This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


सावित्री पोखरेल

उपसंयोजक, महिला अधिकार मञ्च
जन्म ः सन् १९७९ खोप्लाङ, गोरखा

सावित्री पोखरेल पर्सर्ााजल्लाकै पहिलो महिला सामाजिक कार्यकर्ताको रुपमा चिनिए पनि उहाँले यहाँसम्म पुग्न धेरै कष्ट भोग्नु परेको थियो, किनभने उहाँको जन्म यहाँ गाउँमा भए पनि उहँको कार्यक्षेत्र भने मधेशीसमुदायबीच हुन पुगेको थियो । उहाँ गोरखाको अमरज्योति माध्यमिक विद्यालयमा पढ्दै गर्दा उहाँको बुबाको तर्राईको पर्सर्ााजल्लामा सरुवा भएछ । उहाँको परिवारै त्यसपछि बिरुवागुढी गाविसमा भयो, जुनबेला उहाँ कक्षा ४ मा पढ्दै हुनुहुन्थ्यो ।

उहाँले सन् १९९७ मा एसएलसी परीक्षा पास गर्ने वित्तिकै उहाँको बिहे भयो, जुनबेला उहाँ १८ वर्षमात्र हुनुहुन्थ्यो । पहिले उहाँ त्यहाँका स्थानीय महिलाहरुका लागि केही गर्नुपर्छ भनेर सोच्नुहुन्थ्यो तर बिहे हुने वित्तिकै उहाँमाथि एकपछि अर्को चुनौती आइपर्‍यो ।

उहाँको आमाबुबाले उहाँलाई समाजका लागि स्वतन्त्र भएर केही गर्न प्रोत्साहन दिनुभयो तर मधेशी समुदायमा एकजना महिलाको जीवन एकदम कष्टकर हुन्थ्यो । जब पनि त्यहाँ एकजना महिलाले घरबाहिर निस्केर केही गर्न खोज्थ्यो, मानिसहरु उसलाई तिरस्कार गरिदिन्थ्यो । एसएलसी पास गरेको र बिहे भएकै बेलामा उहाँले एउछा गैरसरकारी संस्थामा काम गर्न थाल्नु भयो । 'मेरो श्रीमानले मलाई सहयोग गर्नुभयो तर मलाई थाहा थियो त्यो उहाँको मनबाट थिएन ।'

बिहे पछाडि नै उहाँले क्याम्पस भर्ना भएर पर्ढाईलाई निरन्तरता दिन खोज्नुभयो । पढ्दापढ्दै उहााले दुइटी छोरीको जन्म दिनुभयो । सबै कुरा उहाँले एक्लै गर्नुपथ्र्यो-साना छोरीहरु हर्ुकाउने, घरको बुहार्तन, पढ्ने र अफिसको काम गर्ने पनि - कहिलेकांही उहाँलाई दिनको घण्टौ साइकलमा पनि जानुपर्ने हुन्थ्यो । 'यी सबै भूमिका म एक्लैले गर्नुपर्ने हुन्थ्यो'- उहाँ पुराना दिनहरु सम्झनुहुन्छ ।

यसप्रकार उहाँले समाजशास्त्रमा स्नातकोत्तर पनि गर्नुभयो । विद्यार्थी जीवनमा उहाँले जम्मा ६ दिन मात्र क्लासमा बस्न पाउनुभयो तर पर घरैमा बसी पढेर उहाँले परीक्षा उत्तर्ीण्ा समेत गर्नुभयो । ' म दिउँसो अफिसमा काम गर्थे, बिहान र साँझ घरको कामधन्दा गर्थे र राती पढथें । यसरी गर्दा म आधारत मात्र सुत्न पाउँथे ।'

सानै उमेरमा गोरखाबाट तर्राई जिल्लामा जानुभएक भिएर नेपाली महिलाहरुको औसत अवस्थाका बारेमा उहाँलाई ज्ञान थिएन । तर पछि आफ्नै समुदायमा महिलाहरु नपढेको, खुला रुपमा घरबाट बाहिर ननिस्केको र आफूले मन लागेको लुगा समेत लगाउन नपाएको -त्यहाँको समुदायमा विवाहित महिलाहरुमा आकर्षा नदेखिनको लागि सेतो र पहेंलो लुगा मात्र लगाउँथे), पोखरेलले ती महिलाहरुलाई कसरी स्वतन्त्र अस्तित्वमा ल्याउने भनेर विचार गर्न थाल्नुभयो । 'यसका लागि हामीले सर्घष्ा गर्नुपर्‍यो । यदि महिलाहरु घरबाट बाहिर आउनर्ुपर्छ भने तिनीहरुले दोहोरो जिम्मेवारी पूरा गर्नुपर्छ र समाजमा केही गर्ने आकांक्षा लिएका महिलाहरु त्यो जिम्मेवारी लिने आँट गर्छन् ।'

दश कक्षामा पढ्दै गर्दा उहाँ एउटा बोर्डिङ स्कुलमा पढाउनु पनि हुन्थ्यो । उहाँ पर्सर्ााे जिल्ला समन्वय समितिमा काम गर्नु हुँदा त्यहाँको समुदायका निकै कम महिलाहरु मात्र घरबाहिर गएर काम गर्थे । काम गर्दै जाँदा उहाँ स्थानीय महिलाहरुलाई संगठित गर्न एक गाउँबाट अर्को गाउँसम्म साइकल लिएर जानुहुन्थ्यो र स्कुलसम्म नगएका बालबालिकाहरुका लागि अनौपचारिक शिक्षामार्फ् पठाउनु पनि हुन्थ्यो । 'त्यसबेला साइकल चढ्ने महिलालाई खिसी गर्थे । मलाई थाहा हुन्थ्यो कि मानिसहरु मेरो बारेमा कुरा काटिरहेका हुन्थे, कि म एक ब्रि्रेकी केटी भनेर । तर मसँग साइकल चढ्नुको विकल्प थिएन किनभने कामको सिलसिलामा मलाई टाढाटाढाका गाउँहरुमा पनि जानुपर्ने हुन्थ्यो । म संगठत मेरो बारेमा को के कुरा गर्दैछन् भनेर सोच्ने पनि फर्ुसद हुँदैनथ्यो ।'

पोखरेलले अरुणोदय युवा क्लबमार्फ् महिला अधिकारको बारेमा काम गर्न थाल्नुभयो । महिला अधिकारको क्षेत्रमा सामाजिक कार्यकर्ता भएर १३ वर्षकाम गरिसकेपछि उहाँ समाजमा निकै परिवर्तन आइसकेको महसुस गर्नुहुन्छ । 'हाम्रो समाजमा महिलाहरु मानिस हुन् भनेर पनि लिइँदैनथ्यो । उदाहरणको लागि केही मानिस घरमा आउँदा कुनै पुरुष देखिएन र महिला र केटीहरु मात्र देखिए घरमा कोही पनि छैननर र भनेर सोध्थे । र महिलाहरु पनि कोही छैनन भनेर जवाफ दिन्थे । यसको मतलब मानिसहरु महिलालाई मानिस भन्दैनथे र महिलाहरु पनि आफूलाई मानिस भन्न सक्दैनथे । अब कमसेकम महिलाहरु समाजका मुद्दा हुन थाले र तिनीहरु आफ्नो घरबाट बाहिर निस्कन थाले । यदि महिलाहरु आफूलाई कमजोर ठान्दैनन् भने समाजले पनि तिनीहरुलाई त्यस्तो भन्दैन'- उहाँ भन्नुहुन्छ ।

पहिले शिक्षित महिलाहरु पनि घरबाट बाहिर आउँदैनथे, अब सासुहरु पनि आफ्ना बुहारीहरुलाई घरबाट बाहिर जान दिनर्ुपर्छ भन्ने कुरामा सहमत छन् । महिलाहरु आमा समूह, वचत समूह र सहकारीहरु खोलेर संंगठित हुन थालेका छन् । तिनीहरु आजभोलि आफूलाई जे मनपर्छ त्यो लाउँछन् र अनौपचारिक शिक्षा पनि लिन्छन् । 'यी परिवर्तनहरु हेरेर हामी यो भन्न सक्छौं कि हामीले समाजमा चाहेको मध्ये आधा भन्दा बढी सकारात्मक परिवर्तनहरु ल्याइसक्यौं । '- उहाँ भन्नुहुन्छ ।

पोखरेल अहिले महिला अधिकार मञ्चको सचिवालयको उपसंयोजक हुनुहुन्छ र अध्यक्ष मुश्लिम महिला रहेना बेगम हुनुहुन्छ । मञ्चले सन् २००५ मा आफ्नो कार्यक्रम शुरु गरेको थियो । हाल यसले 'भोकविरुद्ध महिला अभियान', 'महिला पर्खदैनन अभियान' आदि कार्यक्रमहरु तर्राईमा केन्द्रित भएर विभिन्न जिल्लामा सञ्चालन गरिरहेको छ ।

यस संस्थाले 'भोक विरुद्ध महिला अभियान' दर्ुइ उद्देश्य लिएर स ञ्चालन गरेको थियो - पहिलो, भूमिमाथि समान अधिकार पाउन र दोस्रो परिवारमा सबैले खाइसकेपछि मात्र महिलाले खानर्ुपर्छ भन्ने प्रथा तोड्ने । 'यो प्रथा त्यहाँ धनी तथा गरीब परिवारहरुमा छँदैछ । यस प्रदाथले गर्दा महिलाहरु कहिल्यै पेट भरी खान पाउँदैन किनभने तिनीहरुले खाने भनेकै अरुले खाएर बाँकी भएको मात्र हुन्छ । त्यसकारण अकालको बेलामा पुरुषले भन्दा महिलाले बढी दुःख भोग्नर्ुपर्छ । हामी यसलाई महिला विरुद्धको हिंसाको रुपमा लिन्छौं । हाम्रो अभियानले महिलाविरुद्धको हिंसाको परिभाषा व्यापक बनाइदिएको छ ।'- उहाँ भन्नुहुन्छ ।

कृषिमा लाग्ने महिलाहरुको अवस्था झन गम्भीर छ । तिनीहरु बाली रोप्ने देखि अन्न बोकेर घर लाने सम्मको सबै काम गर्छन् । महिलाहरु अन्न उत्पादनको सबै प्रक्रियामा सहभागी भए पनि र जीवनै खेतमा बिताए पनि तिनीहरुले उत्पादनमा स्वामित्व पाउँदैनन् र स्रोतका साथै त्यो उत्पादनबाट हुने आम्दानीमा पहुँच पनि राख्दैनन् ।

'यस अभियानमार्फ् हामी जमिनमाथि महिला पुरुष दुवैको समान अधिकार हुनर्ुपर्छ भनेर दाबी पनि गर्र्छौ । हामीले महिलाले जमिनमाथि स्वामित्व पाउन सके मात्र उनीहरुमाथि हुने सम्पर्ूण्ा भेदभाव अन्त्य हुन्छ भन्ने निष्कर्षनिकाली सकेपछि यो अभियान थालेका छौं । '- उहाँ भन्नुहुन्छ ।

यसै अभियानको एक अंश स्वरुप गत वर्षडिसेम्बरमा मञ्चले चितवनमा एक राष्ट्रिय कार्यक्रम आयोजना गरेको थियो जसमा देशका विभिन्न दर्ुगम क्षेत्रहरुबाट समेत गरी ३ हजार महिलाहरु खेतमा प्रयोग गरिने औजारहरुसहित भाग लिन आएका थिए । 'कृषि औजार समातिरहेका महिलाहरु देखाएर हामीले महिलाहरु कृषिमा संलग्न हुन्छन् तर तिनीहरुसँग उत्पानदन प्रयोग गर्ने अधिकार हुँदैन भन्ने सन्देश दिन खोजेका थियौं । तिनीहरु अरुहरुको नाममा रहेको जग्गामा काम गर्छन् तर तिनीहरुलाई श्रम बापत् ज्याला दिइँदैन । यस अर्थमा महिलाहरु ठगिएका छन् । '

महिलाहरु पर्खदैनन्, अभियान महिलाविरुद्ध हुने हिंसा अन्त्यगर्न थालिएको थियो । यो कार्यक्रम विशेषगरी ती एनआईभी संक्रमित महिलाहरुमा लक्षित थियो जो पहिले यौन व्यवसायमा लागेका थिए । 'हामी बुझ्छौं यो समस्याको मुख्य कारण भनेको पनि महिला भूमिमाथिको स्वामित्व नपाउनु नै हो । जमिनमाथि अधिकार नहुनाले तिनीहरु आफ्नो आर्थिक समस्या समाधान गर्न काम खोज्दै हिंड्नर्ुपर्छ । यसै क्रममा केही महिलाहरु बेश्यालयमा बेचिन्छन् र एचआइभी संक्रमित हुन्छन् । हामी यस प्रकारका हिंसाबाट पीडित भएका महिलाहरुका लागि विभिन्न कार्यक्रमहरु गरिरहेका छौं ।

यस संस्थाले हाल तर्राईका २२ जिल्लामा र ललितपुरमा गरी २२ वटा गाविसहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 'हामी यो जिल्लाहरुको दर्ुगम भागथमा यो कार्यक्रम लैजान चाहन्छौं '- पोखरेलले भन्नुभयो । उनीहरु यस वर्षो मेमा महोत्तरी जिल्लामा एक राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न चाहन्छन् ।

मञ्चले नयाँ संविधानको निर्माणसम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । यसले नेपाल सरकार समक्ष दर्ुगम क्षेत्रमा रहेका महिलाहरुको अधिकार सुनिश्चित गर्न '२४ बुँदे माग' पनि राखेको छ । यी मागहरुमा दाइजो दिने र लिने दुवैलाई सजाइ दिनुपर्ने, महिला विरुद्धका सबै प्रकारका हिंसा अन्त्य गर्नको लागि कानुन बनाउनुपर्ने, सबै जिल्लामा घरायसी हिंसाका पीडित महिलाहरुका लागि 'सुरक्षा घरहरु' स्थापना गरिनुपर्ने र कृषि मजदुरहरुका लागि न्यूनतम ज्याला तोक्नुपर्ने लगायतका मागहरु छन् । पोखरेल र उहाँका सहकर्मीहरु अहिले ती मागहरु पूरा गराउन लागिपरेका छन् ।
मञ्चले महिलामाथि हिंसा हुनुको कारणमा अनुसन्धान गर्ने योजना बनाइरहेको छ । 'हामी यस अभियानमा यथासक्य बढी महिलाहरु सहभाग गिराउने कोशिस गर्नेछौं, जसबाट हामी हाम्रो सञ्जाल पनि ठूलो बनाउँछौं ।'-पोखरेल भन्नुहुन्छ ।

कामको सर्न्दर्भमा पोखरेल सन् २००८ जुनदेखि काठमाडौं बस्नुहुन्छ, तर उहाँ आफ्नो अधिकांश समय बाहिरी जिल्लाहरुमा बिताउनुहुन्छ । उहाँ भन्नुहुन्छ -'म मेरो सबै परिवार सदस्यहरुलाई केही समयको लागि मात्र भेट्न सक्छु । मेरो श्रीमान वीरगञ्ज बस्नुहुन्छ, मैले मेरी दुइटी छोरीहरु यहाँ ल्याएकी छु र तर मसँग तिनीहरुलाई हेरचाह गर्ने समय नै छैन । त्यसैले तिनीहरु मलाई काम छोड्न भनिरहन्छन् ।

उहाँ महिलालहरुलाई साझा मुद्दामा लड्न हौसला दिइरहनुहुन्छ । 'महिलाहरु संर्घष्ा गर्न डराउनुहुँदैन । धेरै महिलाहरु घरबाट बाहिर निस्कनर्ुपर्छ र समाजमा केही थप भूमिका खेल्नर्ुपर्छ ।' महिला विरुद्धका सबै प्रकारका हिंसाको अन्त्य गराउने उहाँको लक्ष्य हो । 'महिला भएको कारणले नेपालमा सबै महिलाहरुले कुनै न कुनै प्रकारको हिंसा अनुभव गरेका छन् । महिला विरुद्धको हिंसा कम गर्न पुरुषसहित सबै खालका मानिसहरु, समाज र राज्यले पनि एक साझा चौतारीमा आउनर्ुपर्छ ।

लक्ष्मी बस्नेत

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .