नेपाली महिला
Profiles of Nepali Women
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
सभापति, नेपाल सद्भावना पार्टीसदस्य, संविधानसभा
सरिता गिरिको जन्म उत्तरी भारतमा भएको थियो, तर समय र परिस्थितिका बाबजूद द्वन्द्वबाट प्रभावित अग्रणी राजनीतिक दलले उहाँलाई पहिलो निर्वाचित महिला अध्यक्ष बनायो ।
सन् १९६१ जनवरी ६ मा भारतको विहार राज्यको पवित्र नदी गंगाको किनारमा अवस्थित पहलेजा घाटमा आमापट्टीका हजुरबुबाको घरमा उहाँको जन्म भएको थियो । यसरी उहाँले पवित्र नदीसँग भावनात्मक सम्बन्ध गाँस्नुभयो । उहाँका बुबाको घर यही राज्यको गोपालगंजमा छ । उहाँले आफ्नो अधिकाँश बाल्यकाल गाउँमा शिक्षा परीबर्द्धन गर्न सक्रिय हजुरआमा मोती गिरिसँग विताउनुभयो । हजुरबुबा जलेश्वर गिरि भारतको स्वतन्त्रता संग्रामका सेनानी हुनुहुन्थ्यो । मनोविज्ञानका प्राध्यापक तथा सरकारी अधिकृतमा रहनु भएका बुबा बिजय गिरि समेत यी दुईजनाको प्रेरणाबाट उहाँले जीवनपर्यन्त संर्घष गर्न र उपलब्धी हासिल गर्न सघाएको छ ।
उहाँले आफ्नै गाउँमा रहेको मिसनरी विद्यालयमा अध्ययन गर्नुभयो तर यस विद्यालयको नाम उहाँले विर्सनुभयो । विद्यालयका ती दिनको सम्झना अझै उहाँको दिमागमा ताजा छन् । परीक्षा सकिएपछि उहाँले विद्यालयमा दुईकक्षा माथि जानुभयो । केटाहरु खासगरी उहाँले परीक्षाको नतिजा देखेर इष्र्या गर्थे । एकपटक केटाहरुको एउटा समूहले उहाँलाई अपहरण गर्ने ठट्यौलो प्रयास गरे । बदलामा उहाँले अदालत गठन गर्नुभयो र ती केटाहरुलाई गल्ती गरेको भन्दै विद्यालयको नियम अनुसार सजाय दिनुभयो । विगतमा कहिल्यै नभएझैं उहाँले ऐच्छिक विषयको रुपमा गणित लिनुभयो । साठीजना विद्यार्थीमध्ये गणित विषय लिने उहाँ एकमात्र छात्रा हुनुहुन्थ्यो । उनीहरु भन्थेः तिमी अन्यभन्दा फरक छौ र केटीहरुमाझ पनि फरक छौ ।
उहाँ १८ वर्षो उमेरमा मद्दत महिला कलेजमा प्रवेश गर्नुभयो र भौतिकशास्त्र विषयमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गर्नुभयो । तर उहाँले विस्तारै नागरिक अधिकार र दर्शनशास्त्रको अध्ययनमा रुची राख्न थाल्नुभयो र राजनीति शास्त्रमा प्रवेश गर्नुभयो ।
आफ्नो पुस्ताका अधिकाँश केटीहरुलाई भएझैं स्नातकोत्तर तहको अध्ययनमा ध्यान दिनुअघि नै मानिसले उहाँको विवाहको कुरा गर्न थाले । पञ्चायती शासनको समयकी राजनीतिक कार्यकर्ता तुलसी गिरिकी बहिनी उहाँकी काकी हुनुहुन्थ्यो र उहाँले आफ्नै बुबासँग विवाह गर्न प्रस्ताव गर्नुभयो । उहाँप्रति सम्मान थियो र यस प्रस्तावलाई अस्वीकार गर्न सक्नुभएन । त्यसैकारण उहाँले लहानका नेपाली इन्जिनियर लक्ष्मण गिरिसँग सन् १९७९ मा विवाह गर्नुभयो । यसैबखत नेपालमा लोकतन्त्रका निम्ति विद्यार्थी आन्दोलन प्रारम्भ भयो ।
उहाँले आन्दोलन लोकतन्त्रका निम्ति थियो भन्ने थाहा पाउनुभयो । आन्दोलनमा सहभागी मानिसप्रति उहाँको सद्भाव थियो तर उहाँले सोझै संलग्न हुन पाउनु भएन किनभने उहाँ नवविवाहित बुहारी हुनुहुन्थ्यो र भाषाको समस्या समेत थियो । तर यस आन्दोलनमा के गर्न सकिन्छ भनेर उहाँले निरन्तर सोच्नुभयो ।
गिरि परिवारमा सरिता रहेपनि उहाँको मातृभाषा भोजपुरी थियो र उहाँको मैथिली भाषी गिरि परिवारमा विवाह भएको थियो । उहाँले मैथिली बुझ्नुहुन्थ्यो तर धाराप्रवाह बोल्नका निम्ति निकै कडा परिश्रम गर्नुप-यो । उहाँले विवाह अघि नेपाल र नेपाली राजनीतिका बारेमा धेरै थाहा पाउनुभएको थिएन । नेपाल आएपछि उहाँले नेपाल राजा र हिमालयको देश हो भन्ने बुझ्नुभयो । उहाँलाई यहाँको सामाजिक संरचना र जातीय विविधताका विषयमा त्यति थाहा थिएन । "नेपालमा रहेको शान्तिले मलाई आकषिर्त ग-यो । मैले यस्तो शान्तिका पछिल्तिरको यथार्थताका विषयमा प्रश्न गर्थें । म बेहुली बनेर नेपाल आउँदा अचम्भित भएकी थिएँ," उहाँ सम्झनुहुन्छ ।
तत्पश्चात, आफ्ना श्रीमान्को सरुवा भएका कारण उहाँ पनि दाङ जानुभयो । त्यहाँ उहाँले विल्कुलै भिन्न किसिमको जीवनशैली पाउनुभयो, यहाँ महिलामाथि धेरै नै विभेद गरिएको र यातना दिइएको पाएर उहाँ मर्माहत हुनुभयो । बालबालिका र महिलाहरुको मृत्यु हुन्थ्यो तर गाउँमा आधारभूत स्वास्थ्य सेवाको कुनै प्रबन्ध थिएन । धामीझाँक्रीले रातभर डरलाग्दो गरी आवाज निकाल्थे । यसबखत, उहाँ आँफै पनि गर्भवती हुनुहुन्थ्यो र केही निश्चित थिएन - जीवन केही होइन कि जस्तो लाग्थ्यो, कसैलाई पनि भविष्यको अत्तोपत्तो थिएन । एकजना चिकित्सक २६ किलोमिटर टाढा बस्दथे तर यातायातको कुनै व्यवस्था थिएन । "यो काठमाडौंबाट त्यति टाढा त थिएन तर मलाई पृथ्वीको अर्कै भाग जस्तो लाग्यो । हामीलाई बचाउने त्यहाँ भगवान मात्र थिए," उहाँ सम्झनुहुन्छ ।
सन् १९८५ मा सरिताका दुईजना केटाकेटी भइसकेका थिए र उनीहरुको शिक्षाले उहाँलाई चिन्तित बनायो । लहानमा उपलब्ध शैक्षिक सुविधाबाट उहाँलाई चित्त बुझेन । शिक्षाका निम्ति त्यसबखत केटाकेटीलाई दार्जिलिङ पठाउने प्रचलन थियो । तर उहाँले उनीहरुलाई त्यहाँ पठाउनुको सट्टा शिक्षाका निम्ति काठमाडौंतर्फलाग्नुभयो । त्यसबखत, उहाँले स्नातक तह पत्राचारको माध्यमबाट उत्तिण गर्नुभयो । "त्यसकारण, म दुईजना साना केटाकेटीको साथ एक्लै काठमाडौं आएँ । यो मेरो निर्णय थियो र परिवारका धेरै मानिस मेरो निर्णयबाट खुशी थिएनन् । मलाई थाहा थियो यो कठिन कार्य हो तर म विश्वस्त थिएँ," उहाँ भन्नुहुन्छ ।
उहाँले बच्चालाई मोर्डन इन्डियन स्कूलमा भर्ना गराउनुभयो र उहाँले त्यहाँ पढाउन पनि थाल्नुभयो । त्यसै समयमा, उहाँले पुतलीसडकको शिक्षा क्याम्पसमा साँझपख बि.एड. पढाइ आरम्भ गर्नुभयो । रेडियो नेपालमा समेत आर्थिक मद्दतका निम्ति समाचार पढ्न समेत थाल्नुभयो । "यो वास्तवमै दौडादौडको जीवन थियो, संर्घषले भरिभराऊ थियो । धेरै मानिसले मलाई सोध्नुहुन्थ्यो मेरो श्रीमान् इन्जिनियर र राम्रो बन्दोबस्त भएको परिवार भए पनि किन यति धेरै काम गर्नुभएको होला । सजिलो र सुविधायुक्त जीवनले मलाई कहिल्यै आकषिर्त गरेन, म संर्घषकै निम्ति जन्मिएकी थिएँ," उहाँ भन्नुहुन्छ । उहाँ आफूलाई सामान्य प्रकृतिकी केटी रहेकी र सानातिना कुराबाट समेत तर्सने पाउनुहुन्थ्यो तर जीवनमा आएका अनगिन्ती घटनाले उहाँलाई दुःख सहने क्षमता विकसित ग-यो ।
यसैसमयमा, उहाँले नेपाली राजनीतिमा रुची देखाउन थाल्नुभयो । काठमाडौंमा रहेका उहाँका केही नातेदारलाई सन् १९८५ मा भएको बमविस्फोटसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरिएको थियो । यस घटनाले राजनीतिक परिस्थिति बुझ्ने अवसर प्रदान ग-यो । सन् १९९० को जनआन्दोलनमा उहाँले जेठाजु पुरुषोत्तम गिरिसँगै सडकमा उत्रनु भयो तर उहाँ कुनै राजनीतिक दलमा आबद्ध हुनुहुन्थेन ।
बहुदलीय लोकतन्त्र पुनःस्थापित भएपछि उहाँले नेपाली कांग्रेसको सदस्यता लिएर पार्टीको निम्ति काम गर्नुभयो । उहाँ लोकतान्त्रिक परिवारमा संलग्न हुनुहुन्थ्यो र नेपाली कांग्रेसमा प्रवेश गर्नु सामान्य थियो । प्रवेश गर्दा नेपालमा महिलाका बिरुद्धमा विभेद रहेको र यसलाई हटाउन उच्च नीति निर्माण तहमा पुग्नु आवश्यक पर्दछ भन्ने सोचाइ थियो ।
अर्कोतर्फ नेपाली कांग्रेसमा प्रवेश गर्दा संर्घषपुर्ण अवस्था थियो । प्रारम्भमा यो ठिकै थियो तर नेपाली कांग्रेसबीच उहाँ परिचित हुन थालेपछि उहाँका केही परिवारका सदस्यले असहज महशुस गर्न थाले । परिवारमा भिन्न किसिमको ध्रुवीकरण शुरु भयो किनभने नातेदारहरुको गिरिजाप्रसाद कोइरालासँग राम्रो सम्बन्ध थिएन र पार्टीसँग उहाँको राम्रो सम्बन्धलाई रुचाइएन । "यो पुरुषप्रधान सोच हो । यो एउटा उदाहरण हो जहाँ हाम्रो अवसरलाई पितृसत्तात्मक सोचले सीमित गर्दछ । महिलालाई अघि बढ्नबाट रोक्न विभिन्न किसिमका कार्ड/अस्त्र प्रयोग गरिन्छन्," उहाँ भन्नुहुन्छ ।
उहाँले यो विभेदको रुप हो भन्ने बुझेपछि यसलाई चुनौतिको रुपमा लिनुभयो । राजनीतिक परिवारको सदस्य भएकोले उहाँले गिरि परिवारको विरासतबाट राजनीति गर्न अस्वीकार गर्नुभयो । "मभित्र राजनीति गर्ने सोच छ भने मैले आफ्नै राजनीतिक क्षेत्र सिर्जना गर्नुपर्दछ भन्नेमा म प्रतिबद्ध थिएँ," उहाँ बताउनुहुन्छ ।
विस्तारै, उहाँ पार्टीीे बौद्धिक घेराबीच चिनिन थाल्नुभयो । शैलजा आचार्य उहाँको ठूलो पथपर््रदर्शक हुनुहुन्थ्यो । तर नेपाली कांग्रेससँग उहाँको यात्रा धेरै टिकेन । उहाँ जनता, भौगोलिक अवस्थितिका सम्बन्धमा नेपालको विविधताको परिदृश्यलाई नेपाली काँग्रेसले बुझ्न नसकेको निष्कर्षा पुग्नुभयो । उहाँले उच्चतहका राजनीतिक भेटघाटमा सहभागी हुने अवसर प्राप्त गर्नुभयो । उहाँ सम्झनुहुन्छ, "उपनिर्वाचनमा नेपाली कांग्रेसले पराजित भएपछि साङ्ग्रिला होटलमा उच्चतहका ३० जना नेताको बैठक थियो । त्यहाँ भएको कुरा मेरा लागि आँखा खोल्ने किसिमको थियो । नेपाली कांग्रेसले मुलुकको विविधतालाई बुझ्न सक्दैन भन्ने मैले थाहा पाएँ र पार्टीीरित्याग गर्ने निर्ण्र्ाागरेँ ।"
उहाँले नेपालको विविधतालाई पार्टीले संरचनामा समावेश गर्नुपर्ने धारणा अघि सार्नुभयो । चक्रप्रसाद बास्तोलाले नेपालमा लोकतन्त्रको विकल्प छ भनेर कल्पना गर्न नसकिने बताउनुभएको थियो तर जनताले चलायमान लोकतन्त्र चाहेका छन् भन्ने कुरा बुझ्न उहाँ असफल हुनुभयो । आजका दिनसम्म पनि नेपाली कांग्रेसको इतिहास र लोकतान्त्रिक आन्दोलनमा भएको योगदानलाई उहाँ सम्मान गर्नुहुन्छ तर नेपाली कांग्रेसले यस मुलुकलाई सम्हाल्न सक्दैन भन्ने निष्कर्षा उहाँ पुग्नुभएको छ ।
उहाँको भारतीय मधेशी परिवारमा जन्म भएको थियो तर मधेशमा रहेको पहाडी-मुलको परिवारसँग विवाह भएको थियो । पहिलो दिनदेखि नै उहाँले आफ्नो पहिचान गुमेको महशुस गरिरहनु भएको थियो । उहाँले विवाह अघि आफू स्वतन्त्र मधेशी रहेको र विवाहपछि हेपिएको मधेशी भएको कुरा हल्का ढंगबाट भन्ने गर्नुहुन्थ्यो ।
सरिताले नेपाल सद्भावना पार्टीको सन् १९९० को जनआन्दोलनको भूमिकाका सम्बन्धमा पत्रपत्रिकामा पढ्नुभएको थियो । तर सबै लेखिएका सामग्री पार्टी र यसका नेता गजेन्द्र नारायण सिंहका विरोधमा थिए । नेपालको राजनीति र पार्टीले अडानलाई विश्लेषण गरेपछि उहाँले सन् १९९४ मा सद्भावना पार्टी प्रवेश गर्नुभयो र यो दलले पछि समाजवादी जनता दलसँग एकता ग-यो । पार्टीका दुईवटा अडान - जातीय पहिचान र संघीयता - ले उहाँलाई आकषिर्त ग-यो ।
सद्भावना पार्टीमा प्रवेश गरेपनि जीवन उहाँका निम्ति त्यति सहज भने थिएन । पहिलो, सद्भावना पार्टीमा प्रवेश गरेको कुरालाई मानिसले त्यति रुचाएनन् । सबैले उहाँलाई त्यस सानो पार्टीमा कस्तो राजनीति हुन्छ भनेर जिस्क्याए, र उहाँले यसलाई शौखको रुपमा लिनुभएको बताए । "मैले सद्भावना पार्टीमा प्रवेश गर्दा कसैलाई सोधिन । मैले पार्टीको पदको निम्ति परिवर्तन गरेकी थिइन । नेपाली कांग्रसभित्र उकुसमुकस थियो किनभने मसँग भएका विचारलाई कसैले सुन्ने अवस्थामा थिएनन्," उहाँ भन्नुहुन्छ ।
अर्कोतर्फ नेपाल सद्भावना पापार्टी समेत विभिन्न समस्या थिए । ठूला दलहरु पितृसत्तात्मक भए पनि त्यहाँ अवसर थिए तर साना दलमा पितृसत्ताको सोच छ र अवसर पनि छैन । संर्घषहरु बढी नै खतरनाक हुन्छन् र व्यक्तिगत हितले पार्टीको छवी धुमिल पार्दछ । "म अप्ठ्यारो परिस्थितिमा थिएँ: तिनीहरुले पार्टी र्समर्थनका निम्ति मलाई मधेशीको रुपमा प्रस्तुत गरे तर पार्टीले नेतृत्वको निम्ति मैले दाबी गरेपछि पुनः पन्छाए, मलाई भारतीय मुलकी भनियो ।"
गजेन्द्र नारायण सिंहको २००२ जनवरीमा मृत्यु भएपछि नेसपामा संकट प्रारम्भ भयो । बद्रीप्रसाद मण्डलले पूरै पार्टीलाई दरवारमा लगेर बुझाउने प्रयत्न गरे र त्यसैका कारण नेपाल सद्भावना पार्टीीआनन्दीदेवी) २००३ मार्चमा गठन गरियो । उहाँले पार्टीले संयुक्त महासचिव, प्रवक्ता, विदेश विभागको प्रमुख र केन्द्रीय समिति सदस्यको रुपमा काम गर्नुभयो । सन् २००७ जुनमा नेसपा र नेसपा -आ) बीच एकता भयो र आनन्दीदेवी सिंहलाई अध्यक्ष पदमा सम्मानित गरियो । यसबाहेक, सानै दल भएपनि नेसपा (आ) माथि ठूला दलको निशानामा थियो । तिनीहरु सबैले पार्टीलाई आफ्नो नियन्त्रणमा राख्न चाहन्थे । उहाँका अनुसार, यसो गर्दा उनीहरुले बहुमत वा र्समर्थन गर्ने क्रममा यसको कार्डलाई प्रयोग गर्न सकून् ।
नेताहरुले पार्टीलाई अघि बढाउन सँगै मिलेर कार्य गर्नुपर्दथ्यो तर तिनीहरुमा दृष्टिकोणको अभाव भयो र विभिन्न गुटमा विभाजन भएका कारण इमान्दार पार्टीकार्यकर्ताले दुःख पाए । हृदयेश त्रिपाठी, राजेन्द्र महतो, श्यामसुन्दर गुप्ता र खुशीलाल मण्डलले पार्टीभीत्र विभाजन ल्याउने कोशिस गरे, उनीहरुले अलगअलग प्रेस सम्मेलन गरे, आरोप प्रत्यारोप गरे, सरकारलाई पार्टीको तर्फाट दिइएको र्समर्थन फिर्ता गर्नेजस्ता कुरा नियमित भइरहे । यस व्रि्रेको माहोलमा सरिताले निरन्तर आनन्दीदेवीलाई र्समर्थन गर्नुभयो । पुरुषहरुले शक्ति र नेतृत्वको दुरुपयोग गरिरहेकोमा उहाँ धेरै सचेत हुनुहुन्थ्यो । "र महिलाको कुरा आउनासाथ तिनीहरुले आफ्ना निहित स्वार्थका निम्ति तिनै बुढी महिलालाई प्रयोग गरे । म यो नाटकको अन्त्य भएको हर्न चाहन्थे र म उहाँको र्समर्थनमा रहेँ । खुशीलाल मण्डल र श्यामसुन्दर गुप्ताले अपहरण गरेर मन्त्रीको निवासमा गोप्यरुपमा राख्दा समेत मैलै नै आनन्दीदेवीलाई उद्धार गरेँ," उहाँ भन्नुहुन्छ ।
पार्टीलाई संकटबाट मुक्त गर्न सरिताले पाँचौं राष्ट्रिय महाधिवेशन गर्ने अभियानको नेतृत्व गर्नुभयो । यसले उहाँलाई अक्टोबर २०, २००८ मा पार्टीआध्यक्षको रुपमा निर्वाचित ग-यो र पार्टीले नाम पुनः नेपाल सद्भावना पार्टीराखियो । "मलाई थाहा छ, पार्टीको निम्ति आजसम्म गरेको कामका कारण भगवानले मलाई सामर्थ्य र आशिर्वाद दिएका छन् । भगवानको कृपामा भविष्यमा समेत यस्तो कार्य निरन्तर गर्नेमा म विश्वस्त छु ।"
यसबाहेक, उहाँ महिला र राजनीति केन्द्रका कार्यकारी अध्यक्ष समेत हुनुहुन्थ्यो । यो केन्द्र आठ राजनीतिक दलका महिला नेत्रीहरुको गठबन्धन हो र उहाँ महिलाको समावेशीकरणका निम्ति नीति र कार्यक्रम निर्माण सम्बन्धी राष्ट्रिय कार्यदलको सदस्यको रुपमा कार्य गर्नुभयो । उहाँलाई नेपाल र एसियाली अध्ययन केन्द्रबाट विद्यावारिधिका निम्ति मनोनयन गरेको थियो तर उहाँले पार्टीभीत्रको बढ्दो जिम्मेवारीका कारण यसलाई पूरा गर्न सक्नु भएन ।
अपरिहार्य परिस्थितिका कारण उहाँले आफ्ना श्रीमान्बाट पारपाचुके गर्न बाध्य बनायो र अहिले उहाँ दुई छोरी र एउटा छोराका साथ अलग्गै बस्नुभएको छ । उहाँमा पारपाचुके नै जीवनको अन्त्य होइन भन्ने सोचाइ छ तर धेरै अवस्थामा यो जीवनको वास्तविक प्रारम्भ पनि बन्नसक्छ । उहाँकै शब्दमा, परम्परागत बुझाइमा उहाँ असल श्रीमती हुन असफल भए पनि उहाँ सुखी आमा हुनुहुन्छ ।