This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


शैलजा आचार्य

पूर्व उपप्रधानमन्त्री

जन्मः सन् १९४२, मोरङ मृत्युः सन् २००९, काठमाडौं ।

नेपालको राजनीतिक इतिहासमा शैलजा आचार्यले महत्वपूर्ण राजनीतिक व्यक्तित्वको रुपमा आफूलाई स्थापित गराएर बाँच्नुभयो, तर र्सवसाधारण नेपाली जनताको आँखामा सफल नेताको छवी स्थापित गर्न सक्नुभएन । यसैले, उहाँले आफ्नो जीवनलाई नरुचाइएको, बहिष्कृत, र सायद नेपालका महिला राजनीतिक व्यक्तित्वमध्ये सबैभन्दा बढी गलत बुझिइएको व्यक्तित्वको रुपमा पाउनुभयो ।

उहाँको जन्म सन् १९४२ को मे ८ तारिखमा मोरङको विराटनगरमा जेठी छोरीको रुपमा भएको थियो । उहाँकी आमा इन्दिरा र बुबा पिनाकी प्रसाद सम्पन्न परिवारको हुनुहुन्थ्यो । त्यसैकारण उहाँले त्यसबखत उपलब्ध भएसम्मको उत्कृष्ट शिक्षा प्राप्त गर्ने अवसर पाउन कुनै समस्या झेल्नु परेन । उहाँले मोरङस्थित एउटा स्थानीय विद्यालयबाटै विद्यालय शिक्षा हासिल गर्नुभएको थियो ।

विश्वेश्वरप्रसाद कोइराला (वीपी), गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला आचार्यका मामाहरु हुनुहुन्थ्यो । उहाँ मातृकाका कान्छी बहिनी इन्दिराकी छोरी हुनुहुन्थ्यो । मातृका वीपी र गिरिजाका दाजु हुनुहुन्थ्यो । आचार्यले मातृकाको पञ्चायती र्समर्थनको सिद्धान्तलाई कहिल्यै स्वीकार गर्नुभएन । उहाँ वीपीको प्रजातान्त्रिक विचारबाट आकषिर्त हुनुभएको थियो । परिवारभित्रको राजनीतिक वातावरण र वीपीको राजनीतिक व्यक्तित्वलाई धन्यवाद दिनै पर्दछ किनकी यसले नै प्रजातन्त्रका निम्ति भएको संर्घषमा उहाँ अनवरत सहभागी हुन पाउनुभयो ।

सन् १९६१ मा १८ वर्षो उमेरमै आचार्यले बेलायती महारानी एलिजावेथ द्वितीयको नेपालको भ्रमणका क्रममा राजा महेन्द्रले सत्ता हत्याएको विरोधमा टुँडिखेलमा कालो झण्डा देखाउनु भएको थियो । यो अविश्वसनीय कदम नै थियो । पार्टीी वरिष्ट नेताहरु समेत राजाले सत्ता हत्याएको विरोधमा के गर्ने भनेर निश्चित गर्न नसकिरहेको अवस्थामा शैलजाले कालो झण्डा प्रदर्शन गरेर साहस देखाउनु भएको थियो । आचार्यको सोही कदमका कारण उहाँले तीनवर्षो जेल सजाय भोग्नुपर्‍यो । यसपछि उहाँको राजनीतिक करिअर प्रारम्भ हुनुका साथै प्रजातन्त्रका निम्ति जीवनपर्यन्त संर्घष आरम्भ भएको थियो ।

विराटनरबाट विद्यालय शिक्षा पूरा गरेपछि उहाँ स्नातक अध्ययनका निम्ति पद्मकन्या कलेजमा भर्ना हुनुभयो । उहाँले सन् १९६५ मा बनारस हिन्दु विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभयो । आचार्य प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने र नेपालको गैर प्रजातान्त्रिक राजनीतिक पद्धतिका बारेमा जानकारीहरु प्रसार गर्ने काममा विश्वविद्यालयमा सक्रिय हुनुहुन्थ्यो । उहाँले सन् १९७२ मा नेपाली विद्यार्थीलाई संगठित गर्नका निम्ति गठन भएको प्रजातान्त्रिक समाजवादी युथ लिगको अध्यक्षता गर्नुभयो । यसबाहेक, उहाँ अध्ययनशील महिला हुनुका साथै उहाँमा कला, संस्कृति एवँ दर्शनशास्त्रमा औधी रुची थियो । नेपाली काङ्ग्रेसका नेता एवँ उहाँका समकालीन प्रदीप गिरिका अनुसार आचार्यको बौद्धिकता र सरलता विश्वविद्यालयमा चर्चाको विषय हुने गरेको थियो । "उहाँ मेरो निम्ति समेत प्रेरणादायी हुनुहुन्थ्यो । म उहाँप्रति अनुगृहित छु," गिरीले लेख्नुभएको एउटा लेखमा उल्लेख छ ।

आचार्यले तरुण दलको अध्यक्षको रुपमा लामो समयसम्म काम गर्नुभयो । सन् १९७४ को हाराहारीमा उहाँ पञ्चायती व्यवस्थाका विरुद्धमा हतियार उठाउने नेपाली काङ्ग्रेसको योजनाको र्समर्थक हुनुहुन्थ्यो । यसैका निम्ति उहाँ राइफल खरिद गर्न भारत-पाकिस्तान सीमाक्षेत्रमा समेत पुग्नुभएको थियो ।

कोइराला परिवारको विचारधारालाई उहाँले अंगाल्नु भएको छ, र खासगरी वीपीको- व्यक्तिगत, सैद्धान्तिक, राजनीतिक तहमा । आचार्यका निम्ति, नेपाली काङ्ग्रेसभित्र वीपी एकमात्र सम्मानका योग्य पात्र हुनुहुन्थ्यो र यस विचारधाराबाट उहाँ जीवनपर्यन्त अविचलित रहनुभयो ।

उहाँ स्वतन्त्र व्यक्तित्व हुनका निम्ति हरसम्भव कोशिस गर्नुभयो र उहाँले कहिल्यै विवाह गर्नुभएन । पार्टी र जनताप्रतिको उहाँको लगावकै कारण उहाँले आफ्नो परिवारका बारेमा सोच्नु भएन । उहाँले पार्टीलाई नै आफ्नो परिवार सम्झनुभयो । आचार्यले आफ्नो विवाहका सर्न्दर्भमा आलोचना र उपहासको सामना गर्नुपरेको थियो तर उहाँले कुनै पनि राजनीतिक व्यक्तिसँग विवाह गरेर पत्नीको रुपमा बस्न रुचाउनु भएन । प्रदीप गिरी सम्झनुहुन्छ, "संस्कृतमा एउटा भनाइ छः महिला, वृक्षलता र शक्तिमा रहेका व्यक्ति स्वतन्त्र हुन सक्दैनन् । त्यसैका कारण शैलजाले पनि धेरैवटा यस्तै दुःखदायी घटनाबाट गुज्रनु परेको थियो ।"

व्यक्तिगतरुपमा महिलाको अधिकारका निम्ति उहाँ खडा हुनुभएन तर उहाँका कृयाकलाप, भाषणहरु र र्समर्पण धेरै महिला नेत्रीहरुका निम्ति प्रेरणादायी थिए । सन् १९९० को जनआन्दोलनमा धेरै महिलाको सहभागिता रहनुमा उहाँको सक्रिय सहभागिता समेत एउटा प्रमुख कारण थियो ।

भारतबाट "राष्ट्रिय मेलमिलापको नीति" लिएर सन् १९७६ मा वीपी र गणेशमान सिँहसँगै स्वदेश फर्किए पछि आचार्यले आफूलाई संवैधानिक राजतन्त्रको पक्षमा उभ्याउनुभयो । समयले यसमा धेरै परिवर्तन ल्यायो तर उहाँ पार्टीको नीतिमा अडिग रहनुभयो । पार्टीको विचारधारालाई "हावा चलेकै भरमा" सहजै परिवर्तन गर्न हुँदैन भन्नेमा उहाँ दृढ विचार राख्नुहुन्थ्यो । पार्टीको वर्षौं पुरानो धारणालाई पर्याप्त छलफल नै नगरी रातारात परिवर्तन गरेको थियो । समय र राजनीतिक ध्रुवीकरणमा भएको तीव्र परिवर्तनलाई आत्मसात गर्न नसक्दा उहाँ विस्तारै ओझेलमा पर्नुभयो ।

सन् १९८२ मा वीपीको निधन भयो र पार्टीबीस्तारै उहाँको दर्शनबाट टाढिन थाल्यो । पार्टीभीत्र अन्य पक्षको प्रभाव बढ्न थाल्यो र सिद्धान्तका नियमहरु कागजमै सीमित हुन थाले ।

नेपाली काङ्ग्रेसका वरिष्ट नेताहरु सन् १९९० को जनआन्दोलन अघि प्रजातन्त्रवादी र वामपन्थीलाई एकैठाउँमा ल्याउन आचार्यको योगदानलाई अझै स्मरण गर्दछन् । गणेशमान सिँहको निवासमा प्रजातन्त्रवादी, वामपन्थी र भारतीय नेताहरुलाई एकैथलोमा ल्याउन आचार्यले प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो । यसै भेलाले प्रजातन्त्रका निम्ति आन्दोलन छेड्ने औपचारिक घोषणा गरेको थियो । नेपालको राजनीतिका यी दुई विपरीत ध्रुवबीचको सहकार्यले अन्ततः ३० वर्षो पञ्चायती व्यवस्थालाई धराशायी बनाउनुका साथै बहुदलीय प्रजातन्त्र पुनःस्थापित गर्‍यो ।

तर यसै घटनाक्रमपश्चात् अचार्यको राजनीतिक करिअर समेत समाप्त भएको संकेत गरेको थियो । समाजवाद र प्रजातन्त्रको सिद्धान्त सन् १९९० को राजनीतिक परिवर्तन पछि कमजोर भयो । उहाँले पार्टीभित्रै ध्रुवीकरण बढेको र यसबाट पार्टीभीत्र आफ्नो कुनै स्थान नभएको अनुभव गर्न थाल्नुभयो ।

सन् १९९१ मा आचार्यलाई कृषि, वन तथा भू-संरक्षण मन्त्रीमा नियुक्त गरियो र उहाँले मोरङ र इलामका जनताका निम्ति सानो तर महत्वपूर्ण विकास प्याकेज प्रदान गर्नुभयो । तर पार्टीभीत्र र मन्त्रालयमा भ्रष्टाचार गहिरोरुपमा रहेको धारणा अभिव्यक्त गरेको अभियोगमा उहाँलाई सात महिना पछि नै राजीनामा गर्न बाध्य पारियो ।

सन् १९९४ मा मोरङ निर्वाचन क्षेत्र ७ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकी आचार्यलाई जलस्रोत मन्त्रीमा नियुक्ती दिइयो । सन् १९९७ मा उहाँले विद्युत खरिद सम्झौता सम्बन्धी नयाँ नीति ल्याउन महत्वपूर्ण कदम चाल्नुभयो । त्यसलगत्तै, सन् १९९८ मा उहाँ नेपालको पहिलो उपप्रधानमन्त्री बन्नुभयो । तर सन् १९९६ मा पार्टीको उपसभापतिमा निर्वाचित भए पनि उहाँको पार्टीीेतृत्वमा बलियो पकड र प्रभाव कायम हुन सकेन ।

सन् १९९९ मा आचार्यले नेपाली काङ्ग्रेसका कार्यकर्ताको तर्फाट आरम्भ गरिएको पार्टीको शुद्धिकरण अभियानको नेतृत्व गर्नुभयो । यस उद्देश्यका निम्ति उहाँले शान्ति पदयात्रा समेत आरम्भ गर्ने सोचाइ राख्नुभएको थियो तर परिस्थिति अझ खराव भयो र अन्ततः पार्टीकै विभाजित भयो ।

यसैवर्ष आचार्य मोरङबाट संसदको निर्वाचनमा उम्मेदवार बन्नुभयो तर पार्टी समर्थकले उहाँलाई पराजीत गर्न भूमिका खेले । यही नै उहाँको राजनीतिक करिअर समाप्त गर्ने एउटा श्रृङ्खलाको आरम्भ थियो ।

सन् २००० मा पोखरामा सम्पन्न नेपाली काङ्ग्रेसको १० औं महाधिवेसनबाट उहाँ केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभयो । उहाँले वीपीको विर्सिएका सिद्धान्तलाई पुनर्जीवीत गर्ने अभियान थालनी गर्नुभयो तर यो अभियान अल्पमतमा पर्‍यो र उहाँको प्रयास फलदायी हुन सकेन । आचार्यमा नेपाली काङ्ग्रेसलाई नेतृत्व गर्ने शक्ति र सामर्थ्य थियो तर पार्टीभीत्र रहेका सबै तत्वसँग सम्झौता गर्न उहाँ तयार हुनुभएन । उहाँको दृढ, निष्कपट प्रवृत्तिले पार्टीभीत्र उहाँले आफ्नो लवी तयार गर्न रोकेको थियो । उहाँको राजनीतिक योगदान अब इतिहास भएको छ र पार्टीभीत्र उहाँलाई विपक्षी शक्तिको रुपमा मात्र लिइन्थ्यो ।

यसैको परिणामस्वरुप आचार्यले पार्टीबाट अलग्ग रहने निर्णयगर्नुभयो । उहाँ विरामी समेत हुनुभयो र यसबाट उहाँ पार्टीी पार्टीनेताहरुबाट अझ टाढिनु भयो । उहाँ र उहाँका नजिकका नातेदारहरु शक्तिको राजनीतिमा संलग्न हुनुको सट्टा उहाँको औषधि उपचारका निम्ति खर्च जुटाउनेतर्फचासो दिन थाल्नुभएको थियो । दाजु प्रदीप आचार्य र उहाँको परिवार उहाँको अन्तिम दिनहरुमा सँगै हुनुहुन्थ्यो । उहाँको राजनीत्रि्रतिको र्समर्पण, सातवर्षम्मको जेल जीवन, नौवर्षम्मको निर्वासन र दुईवर्षम्मको भूमिगत जीवनलाई पार्टी विर्सेर थियो र नातेदारहरुले उहाँको उपचारका निम्ति रकम खोज्दै हिँड्न बाध्य पारिएको थियो । पार्टीको नेताहरु उहाँले अन्तिम श्वास लिनुअघिसम्म उहाँलाई भेट्न समेत पुगेका थिएनन् ।

नेपाली काङ्ग्रेसले आकष्मिकरुपमा गणतन्त्रलाई स्वीकार गरेकोमा धेरै पक्षबाट बधाई दिइएको थियो । तर धेरैजसो प्रतिबद्ध पार्टीीार्यकर्ताले यसलाई स्वीकार्न सकेनन् र यसमा आचार्य समेत एक हुनुहुन्थ्यो । यही द्वन्द्वले उहाँलाई एक्ल्याएको र मानसिक निर्वासनमा रहन बाध्य पारेको थियो । उहाँलाई भारतका निम्ति नेपालको राजदूतमा समेत मनोनयन गरिएको थियो । तर पार्टीभीत्रको आन्तरिक विवाद यति चरम थियो कि त्यो पदमा नियुक्त हुन उहाँलाई प्रेरित गरेन । उहाँका निम्ति यो आघात र अपमान थियो । त्यसपछि उहाँको स्वास्थ्य तीव्ररुपमा खस्कियो ।

उहाँको पराजय राजनीतिमा मात्र भएन, परिवारमा समेत पैतृक सम्पत्तिलाई लिएर यही नियती भयो । ललितपुरको भैंसेपाटीमा घर निर्माण गर्नका निम्ति जग्गा खरिद गर्न वनारसमा रहँदा खरिद गर्नुभएको जमिनको सानो टुक्रा उहाँ बिक्री गर्न चाहनुहुन्थ्यो । उहाँको नियमित आम्दानी थिएन र रकम अभावको कारण उहाँले त्यसलाई पूरा गर्न सक्नुभएन, यसैका कारण अस्वाभाविक सम्झौता समेत गर्नुपरेको थियो ।

एकजना उहाँका नातेदारका अनुसार आचार्यले सहकर्मी नेपाली काङ्ग्रेसका नेताकी छोरीको नाममा घरको स्वामित्व हस्तान्तरण गर्न सम्झौता गर्नुभएको थियो र उनलाई आचार्यले छोराझैं माया गर्नुहुन्थ्यो । उहाँले घर निर्माण पूरा गरे पछि त्यसबाट भाडा उठाउने सोचाइ राख्नुभएको थियो । तर यो सम्झौता कहिल्यै पूरा हुन सकेन र उहाँले आफ्नो सम्पत्ति सिध्याउनुभयो । त्यसपछि उहाँले धार्मिक गुरु अवदूत भगवान रामको प्रभावमा परेर पोखरामा आश्रम निर्माण गर्ने सपना देख्नुभयो तर यो पनि पूरा हुन सकेन । उहाँको मित्रपार्क, चावहिलमा निधन भएको थियो ।

आचार्यको विरामी, उपचार र मृत्यु नेपालको राजनीतिक इतिहासमा सुल्झाउन नसकिएको रहस्यको रुपमा रहनेछ । माथि उल्लेख गरिएका नेपाली काङ्ग्रेसका नेताकै विश्वासी छोरीको निगरानीमा उहाँ हुनुहुन्थ्यो । धेरैजना अनुभवी चिकित्सकको प्रत्यक्ष निगरानीमा झण्डै १८ महिना उहाँले विताउनुभयो । बैंककबाट उपचार गरेर फर्केलगत्तै उहाँलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका निम्ति भर्ना गरिएको थियो । बैंककमा उहाँको स्वास्थ्य परीक्षण गरेर धेरैवटा रोग पत्ता लगाइएको थियो । तर आचार्यलाई उच्च मानसिक विरामीका निम्ति दिइने औषधिको उच्च मात्रा कसले सिफारिस गरेको थियो भन्ने कसैलाई थाहा छैन । त्यही औषधिका कारण आचार्यको स्वास्थ्यमा गम्भीर क्षति पुर्‍याएको विश्वास गरिन्छ । अन्ततः उहाँले केही नातेदार, पार्टीले आफ्नै मुलुकलाई त्यागेर सन् २००९ को जुन १२ मा यस धर्तीबाट विदा हुनुभयो । उहाँको मृत्युको कारण अल्जाइमर र न्यूमोनिया हो भनेर प्रचार गरियो । प्रमुख राजनीतिक दलका नेताहरुले आचार्यको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

नेपाली काङ्ग्रेसको इतिहासमा नातावाद कुनै नौलो पद्धति होइन । तर गिरिजाकै भान्जी भए पनि आचार्यले पार्टीभीत्र अपमानित हुनुपरेको र पार्टीभीत्रका अन्य व्यक्तिले भन्दा बढी संर्घष गर्नुपरेको थियो । कोइराला परिवारभित्र उहाँलाई प्रतिद्वन्द्वीको रुपमा हेरिन्थ्यो । उहाँको मृत्युपश्चात नेपाली काङ्ग्रेसभित्र शक्तीको बाँडफाँडमा भएको नाटकीय परिवर्तनको पछिल्तिर एकजना होनाहार प्रतिबद्ध राजनीतिक कार्यकर्ताको सम्पूर्ण विनासका निम्ति कसको भूमिका थियो भन्ने संकेत गर्नसक्दछ । कसले र किन उहाँलाई समाप्त पार्न चाहेको थियो भन्ने कुरा रहस्यको विषय बनिरहनेछ किनभने उहाँसँग न त सम्पत्ति थियो न त ठूलै शक्ति ।

पारिवारिक स्रोतका अनुसार आचार्यका अधिकाँश महत्वपूर्ण दस्तावेजहरु हराइसकेकोले यो सम्पूर्ण घटनाक्रमको सत्यता उद्घाटित हुने सम्भावना अत्यन्त क्षीण छ । यति हुँदाहुँदै पनि आचार्यलाई शाक्ति र लाभ हासिल गर्नका निम्ति नभइ आफ्नो राजनीतिक दल र राजनीतिक आस्थाप्रति जीवनपर्यन्त अटल रहने महिलाको रुपमा नेपाली राजनीतिमा सदैव सम्झना गरिनेछ ।

Amrita Thapa Magar English नेपालीमा.

Bindra Hada Bhattarai English नेपालीमा.

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English नेपालीमा.

Uma Adhikari Regmi English नेपालीमा.