नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
पर्णकुमारी सुवदीः उपाध्यक्ष, संविधानसभा
प्रभावशाली व्यक्तित्वकी धनी संविधानसभा उपाध्यक्ष पर्णकुमारी सुवेदीको जन्म २०१५ सालमा कास्की जिल्लाको लामाचौर गाविसमा भएको थियो । ऐतिहासिक संविधानसभा निर्वाचनमा नेकपा (माओवादी) का २४ जना महिला उम्मेदवारमध्ये प्रत्यक्ष निर्वाचन प्रणालीमा विजय हुने उहाँ पनि एक हुनुहुन्छ । त्यसपछि २०६५ साल मंसिर १३ मा भएको संविधानसभा उपाध्यक्षको निर्वाचनमा उहाँ विजयी हुनुभएको हो ।
पर्णकुमारी सानै छँदा उहाँको परिवार चितवनमा बसाइँ सरेको थियो । सोही ठाउँमा उहाँले आफ्नो विद्यार्थीजीवन सुरु गर्नुभएको हो । १४ वर्षो कलिलै उमेरमा उहाँको विवाह भए तापनि पढाइ अगाडि बढाउन उहाँलाई कुनै समस्या परेन । यद्यपि उहाँले माध्यमिक तह सकिएपछि आफ्नो पढाइ छाड्नुभयो । त्यतिबेला उहाँलाई आफ्नो उक्त कदमप्रति पश्चाताप लागे पनि पछि आएर स्कुले पढाइ पूरा गर्नु मात्रै सही अर्थमा शिक्षित हुनु नभएको महसुस भयो । स्वअध्ययन नै शिक्षा हो भन्ने उहाँको मान्यता छ । समाजको अध्ययन र आत्मविश्वासको विकास नै शिक्षा हो भन्ने धारणा राख्दै उहाँ भन्नुहुन्छ, "शिक्षा भनेको समझदारी हो । हामीले समाजलाई बुझने क्षमताको विकास गरी त्यसभित्रको समस्या पहिचान गर्दै समाधानको उपाय निकाल्नुर्पर्छ ।"
स्कुलेजीवनदेखि नै सुवेदी राजनीतिमा लाग्नुभएको हो । चितवन जिल्लामा रहेको माडी स्कुलमा अन्य विद्यार्थीसँग मिलेर उहाँले दुईमहिने हडताल गर्नुभएको थियो । निम्नमाध्यमिक तहसम्म मात्रै रहेको उक्त स्कुलमा माथिल्लो कक्षाहरू थपिनुपर्ने माग सो हडतालमा राखिएको थियो । उहाँका श्रीमान प्रकाश सुवेदी पनि विद्यार्थी राजनीतिमा सक्रिय रूपमा लाग्नुभएको थियो । जसले गर्दा उहाँलाई यस क्षेत्रमा थप प्रेरणा मिलेको थियो । त्यसमाथि पञ्चायती व्यवस्थाविरुद्ध थुप्रै क्रियाकलापहरू भइरहने ठाउँ चितवनमै आफू हर्ुर्केकाले पनि आफ्नो राजनीतिक सक्रियतालाई निरन्तरता दिन उहाँलाई गाह्रो भएन ।
पर्णकुमारी राजनीतिमा लाग्नुभन्दा पहिलेदेखि नै आफ्नो कक्षामा जम्मा छ-सातजनामात्रै केटी पढिरहेको देख्दा अचम्म मान्ने गर्नुहुन्थ्यो । उहाँले चाँडै नै यसको कारण पत्ता लगाउनुभयो । त्यसपछि समाजमा महिलामाथि गरिने दर्र्व्यवहार र भेदभावलाई हटाउने प्रण पनि गर्नुभयो । विवाह गरेर गएपछि एउटी महिलाले आफ्नो श्रीमानको घरमा बुहारीका रूपमा दिनरात खट्नुपर्ने बाध्यताले उहाँलाई निकै दुखित तुल्याउँथ्यो । यसरी श्रीमतीलाई सताएर आफू भने दिनभरि रक्सी र जुवामा रमाउने गाउँका पुरुषविरुद्ध उहाँले एक अभियान नै सञ्चालन गर्नुभएको थियो ।
२०३५ सालमा उहाँ कम्युनिस्ट पार्टीमा लाग्नुभएको हो । आफ्ना दाजु दन्डपानी न्यौपाने र श्रीमानको सहयोगले गर्दा उहाँलाई राजनीतिमा थप रुचि बढ्दै गयो । त्यसैले आफ्नै पार्टीग आबद्ध महिला संस्थामा लागेर उहाँ स्थानीय तहका विभिन्न क्रियाकलापमा सक्रिय हुन थाल्नुभयो । सोही क्रममा आफ्नो समुदायमा महिलाले भोगिरहेका समस्या र तिनको समाधानमा पनि उहाँले विशेष पहल गर्नुभयो ।
२०४३ सालमा सुवेदी बाँके जिल्लामा बसाइँ र्सर्नु भयो र महिला मुक्तिका आफ्ना क्रियाकलापलाई त्यहाँ पनि निरन्तरता दिनुभयो । २०४६ सालको जनआन्दोलनमा पनि उहाँ पञ्चायती व्यवस्थाको विरुद्ध कालो झण्डा लिएर प्रदर्शनमा उत्रनुभयो । प्रजातन्त्रको पुनर्स्थापनापश्चात् नेपाल कम्युनिस्ट पार्टीचौम, नेपाल कम्युनिस्ट पार्टीमशाल, नेपाल कम्युनिस्ट पार्टीमसाल र र्सवहारा श्रमिक सङ्गठन गरी चार वामपन्थी पार्टीमलेर बनेको एक संयोजन समिति मातहतको अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को उहाँ उपाध्यक्ष बन्नुभयो । २०५० सालमा अनेमसङ्घको अध्यक्ष भएपछि सुवेदीले पर्ूण्ा रूपमा आफूलाई राजनीतिमै समर्पित गर्नुभयो ।
माओवादी जनयुद्धको सुरुवातदेखि नै सुवेदी त्यसमा संलग्न हुनुहुन्थ्यो । माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गर्दा उहाँ सर्ुर्खेतको जिल्ला सचिव हुनुहुन्थ्यो । त्यतिबेला उहाँको काम स्थानीय र केन्द्रीय तहबीच समन्वय गरी स्थानीय क्रियाकलाप र भावी कार्यक्रमबारे केन्द्रलाई जानकारी गराउनु रहेको थियो । पार्टी विभिन्न क्रियाकलापमा उहाँ सक्रिय भए तापनि विशेष त उहाँको भूमिका भनेको एक मध्यस्तकर्ताको जस्तो मात्रै हुन्थ्यो । द्वन्द्वका क्रममा सेनाद्वारा भएका थुप्रै आक्रमणमा उहाँ जोगिन सफल हुनुभयो । तर तिनै घटनामा आफ्ना साथीहरूलाई गुमाउनुपर्दाको भयानक क्षण उहाँलाई अझै झलझली याद आउँछ । आफ्ना ती दिनहरू सम्झँदै उहाँ भन्नुहुन्छ, "हामी हिँड्दाहिँड्दै आक्रमण हुन्थ्यो । तर मृत्युको डर कसैलाई नभएकाले सबै एकनासले अगाडि बढिरहन्थ्यौँ । द्वन्द्वमा मारिएका र घाइते भएका व्यक्तिको जिम्मेवारी कसले लिने भन्ने हामी पर्वयोजना बनाउनुथ्यौँ । घाइतेका लागि स्टेचर तयार पार्नेदेखि मृतकका लागि खाडल खन्नेसम्मका काम हामी आफै गथ्यौर् ।"
द्वन्द्वका क्रममा भएका यस्ता थुप्रै घटना सम्झँदां आज पनि उहाँलाई निकै दुःख लागेर आउँछ । कालिकोट जिल्लामा भएको एक भेलामा आक्रमण हुँदा आफ्नो पार्टी नेता हरिकृष्ण भण्डारीलाई गुमाउनुपर्दाको क्षण उहाँले अझै बिर्सनु भएको छैन । त्यसैगरी सन् २०५९ कात्तिकमा जुम्लाको जिल्ला सदरमुकाममा भएको भिडन्तमा मारिएका २७ जना माओवादी र हिउँपहिरोमा पुरिएका अन्य सातजना माओवादी पनि उहाँको आँखामा झलझली आउँछन् । त्यस्तै आक्रमणपछिको अर्को एक घटनामा अन्यको मृत्यु भएको थियो । उक्त घटनामा माओवादीतर्फकुल ५० जनाको मृत्यु भएको थियो । "भिडन्तको क्रममा हामी मारिन सक्छौं भन्ने थाह थियो । तर यसको डर कहिले लागेन" १० वर्षो जनयुद्धका ती दिन सम्झँदै उहाँ भन्नुहुन्छ, " हामी आफ्नो कामलाई सफलतापर्ूवक सम्पन्न गर्न सक्छौ कि सक्दैनौँ भन्ने नै मुख्य उद्देश्य हुन्थ्यो ।" मुलुकमा शान्ति, परिवर्तन र आर्थिक विकास स्थापना गराउन आफूहरूले जुनयुद्ध लडेको उहाँ स्पष्ट पार्नुहुन्छ । सामाजिक परिवर्तनको उग्रचाहनाका साथ आफूहरूले जनताका लागि लडेकाले जनताले पनि माओवादीलाई सबैभन्दा ठूलो पार्टीनाएको उहाँ गर्वसाथ सुनाउनुहुन्छ ।
पर्णकुमारीको परिवार शिक्षित भएकाले राजनीतिक क्रियाकलापमा पनि उहाँलाई परिवारको पर्ण साथ मिल्यो । त्यसमा पनि उहाँकी सासू ऋषिदेवीले त विशेष सहयोग गर्नुभयो । २०४६ सालको जनआन्दोलनमा उहाँकी सासूले पम्प्लेट लुकाउनेलगायतका पार्टी विभिन्न काममा उहाँलाई सघाउनु हुन्थ्यो । आफ्नो छोरार् इश्वर सुवेदीलाई राज्यले हत्या र भाञ्जालाई बेपत्ता पार्दासमेत सुवेदीकी सासूले उहाँलाई सहयोग गर्न छाड्नु भएन । उनै सासूको प्रशंसा गर्दै उपाध्यक्ष सुवेदी भन्नुहुन्छ, "मैले उहाँको सहयोग नपाएर आफ्नै घरमा सङ्र्घष गर्नु परेको भए म अहिलेको अवस्थासम्म पुग्न सक्ने थिइनँ होला ।"
उहाँले आफ्नो बाल्यकालदेखि परिवार र समाजमा कुनै पनि प्रकारको अन्याय र विभेद सहनु परेन । यहाँसम्मकि आफ्नो पार्टी पनि सुरुदेखि नै नेतृत्व तहमा लागेकाले आफूमाथि भेदभाव नभएको पर्णकुमारी बताउनुहुन्छ । उहाँहरूले एक महिला लडाकुका रूपमा भने युद्धकालमा थुप्रै शारीरिक समस्या भोग्नु परेको थियो । थुप्रै माओवादी महिला लडाकुले आफू महिनावारी भएको बेलामा समेत जङ्गलमा गएर युद्ध गर्नु पथ्र्यो भने आफ्ना सन्तानका जन्म पनि यस्तै अप्ठेरो परिस्थितिमा गराउन बाध्य हुन्थे उनीहरू । "तैपनि ठूलो लक्ष्य बोकेर अगाडि बढेकाले यस्ता ससाना कुरामा गुनासो गर्ने समय हामीसँग थिएन", उहाँले भन्नुभयो ।
महिला भएकै कारणले आफूहरूले घर, समाज र पार्टीत्रै पनि थुप्रै सङ्र्घष्ा गर्नु परेको उहाँ स्वीकार्नुपर्छ । यसरी विभिन्न समस्याको बाबजुत पनि पुरुषलाई आफ्नो कुनै कमजोरी नदेखाई निरन्तर रूपमा महिला खटिरहेकामा उहाँलाई खुसी लाग्छ ।
पार्टीत्रै पनि थुप्रै सङ्र्घष गरेको भए तापनि नेतृत्व तहमा महिला सहभागिता किन कम छ त भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, " कम्युनिस्ट सिद्धान्तअनुसार सक्षम व्यक्ति मात्रै नेतृत्व तहमा पुग्न सक्छ । पितृसत्तात्मक सोच हाम्रो देशका पार्टी अझै कायम छ । यही परम्पराको अन्त्य हाम्रो पार्टी पनि हुन सकेको छैन ।"
त्यसैले अहिले घरपरिवार, समाज र राजनीतिक पार्टीत्रै पनि महिलामाथि हुने विभेदको अन्त्य गर्ने समय आएको उहाँ बताउनुहुन्छ । यसैका लागि हाल आफूहरू संविधानसभामा रहेको र सो सभामा बन्ने नयाँ संविधानमा महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकार सुरक्षित गरिनुपर्ने उहाँको विचार छ ।
संविधानसभा उपाध्यक्ष भएकाले उहाँ आफूलाई राजनीतिक रूपमा स्वतन्त्र र निस्पक्ष ठान्नुहुन्छ । जसका कारणले गर्दा महिला अधिकारको सुनिश्चितताको लागि आफूले मेहनत गर्न सक्ने उहाँ बताउनुहुन्छ । उहाँ गठबन्धनको राजनीतिमा विश्वास गर्नुहुन्छ । नयाँ संविधान निर्माणका लागि विभिन्न पार्टीच एकआपसमा समझदारी हुनु आवश्यक छ भन्दै उहाँ अगाडि थप्नुहुन्छ, " पार्टीले आफूलाई परिवर्तन गर्न जानेनन् भने ठूलो समस्या आइपर्नेछ । उनीहरू यस विषयमा गम्भीर भई नयाँ संविधान र नयाँ नेपाल निर्माणका लागि राजनीतिक प्रतिबद्धता जनाउनुपर्छ ।"
संविधानसभामा रहेका महिला मात्रै नभई अन्य जुनसुकै पेसामा लागेका महिला पनि आफ्नो अधिकारको लडाइँमा सचेत हुनुपर्ने उहाँको सुझाव छ । गृहिणी हुन् वा पार्टीत्रका महिला सबैले आ-आफ्नो तर्फाट अधिकारका लागि लड्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । महिलाको साझा मुद्दाका लागि सबैलाई एकजुट हुन पर्णकुमारी आहृवान गर्नुहुन्छ । कामकाजी महिलाका श्रीमानले आफ्नी श्रीमतीलाई घरको कामकाजमा सहयोग गर्नुपर्ने बताउँदै महिलाको अधिकार सुरक्षित गर्न प्रत्येक परिवारमा दाजुभाइ, बुबा र श्रीमानले आफ्ना घरका महिलालाई सहयोग गर्नुपर्ने विचार सुवेदी राख्नुहुन्छ ।
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .