This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


राधा शर्मा

प्रोफेसर, शिक्षा संकाय, त्रिभुवन विश्वविद्यालय
जन्मः सन् १९५०, काठमाडौं

राधा शर्माको जन्म काठमाडौंको पुरानो सहर नरदेवीमा सन् १९५० मा चारमध्ये साहिली छोरीको रुपमा भएको थियो । जनक्रान्तिमार्फ निरङ्कुश राणा शासनको पतन भएको यही वर्षथियो । "त्यर्सथ, म प्रजातन्त्रकी योद्धाको रुपमा जन्मिएकी थिएँ ।"

शर्माको बाल्यकाल असहज थियो । उहाँ राजधानीमा जन्मेहुर्केकी भएकोले धेरै समस्या भोग्नु नपरेको भए पनि सामाजिकरुपमा उकुसमुकुसको स्थितिमा बाँच्नु परेको थियो । बुबाको निधन उहाँ दशवर्षै हुँदा भएको थियो । समाजले बुबाको मृत्युका निम्ति आमामाथि दोषारोपण गरे र समाजको एक सदस्यको रुपमा घरमा बस्न समेत दिएनन् । त्यसबखतको समाज पतिको निधन हुँदा महिलाले कति कठोर परिस्थितिको सामना गर्नुपर्दथ्यो भनेर शर्माले नजिकबाट हेर्ने अवसर पाउनुभयो । "प्रारम्भिक दिनहरुमा हाम्रो समाजमा महिलाको समस्याको गहिर्राई अनुभव गरँ र महिलामाथि नै यस्तो किन आर्इपर्दछ भनेर मलाई आर्श्चर्यचकित बनायो," उहाँले भन्नुभयो ।

शर्माको बुबाको मृत्युका कारण उहाँको सपना चकनाचुर भयो तर उहाँकी आमाले छोरीको अध्ययनका निम्ति सम्भव भएसम्म सबै उपाय अपनाउनुभयो र उनीहरुका निम्ति अवसरको ढोका खुला गरिदिनुभयो । शर्माकी आमा उहाँको प्रेरणाको स्रोतका साथै सबैभन्दा ठूलो सहयोगी बन्नुभयो ।

शर्माको पारिवारिक अवस्था अध्ययनका निम्ति त्यति अनुकूल थिएन । उहाँकी आमासँग कुनै शक्ति थिएन र उहाँको बुबाको मृत्यु समेत भइसकेकोले विद्यालय जाने इच्छा देखाए पनि शर्मालाई सहयोग गर्ने कोही पनि थिएनन् । सन् १९६१ मा अन्ततः उहाँले कन्या मन्दिर विद्यालयमा कक्षा पाँचमा भर्ना हुने अवसर पाउनु भयो । आमाले नै उहाँलाई पहिलोपटक अक्षर चिनाउनु भएको थियो । "प्रोफेसर हुनु मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो । पारिवारिक परिस्थितिका कारण म जटिल अवस्थामा थिएँ । मेरा बहिनीहरुले ठूलो स्वरले बोले पनि परिवारका अन्य सदस्यले मेरी आमामाथि दोष लगाउने गरेको मलाई अहिले पनि सम्झना छ," उहाँ भन्नुहुन्छ ।

एसएलसी परीक्षा उत्तीर्ण गरेपछि शर्माले सन् १९६८ मा शिक्षा कलेजमा भर्ना हुनुभयो । त्यसबखत त्रिभुवन विश्वविद्यालयमा शिक्षा संकाय थिएन । शिक्षाका विद्यार्थीका निम्ति कीर्तिपुरमा छुट्टै कलेज थियो र यसको सञ्चालन शिक्षा मन्त्रालयले गरेको थियो । कलेजले प्रति महिना रु. ५५ छात्रवृत्ति दिन्थ्यो । त्यतिबेला यसलाई ठूलै रकम मानिन्थ्यो र शर्माले पुस्तक र अन्य कुरामा खर्च गरेर पनि त्यसबाट बचाएको रु. १५ परिवारका निम्ति दिनुहुन्थ्यो । अध्ययनकै क्रममा केही समय उहाँले सानोठिमी भक्तपुरस्थित एसओएस बालग्राममा पढाएर परिवारका निम्ति रकमको जोहो गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेलगत्तै शर्माले सन् १९७६ मा बुटबल क्याम्पसमा शिक्षा विषय प्राध्यापन शुरु गर्नुभयो । उहाँको सन् २००२ मा २६ वर्षो अनुभवपश्चात प्रोफेसरको तहमा बढुवा भयो । प्राध्यापन गर्नु ठूलो अवसर थियो तर राजधानी छोड्नु पनि उत्तिकै कठिन थियो । उहाँलाई कुनै पनि पेशा अंगाले पनि राजधानी छाड्न अनुमति दिइएन तर बुटबल प्रस्थान गर्नका निम्ति परिवारको प्रतिवाद गर्नुपर्‍यो । अध्ययनका निम्ति अनुमति दिए पनि शर्माले पेशागत रुपमा आफ्नो निर्णयगर्न कठिनाइ भोग्नुपर्‍यो ।

"मेरो परिवारमा गरिबी भए पनि महिलालाई रोजगारीका निम्ति बाहिर पठाउन अबरोध गरिन्थ्यो । मेरो निम्ति यो चुनौति थियो र मैले यसलाई स्वीकार गरँ," उहाँ भन्नुहुन्छ, "परिवारले पछि मात्र मलाई ध्यान दिन थाल्यो र मैले राम्रैसँग काम गरिरहेको छ छैन भनेर बुझ्न गोप्यरुपमा मानिस समेत पठाइएको थियो ।"
विद्यार्थीकै रुपमा राजनीतिक गतिविधिमा शर्मा पहिलोपटक आकषिर्त हुनुभएको थियो । क्याम्पसमा विद्यार्थी युनियन रहेको भए पनि उहाँको क्याम्पसमा युनियन सदस्य निर्वाचनको निम्ति प्रतिबन्धित थियो । उहाँ सन् १९७० मा प्रजातान्त्रिक विद्यार्थी युनियनमा आबद्ध हुनुभयो र कार्यकारी समितिको सदस्यमा चुनिनु भयो । तर नेपाली काङ्ग्रेसको मातहत रहेर कार्य गरिरहेको उहाँलाई थाहा समेत थिएन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्दराज जोशी त्यसबखत उहाँका साथी हुनुहुन्थ्यो ।
"मैले पछिमात्र थाहा पाएँ म सन् १९६८ देखि नै राजनीतिमा आबद्ध रहेछु, र मैले नेपाली काङ्ग्रेसको सदस्यता समेत लिइसकेकी रहेछु । मैले पार्टीको सदस्यता लिँदा खास राजनीतिक दलसँग आबद्ध रहनुभन्दा राजनीतिकरुपमा सक्रिय हुनुमा मेरो बढी चासो थियो," उहाँ भन्नुहुन्छ ।

नेपाली काङ्ग्रेसमा जीवनपर्यन्त कार्य गरेकी शर्मालाई पार्टीको नेतृत्वमा रहेका बहुसंख्यकको मानसिकताप्रति खिन्नता छ । इमान्दारीपूर्वक कार्य गर्नेहरुको योगदानप्रति पार्टीले सही मूल्याङ्कन नगरेको उहाँको निचोड छ । उहाँ पार्टीभीत्र नातावाद चरमचुलीमा पुगेको बताउनुहुन्छ । "पार्टीभीत्र भइरहेको खेलप्रति मलाई घृणा लागेको छ । पार्टी सभापति गिरिजाप्रसाद कोइराला र अन्य नेताहरुलाई आफूले भनेको सम्झना गर्दै उहाँ कुनै पनि कुराले सीमा नाघेको स्थितिमा आफू पार्टीमा निरन्तर बस्न नसक्ने जानकारी दिएँ," उहाँले भन्नुभयो ।

राजनीतिमा संलग्न हुनका निम्ति पार्टीको झण्डा बोक्नु नपर्ने कुरामा उहाँको विश्वास छ । उहाँ अहिले गरिरहनु भएको कार्य पनि राजनीति नै रहेको बताउनुहुन्छ । सन् १९८९ मा उहाँ प्रजातन्त्रवादीको निकायको रुपमा रहेको नेपाल विश्वविद्यालय शिक्षक संघको कोषाध्यक्षमा निर्वाचित हुनुभयो र अहिले उहाँ त्यसको सदस्य हुनुहुन्छ ।

विश्वविद्यालय शिक्षकको रुपमा लामो करिअर बाहेक शर्मा सक्रिय राजनीति छाडेर महिला अधिकारका निम्ति समर्पित हुनु भएको छ । राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत सुरक्षित गराउने अभियानमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गरिरहनु भएको छ । शर्माले तीनवर्षपहिले महिला प्रोफेसरको सञ्जाल निर्माण समेत गर्नुभएको छ । यस सञ्जालले विश्वविद्यालयका हरेक महत्वपूर्ण तीनवटा पद - उपकुलपति, रेक्टर र रजिष्ट्रार- मध्ये एकमा महिलालाई नियुक्त गर्न माग गरिरहेको छ । दुःखको कुरा, महिला प्रोफेसरको मागलाई ध्यान दिइएको छैन ।
सञ्जालले पुरुषले मात्र नेतृत्व लिनुपर्दछ भन्ने परम्परावादी मानसिकतामा परिवर्तन ल्याउन र त्रिभुवन विश्वविद्यालय अर्न्तर्गतका क्याम्पसलाई लैंगिक संवेदनशील बनाउन अभियान सञ्चालन गरिरहेको छ ।

"विश्वविद्यालयको संयन्त्र नै यस्तो छ कि महिलालाई यसले महत्वपूर्ण जिम्मेवारी लिन कहिल्यै अनुमति दिँदैन । यसले अवकाशप्राप्त पुरुष प्रोफेसरलाई मनोनित गर्दछ तर विगत ३० वर्षम्म प्रोफेसरको रुपमा कार्यरत महिलालाई यसले कहिल्यै स्वीकार गर्दैन । हामी महिलाले आफ्नो करिअरलाई चक र डस्टरमै सीमित गर्नुपर्दछ," उहाँ गुनासो गर्नुहुन्छ ।

सञ्जालले उपत्यकामा रहेका विभिन्न क्याम्पसका प्रमुख, स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधि, महिला प्रोफेसर र छात्राहरुसँग छलफल र अन्तक्रिर्या गर्दछ । उपत्यका बाहिरका जिल्लामा रहेका क्याम्पसमा समेत यस्तै बैठकहरु गरिएका छन् । क्याम्पसहरुलाई लैंगिक संवेदनशील बनाउन एउटा नीतिको मस्यौदा भइरहेको र त्यस मस्यौदामा शर्माले आफ्नो अनुभवलाई प्रदान गर्नुभएको छ । सञ्जालले शिक्षाको अधिकार र अवसरबाट बन्चित भएका महिलाका निम्ति कार्यक्रम आरम्भ गर्ने योजनामा छ ।

शर्माले नेपालको अति दुर्गम जिल्लादेखि युरोपका विभिन्न देशको भ्रमण गरिसक्नु भएको छ । "मलाई युरोपका मुलुकभन्दा नेपालका गाउँको भ्रमण गर्दा बढी खुशी लाग्दछ । मैले कल्पना गरेको भन्दा धेरै बढी गाउँका महिलाहरु बढी कृयाशील र संगठित रहेको देखेकी छु," उहाँले थप्नुभयो ।
यसैगरी, शर्माले महिला मानवअधिकार नामको गैससका निम्ति सल्लाहकार रहनु भएको छ जसले एकल महिलाको अधिकारका निम्ति कार्य गर्दछ । उहाँले आफ्नो वैवाहिक जीवन भङ्ग भएपछि यस संस्थामा कार्य आरम्भ गर्नुभएको थियो । उहाँ अहिले एबीसी नेपालको केन्द्रीय महासचिव र दक्षिण एसियाली मूल समितिको सदस्य समेत हुनुहुन्छ ।

शारीरिक सहभागिता नभइ यथेष्ट दबाब सिर्जना गर्न नसकिने भएकोले उहाँ प्रदर्शनका कार्यक्रममा महिलाले आफ्नो उपस्थिति आँफै देखाउनुपर्ने धारणा राख्नुहुन्छ । उहाँ सन् १९९० को जनआन्दोलनमा आफूले १०,००० महिलाको जुलुसको संयोजन गरेको सम्झनु हुन्छ । यसैगरी, उहाँ अप्रिल २००६ को प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रको सरकारले लगाएको कफ्र्यु तोडेर अग्रपंक्तिमा रहेको कुराप्रति गर्वको अनुभूति गर्नुहुन्छ ।

नेपाली समाजले विवाहलाई प्रोत्साहित गरे पनि सबैले सफल वैवाहिक जीवन विताउन सक्दैनन् र शर्मा पनि तीमध्ये एक हुन् । धेरैवर्षम्म पारिवारिक जीवन रमाइलोसँग बितेको भए पनि श्रीमान्सँग उहाँको सम्बन्ध विस्तारै क्षीण हुँदै गयो । उहाँले आफ्ना केटाकेटीलाई हेरविचार गर्ने जिम्मेवारी लिनुभयो । "मैले श्रीमान्बाट पर्याप्त सहयोग नपाउनु विडम्बनापूर्ण हो तर छुट्टएपछि स्वाभिमानपूर्वक जीवन बाँच्न मलाई प्रेरणा मिलेको छ । आफ्नो जीवन समर्पित गरेको व्यक्तिसँग जीवनको मझधारमा पुगेर विभाजन हुँदा चोट लाग्नु स्वाभाविक हो ।"

शर्माकी छोरी अन्जना अहिले अष्ट्रेलियामा अध्ययन गरिरहनु भएको छ । अन्जनाले आमाको पदचिन्हलाई सम्हाल्नु भएको छ र उहाँ पनि एकल महिलाका निम्ति कार्य गरिरहनु भएको छ । शर्मा हरेक वर्षएकल महिला दिवस जुन २३ मा मनाउनु हुन्छ र आफ्नो अभियानमा सहभागी हुन अष्ट्रेलियामा छोरी समक्ष पुग्नुभयो । अभियानको सिलसिलामा उहाँले भेटेका धेरै महिलाले पुरुषलाई पर्याप्त सहयोग गरेको बताए पनि पुरुषबाट निरन्तर यातना दिने गरेको उहाँले बताउनुभयो ।



Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .