन । हरेक पटक उहाँले अनौठो तर नेपालमा एकल महिलाका दुःखदायी कथाहरु पाउनुहुन्छ । विधवाप्रति समाजको धारणालाई कसरी परिवर्तन गर्ने भनेर उहाँले सोच्न थाल्नुभयो । त्यसले लिलिलाई एकल महिलालाई आफ्नै वरिपरि ल्याउन प्रोत्साहित गर्‍यो । प्रारम्भमा ती महिलाहरु आफ्ना अनुभव र समस्या एकअर्काबीच आदानप्रदान गर्न आफ्नै घरमा भेला हुन्थे जुन उहाँको अनौपचारिक समूहको प्रारम्भ थियो र पछि यो गैससमा परिणत भयो ।
त्यसबखतसम्म लिलि आफ्नै आमाको घरमा बसिरहनु भएको थियो । तर पछि उहाँले स्वतन्त्र हुनुपर्दछ भन्ने अनुभव गर्नुभयो । उहाँ श्रीमान्कै घर पुनः र्फकनुभयो र आफ्नै विद्यालयको काम गर्न थाल्नुभयो । आफ्ना अनुभव साटासाट गर्नका निम्ति श्रीमान् गुमाएका धेरै महिलाहरु उहाँको कार्यालयमा आए । केही महिलाले श्रीमान्को सम्पत्ति समेत नपाएको दबी गरे । केहीले विभिन्न तरिकाले परिवारका सदस्यले प्रताडित गर्ने गरेको बताए । तिनीहरु सबैमा आफ्नो परिवार र समाजबाट विभेद भएको साझा अनुभव थियो । नेपाली समाजमा विधवालाई अभागी ठानिन्छ र उनीहरुलाई विवाह, अन्य धार्मिक कृत्य र समारोहमा उपस्थित हुन निषेध गरिन्छ ।

समय वित्दै जाँदा धेरै विधवा महिला उहाँको अनौपचारिक समूहमा आए । लिलिले प्रभावकारीरुपमा आफ्ना आवाजलाई उठाउन आफ्नो समूहलाई अनौपचारिक तरिकाबाट संगठित गर्नुपर्ने निष्कर्षा पुग्नुभयो । तर यो सजिलो कार्य भने थिएन । संस्था स्थापना गर्ने धारणा उठाएपछि धेरै विधवा महिला त्यहाँ आउन छाडे । उनीहरु यथार्थमा समाज र परिवारबाट त्रसित भएका थिए । तैपनि, लिलि आफ्नो उद्देश्यमा धेरै प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँले सन् १९९४ मा आफ्नै प्रयासमा 'महिला मानव अधिकार' नामको गैसस संस्थालाई दर्ता गर्ने साहस गर्नुभयो ।

प्रारम्भमा संस्थामा उहाँ एक्लैले काम गर्नुभयो । सामाजिक अधिकारकर्मी रीता थापाले उहाँको गैससका निम्ति एकहजार डलरको कोष जुटाउन सहयोग गर्नुभयो । यस कोषबाट उहाँले कार्यालय सामाग्री खरिद गर्नुभयो र गैसस व्यवस्थापन सम्बन्धी तालिम लिनुभयो । यो रकम केही विधवाका केटाकेटीलाई विद्यालय पठाउनका निम्ति सहयोग गर्न पर्याप्त हुनसक्थ्यो । उहाँले एकल महिलाको अधिकारलाई अदालतमा चुनौति दिन प्रारम्भ पनि गर्नुभयो । त्यसलगत्तै उहाँले विद्यालय छाड्नुभयो र आफ्नै गैससका निम्ति पूरा समय दिन थाल्नुभयो । उहाँको गैससले महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा नेपालमा विधवाको अवस्था सम्बन्धी अनुसन्धान गर्नुभयो । यस अनुसन्धानले विधवाको विषयलाई स्पष्ट बनाएको र के गर्नु पर्ने हो भनेर दिशानिर्देश गरेको थियो । यसैसमयमा, लिलिले सन् १९९८ मा स्वीडेन जाने अवसर पाउनुभयो जहाँ उहाँले लैंगिक र समाज विषयमा अध्ययन गर्नुभयो । सन् २००० मा स्वीडेनबाट फर्किएपछि उहाँलाई आफ्नो कार्यलाई अझ प्रष्ट गर्न सजिलो भयो ।

यद्यपि उहाँसँग आर्थिक समस्या नभए पनि उहाँले सामाजिक र मानसिक समस्या झेल्नुपर्‍यो । उहाँले श्रीमान्को सम्पत्ति प्राप्त गर्नका निम्ति परिवारका अन्य सदस्यसँग संर्घष गर्नुपर्‍यो । लिलि भन्नुहुन्छ, "मेरो परिवारले मेरो श्रीमान्को सम्पत्ति छोराहरु छ वर्षो नपुग्दासम्म प्राप्त गर्न नपाउने बताए ।" उहाँका परिवारका सदस्यहरुले श्रीमान्को निवृत्तिभरण समेत परिवारमै बाँड्नुपर्ने चाहन्थे । काठमाडौंकी शिक्षित र राम्रोसँग स्थापित भएपनि उहाँले यस्तो किसिमबाट पीडित हुनु परेको थियो । उहाँले कल्पना गर्नुभयो, दूरदराजमा बस्दै आएका अन्य अशिक्षित र निर्दोष महिलाको अवस्था के होला ।

त्यसपछि, नेदरल्याण्ड विकास संस्थाको सहयोगमा उहाँले सन् २००० मा विधवाको राष्ट्रिय भेला आयोजना गर्नुभयो । भेलामा १७ जिल्लाका विधवाको सहभागिता थियो । भेलापश्चात ती महिलाले आफ्ना जिल्लामा विधवालाई संगठित गर्न थाल्नुभयो । त्यस भेलामा नेपालमा पहिलो पटक 'एकल महिला' एउटा महत्वपर्ूण्ा मुद्दा बन्यो । यस राष्ट्रिय भेलाले लिलिलाई गाउँमा विधवाका समस्याका बारेमा बुझ्न सहयोग पुर्‍यायो ।

लिलिले थाहा पाउनु भयो कि मुख्य समस्या शब्दावली आफँैले सिर्जना गरेको थियो । कसैले 'विधुवा' भन्छ भने यसले चोट पुर्‍याउँछ । यसको मुख्य कारण मानिसको विधवालाई हर्र्ने नकारात्मक दृष्टिकोण हो । हिन्दू महिलाले श्रीमान्को घरपरिवारका कडा नियमलाई पालना गरेर बस्नर्ैपर्दछ भनेर भन्ने गरिन्छ । विधवालाई रातो कपडा र राता अन्य सामग्री लगाउन समेत दिइन्न । यसबाहेक, उनीहरुलाई अलच्छिनी समेत मानिन्छ, त्यसकारण उनीहरुलाई धार्मिक कार्यहरुमा सहभागी हुन अनुमति दिइन्न । उनीहरुलाई आफ्नै बालबच्चाको विवाह समारोहमा समेत उपस्थित हुन दिइन्न ।

आफ्नो गैसस 'महिलाको मानव अधिकार' मार्फ विधवाहरुले यस्ता परम्पराका बिरुद्धमा व्रि्रोह गरिरहेका छन् । उनीहरुले एकल महिलालाई आफ्ना घरबाट बाहिर निस्कन र ठूलो रुपमा कार्यक्रम आयोजना गरी आवाज उठाउन हौसला प्रदान गरिहरका छन् । महिलाको मानव अधिकार अहिले ५५ जिल्लाभन्दा बढीमा पुगिसकेको छ । तिनीहरु ५०० भन्दा बढी स्थानीय समूहसँग कार्यरत छन् । तिनीहरुले एउटा जिल्लाबाट एकजना महिलालाई छनौट गरे र तिनीहरुलाई तालिम दिए जो आफ्नो जिल्लामा घरदैलोमा पुग्न सक्छन् र आफ्नो समूहमा विधवालाई सहभागी हुन प्रेरित गर्दछन् । तालिम दिइएका ती समूहबाट तीनजना महिलालाई छनौट गरिन्छ, जसबाट परामर्शदाता, कानुनी स्वयँसेवी र सहयोगी साथी छनौट गरिन्छ । यी समूहले आफ्ना समुदायमा परिचालन गर्दछन् । यसबाहेक, तिनीहरुले एकल महिला व्यावसायी समूह बनाउँछन् र महिलाको मानवअधिकारले बचतका निम्ति उनीहरुलाई लघुकर्जा उपलब्ध गराउँछ ।
लिलिको कार्यलाई धन्यवाद, सरकारले दशौं पञ्चवषीय योजना (२००२-२००७) मा एकल महिलाको विषयलाई समावेश गरेको थियो । उहाँको गैसस कानुन संशोधन गर्न कार्यरत छ जसले विधवालाई र्समर्थन गर्दैन । विधवाले आफ्नो सम्पत्ति बेचबिखन गर्नुपरेमा आफ्ना छोराका र्समर्थन लिनुपर्ने प्रावधान कायमै छ । यस प्रावधानलाई संशोधन गरिएको छ । विधवाहरुले पुनःविवाह गरेपछि मृत्यु भइसकेका श्रीमानको सम्पत्ति प्राप्त गर्न समेत अनुमति थिएन । नेपालमा एकल महिलाको अधिकार र सशक्तीकरणका निम्ति यी सबै महत्वपुर्ण उपलब्धी हुन् ।

नेपाली विधवालाई मनौवैज्ञानिक र आर्थिक निर्भरताको परिस्थितिबाट बाहिर निकाल्न लिलि थापाले एकल महिला समूहको व्यापक सञ्जाल स्थापित गर्नुभयो । उहाँको सपना छ, एकल महिलाले बढी मात्रामा आर्थिकरुपमा र सामाजिकरुपमा स्वतन्त्र हुन सकून् । सबै महिलालाई समानरुपमा व्यवहार गर्ने एकदिन आउनेछ र उनीहरुले समान अधिकारको उपभोग गर्नेछन् ।

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .