नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
रामरति राम चमार
संविधान सभा सदस्य, नेकपा एमाले
सदस्य, अनेमसंघ
जन्म सन् १९६६, सप्तरी
जीवनमा एक महत्वपर्ूण्ा पदमा पुग्न चाहने जोकोहीले पनि बाटोभरि संर्घष्ा झेल्न तयार हुनर्ुपर्छ । र रामरतीको कथाले यो देखाउँछ कि महिलाहरु केही बन्न पुरुषहरुले भन्दा धेरै समस्याहरु झेल्नर्ुपर्छ । संविधान सभाको सदस्य भइआएका सबैसँग आ-आफ्नो संर्घष्ाको कथाहरु हुन्छन् तर महिला सदस्हयरुले ठूल्ठूला व्यवधानहरु पार गरेका हुन्छन् र ठूल्ठूला उपलब्धिहरु हासिल गरेका हुन्छन् । रामरति ती मध्ये एक जना हुन् जो चमार समुदायबाट आएका छन् जसलाई दलिहरुको पनि दलित भनिन्छ ।
चमारहरुको परम्परागत पेशा भनेको कसैको घरमा घरपालुवा जनावर मर्यो भने सिनो फाल्ने र त्यसको छालाबाट जुक्ता र झोला इत्यादि सामान बनाउनु हो । चमार महिलाहरु गाउँमा महिलाहरुले बच्चा जन्माउँदा सहयोगी भएर काम गरिदिने गर्छन् तर सिराहा र सप्तरी जिल्लामा सिनो फाल्ने काम अस्वीकार गर्ने आन्दोलन सफल भएपछि चमार युवाहरु दैनिक ज्यालादारीमा काम गर्ने र कामको लागि विदेश जाने गर्न थाले । रामरति यो आफ्नै प्रकारको पहिलो आन्दोलनमा एक जना अगुवा हुनुहुन्थ्यो र यसले दलितहरुलाई आफ्नो अधिकारको लागि संगठित हुन सिकायो । यसै आन्दोलनको उपलब्धि स्वरुप सरकारले दलित आयोगको गठन गर्यो र चमारलाई सिनो फाल्न बाध्य गर्नेलाई सजाय दिने कानुन बनायो ।
रामरतिले सन् १९९३ मा नेकपा एमालेको सदस्यता लिनुभयो । त्यो भनेको सन् १९९० को आन्दोलनको राजनीतिक परिवर्तनलगत्तै पछाडिको समय थियो, जुनबेला एमाले, नेका, राप्रपा र जनमोर्चा नेपाल आदिले गाउँगाउँमा खुला रुपमा काम गर्न थालेको थियो । यी सबै पार्टर्ीीले सिद्धान्त र काम गर्राई हेरिसकेपछि उहाँले एमालेमा जाने निर्ण्र्ाागर्नुभएको थियो । उहाँ भन्नुहुन्छ -'मलाई लाग्यो कि एमाले अरु पार्टर्ीीभन्दा दलित, महिला र गरीब जनताहरुको मुद्दाप्रति बढी संवेदनशील छ । त्यसबेला गाउँमा सामन्ती प्रथा थियो, जुन मलाई पटक्कै मन पर्दैनथ्यो । म कसरी यस्ता परम्पराविरुद्ध लड्न जनतालाई संगठित गर्न सकिन्छ भन्ने सोच्थंे ।'
तर्राईमा एक जना महिला भएर र सबभन्दा तल्लो जातबाट आएको नेता भएर कसरी बाँचिन्छ भन्ने कुरा सबैको कल्पना भन्दा बाहिरको कुरा हो । रामरती प्रतिद्वन्द्वी पार्टर्ीीबाट मात्र होइन, रुढीवादी सामाजिक संरचनामा कुनै परिवर्तन नचाहने तत्वबाट पनि निशाना बन्नुभयो । 'पार्टर्ीी गइसकेपछि कतिपल्ट यातना खेप्नुपर्यो भन्ने कुरा याद पनि छैन । गाउँलेहरु मलाई नेता भएको आरोपमा आएर कुट्थे । तर मैले मेरो समुदायप्रतिको कर्तव्यबाट कहिल्यै च्यूत भइन । र अब मलाई विश्वास छ कि पार्टर्ीी मेरो योगदानको सही मूल्यांकन गरेको छ'- उहाँ भन्नुहुन्छ ।
४२ वर्षा रामरतीलाई अहिले लाग्छ कि २० वर्षो राजनीतिक जीवनपछि संविधान सभाको सदस्य बन्नुलाई आफ्नो संर्घष्ाको निरन्तरता ठान्नुहुन्छ । मैले आफूले मात्र निरन्तरता दिएको भन्न खोजेकी होइन । तर मैले जति संर्घष्ा गरेर संविधान सभा पुगेको व्यक्ति सायदै कोही होला ।'
रामरतीका गाउँमा मानिसहरु एकजना दलित महिला राजनीतिमा लागेको सहन सक्दैनथे र विभिन्न निहुँमा मरनासन्न हुने गरी कुट्थे । धेरैपल्ट उहाँलाई आफ्नै घरमा नजरबन्द जस्तै राखे । यस्तो दर्ुर्व्यवहार उहाँले सन् १९९७ मा वडा अधयक्ष भैसक्दा सम्म पनि भोग्नुपर्यो । त्यसबेलाका दिनहरु सम्झेर उहाँ भन्नुहुन्छ-'गाउँलेहरुको दबाब खेप्न नसकेर त्यसबेला राजनीतिमा लागेका थुप्रै साथीहरुले राजनीति छोडिसकेका छन् ।
राजरतीले संर्घष्ा गर्नुपर्नुको अर्को कारण उहाँ मधेशी भएर पनि हो । दर्ुइ दशक अगाडि एकजना मधेशी दलित महिलालाई राजनीतिक क्षेत्रमा काम गर्न त्यति सजिलो थिएन । उहाँले पहिला महिला अधिकारको लागि, त्यसपछि दलित अधिकार र त्यसपछि मात्र पार्टर्ीीे धारमा काम गर्नुभयो ।
उहाँको निरन्तर संर्घष्ा र योगदानले गर्दा समाजको अवस्थामा परिवर्तन आएको छ, कमसेकम उहाँको वरिपरिको अवस्थामा । ' ती मानिसहरु जो मलाई राजनीति गर्यो भनेर कुट्थे, तिनीहरु नै अहिले मेरो सहयोग माग्न आउँछन् । यसलाई म मेरो समाजमा आएको ठूलो परिवर्तन भन्छु'- उहाँले भन्नुभयो ।
'अहिले विभिन्न समुदायमा समानता र सामाजिक सम्मानको लागि धेरै संस्थाहरुले काम गरिरहेको छ । जसबाट दलित र महिलाहरुले आफ्नो आवाज राख्न सक्छन् । समाजमा यस्तो ठूलो परिवर्तन देखिसकेपछि मानिसहरुले धनी र गरीबहरुबीच फरक छैन भन्ने कुरा बुझ्न थालेका छन् । हर्ेर्नुस्, म, एकजना चमारकी छोरी संसद्मा पुगौंला भनेर सोचेकी पनि थिइन, तर मैले गरेर देखाइदिएँ । यो नै परिवर्तन हो । तर पनि नेपाली समाजबाट वर्ग, जातीय विभेद र छुवाछुत पर्ूण्ारुपमा हटिसकेको छैन । यसको मतलब म जस्ता संविधान सभा सदस्यहरुले गर्नुपर्ने काम थुप्रै बाँकी छ ।'
सिराहा जिल्लाको विरुद्ध गाउँ मातहतका गाविसमा जन्मनुभएकी रामरतीको बाल्यकाल उखपर्ूण्ा थियो, त्यहाँका दलित समुदायका अरु केटीहरुको जस्तै । उहाँलाई स्कुलमा जान दिइएन र उानो उमेरमा बिहे गर्न बाध्य गरे ।' पहिलो, मलाई स्कुलमा पठाइराख्न मेरो घरको आर्थिक अवसथा एकदम नराम्रो थियो । मेरो आमाबुबाको कमाई मेरो खाना र लुगाको लागि पनि पुग्दैनथ्यो । त्यसमाथि मधेशी समुदायमा छोरीहरुलाई स्कुल पठाउने चलन थिएन । एकजना दलित समुदायकी केटीलाई मधेशमा स्कुल जानु भनेको कल्पना भन्दा बाहिरको कुरा थियो ।'
उहाँको दाजु र भाइले भने स्कुल जान पाए । उहाँको दाजु त सप्तरीमा शिक्षक समेत भए । त्यसैले त्यो पैसा मात्रै थिएन जसले आमाबाबुलाई आफ्नो छोरीहरुलाई स्कुल पठाउनबाट रोक्छ । म केटी भएकीले स्कुल जान पाइन । आज पनि त्यहाँ छोरीहरुलाई विभेद गरिन्छ र तपाई आजभन्दा ३०-४० वर्षअगाडिको अवस्था अन्दाज गर्न सक्नुहुन्छ ।' -उहाँले भन्नुभयो ।
१३-१४ वर्षो उमेरमा रामरतीले बिहे गर्नुभयो । तर बिहे भएपछि पनि उहाँ धेरै वर्षमाइतीमा नै बस्नुभयो , जुन त्यहाँको चलन अनुसार सामान्य नै थियो । पाँच छ वर्षपछि उहाँले त्यही मानिससँग बिहे गर्नुभयो । त्यसलाई दिन गुना प्रथा भनिन्छ -यो चलन अहिले हटिसक्यो) । उहाँको श्रीमान पनि अशिक्षित हुनुहुन्छ र सिराहाको एक गाउँमा दर्ुइ छोरा, एक छोरीसहित खेती गरेर बस्नुहुन्छ । उहाँ भने हाल काठमाडौंमा डेरा लिएर बस्नुहुन्छ ।
रामरती आफ्नो श्रीमान र परिवारका एक सदस्यले यहाँसम्म आइपुग्न सहयोग गरिरहनु भएको मान्नुहुन्छ । 'मेरो श्रीमानले सहयोग नगर्नुभएको भए म आज यो ठाउँमा पुग्दैनथे होला । श्रीमान र छोराछारीको सहयोगले गर्दा मैले त्यति धेरै घरमा संर्घष्ा गर्नुपरेन । यस अर्थमा म भाग्यमानी नै छु'- उहाँ भन्नुहुन्छ ।
उहाँले समाजको महिलालाई हर्ेर्ने दृष्टिकोणमा देख्न सकिने परिवर्तन आएको महसुस गर्नुहुन्छ । 'मैले भन्नर्ैपर्छ सबै कुरा फेरिसकेको छैन । धेरै कुरा परिवर्तन गर्न बाँकी नै छ । म आज पनि घरघरमा चाहेर वा नचाहेर विभेद भएको देख्छु, महिला र केटीहरुलाई विभेद गरेकै पाउँछु ।'
उहाँ लैगिंक विभेद हटाउन महिलाहरु आफैं पहिले अगाडि आउनुपर्ने विचार राख्नुहुन्छ । यहाँ थुप्रै पुरुषहरुले संर्घष्ा नगरी सफलता हासिल गरेको हुनसक्छ महिलाहरु त्यस्ता भेटिंदैनन् । 'मलाई विश्वास छ कि संविधान सभाका १९७ महिलामध्ये संविधानले यस्तै संर्घष्ाका चरणहरु पार गरेको हुनर्ुपर्दछ । त्यसकारण महिलाहरुले आफ्नो क्षमता वृद्धि गरिरहनर्ुपर्छ र महिला आन्दोलनमा भाग पनि लिइरहनर्ुपर्छ ।
यसकासाथै उहाँ पुरुषले पनि महिलाका मुद्दाहरुमा सरोकार देखाउनर्ुपर्छ र सबैले महिलाको हकको लागि महिलाले मात्र काम गर्नुपर्छभन्ने पुरानो सोचाई त्याग्नर्ुपर्छ भन्नुहुन्छ । नेपालको विकासको लागि महिलाको विकास हुनर्ुपर्छ किनभने महिलाले नै यो देशलाई राम्रो बाटोमा हिडाउँछ । 'यसुका लागि राजनीतिक पार्टर्ीी नेताहरु गम्भीर हुनर्ुपर्छ । राज्यले महिलालाई विशेषगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहुलियत दिनर्ुपर्छ । शिक्षा विना महिलाले आफ्नो अधिकारका बारेमा थाहा पाउँदैनन् ।'
उहाँ दाइजोको उदाहरण दिनुहुन्छ । गैरकानुनी भैकन पनि आफ्नो श्रीमानकहाँ कति दाइजो लिएर जान्छन् भन्ने आधारमा कति महिलाहरुमाथि दर्ुर्व्यवहार भइरहेको हुन्छ । तैपनि तिनीहरु चुप छन् -न तिनिहरु प्रहरीमा उजुरी दिन्छन् न कानुनी उपचार खोज्छन् किनभने तिनीहरुलाई दाइजो माग्नु भनेको अपराध हो भन्ने नै थाहा छैन । कुनै कुनै मुद्दाहरु प्रशासनसम्म पुगेका छन् भने त्यो स्थानीय मानवअधिकार संस्थाहरुको सहयोगले पुगेका छन् । 'यो सबै शिक्षाको कमीले भइरहेको छ । तिनीहरुले यो सबै काम कानुनको खिलाफ छ भन्ने थाहा छैन । त्यसैले म जहिले पनि शिक्षाको आवश्यकतामा जोड दिन्छु ।
रामरती हरेक समाजमा केही खराब व्यक्ति, हानिकारक संस्कार र प्रथाहरु हुन्छन् । त्यस्ता व्यक्ति र चलनलाई सजिलै फर्ेन सकिन्न । यसका लागि पीडितले सबैभन्दा पहिले आफ्नो आवाज राख्नर्ुपर्दछ र राज्यले पनि गरीब, दलित, महिला र अन्य सिमान्तकृत समुदायहरुका लागि विशेष कार्यक्रमहरु ल्याउनर्ुपर्छ ।
उहाँले यी विषयहरुमा सबै संविधान सभा सदस्यहरुलाई पुनर्विचार गर्न अनुरोध गर्नुभएको छ । सबै प्रथम महिला अधिकार सुनिश्चित गर्न कानुन बनाउनु परेको छ । त्यस्तै यी कानुनहरु कार्यान्वयन होस् भनेर पनि ध्यान पुर्याउनु जरुरी छ । संविधान सभाले ३३ प्रतिशत सीट महिलालाई सुनिश्चित गरेको छ, राज्यका अरु अंगले त्यो पनि गर्न सकेको छैन ।
'कानुन बनाउनु र त्यसको पालना गराउनु एकै सिक्काका दर्ुइ पाटा जस्तै हो । हामीले अहिले कानुन बनाउने चरणमा छौं तर अरु सम्बन्धित निकायले बाँकी काम इमान्दारीपर्ूवक गरेन भने हामीले मात्र पनि केही गर्न सक्दैनौं । म सबैसँग महिला र पुरुषबीच समानता स्थापना गर्न सबै सम्बन्धितलाई आवाज उठाउन अनुरोध गर्छर्ुु'
लक्ष्मी बस्नेत
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .