This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


मोहम्मदी सिद्दिकी

सदस्य, संविधानसभा, नेपाली कांग्रेस
सदस्य, अल्पसंख्यक तथा सीमान्तकृत समिति
जन्मः सन् १९५८, गोरखपुर -भारत)

नेपालको मध्य-पश्चिमको बाँके जिल्लास्थित नेपालगंजमा मुस्लिम महिलाको हकअधिकारका निम्ति कार्यरत मोहम्मदी सिद्दिकी महिला अधिकारकर्मी र सामाजिक कार्यकर्ता हुनुहुन्छ । संविधानसभाको सदस्य हुनुअघि उहाँ गैर सरकारी संस्था फतिमा प्रतिष्ठानको अध्यक्ष हुनुहुन्थ्यो । सन् २००४ मा स्थापित यो संस्थाको मुख्य उद्देश्य नै नेपालगंजका मुस्लिम महिलामा सचेतना अभिबृद्धि गर्ने थियो । मोहम्मद्दिले मुस्लिम महिलालाई सामाजिक न्याय प्रदान गर्न तथा कलेजमा मुस्लिम महिलाले अध्ययन गर्न हुँदैन, कार्यालयमा काम गर्नु हुँदैन, सामाजिक कार्यमा सक्रिय सहभागी हुनु हुँदैन र न्यायका निम्ति प्रहरी र अदालत जान हुँदैन भन्नेजस्ता मुस्लिम समुदायमा व्याप्त गलत धारणालाई निर्मूल गर्न यो संस्था खोल्नु भएको थियो ।

फतिमा प्रतिष्ठानले इस्लाम धर्मले महिलालाई प्रदान गरेको अधिकारलाई व्याख्या गर्न सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । संस्थाले ३० जना मुस्लिम महिलालाई तालिम दिएको थियो र उनीहरुमार्फ सयौं अन्य महिलालाई तालिम प्रदान गरिएको थियो । मोहम्मदिले यस सचेतना कार्यक्रममा नेपालगंजमा राजनीतिक र धार्मिक नेताहरुलाई समेत सहभागी गराउनु भएको थियो । "यस कार्यक्रमले वास्तवमै मुस्लिम महिलाले आफ्ना अधिकारका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न योगदान गर्नुका साथै मुस्लिम समुदायमा महिलालाई हर्ेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याएको थियो," उहाँ भन्नुहुन्छ ।

मोहम्मदिको जन्म भारत गोरखपुरमा सन् १९५८ मा बुबा नुर मोहम्मद सिद्दिकी र आमा हबिबुन निसाबाट भएको थियो । उहाँका बुबा र आमाबीच गहिरो समझदारी थियो । आमा अशिक्षित भए पनि उहाँ बुद्धिवान र समाजलाई बुझ्नसक्ने अनुशासित हुनुहुन्थ्यो ।

उहाँको बुबाआमाको पुरानो घर दाङको कोइलावासमा भए पनि नुर मोहम्मदले बेलायती शासनकै अवधिमा अंग्रेजी र पर्सियाली भाषा गोरखपुरमा सिक्नुभएको थियो । गोरखपुरमा उहाँका बुबाले रेल कम्पनीमा र्क्लर्कको रुपमा काम गर्नुभयो । त्यसबखत, उहाँका बुबाले मासिक झण्डै भारतीय रुपैंया ५०० पाउनुहुन्थ्यो र यो रकम ठूलो परिवारको खर्च पुर्‍याउन निक्कै कम थियो । परिवारमा आमा, भाइ, बुहारी, तीन छोरा र चार छोरी थिए । सिद्दिकी सातमध्ये कान्छी हुनुहुन्थ्यो ।

सिद्दिकीका बुबा इस्लाम धर्ममा आस्था राख्ने तर प्रगतिशील सोचका हुनुहुन्थ्यो । उहाँको कार्यालयमा भ्रष्टाचार दैनिक घटना थियो तर उहाँ घुस लिन हुँदैन र एक खिल्ली पान समेत खान हुँदैन भन्ने सोचाइ राख्नुहुन्थ्यो । उहाँका साथीहरुले सुरक्षाका निम्ति सुनका गरगहना र महत्वपर्ूण्ा कागजात उहाँलाई नै छाडेर काममा जाने गर्दथे । उहाँको कम्पनीले इमान्दारीको कदर गर्दै पुरस्कृत गरेको थियो । अधिकृत तहसम्म बढुवा भएपछि उहाँले अवकाश पाउनुभयो । बुबासँग नजिकमा रहेर हर्ुर्के बढेको कारण सिद्दिकी आफ्नो बुबाको सोच, व्यवहार र जीवनशैलीबाट निक्कै प्रभावित हुनुभएको थियो ।

सिद्दिकीले घरमै पढ्न सिक्नुभयो । उहाँ सातवर्षी हुँदा नै कुरान पढ्न सक्ने हुनुभएको थियो । पढ्न र लेख्न जान्ने भएपछि उहाँका बुबाले गोरखपुरस्थित इमामबडा मुस्लिम छात्रा विद्यालयमा सिद्दिकीलाई भर्ना गरिदिनुभयो । राम्रोसँग पढ्न सक्ने भएका कारण उहाँ तुरुन्तै पाँच कक्षामा पुग्नुभयो । बुबा सुशिक्षित हुनुभएकोले सबै केटाकेटीलाई राम्रो शिक्षा प्रदान गर्न चाहनुहुन्थ्यो । तर आर्थिक स्थिति राम्रो नभएको कारण सबै केटाकेटीलाई विद्यालय पठाउन सक्ने अवस्थामा उहाँ हुनुहुन्थेन । त्यसबखत, एउटा नोटबुकको मूल्य चार आना थियो । सिद्दिकीले आफ्नो नोटबुक सिध्याएपछि अर्को खरिद गर्न बुबासँग आग्रह गर्दा उहाँले नोटबुकका सबै पृष्ठमा लेख-नलेखेको भनेर प्रश्न गर्नुहुन्थ्यो ।

सिद्दिकीका बुबाले उहाँलाई राम्रोसँग हर्ुकाउनुभयो । बुबाले उहाँलाई विद्यालय लगेको, मोजा र जुत्ता लगाइदिएको तथा जुत्ता धोइदिएको कुरा सम्झनामा अझै ताजा छ । प्रगतिशील मुस्लिम भएका कारण उहाँमा सबै छोरीलाई राम्रो शिक्षा दिनर्ुपर्दछ भन्ने विश्वास राख्नुहुन्थ्यो । सिद्दिकीको परिवारले उहाँलाई विद्यालय पठाउने क्रममा संर्घष्ा समेत गर्नुपरेको थियो । हजुरबुबा र काका उहाँलाई विद्यालय पठाउन हुँदैन भन्नुहुन्थ्यो तर उहाँका बुबाआमाले उहाँहरुका कुरा सुन्न मान्नुभएन । सिद्दिकी उहाँको समुदायमा विद्यालय जाने पहिलो छात्रा बन्नुभयो ।

सिद्दिकीको कक्षाका साथीहरुले खैरो आँखा भएको कारण उहाँलाई "बिराली आँखे" भनेर जिस्क्याउँथे । उहाँलाई त्यसरी जिस्क्याएको मन पर्दैनथ्यो र घर र्फकेर चिच्याउनुहुन्थ्यो । तर बुबाले उहाँलाई सान्त्वना दिनुहुन्थ्यो र आफू विद्यालय पुगेर जिस्क्याउने साथीलाई त्यस्तो काम रोक्न लगाउँछु भन्नुहुन्थ्यो । परिवारका सबै सदस्यले सहज स्वभावकी सिद्दिकीलाई माया गर्दथे र उहाँ कसैसँग झगडा गर्नु हुन्नथ्यो ।

एसएलसी तहको परीक्षा उत्तर्ीण्ा गर्दा उहाँको उमेर १५ वर्षथियो । भविष्यमा चिकित्सक बन्ने सपना लिएर उहाँले कक्षा ९ देखि नै विज्ञान विषय पढ्नुभयो । तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण उहाँले आफ्नो सपनालाई त्याग्नु पर्‍यो तर पढाइलाई निरन्तरता दिनुभयो ।

सिद्दीकी कक्षा ८ मा हुँदा उहाँका बुबाआमाले बेहुला खोज्न आरम्भ गरिसक्नुभएको थियो । एसएलसी उत्तर्ीण्ा गरेपछि अर्थात १६ वर्षो उमेरमा बुबाआमाले खोजेकै केटासँग विवाह गर्नुभयो । त्यसबखत, विवाहअघि भावी पतिसँग भेट्ने र कुराकानी गर्ने परम्परा थिएन । नेपालगंजमा बसोबास गर्ने २५ वा २६ वर्षा दुलाहाको नाम मोहम्मद सुलेमान सिद्दिकी थियो । दुलाहाले स्नातक उत्तर्ीण्ा गरेका, उहाँका बुबाको कपडा पसल रहेको, जमीन रहेको र नेपालगंजमा घर थियो । सिद्दिकीका बुबाआमाले नवदुलाहा पढेलेखेका र परिवारको आर्थिक स्थिति राम्रो भएको भन्दै विवाह गर्न मन्जुर भएका थिए ।

उहाँका पति ढिलो गरेर राती मात्र घर आउँथे । विवाह पछि पनि धेरैवर्षम्म उहाँले पतिको कामका बारेमा धेरै थाहा पाउनु भएन । केरकार गर्दा थाहा भयो उहाँका पति राजनीतिमा संलग्न हुनुहुन्थ्यो । उहाँका पतिले सुशील कोइराला र र्सवज्ञमान श्रेष्ठजस्ता प्रतिबन्धित नेपाली कांग्रेसका नेताको घरमा अधिकाँश समय व्यतित गर्नुहुन्थ्यो । उहाँका पतिबाट लोकतन्त्रका बारेमा सुनेपछि सिद्दिकीलाई समेत राजनीतिमा अभिरुची बढेको थियो ।

पञ्चायती शासनको समयदेखि नै सिद्दीकीका पति नेपाली कांग्रेसका अधिकारकर्मीका रुपमा राजनीतिमा पर्ूण्ारुपमा संलग्न हुनुभएको थियो । उहाँले राष्ट्रिय तहका नेताहरु, जस्तै गिरिजाप्रसाद कोइराला, गणेशमान सिँह र अन्य स्थानीय नेताहरुबीच सूचना आदानप्रदानमा सहयोग गर्नुभएको थियो । त्यसबखत राजनीतिक दलमा कार्य गर्नेहरुप्रति मानिसले त्यतिबिधि सम्मान दर्शाउँदैनथे । सिद्दिकी भन्नुहुन्छ, "केही मानिसले त नेपाली कांग्रेसमा काम गर्नेहरुलाई कांग्रेसी चोर भन्थे ।" मेरा देवर कानुन व्यवसायी हुनुहुन्थ्यो र पञ्चायत र्समर्थक भएका कारण मानिसले सम्मान गर्दथे । तर मेरा पति नेपालमा कुनै दिन लोकतन्त्र स्थापित हुनेछ भन्नेमा पर्ूण्ात विश्वस्त हुनुहुन्थ्यो । उहाँले कहिल्यै सिरानी लगाएर सुत्नु भएन किनभने उहाँमा कुनै पनि समयमा प्रहरीले गिरफ्तार गर्ने भय थियो ।

विवाह भएको दर्ुइवर्षभत्रै सिद्दीकीको छोरा जन्मियो र त्यसपछि अर्को छोरा र छोरी पनि भए । उहाँको अधिकाँश समय खाना पकाउन, लुगा धुन र बालबालिका हर्ेनमै व्यतित भयो । पति राजनीतिमा व्यस्त भएका कारण र आफू घरयासी काममै लागेका कारण सिद्दिकीले बढी समय पतिका निम्ति दिन पाउनु भएन, र यसप्रति अहिले उहाँलाई खेद छ ।

परम्परागत नेपाली पतिहरु झैं सिद्दिकीका पतिले समेत कहिल्यै लिपस्टिक, जुत्ता वा अन्य सरसामान ल्याउनु भएन तर यसका निम्ति उहाँ पतिलाई दोषारोपण गर्ने स्थितिमा हुनुहुन्न किनभने उहाँको खास कमाइ केही थिएन । सन् १९९० मा राजनीतिक परिवर्तन भएपछि सिद्दिकीका पतिले घरबाट निस्कन उहाँलाई प्रोत्साहित गर्नुभयो । मुस्लिम समुदायका महिलाले बर्ुका लगाउनु पर्ने भए पनि उहाँका पतिले सल मात्र ओढ्न भन्नुभयो । उहाँले नै वकील एवँ महिला अधिकारका क्षेत्रमा लामो समयदेखि कार्यरत शान्ता थपलियासँग नेपालगंजमै परिचय गराइदिनुभयो । उहाँले नै नेपाली कांग्रेसका बरिष्ट नेताहरु र महिला संघकी अध्यक्ष मंगलादेवी सिंहसँग समेत परिचय गराउनुभयो । यसरी, सिद्दीकीले विस्तारै राजनीतिक सर्म्पर्क स्थापित गर्नुभयो । "मैले जे गरेकी छु र हाल जे गरिरहेकी छु त्यसप्रति पश्चाताप छैन । मेरो समुदायमा महिलाहरुले अझै पनि बर्ुका लगाउँछन् तर म त्यस्तो गर्दिन । मेरा पतिले देखाउनु भएको मार्ग मेरा निम्ति सदैव स्वीकार्य छ," सिद्दिकी भन्नुहुन्छ ।

सिद्दिकीका श्रीमान्ले सम्पर्ूण्ा जीवन राजनीतिमा बिताउनुभयो तर पार्टर्ीी माथिल्लो स्थान कहिल्यै प्राप्त गर्न सक्नुभएन । "मेरो श्रीमान्ले रोपेको बीऊको फल मैले लिइरहेको छु कि जस्तो लागिरहेको छ ।"

उहाँका श्रीमान्को मृत्यु मार्च १९९१ मा ४२ वर्षै उमेरमा हृदयघातका कारण भएको थियो । त्यसपछि सिद्दिकी विधवा बन्नुभयो र त्यसबखत उहाँ ३१ वर्षी मात्र हुनुहुन्थ्यो । उहाँले गहिरो पीडा र चुनौति सामना गर्नुपर्‍यो । श्रीमान्को मृत्युपश्चात उहाँले इस्लामिक परम्परालाई आत्मसात गर्नुभयो र उहाँले चारमहिना १३ दिनसम्म घरबाहिर निस्कनु भएन ।

त्यसपछि उहाँको जीवनका दर्ुइवटा मुख्य उद्देश्य थिए - तीनजना केटाकेटीलाई हर्ुकाउने र श्रीमान्को इच्छा पूरा गर्ने । बाचुञ्जेल सिद्दिकीका पतिले नेपालमा लोकतन्त्र स्थापित गर्नुपर्दछ भन्ने चाहनामा जोड दिनुभएको थियो र मुस्लिम समुदाय पछि परेकोले केही गर्नुपर्दछ भन्ने थियो । सन् १९९० को जनआन्दोलनबाट नेपालमा प्रजातन्त्र पुनःस्थापित भएपछि मुस्लिम समुदायको खातिर योगदान पुर्‍याउने सपना मात्र उहाँमा थियो । सिद्दिकीले पतिको सपना पूरा गर्न घरबाहिर निस्कने निर्ण्र्ाागर्नुभयो । उहाँका देवर र समाजले उहाँको निर्ण्र्ाााई अस्वीकार गरेका भए पनि उहाँकी सासुले सहयोग गर्नुभयो ।

पहिलो, सिद्दिकीले सिलाइकटाइ सिक्न 'नारी विकास' द्वारा आयोजित तालिममा सहभागी हुनुभयो । नारी विकासकी अध्यक्ष पूर्ण्ाामती शेरचनले सिद्दीकीलाई राजनीतिमा संलग्न गराउन उत्प्रेरित गर्नुभयो । सिद्दीकीले नेपाली कांग्रेसको सदस्यता सन् १९९१ मै प्राप्त गर्नुभएको थियो । सन् १९९२ मा सम्पन्न स्थानीय चुनावमा पार्टर्ीी नेपालगंजको वडा न.४ को अध्यक्षका निम्ति उहाँलाई टिकट दियो । उहाँले बहुमत ल्याएर विजयी हुनुभयो ।

सन् १९९७ को स्थानीय निर्वाचनमा उहाँले नेपालगंजको उपप्रमुख मेयरमा उम्मेदवारी दिनुभयो तर नेकपा एमालेका उम्मेदवारबाट पराजित हुनुभयो । यस तितो अनुभवका बाबजुद उहाँले कहिल्यै सामाजिक कार्यलाई छाड्नु भएन । उहाँले नेपाली काँग्रेससँगको सामिप्यता समेत त्याग्नु भएन । त्यसैका कारण उहाँले सन् १९९७ मा पार्टर्ीीे महाधिवेशन समिति सदस्य बन्नुभयो र महिला संघमा केन्द्रीय सदस्य चुनिनु भयो । अहिले महिला संघमा उहाँ सल्लाहकार हुनुहुन्छ । उहाँले सन् २००६ को जनआन्दोलनमा समेत महत्वपर्ूण्ा भूमिका निर्वाह गर्नुभयो र सिद्दीकीको नेतृत्वमा ठूलो संख्यामा मुस्लिम र अन्य समुदायका महिलाले राजाको कदमको विरोध गर्दै नेपालगंजमा पर््रदर्शनमा भाग लिए ।

सिद्दिकीले सामाजिक कार्यकर्ताको रुपमा काम गर्दा धेरै कठिनाइको सामना गर्नुपरेको छ । फतिमा प्रतिष्ठान स्थापना गर्दा र मुस्लिम महिलालाई घरबाट बाहिर समेत निस्कन गरी अभियान सञ्चालन गर्दा नेपालगंजका धार्मिक नेताहरुले इस्लामको बिरुद्धमा उभिएको हो कि भनेर शंका व्यक्त गरे । सिद्दिकीले भारतको अलिगढ विश्वविद्यालयबाट इस्लाम विषयमा विद्यावारिधि गरेका उज्मालाई इस्लाममा महिलाको अधिकारसम्बन्धी तालिम प्रदान गर्न आमन्त्रण गर्नुभयो । यस तालिमका विषयमा दैनिक पत्रिका कान्तिपुरले खबर छाप्यो स्थानीय मुस्लिम नेताहरुले थप प्रकाश पार्न माग गरे । उहाँले आफू इस्लामबिरोधी नभएको भनेर आठदश महिना लगाएर आश्वस्त बनाउनु परेको थियो । उहाँले मुस्लिम महिलाको शिक्षा, रोजगारी र स्वास्थ्यका विषयमा वकालत गरिरहनु भएको छ तर सबैलाई विश्वस्त गराउन अझै सक्नुभएको छैन ।

हाल फतिमा प्रतिष्ठानका नेपालगंज, पर्सर्ााबारा, बर्दिया, कपिलवस्तु, कैलाली र सर्ुर्खेतमा सातवटा शाखा छन् । प्रतिष्ठानले मुस्लिम महिलाको सचेतना अभिवृद्धि गर्न र उनीहरुप्रति मुस्लिम समाजको दृष्टिकोणमा परिवर्तन ल्याउन योगदान गरिरहेको छ ।

सिद्दिकीमा विश्वविद्यालय तहमा अध्ययन गर्ने अझै सपना छ । अन्ततः उहाँले चारजना नातीनातिनीको हजुरआमा बनेर एउटा सपना पूरा गर्नुभएको छ । घरमै अध्ययन गरेर त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र समाजशास्त्र विषयको स्नातक परीक्षा सन् २००८ मा पाँचवर्षलगाएर उत्तीण गरिछाड्नु भएको छ ।

गतवर्षनेपाली कांग्रेसले सिद्दीकीलाई संविधानसभामा समानुपातिक प्रतिनिधित्वको आधारमा सदस्यमा चुनेको छ । संविधानसभामा विभिन्न राजनीतिक दलका तर्फाट मुस्लिम समुदायबाट चुनिएका पाँचजना सदस्यमध्ये सिद्दिकी पनि एक हुनुहुन्छ । संविधानसभामा उहाँले मुस्लिम महिलाको मात्र नभइ गरिब र सीमान्तकृत समुदायमाथि भइरहेका विभेदका बिरुद्धमा आवाज उठाउँदै आउनुभएको छ । उहाँमा नयाँ संविधान लेखनमा निश्चितरुपमै योगदान गर्न र यसले नेपालका सबै सीमान्तकृत महिलालाई सम्बोधन गर्नसक्नेमा विश्वास छ ।

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .