This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


सपना मल्ल प्रधान

सदस्य, संविधान सभा
जन्म, १९६३, नवलपरासी

लगभग ३६ वर्षअगाडि सपना प्रधान मल्ल काठमाडौंमा आउ“दा कुनै ठूलो सपना लिएर आउनु भएको थिएन । तर थुप्रै वर्षो अध्ययन, संर्घष्ा पछि आज उहा“ले संविधान सभा सदस्यको सिट सम्म पुग्नुभएको छ र परिवार र राज्य दुवैमा महिलाको सम्मानजनक स्थानको प्रत्याभूति दिने संविधान बनाउन लाग्दै हुनुहुन्छ ।

नवलपरासी जिल्लाको खसीया भन्ने एक सानो बस्तीमा हुने खाने परिवारमा १९६३ नोभेम्बरमा जन्मनुभएकी प्रधानले परासीमै एक साधारण स्कुलमा कक्षा ५ सम्मको अध्ययन गर्नुभयो। त्यसपछि आफन्तहरूस“ग काठमाडौंमा पढ्न आउनुभया े।

उहा“को आमा र बुबा दुवै तिरका हजुरआमाहरू आ-अ˚्नो परिवारमा निर्ण्र्ाागर्ने हुनुहुन्थ्यो। उहा“का आमा बुबा दुवै राजनीतिक रूपमा सक्रिय हुनुहुन्थ्यो। उहा“को बुबा गोविन्दबहादुर प्रधान नेपाली कांग्रेसका एक स्वतन्त्र सेनानी हुनुहुन्थ्यो जो सन् १९५० को जेल तोड्नेमध्ये एक हुनुहुन्थ्या े। अर्कोतिर उहा“की आमा राधा प्रधान त सन् १९० को जनआन्दोलनमा सक्रिय भई लौह पुरुष गणेशमान सिंहका निजी सचिव समेत हुनुभयो । यसप्रकार प्रधानले परिवारबाट सबै प्रकारको प्रेरणा पाउनु भयो भने त्यस्तै हिसाबबाट बालिकाहरूलार्र्इर्र् शिक्षा र स्वतन्त्रता दिनर्ुपर्छ भन्ने ज्ञान पनि पाउनुभयो ।

उहा“ काठमाडौं आएर नेपाल आदर्श माध्यमिक विद्यालयमा भर्ना हुनुभयो । त्यहा“ एक बेग्लै प्रकारको वातावरण थियो र विद्यार्थीहरू बीच कडा प्रतिस्पर्धा पनि थिया े। स्थानीय केटीहरू अति फर्ुर्ति गर्थे तर पछि जब उहा“को पर्ढाई र अन्य अतिरिक्त क्रियाकलापमा भएको दख्खल देखेपछि राम्रा साथी हुन आए ।
सन् १९७९ मा एसएलसी पास गरेर उहा“ इन्जिनियरिङ पढ्न चाहनुहुन्थ्यो । उहा“को आमाको उहा“ विज्ञान पढुन् भन्ने चाहना थियो भने बुबाले कानुन पढ्न सल्लाह दिनुभयो । उहा“ले बुबाको कुरा सुन्नुभयो । ँमैले कानुन पढ्ने निर्ण्र्ाागरेर ठूलो काम गरेकी रहेछु यो भनेको राज्य, समाज र परिवारस“ग सम्बन्धित विषय हो र हरेक किसिमबाट लोकतन्त्रस“ग गा“सिएर यी कुराहरू आउ“दा रहेछन्’-उहा“ भन्नुहुन्छ ।

उहा“ले कानुन पढ्दासम्म निकै कम मात्र महिला वकिलहरू थिए र पुरुष वकिलका साथै सिंगो न्याायलयबाटै विभेद खेप्नुपथ्र्यो । सन् १९९३ तिर उहा“ले महिला कानुन संगठन बनाउनुभयो । महिला वकिलहरूको एक स्वतन्त्र चौतारी यिथो । शुरूमा व्यवसायिक रूपमा काम गर्ने महिला वकिलहरू एक दर्जन जति मात्र थिए । यो संस्थाले वकिलहरूबीच महिलाहरू पनि यस पेशामा स्थापित छन् भनेर देखायो र अझ बढी महिलाहरूलाई यस क्षेत्रमा आउन प्रोत्साहन दियो । तर पछि यो संस्था कम प्रभावशाली हु“दै हाल सशुप्त अवस्थामा छ । उहा“ले कानुनमा स्नातक गर्नुभयो र केही प्रतिष्ठित वकिलहरूस“गै काम गर्दै पढाइ अगाडि बढाउनुभयो ।

यसैबीच उहा“को विहे अशोक कुमार मल्लस“ग सन् १९८७ मा भयार तर उहा“को विहेले प्रगति र र्सवश्रेष्ठ स्थानको लागि गरिने संर्घष्ामा कति पनि बाधा आएन । अरू उहा“को श्रीमानले उहा“लाई भरसक सहयोग गर्नुभयो। ँबिहे भएको तीन महिना पछि नै म डेढ वर्षो लागि स्नातकोत्तर गर्न नया“ दिल्ली गए“। उहा“ले मलाई सहयोग नगर्नुभएको भए म यति हुन्नथें होला’-उहा“ भन्नुहुन्छ ।

नया“ दिल्लीमा उहा“ले एउटा सा“च्चैको जीवन देख्नुभयो - त्यहा“को शिक्षाको आवश्यकता थियो, सफलताको लागि ठूलो प्रतिस्पर्धा थियो । दिल्ली विश्वविद्यालयले उहा“लाई ँकोही’ बन्ने प्रेरणा दिया े। सन् १९९० मा स्नातकोत्तर गरी नेपाल र्फकनु भयो र ल क्याम्पसमा पढाउन थाल्नुभयो । जुनबेला उहा“ लेक्चररको पदमा लड्नुभयो, त्यसबेला उहा“ विकास महिलाहरूको तालिममा इटली जान पाउनुभयो, यसले उहा“को क्यारियरमा धेरै मद्दत गर्‍यो ।

अफिसमा धेरै समय दिनुपर्ने वकिलको पेशा महिलाहरूका लागि झन गार्‍हो हुन्छ किनभने तिनीहरूले अफिसमा र घरमा दोहोरो जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ । पहिले नेपाल बार एसोसिएसनकमा पुरै पुरुष हावी थियो । आज तिनीहरूले महिलाहरूका लागि ढोका खोलिदिएका छन् । उहा“ एकपल्ट नेपाल बार एसोसिएसनको केन्द्रीय कार्य समिति सदस्य पनि बन्नुभयो । केही सहयोगी र प्रोत्साहन दिने पुरुष वकिलहरू भैकन पनि आज महिलाहरूलाई यस पेशामा लागिरहन कठिन छ, उहा“ भन्नुहुन्छ ।

सन् १९९३ मा दिल्लीबाट फर्केकी केही युवा साथीहरूस“ग मिलेर उहा“ले प्रोपब्लिक भन्ने संस्था खोल्नुभयो । यस संस्थाले वातावरण र अन्य मुद्दाहरूमा केन्द्रित भई र्सार्वजनिक चासोका विषयहरूमा रिट राखेर एक हदसम्म चर्चामा आउने काम गर्‍यो र थुप्रै विषयमा दबाब सिर्जना पनि गर्‍या े। त्यसका साथै कर्पोरेट वकिलको रूपमा होटल एसोसिएसनमा संलग्न भई श्रमसम्बन्धी थुप्रै बहस पनि चलाउनुभयो ।

त्यसपछि उहा“ले ल्याक नामक संस्था पर््रबर्द्धन गरी महिला पीडितहरूका लागि धेरै ठाउ“मा कानुनी सहयोग पनि जुटाउनुभयो । त्यसबेलामा उहा“ले विभेद र यातनाका शिकार थुप्रै महिलाहरू भेट्नुभयो, जो कानुनी सहयोग खोजिरहेका थिए। सन् १९९५ को बेइजिङ सम्मेलनपछि उहा“ले संसारभरि महिला विरुद्धको भेदभावलाई अझ नजिकबाट बुझ्ने मौका पाउनुभयो । त्यसपछि उहा“ले नेपालमा कानुनी ज्ञान पनि भएका र महिला अधिकारको लागि लड्न पनि सक्ने अभियानकर्ताहरूको एक संस्थाको आवश्यकता महसुस गर्नुभयो ।

त्यसपछि सन् १९९५ मा नै विचार मिलेका महिला वकिलहरू र अभियानकर्ताहरूस“ग मिलेर महिला कानुन र विकास मञ्च खोल्नुभयो । मञ्चको मुख्य उद्देश्य भनेको सरकारलार्र्इर्र्र्र् समानतामा आधारित कानुन बनाउन सहयोग गर्नु थियो । यसले महिलाको दृष्टिकोणबाट नेपालको कानुनी संरचनामा ठूलो परिवर्तन ल्यायो। यसै कारणले यसले गर्भपतनलाई कानुनी मान्यता दिलाए बापत् अमेरिकाको मार्गरेट सेनार पुरस्कारबाट सम्मानित हुने मौका पनि पायो। यसका साथै उहा“ले आफैले सन् २००८ का लागि लैगिक समानता ल्याउने वर्गमा गु्रबर अन्तर्रर्ााट्रय महिला अधिकार पुरस्कार पनि पाउनुभयो ।

यहा“ महिला समानताको लागि काम गर्ने थुप्रै राजनीतिक र सामाजिक कार्यकताृहरू छन् । दशौं वर्षयस क्षेत्रमा काम गरेर उहा“ आज महिला अधिकारकै लागि काम गर्ने भएतापनि राजनीतिक नेताहरू र सामाजिक कार्यकर्ताहरूबीच विराधाभास भएको स्वीकार गर्नुहुन्छ । केही सामाजिक कार्यकर्ताहरूले राजनीतिक नेताहरूलाई वास्ता गर्नुहुन्न भने नेताहरू पनि सामाजिक कार्यकर्ताहरूको योगदानलाई कदर गर्नुहुन्न । ँहाम्रो सोचाइको दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । यी दर्ुइ शक्तिहरूको सामञ्जसीकरण र सहकार्यले मात्र महिला स्वतन्त्रताको रूपमा साकार गर्न मद्दत पुर्‍याउ“छ । उहा“ले भन्नुभयो र थप्नुभयो - सामुहिक प्रयासले मात्र राज्यको र समाजको दृष्टिकोणमा केही उपलब्धीमूलक परिवर्तन ल्याउ“छ ।
उहा“लाई नेकपा एमालेको समानुपातिक प्रतिनिधिको उम्मेदवारको रूपमा लिनु धेरै जनाको लागि सुखद आर्श्चर्य थियो । त्यसपछि उहा“ सन् २००८ मे पछि संविधान सभाको सदस्य पनि बन्नुभयो।

ँधेरै अघिदेखि म बाम विचारधारा राख्छु तर कहिल्यै कुनै पार्टर्ीीे सदस्यताको लागि कोशिश गरिन । एक जना एमालेको नेता मेरो घरमा आउनुभयो । मलाई मेरो महिला अधिकारको वकालतको लागि र मेरो कानुनी ज्ञानको दखलको कारणले संविधान सभामा लान चाहेको भनेर भन्नुभयो । मलाई निर्ण्र्ाागर्न एकदम गार्‍हो भयो र मैले सोचें, म जस्तो मानिस त्यस ठाउ“मा जानै पर्छ जहा“ नेपालको पहिलो जनताले बनाएको संविधानको खाका कोरि“दैछ । एकजना प्राविधिक ज्ञान पनि दिने एक जना नागरिक समाजको सदस्य त्यहा“ जान पाए त राम्रै होला जस्तो पनि लाग्यो’-उहा“ भन्नुहुन्छ ।

प्रधानको संविधान सभाको अनुभव रोमाञ्चकारी पनि थियो र हतोत्साही गर्ने पनि थियो ।

उहा“लाई त्यस्ता नेताहरू देखेर निराश लाग्दछ जो आफूलाई पार्टर्ीीे रुचिमा मात्र कैद गर्छ । त्यसमा पनि धेरै त राज्यले आनो समय संविधान लेखनमा दिनुपर्ने अवस्थामा पनि सडक आन्दोलनबाट आनो कुरा प्राप्त गरिछाड्न लागि परेका छन ्। यसका लागि उहा“ सरकारलाई पनि दोष दिनुहुन्छ किनभने यहा“ हाल भोलि आउन सक्ने खतरालाई मिलाउन सक्ने व्यक्ति छैनन् र चुनौती सामना गर्न चाह“दैनन्।

तपनि उहा“लाई आनो हालसम्मको सहभागिताबाट खुशी नै हुनुहुन्छ। उहा“लाई कार्यविधि नियमन समिति र मुद्दा ड्राट समितिजस्तो महत्वपर्ूण्ा ठाउ“मा बसेर काम गर्न पाउ“दा गर्व पनि लागेको छ। साथै उहा“ घरेलु हिंसा कानुनलई अन्तिम रूप दिने उपसमितिमा पनि हुनुहुन्छ ।

उहा“ हाल संविधान लेखनमा दर्ुइटा मुख्य विषयमा विशेष ध्यान दिनुपर्ने देख्नुहुन्छ -नागरिकता -बुबा र श्रीमानमा महिला निर्भर हुनुपर्ने) र आरक्षण । जहा“ महिलाहरू राजनीतिक र सामाजिक कारणले पछि परिरहेका छन्, त्यही दलित, जनजाति र मधेशी महिलाहरूबीच पनि असमानता बा“की छ । त्यसमा पनि एकै समूह भित्रका महिलाहरू बीच पनि वर्ग भिन्नता बा“की छ ।

संविधान सभामा महिलाहरूको सहभागितालाई उहा“ले उत्साहजनक पाउनुभएको छ । यद्यपि आम मानिसले धेरै आय गर्ने महिलाहरूले भने महिला अधिकारको पक्षमा खास वकालन गर्नुभएन । महिलाहरू विभिन्न पार्टर्ीीग विभिन्न विचारधारास“ग सम्बन्धित हुनसक्छन् तर संविधान लेखनको सवालमा सबैले महिला मुक्तिको आधारभूत कुराहरूलाई बिर्सनु हु“दैन । विभिन्न पार्टर्ीी र अन्य विभिन्न क्षेत्रका महिलाहरू यो अवस्थामा विशेषगरी एकजुट हुनर्ुपर्दछ । अन्यथा महिलाहरू फेरि सयौं वर्षम्म विभेद र दमन सहन बाध्य हुनेछन् ’-उहा“ले चेतावनी दिनुभयो ।

संविधान सभाका केही महिलाहरूले महिलाहरूको मात्र एक समिति बनाउन माग राखेका थिए तर समितिहरू भए मुद्दा विशेषका मात्र थिए । महिलाहरूको एउटा औपचारिक ककस पनि नबनेपछि तिनीहरूले संसदमा महिला समिति रोजे तर अब भए भरका महिलाहरू मध्येबाट ६० प्रतिशतलाई एउटै समितिमा लगेर राखेपछि अन्य महत्वपर्ूण्ा समितिहरूमा सम्पर्ूण्ा सदस्य संख्याको १५-२० प्रतिशत मात्र महिला हुन पुगे जसले गर्दा सबै समितिमा महिलाहरूको आवाज झीनो हुन पुगेको छ । ँमहिलाहरूलाई एकै कोठामा राखिनुहुन्न, बरु हरेक समितिमा ३३ प्रतिशत महिलालाई सहभागी बनाउनर्ुपर्छ।"

उहा“ले संविधान निर्माणको लागि सुझाव संकलनको सिलसिलामा विभिन्न जिल्लाहरूको भ्रमण गरेर आउनुभएको छ । उहा“ भन्नुहुन्छ - जिल्लाका मानिसहरू यस संविधान सभाका महिलाहरू सदस्यहरूबाट खुशी छैनन् किनभने सहभागिताको नाममा क्षमता नभएका महिलाहरूलाई पनि समावेश गरिएको छ जसले गर्दा संविधान लेखनको प्रक्रियामा समेत बाधा र ढिलासुस्ती अएको छ । यसका साथै उहा“ले जिल्लाका महिलाहरू राजधानीका महिला भन्दा अधिकारका मामलामा बढी सचेत पाउनुभएको छ । ँहामीले अब हिंसाविरुद्ध, पैतृक सम्पत्तिको लागि, राजनीतिक सहभागिताको लागि र नीतिनिर्माणको तहमा महिलालाई पुर्‍याउन आनो प्रतिबद्धता बमोजिम काम गर्नुपर्दछ।’उहा“ भन्नुहुन्छ ।

जीवनको यो मोडमा पनि उहा“ आफूलाई असामान्य काम गरिरहेको ठान्नुहुन्न । उहा“लाई विश्वास छ कि उहा“ले आनो जिम्मेवारी इमान्दारीपर्ूवक निर्वाह गरिरहनुभएको छ र प्रतिबद्धता बमोजिम काम गर्न उहा“ आज पनि तयार हुनुहुन्छ। उहा“को यही प्रकृतिले गर्दा उहा“ अन्य अभियानकर्ताहरू विचबाट सफलताको शिखरसम्म पुग्नुभएको छ ।

राजेन मानन्धर

Amrita Thapa Magar English नेपालीमा.

Bindra Hada Bhattarai English नेपालीमा.

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English नेपालीमा.

Uma Adhikari Regmi English नेपालीमा.