नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
डा. रेणु राजभण्डारी
संस्थापक एवम् कार्यकारी अधयक्ष
महिला पुनर्स्थापना केन्द्र
जन्मः सन् १९६०, सिराहा
डा. रेणु राजभण्डारी नेपालका त्यस्ता केही महिला अधिकारवादी हुनुहुन्छ, जो आफूलाई महिलावादी भनाउन हिच्किचाउनुहुन्न । त्यहाँ महिला अधिकारका लागि लड्नेहरु आफूलाई त्यसो भनाउन रुचाउँदैनन् । उहाँलाई जन्मजात महिलावादी भन्न सकिन्छ । उहाँलाई महिला अधिकारबारे निकै सानो उमेरदेखि चासो बढ्न थाल्यो । महिला अधिकार, विभेद वा महिला विरद्धका भेदभाव हटाउने महासन्धि जस्ता शब्दहरुबारे ज्ञान हुनुभन्दा निकै अगावै । उहाँका लागि उहाँका आमा र हजुरआमा नै महिलावादका खुला पुस्तक थिए ।
रेणुका बुबा आमाको बिहे बार्ह वर्षो कलिलो उमेरमा नै भएको थियो । उहाँको जन्म बुबा श्यामप्रसाद उपाध्यक्ष र आमा दिव्येश्वरी अधिकारी कहाँ सन् १९६० अगस्ट १३ मा पहिलो सन्तानको रुपमा भएको थियो । सिराहा जिल्लाको बस्तीपुर भन्ने सानो गाउँमा । उहाँको बुबा पश्चिम बंगाल, भारतमा काम गर्नुहुन्थ्यो भने आमा उहाँको मावलीमा हजुरआमासँग बस्नुहुन्थ्यो । उहाँको जन्म भएपछि परिवार पनि भारतमा नै बसाइ सरे र त्यही वरणपुर भन्ने ठाउँको एक स्कुलमा कक्षा ५ सम्म पढ्नुभयो तर उहाँले आफ्नो भाइहरुसँग खेल्न पाउनुभएन । नौ वर्षो उमेरमा आफ्नी विधुवा हजुरआमाको साथी बन्न नेपाल पठाइयो र उहाँहरु दर्ुइ जना मात्र धेरै समय बस्नुभयो ।
सिराहाको पदमपुरमा आफ्नो परिवारमा बस्दा उहाँले घरायसी झगडालाई नियमित हर्ेन पाउनुभयो । उहाँको बुबासँग आमालाई कुट्ने हरेक अधिकार थियो र आमा भने कहिल्ये जवाफ फर्काउनुहुन्नथ्यो । त्यो नै उहाँको लागि श्रीमान र श्रीमतीको बीच फरक थाहा पाउन काफी थियो । आमा बुबा बीचको झगडासँग सम्बन्धित बाल्यकालका सम्झनाहरुले अहिले पनि उहाँलाई दुःख दिइरहन्छ । 'किन महिलाले नै यी सब दुःख झेल्नर्ुपर्छ -' यही प्रश्नले उहाँलाई आफ्नो लैगिक असमानता र महिलाविरुद्धको स्वभेदका विरुद्ध लडेर बिताउन संकलन गर्न लगायो ।
बाल्यकालमा रेणु उक तेजस्वी विद्यार्थी हुनुहुन्थ्यो र १३ वर्षै उमेरमा एलएलसी परिक्षा पास गर्नुभयो । त्यसपछि उहाँको सामाजिक जीवनमा झुकाव स्वभाविक रुपले बढ्यो । यति सम्म की गाउँमा उहाँलाई प्रख्यात बच्चा भनेर चिनिन्थ्यो । एसएलसी पछि उहाँको आमा उहाँलाई उच्च शिक्षाको मौका दिन चाहनुहुन्थ्यो तर उहाँको बुबा र हजुरआमालाई भने उहाँको भविष्यमा कम रुचि थियो । त्यसकारण उहाँहरु उहाँको चाँडो भन्दा चाँडो बिहे होस् भन्ने चाहन्थे । उहाँको आमाले उहाँको पढाइउको माग राखिन र बुबाले यसै निहुँमा आमामाथि झन दर्ुर्व्यवहार गर्नुभयो । घरमा अन्य सदस्यले पनि रेणुकी आमालाई ठूल्ठूलो सपना देखेको भनेर गिज्याउन थाले । यति सबै भैकन पनि उहाँकी आमाले श्रीमानलाई काठमाडौंकी बहिनी कहाँ पठाएर पठाउन राजी गराउनुभयो ।
रेणुकी फुफुले उहाँलाई बस्ने बास दिनुभयो तर परिवारका सदस्यको बेइज्जत र दर्ुर्व्यवहार सहन बाध्य हुनुभयो । त्यति मात्र होइन, त्यहाँ उहाँको लागि साँझको खाना पाक्दैनथ्यो र उहाँ भोकै सुत्नु पनि हुन्थ्यो । अत्याचारले सिमा नाघेपछि उहाँले त्यस बिरानो शहरमा कोठा लिएर एक्ले बस्ने निर्ण्र्ाागर्नुभयो, जुन एक १४ वर्षो केटीको लागि एउटा आँटिलो कदम नै मान्नर्ुपर्छ । तर उहाँले त्यसै गरेर पढाइ अगाडि बढाउनुभयो ।
उहाँको बुबाले घरमा आउन र गाउँका अरु केटीहरु सरह बिहे गर्न दबाब दिइरहेकै बेलामा उहाँले स्वास्थ्य सहायकको कोर्समा भर्ना हुनुभयो र त्यसपछि वीरगञ्ज कलेजमा पढाउन जानुभयो तर उहाँ त्यति सानो हुनुहुन्थ्यो कि विद्यार्थीहरु उहाँको कुरा नै सुन्दैनथे । यसैबीचमा उहाँ विदेशमा छात्रवृत्तिमा पढ्ने कोसिस गर्नुभयो र धेरै परिश्रम पछि रसियन दुतावासबाट उज्वेकिस्तानमा पढ्ने छात्रवृत्ति मिल्यो ।
दर्ुइ वर्षपछि रसियाबाट बिदामा फर्केपछि उहाँको आमाले पनि बिहे गर्ने सल्लाह दिनुभयो । त्यसबेला उहाँले नकार्न सक्नुभएन र काठमाडौंमा आफूले चिनेको केटासँग बिहे गर्नुभयो । त्यतिबेला उहाँ १८ वर्षमात्र हुनुहुन्थ्यो । केही समयपछि उहाँको श्रीमानको एक दर्ुघटनामा मारिनुभयो, त्यतिबेला उहाँ रसियामा नै पढ्नुहुन्थ्यो । त्यस बेलामा उहाँ गर्भवती हुनुहुन्थ्यो र उहाँको स्वास्थ्यलाई ख्याल गरेर उहाँलाई परिवारले ९ महिनापछि मात्र जानकारी दिए । उहाँ भन्नुहुन्छ -'मेरो त्यस पविरासँगको सम्बन्ध अत्यन्त राम्रो थियो । उहाँहरुले मलाई छोरीसरह व्यवहार गर्नुहुन्थ्यो । म धेुरै समय उहाँसँग बसिन तर मलाई केही ठूलो समस्या पर्यो भने उहाँहरुसँग सल्लाह माग्छु ।'
रेणुको श्रीमानको देहान्त भएको केही वर्षछि रसियामा कृषि पढ्नुभएका डा. विनायक राजभण्डारीले उहाँसित बिहेको प्रस्ताव राख्नुभयो । उहाँलाई दोस्रो विवाहले आफ्नो परिवारलाई खुशी दिन्छ जस्तो लागेको थिएन र परिवारसँग सल्लाह माग्नुभयो । उहाँको आमाले त्यो व्यक्ति अकर्मो जातको भएकोले माननुभएन तर दाजुको सहयोगले विवाह राम्रोसँग भयो ।
उहाँले सन् १९८५ मा भएको मेडिकल इन्स्िटच्युनबाट एमडीको ड्रि्री हासिल गर्नुभयो र सन् १९९४ मा थाइल्यान्डको माहिडोल विश्वविद्यालयबाट प्राथमिक स्वास्थ्य सेवामा अर्को ड्रि्री पनि प्राप्त गर्नुभयो । एमडीको ड्रि्री पाइसकेपछि उहाँले प्रसुति गृह थापाथलीमा काम थाल्नुभयो । गाउँमा हुँदा उहाँले महिलामाथि हुने हिंसा देखिसक्नुभएको थियो र यहाँ काम गर्दा उहाँले शहरमा पनि त्यो त्यतिकै भएको पाउनभयो । चिकित्सा अधिकृत भएर उहाँले धेरै ठाउँमा काम गर्नुभयो । जस्तै कान्ति बालअस्पताल, सिराहा अस्पताल, चितवनको भरतपुर अस्पताल, हिमाल नर्सिङ होम, टेकु अस्पताल आदि । यी ठाउँहरुबाट उहाँले सामान्य मानिसले स्वास्थ्यसम्बन्धी भोग्ने समस्याहरुका बारेमा अनुभव लिनुभयो ।
एक सफल मेडिकल डाक्टर भैकन पनि उहाँ महिला अधिकारकर्मी भएर काम गर्न पनि समय निकाल्नुहुन्थ्यो । एकजना महिलाको मनछुने कथाले उहाँको क्यारियरमा ठूलो मोड ल्यायो । एड्स नियन्त्रण परियोजनामा काम गर्दा उहाँले नुवाकोटबाट आएकी एक महिला भेट्नुभयो । उनलाई त्यो रोग भारत, बर्म्बईको कोठीमा काम गर्दा सरेको थियो । सिलाइको काम गर्नेकी छोरीको कथा सुनेर उहाँ एकदम दुःखी हुनुभयो ।
उहाँले भारतको बेश्यालयमा बेचिएका केटीहरुको कहानी पहिले कल्पना गरेको भन्दा पनि हृदयविदारक हुन्छ भन्ने बुझ्नुभयो र त्यसपछि ओसारपसार गरिएका महिलाहरुको पुनर्स्थापनाको लागि केही गर्ने अठोट लिनुभयो । काठमाडौं जिल्ला प्रशासनमा काम गर्ने एक साथीको सहयोगमा उहाँले सन् १९९१ मा महिला पुनर्स्थापना केन्द्र -ओरेक) नामक संस्था दर्ता गर्नुभयो । यसप्रकार उहाँले महिला अधिकारवादी र चिकित्सा अधिकृतको दोहोरो जिम्मेवारी सँगसँगै बहन गरिरहनुभयो ।
उहाँले ललितपुरमा जिल्ला स्वास्थ्य अधिकृत भएर खटिनु हुँदा एक नमिठो अनुभव पाउनुभयो । जब उहाँ अफिस सम्हाल्न पुग्नुभयो, तत्कालीन पुरानो अधिकृतले अफिस छोड्न चाहनुभएन र उहाँले झगडै गर्नुपर्यो । उहाँलाई थाहा छ त्यो उहाँ एक महिला भएकोले भयो । उहाँले महिला विरुद्धका विभेद र दुर्व्यर्वहारका घटना सरकारी कार्यालयहरुमा शिक्षितहरुबीच पनि पाउनुभएको छ । सल्यानमा चिकित्सा सुपरिवेक्षक भएर जाँदा पनि त्यस्तै कठिनाई भोग्नु परेपछि उहाँले सरकारी जागिर छोड्नुभयो र महिला अधिकारको काममा केन्द्रित हुनुभयो ।
सन् १९९१ देखि उहाँ ओरेकको अध्यक्ष हुनुहुन्छ । ओरेक विशेषगरी महिला र बालबालिकाको ओसारपसारको क्षेत्रमा स्थानीय महिला र पिछडिएका जनसमुदायलाई दीगो विकास र सामाजिक न्यायको लागि संगठित र परिचालित गर्ने उद्देश्यसहित काम गरिरहेको छ । यसले मानव ओसारपसारको अपराधविरुद्ध काम गरिरहेको छ र त्यसबाट बचेकाहरुका लागि देशभरिको सञ्जालमार्फ् ११ जिल्लामा सहयोग पुर्याइरहेको छ । ओरेक यस मुद्दामा काम गर्ने एक प्रमुख गैरसरकारी संस्था हुनसक्छ । उहााले अध्यषको हैसियतले थुप्रै प्रोजेक्टहरु सञ्चालन गरिरहनुभएको छ ।
यस भन्दा बाहेक उहाँ महिला मुक्तिको सच्चा आवाज आवश्यक भएको हरेक ठाउँमा देखिनुहुन्छः तालिम, कार्यपत्र प्रस्तुति, छलफल, धर्ना, प्लेकार्डसहित उहाँ केही यस्ता चुनिएका स्रोत व्यक्तिहरुमध्ये पर्नुहुन्छ जसले नीति निर्मार्ताहरु, कार्यान्वयन संस्थाहरु र जनस्तरका संगठन वा महिला अधिकारकर्मीहरुका लागि तालिम दिन सक्नुहुन्छ । यी क्रियाकलापहरुका साथै उहाँले हाल महिलाहरुका लागि विशेष स्वास्थ्य कार्यक्रम 'बेयरफुट गाइनोकोलोजिस्ट कन्सेप्ट' को थालनी गर्नुभएको छ । यो कार्यक्रम आधारभूत स्वास्थ्य सुविधा समेत नभएका दर्ुगम गाउँहरुमा महिलाहरुका लागि वरदान सावित भएको छ ।
उहाँ लिंग, प्रजनन स्वास्थ्य, प्रजनन अधिकार र जीवन सीपलाई बहुआयामिक दृष्टिकोणबाट हर्ेर्नुहुन्छ, सामाजिक, सांस्कृतिक, लैगिक र चिकित्साको दृष्टिकोणबाट किनभने बृहतस्तरमा लैगिक जनचेतना बढाउन यी क्षेत्रहरु विभिन्न स्तरमा सामाजिक र लिंगमा आधारित हिंसाका मुद्दाहरुलाई सम्बोधन गर्न उपयोगी हुन्छन् ।
सन् २००० मा रेणु भारतका विभिन्न जोखिमयुक्त क्षेत्रहरुमा ओसारपसार गरिएका नेपाली बालकहरुको अवस्था विश्लेषण गर्ने समूह सदस्य भएर आइएलओको प्रोजेक्टमा सहभागी हुनुभयो । उहाँले महिला र बालबालिकाको ओसारपसारको मुद्दामा नीति निर्माण गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई सहयोग पनि दिनुभएको थियो । त्यस्तै उहाँले मानव बेचबिखन र त्यससँग सम्बन्धित शोषणमा मानव अधिकार, लिंग र मानव सुरक्षाका आयामका मुद्दामा आयोगसँग काम गर्नुभयो र ओसारपसार गरिएका महिला र बालबालिकाहरुसम्बन्धी हिंसा र मानव अधिकार हनन सम्बन्धी उजुरीहरुलाई व्यवस्थित गर्नुभयो । हाल उहाँ हिंसा, एड्स र ओसारपसारमा समुदायहरुको बुझाई पहिचान गर्ने अनुसन्धानमा लाग्नुभएको छ ।
रेणु मानव अधिकार र सामाजिक न्यायको लागि गठबन्धन नेपालका संस्थापक सदस्य हुनुहुन्छ । यो देशका सातवटा प्रमुख मानव अधिकार संस्थाहरुको गठबन्धन हो । यसको स्थापनाको लागि अरु संस्थाप सदस्यहरुसँगै महत्वपर्ूण्ा भूमिका खेलनुभएको थियो । यसमा उहाँको जिम्मेवारी भनेको महिला अधिकार र प्रजनन अधिकारका मुद्दाहरु हर्ेर्नु हो । उहााले अध्ययन, सम्मेलन, सञ्जाल निर्माण, एक्सचेन्ज कार्यक्रम र पेशागत बैठकहरुको सिलसिलामा दक्षिणी र दक्षिण पर्ूर्वी एसिया, युरोप र उत्तर अमेरिकाका धेरै देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ विभिनन संघ संस्थाहरुसँग पनि सम्बद्ध हुनुहुन्छ । उहाँ नेपालमा विश्व खाद्य सम्मेलनसम्बन्धी सहभागीमूलक क्रियाकलापहरुका एकजना आयोजक हुनुहुन्छ र बेइजिङ सम्मेलनको राष्ट्रिय तयारी समिति आयोजना गर्ने एक सक्रिय सदस्यहरुमध्ये एक हुनुहुन्छ ।
महिलाको राजनीतिक सहभागिता रेणुको अर्को रुचिको विषय हो । उहााले १३ वर्षो उमेरमा कार्ल्स मार्क्स पढ्न थाल्नुभएको हो । उहाँको रसिया पढ्दाको साथहिरु र केही चुनिएका राजनीतिक विचारकहरुको संगठतको कारणले उहाँ कहिल्यै राजनीतिक घटनाक्रमबाट आफूलाई टाढा राख्नुहुन्न । उहाँ महिलाहरु राजनीतिक रुपमा सचेत र सक्रिय नभएसम्म महिला मुक्ति सम्भव छैन भन्ने विचार राख्नुहुन्छ ।
रेणु आफ्नी आमाको जीवन देखेर महिलावादी हुनुभएको हो । अब उहाँको छोरीको पालो छ । महिला मुक्तिको लागि रेणुले गनुभएको कामबाट उहाँकी छोरीमा कडा प्रभाव परेको छ, जसले भारतमा लैंगिक मुद्दाहरुमा अध्ययन गर्नुभएकमो छ र केही समय ओरेकमा काम पनि गर्नुभएको छ । उहाँ भन्नुहुन्छ -'मेरी आमा म भन्दा पनि बढी 'प्रतिबद्ध महिलावादी हुनसक्छिन् '
अमिका राजथला
Bidhya Bhandari English .
Bindra Hada Bhattarai English .
Mandira Sharma English .
Mina Acharya English .
Mohamadi Siddiki English .
Ramrati Ram Chamar English .
Renu Rajbhandari English .
Sabitri Pokharel English .
Sahana Pradhan English .
Sapana Malla English .
Shanta Manavi English .
Soma Rai English .
Stella Tamang English .
Sumitra Manandhar Gurung English .
Suprabha Gimire English .
Uma Adhikari Regmi English .
Uma Devi Badi English .
Usha Nepal English .