This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


सहाना प्रधान

पूर्वमन्त्री
पूर्व स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी -लेनिनवादी)
जन्मः जुलाई, १९२७, काठमाडौं ।

"दरिलो प्रतिबद्धताका साथ म राजनीतिमा प्रवेश गरेकी थिइन । तर म नवयौवना उमेरकी हुँदा छोरीहरुलाई अध्ययन गर्न नदिने यस समाजलाई परिवर्तन गर्ने चाहना मभित्र थियो । यही विचारले मलाई राजनीतिमा प्रवेश गराएको कुरा मैले पछि थाहा पाएँ ।" नेपाली राजनीतिमा बरिष्टतम महिला हुनु भएकी सहाना प्रधानले अन्जानमै राजनीतिक जीवन प्रारम्भ गर्नुभएको ६० वर्षन्दा बढी भइसकेको छ । नेपालको राजनीतिमा अहिले उहाँको जीवनभरको योगदान, खासगरी राजनीतिमा महिलाको सहभागिता, मुलुककै राजनीतिक इतिहासको अविच्छिन्न हिस्सा बनाएको छ । यो भन्न सकिन्छ कि मतदान र बहुदलीय प्रजातन्त्रका निम्ति जीवनपर्यन्त संर्घष गर्ने सहाना प्रधान नेपालमा महिला आन्दोलनकी जिउँदो इतिहास हुनुहुन्छ ।

पुरानो काठमाडौंको केन्द्रमा रहेको असनको नेवार परिवारमा जन्मे पनि उहाँले आफ्नो प्रारम्भिक जीवन बुबाको व्यापारको सिलसिलामा बर्मामा बित्यो । त्यसबखत उहाँका बुबाले बर्मा गएका नेपालीहरुका निम्ति नेपाली समानहरु बर्मातर्फआयात गर्नुहुन्थ्यो । उहाँमा बाल्यकालका केही सम्झनाहरु मात्र छन् । उहाँको मायालाग्दो व्यवहार देखेर उहाँका हजुरबुबाले सहानालाई 'चिनी' भनेर बोलाउनुहुन्थ्यो । बर्माबाट काठमाडौं फर्केपछि मात्र भाइले उहाँको नाम सहाना राखेका थिए । नेपालको तुलनामा केही खुला समाज रहेको बर्माको बसाइ पछि १३ वर्षो उमेरमा उहाँ काठमाडौं र्फकनुभयो । उहाँलाई मातृभूमि र्फकदा त्यति खुशी लागेन किनभने यहाँको समाज रूढीग्रस्त थियो र छोरीहरुलाई विद्यालय जान र घरबाहिर निस्कन प्रतिबन्धित थियो । छोरी भएकै कारण यस्तो विभेद हुनु अन्यायपूर्ण रहेको उहाँको सोचाइ थियो ।

सानै उमेरदेखि व्रि्रोही चरित्र रहेको उहाँको मानसपटलमा अझै ताजै छ, त्यसैको बलले उहाँ राजनीतिमा तानिनु भयो । "मेरो चासो नै त्यसबखत महिलाले पढ्नु हुँदैन भन्ने समाजको रुढीवादी धारणा बिरोधी थियो । महिलाका निम्ति विद्यालय खोल्नु हुँदैन भन्ने धारणा राणा शासकहरुको थियो । म यस्तो परिस्थितिलाई आमुल परिवर्तन गर्न चाहन्थे र यही कारण म राणाको बिरोधमा उभिएँ जसले मेरो राजनीतिक जीवनलाई आकार प्रदान गर्‍यो," उहाँ भन्नुहुन्छ । राजनीतिमा महिलालाई सक्रियरुपमा सहभागी गराउन काठमाडौंको मेँपीमा सन् १९४७ मा आयोजित बनभोजले महिलाको पहिलो राजनीतिक संगठनको रुपमा नेपाल महिला संघको स्थापना गर्‍यो । सहाना र उहाँकी दिदी साधना समेत करिब साठीजना महिला यस बनभोजमा सहभागी भएका थिए । नेपाली काङ्ग्रेसका संस्थापक नेता एवँ २०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिँहकी धर्मपत्नी मंगलादेवी सिँह अध्यक्ष चुनिनु भएको थियो भने सहाना र साधना संस्थापक सदस्य बन्नुभयो ।

सहाना र साधनाको एकै किसिमको सोचाइ थियो र नेपाल महिला संघमार्फ १९५० मा निरङ्कुश राणा शासनको बिरोधी कृयाकलापमा संलग्न हुनुभयो । उहाँजस्ता महिलाको आन्दोलनले १०४ वर्षो राणाहरुको पारिवारिक शासनको पञ्जाबाट नेपाललाई मुक्ती दिलाउन महत्वपूर्णसहयोग पुगेको थियो र नेपालमा पहिलोपटक प्रजातन्त्रको अभ्युदय भयो ।

तैपनि, त्यसबखत नेपालमा सबैका निम्ति स्वतन्त्रताको रुपमा प्रजातन्त्र आएन । नगरपालिकाको चुनाव गर्ने घोषणा १९५१ मा गरियो तर सरकारले महिलालाई मतदानको अधिकार प्रदान गरेन । सहानाले राज्यका निर्णयनिर्माणकर्ताका बिरुद्धमा आयोजित प्रदर्शन कार्यक्रममा सहभागिता जनाउनुभयो । तत्कालीन प्रधानमन्त्री मोहनशम्शेर राणाको दरबारसम्म जुलुस पुगेको थियो । यही प्रदर्शनका कारण नेपालमा पहिलोपटक चुनावमा महिलाले मतदानको अधिकार प्राप्त गरेका थिए । यसबाहेक, त्यही अभियानकै कारण महिलालाई उम्मेदवारी दर्ता गर्न मार्गप्रशस्त गर्नुका साथै सहानाकी दिदी साधना प्रधानले अन्ततः नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवार हुने अवसर पाउनुभयो । "महिला समानताको निम्ति काम गर्ने उत्सुकता र महिला साथीको सहयोगले महिलाका समस्याप्रति समर्पित हुन सहयोग गरेको र यही कारण म राजनीतिकर्मी भएँ," उहाँ भन्नुहुन्छ ।

दोस्रो विश्वयुद्ध र भारतको स्वतन्त्रता संग्रामको साक्ष्य रहनु भएकी सहाना प्रधानमा कुनै पनि प्रकारका अत्याचार र अन्यायबाट मुक्ती पाउन आम जनताले तन्मयसाथ संर्घष गरेमा प्राप्त भएरै छाड्ने आत्मविश्वास जागृत भएको थियो । नेपालमा समेत कुनै किसिमको परिवर्तनका निम्ति यही आत्मविश्वासले उहाँलाई सामर्थ्य प्रदान गरेको थियो ।

महिलाहरु समूहमा भेला हुन नदिइने स्थितिमा समेत उहाँले महिलाको समानताको अधिकारका निम्ति आवाज उठाउनुभयो । सहाना र उहाँका साथीहरुले बनभोज गएर र घरघरै पुगेर समूह निर्माण गर्नुभयो । "हामीले मतदानको अधिकारका निम्ति संर्घष गर्नुथियो । अब महिलाले संसदमा खुलारुपमा बोल्न पाएका थिए । झण्डै छ दशकअघि विद्यालयमा महिलालाई भर्ना गराउन झगडा गर्नुपर्दथ्यो । अहिले शिक्षा अनिवार्य भएको छ र महिलाहरु पैतृक सम्पत्तिका समान हकदार भएका छन् । आजका महिलाहरु धेरै भाग्यशाली रहेको मलाई लाग्दछ । हालको संविधानसभामा १९७ जना महिलाको प्रतिनिधित्व हुनु चानचुने कुरा होइन," उहाँ बताउनुहुन्छ । यसैगरी, संविधानसभामा आफ्ना मागहरु सही ढङ्गबाट प्रस्तुत गर्नसक्ने चुनौतिलाई प्रस्तुत गर्न नसकेमा त्यहाँ प्रवेश गर्नु अर्थहीन हुने उहाँ सचेत गराउनुहुन्छ ।

भारतको कलकत्तामा सन् १९४९ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग सन् १९५५ मा उहाँको विवाह भयो । बिबाहले उहाँको राजनीतिक करिअरमा नयाँ क्षितिज उघार्‍यो किनभने बिबाहपश्चात अब उहाँले अझ परिश्रमका साथ काम गर्नुपर्ने भयो । उहाँका श्रीमान्को पूर्ण सहयोग र हेरविचार अझ महत्वको थियो । त्रिचन्द्र क्याम्पसमा पहिलोपटक पुष्पलालसँग उहाँको भेटघाट भएको थियो । उहाँहरुले पार्टीको निम्ति मिलेर काम गर्नुभयो र यसले बिबाह बन्धनसम्म पुर्‍यायो । "पुष्पलालले पहिलो भेटदेखि नै मलाई जीवनसंगीको रुपमा देख्न थाल्नुभएको रहेछ तर मलाई यसको ज्ञान पछि मात्र भयो," उहाँ भन्नुहुन्छ । सहानाको परिवार बिबाहको विपक्षमा थियो तर पुष्पलालको परिवारले राजनीतिक कृयाकलापका दिनमा समेत सहयोग र र्समर्थन गर्नुभयो । उहाँले ससुरासँगको सम्बन्ध मैत्रीपूर्ण बनाउनुभयो र उहाँले सुसुरालाई अंग्रेजी भाषा पढाउनुभयो । तैपनि, पुष्पलालको सन् १९७८ मा भएको आकष्मिक निधनले उहाँका धेरै सपनाहरु पूरा हुन सकेनन् किनभने परिवारप्रति उहाँको जिम्मेवारी आकष्मिकरुपमा अत्यधिक बढेर गए । उहाँले विद्यावारिधिको पढाइलाई पूरा गर्न सक्नुभएन ।

राजनीतिक करिअरको प्रारम्भदेखि नै उहाँले धेरैवर्षम्म जेलजीवन बिताउनु भएको छ । राणाबिरोधी क्रान्ति हुँदा सन् १९४७ मा उहाँ धेरै दिनसम्म थुनामा पर्नुभयो । त्यसपछि १९५२ र १९८५ मा राजनीतिक अधिकारका निम्ति भएका आन्दोलनमा सहभागी भएको कारण गिरफ्तार हुनुभयो । सन् १९९० मा त्यसबखतका गैर कानुनी घोषित राजनीतिक दलले फेब्रुअरी १८ मा जनआन्दोलन प्रारम्भ गर्नु अघि नै उहाँलाई घरबाटै प्रहरीले गिरफ्तार गरेका थिए । अप्रिलमा राजनीतिक दल र तत्कालीन राजा वीरेन्द्रबीच सम्झौता नहुँदासम्म महिला कारागारमै उहाँ थुनिनुभयो । उहाँले विभिन्न पृष्ठभूमि भएका महिलालाई भेला गर्ने र महिला अधिकारका विषयमा छलफल गर्ने गर्नुहुन्थ्यो । जेलमा रहँदा उहाँले धेरै महिला दिदीबहिनीलाई पढ्नलेख्न सिकाउनुभयो । राजनीतिक बन्दीको रुपमा जेलभित्रको बर्साई यातनामय हुन्छ । यसबाहेक, उहाँले वामपन्थी र महिला भएको आधारमा थप विभेद खप्नु पर्दथ्यो ।

बरिष्ट नेताको रुपमा उहाँको योगदानलाई वामपन्थी दलहरु र नेताहरुलाई एकताबद्ध बनाउने रुपमा समेत सम्झना गरिन्छ । वामपन्थी दलहरुमात्र नभइ वामपन्थी विचारधारा भएका व्यक्तित्वहरु समेत एकताबद्ध हुनुपर्ने उहाँको सोचाइ छ । जनआन्दोलनको पूर्वसन्ध्यामा सन् १९९० को जनवरीमा संयुक्त बाम मोर्चा स्थापना हुँदा उहाँले नै मोर्चाको २१ सदस्यीय समितिको अध्यक्षता गर्नुभएको थियो जसमा उहाँमात्र महिला सदस्य हुनुहुन्थ्यो । जनआन्दोलनको पूरै अवधिभर जेलभित्र राखिएको भए पनि काठमाडौंमा आयोजित ऐतिहासिक प्रदर्शनको अर्को दिन अप्रिल ७ मा उहाँ जेलमुक्त हुनुभयो । उहाँ संयुक्त बाम मोर्चाका तर्फाट तत्कालीन राजा वीरेन्द्रसँग भएको मध्यस्थता वार्तामा सहभागी हुनु भएको थियो । अप्रिल ८ को मध्यरातमा मध्यस्थता वार्ता समाप्त भएलगत्तै राजा वीरेन्द्रले राष्ट्रिय प्रसारण माध्यममार्फ २९ वर्षछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापित गर्ने घोषणा गरे । पञ्चायती संस्थाहरु विघटन भएलगत्तै सहाना प्रधान अन्तरिम सरकारमा मन्त्री बनाइनुभयो ।

उहाँको राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) (लेनिनवादी) बीच सन् १९९० को राजनीतिक परिवर्तनपश्चात एकताबद्ध भएको थियो । सन् १९९१ को आम निर्वाचनमा नेपाली काङ्ग्रेसले पहिलो र नेकपा एमालेले दोस्रो स्थान प्राप्त गरेका थिए । यस निर्वाचनमा सहानाले काठमाडैा एउटा निर्वाचन क्षेत्रबाट उम्मेदवार भएर विजयी बन्नुभयो । उहाँ २०५ सदस्यीय प्रतिनिधिसभामा निर्वाचित भएका सातजना महिलामध्ये एक हुनुहुन्थ्यो । अर्कोतर्फ प्रायःजसो विभाजनको अनुभव संगालेका बामपन्थी दलहरुमा भएको अर्को विभाजनको असरबाट उहाँ पनि मुक्त हुन सक्नुभएन । सन् १९९८ मा भएको नेकपा एमालेको दुई खेमामा भएको विभाजनका क्रममा उहाँ टुक्रिएर बनेको नेकपा (माले) तर्फलाग्नुभयो । उहाँको दलले विभाजनको नकारात्मक असर व्यहोर्नु पर्‍यो । सन् १९९९ मा सम्पन्न आम निर्वाचनमा उहाँको पार्टीबाट उठेका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । दुवै राजनीतिक दलबीच सन् २००२ मा एकीकरण भएको थियो ।

नेपालका महिलाले हाल प्राप्त गरेका उपलब्धी तुलनात्मकरुपमा छोटै अवधिमा हासिल हुनसक्ने सहानाको ठम्याइ छ । आजको युवा पुस्ताका महिला अधिकारकर्मीले आधा शताब्दी अघि महिलाले अध्ययन र मतदान गर्न पाउने आफ्ना आधारभूत अधिकारका निम्ति गरेका हरेक संर्घषलाई बिर्सन नहुने उहाँको धारणा छ ।

सहाना प्रधान र अन्य स्थायी समितिका सदस्यहरुले संविधानसभाको निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिँदै समानुपातिक प्रतिनिधित्वका निम्ति समानुपातिक सूचीमा नाम भए पनि त्यहाँ मनोनित हुन चाहनु भएन । संविधानसभामा रहेका सबै मानिसका साथै नेतृत्व समक्ष समान चुनौति र जिम्मेवारी रहेको उहाँको भनाइ छ । "घरदेखि संविधानसभासम्म महिलाको काँधमा दोहोरो जिम्मेवारी छ । सानो गल्ती मात्र भएमा महिला आन्दोलन र नेपाली महिलालाई धेरै पछि धकेल्ने छ । जुनसुकै पार्टीमा उनीहरु आबद्ध भए पनि महिलाका सवाल उठ्नासाथ सबै महिला एकताबद्ध हुनुपर्दछ," उहाँ जोड दिनुहुन्छ ।

संविधानसभाका सबै महिला सदस्यहरुसमक्ष आफ्नो लैंगिक अधिकारप्रति दरिलो प्रतिबद्धताका साथ कार्य गर्न उहाँको विशेष आग्रह छ । "नेपालको संविधानसभामा भएको महिलाको उल्लेख्य सहभागितालाई विश्वले नमूनाको रुपमा लिइरहेको अवस्थामा उनीहरु असफल भएमा समग्र नेपाली महिलाका निम्ति होच्याएको ठहर्नेछ ।" नेपाललाई २८ मे, २००८ का दिन संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा घोषणा गरिएकोले सामान्यतया महिलाको अवस्थामा केही मात्र सुधार हुनेछ किनभने राजतन्त्र समाप्त भए पनि "निरङ्कुश" र "पितृसत्तात्मक" समाजको अवशेष प्रत्येक घर, समिति, राजनीतिक पार्टी लगायतमा अझै ज्युँदै छ ।

"महिलाले छोरा जन्माउन नसकेको निहुँमा अझै पनि श्रीमान्ले श्रीमतिलाई आगो लगाएका समाचार हामीले सुनिरहेका छौं । यसैबाट र्छलङ्ग हुन्छ महिलाले कुन तहसम्मको स्वतन्त्रता उपभोग गरिरहेका छन् । हेर्नुहोस्, महिलाका दुःखद पक्षहरु यतिबिधि रहेको अवस्थामा गणतान्त्रिक नेपालमा बस्नुको आनन्द महिलाले कसरी अनुभूति गर्न सक्छन् -" उहाँ प्रश्न गर्नुहुन्छ । महिला अधिकारकर्मीले आफ्ना लक्ष्यसम्म पुग्नका निम्ति धेरै लामो बाटो तय गर्न बाँकी नै रहेकोमा उहाँ जोड दिनुहुन्छ । यसका निम्ति महिलाले राजनीतिक नेतृत्व हासिल गरेर मात्र सम्भव छ । "त्यर्सथ, महिला राजनीतिमा संलग्न हुनुपर्दछ । महिलाले नेतृत्व लिनर्ुपर्दछ," उहाँ थप्नुहुन्छ ।

सबै महिला कुनै न कुनै रुपको राजनीतिमा संलग्न हुनुपर्ने उहाँको धारणा छ । चिकित्सक वा इन्जिनियर बन्ने चाहना महिलाहरुले अभिव्यक्त गरेझैं तिनीहरुले राजनीतिलाई पनि सपनाको रुपमा लिनुपर्दछ । तैपनि, सहानाका आफ्नै बालबच्चा राजनीति वृत्तमा देखा परेका छैनन् । उहाँकी छोरी उषा शिक्षण पेशामा र छोरा उमेश फर्माशीष्ट हुनुहुन्छ । "यथार्थमा, म उनीहरु राजनीतिमा आउन् भन्ने चाहन्थे । तर उनीहरुले नचाहेको अवस्थामा यही काम गर भनेर म जबर्जस्ती गर्न सक्दिन । सायद, आफ्ना बुबाआमाको दुःखदायी जीवन देखेर उनीहरु राजनीतिबाट टाढा रहन चाहन्थे," उहाँ भन्नुहुन्छ ।

यसरी, महिला अधिकारकर्मीको रुपमा आजपनि उहाँ लोकतन्त्रको खोजी गरिरहेकी जीवित मिथक र राजनीतिकर्मी हुनुहुन्छ । महिलाको मुक्ति र लोकतन्त्रको निम्ति उहाँको जीवनपर्यन्त संर्घष नेपालका हजारौं महिलाका निम्ति प्रेरणादायी छ ।

Amrita Thapa Magar English नेपालीमा.

Bidhya Bhandari English .

Bindra Hada Bhattarai English .

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Mina Acharya English .

Mohamadi Siddiki English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Renu Rajbhandari English .

Sabitri Pokharel English .

Sahana Pradhan English .

Sapana Malla English .

Shanta Manavi English .

Soma Rai English .

Stella Tamang English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English .

Suprabha Gimire English .

Uma Adhikari Regmi English .

Uma Devi Badi English .

Usha Nepal English .