नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
शैलजा आचार्य
पूर्व उपप्रधानमन्त्री
जन्मः सन् १९४२, मोरङ मृत्युः सन् २००९, काठमाडौं ।
नेपालको राजनीतिक इतिहासमा शैलजा आचार्यले महत्वपूर्ण राजनीतिक व्यक्तित्वको रुपमा आफूलाई स्थापित गराएर बाँच्नुभयो, तर र्सवसाधारण नेपाली जनताको आँखामा सफल नेताको छवी स्थापित गर्न सक्नुभएन । यसैले, उहाँले आफ्नो जीवनलाई नरुचाइएको, बहिष्कृत, र सायद नेपालका महिला राजनीतिक व्यक्तित्वमध्ये सबैभन्दा बढी गलत बुझिइएको व्यक्तित्वको रुपमा पाउनुभयो ।
उहाँको जन्म सन् १९४२ को मे ८ तारिखमा मोरङको विराटनगरमा जेठी छोरीको रुपमा भएको थियो । उहाँकी आमा इन्दिरा र बुबा पिनाकी प्रसाद सम्पन्न परिवारको हुनुहुन्थ्यो । त्यसैकारण उहाँले त्यसबखत उपलब्ध भएसम्मको उत्कृष्ट शिक्षा प्राप्त गर्ने अवसर पाउन कुनै समस्या झेल्नु परेन । उहाँले मोरङस्थित एउटा स्थानीय विद्यालयबाटै विद्यालय शिक्षा हासिल गर्नुभएको थियो ।
विश्वेश्वरप्रसाद कोइराला (वीपी), गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला आचार्यका मामाहरु हुनुहुन्थ्यो । उहाँ मातृकाका कान्छी बहिनी इन्दिराकी छोरी हुनुहुन्थ्यो । मातृका वीपी र गिरिजाका दाजु हुनुहुन्थ्यो । आचार्यले मातृकाको पञ्चायती र्समर्थनको सिद्धान्तलाई कहिल्यै स्वीकार गर्नुभएन । उहाँ वीपीको प्रजातान्त्रिक विचारबाट आकषिर्त हुनुभएको थियो । परिवारभित्रको राजनीतिक वातावरण र वीपीको राजनीतिक व्यक्तित्वलाई धन्यवाद दिनै पर्दछ किनकी यसले नै प्रजातन्त्रका निम्ति भएको संर्घषमा उहाँ अनवरत सहभागी हुन पाउनुभयो ।
सन् १९६१ मा १८ वर्षो उमेरमै आचार्यले बेलायती महारानी एलिजावेथ द्वितीयको नेपालको भ्रमणका क्रममा राजा महेन्द्रले सत्ता हत्याएको विरोधमा टुँडिखेलमा कालो झण्डा देखाउनु भएको थियो । यो अविश्वसनीय कदम नै थियो । पार्टीी वरिष्ट नेताहरु समेत राजाले सत्ता हत्याएको विरोधमा के गर्ने भनेर निश्चित गर्न नसकिरहेको अवस्थामा शैलजाले कालो झण्डा प्रदर्शन गरेर साहस देखाउनु भएको थियो । आचार्यको सोही कदमका कारण उहाँले तीनवर्षो जेल सजाय भोग्नुपर्यो । यसपछि उहाँको राजनीतिक करिअर प्रारम्भ हुनुका साथै प्रजातन्त्रका निम्ति जीवनपर्यन्त संर्घष आरम्भ भएको थियो ।
विराटनरबाट विद्यालय शिक्षा पूरा गरेपछि उहाँ स्नातक अध्ययनका निम्ति पद्मकन्या कलेजमा भर्ना हुनुभयो । उहाँले सन् १९६५ मा बनारस हिन्दु विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभयो । आचार्य प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने र नेपालको गैर प्रजातान्त्रिक राजनीतिक पद्धतिका बारेमा जानकारीहरु प्रसार गर्ने काममा विश्वविद्यालयमा सक्रिय हुनुहुन्थ्यो । उहाँले सन् १९७२ मा नेपाली विद्यार्थीलाई संगठित गर्नका निम्ति गठन भएको प्रजातान्त्रिक समाजवादी युथ लिगको अध्यक्षता गर्नुभयो । यसबाहेक, उहाँ अध्ययनशील महिला हुनुका साथै उहाँमा कला, संस्कृति एवँ दर्शनशास्त्रमा औधी रुची थियो । नेपाली काङ्ग्रेसका नेता एवँ उहाँका समकालीन प्रदीप गिरिका अनुसार आचार्यको बौद्धिकता र सरलता विश्वविद्यालयमा चर्चाको विषय हुने गरेको थियो । "उहाँ मेरो निम्ति समेत प्रेरणादायी हुनुहुन्थ्यो । म उहाँप्रति अनुगृहित छु," गिरीले लेख्नुभएको एउटा लेखमा उल्लेख छ ।
आचार्यले तरुण दलको अध्यक्षको रुपमा लामो समयसम्म काम गर्नुभयो । सन् १९७४ को हाराहारीमा उहाँ पञ्चायती व्यवस्थाका विरुद्धमा हतियार उठाउने नेपाली काङ्ग्रेसको योजनाको र्समर्थक हुनुहुन्थ्यो । यसैका निम्ति उहाँ राइफल खरिद गर्न भारत-पाकिस्तान सीमाक्षेत्रमा समेत पुग्नुभएको थियो ।
कोइराला परिवारको विचारधारालाई उहाँले अंगाल्नु भएको छ, र खासगरी वीपीको- व्यक्तिगत, सैद्धान्तिक, राजनीतिक तहमा । आचार्यका निम्ति, नेपाली काङ्ग्रेसभित्र वीपी एकमात्र सम्मानका योग्य पात्र हुनुहुन्थ्यो र यस विचारधाराबाट उहाँ जीवनपर्यन्त अविचलित रहनुभयो ।
उहाँ स्वतन्त्र व्यक्तित्व हुनका निम्ति हरसम्भव कोशिस गर्नुभयो र उहाँले कहिल्यै विवाह गर्नुभएन । पार्टी र जनताप्रतिको उहाँको लगावकै कारण उहाँले आफ्नो परिवारका बारेमा सोच्नु भएन । उहाँले पार्टीलाई नै आफ्नो परिवार सम्झनुभयो । आचार्यले आफ्नो विवाहका सर्न्दर्भमा आलोचना र उपहासको सामना गर्नुपरेको थियो तर उहाँले कुनै पनि राजनीतिक व्यक्तिसँग विवाह गरेर पत्नीको रुपमा बस्न रुचाउनु भएन । प्रदीप गिरी सम्झनुहुन्छ, "संस्कृतमा एउटा भनाइ छः महिला, वृक्षलता र शक्तिमा रहेका व्यक्ति स्वतन्त्र हुन सक्दैनन् । त्यसैका कारण शैलजाले पनि धेरैवटा यस्तै दुःखदायी घटनाबाट गुज्रनु परेको थियो ।"
व्यक्तिगतरुपमा महिलाको अधिकारका निम्ति उहाँ खडा हुनुभएन तर उहाँका कृयाकलाप, भाषणहरु र र्समर्पण धेरै महिला नेत्रीहरुका निम्ति प्रेरणादायी थिए । सन् १९९० को जनआन्दोलनमा धेरै महिलाको सहभागिता रहनुमा उहाँको सक्रिय सहभागिता समेत एउटा प्रमुख कारण थियो ।
भारतबाट "राष्ट्रिय मेलमिलापको नीति" लिएर सन् १९७६ मा वीपी र गणेशमान सिँहसँगै स्वदेश फर्किए पछि आचार्यले आफूलाई संवैधानिक राजतन्त्रको पक्षमा उभ्याउनुभयो । समयले यसमा धेरै परिवर्तन ल्यायो तर उहाँ पार्टीको नीतिमा अडिग रहनुभयो । पार्टीको विचारधारालाई "हावा चलेकै भरमा" सहजै परिवर्तन गर्न हुँदैन भन्नेमा उहाँ दृढ विचार राख्नुहुन्थ्यो । पार्टीको वर्षौं पुरानो धारणालाई पर्याप्त छलफल नै नगरी रातारात परिवर्तन गरेको थियो । समय र राजनीतिक ध्रुवीकरणमा भएको तीव्र परिवर्तनलाई आत्मसात गर्न नसक्दा उहाँ विस्तारै ओझेलमा पर्नुभयो ।
सन् १९८२ मा वीपीको निधन भयो र पार्टीबीस्तारै उहाँको दर्शनबाट टाढिन थाल्यो । पार्टीभीत्र अन्य पक्षको प्रभाव बढ्न थाल्यो र सिद्धान्तका नियमहरु कागजमै सीमित हुन थाले ।
नेपाली काङ्ग्रेसका वरिष्ट नेताहरु सन् १९९० को जनआन्दोलन अघि प्रजातन्त्रवादी र वामपन्थीलाई एकैठाउँमा ल्याउन आचार्यको योगदानलाई अझै स्मरण गर्दछन् । गणेशमान सिँहको निवासमा प्रजातन्त्रवादी, वामपन्थी र भारतीय नेताहरुलाई एकैथलोमा ल्याउन आचार्यले प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो । यसै भेलाले प्रजातन्त्रका निम्ति आन्दोलन छेड्ने औपचारिक घोषणा गरेको थियो । नेपालको राजनीतिका यी दुई विपरीत ध्रुवबीचको सहकार्यले अन्ततः ३० वर्षो पञ्चायती व्यवस्थालाई धराशायी बनाउनुका साथै बहुदलीय प्रजातन्त्र पुनःस्थापित गर्यो ।
तर यसै घटनाक्रमपश्चात् अचार्यको राजनीतिक करिअर समेत समाप्त भएको संकेत गरेको थियो । समाजवाद र प्रजातन्त्रको सिद्धान्त सन् १९९० को राजनीतिक परिवर्तन पछि कमजोर भयो । उहाँले पार्टीभित्रै ध्रुवीकरण बढेको र यसबाट पार्टीभीत्र आफ्नो कुनै स्थान नभएको अनुभव गर्न थाल्नुभयो ।
सन् १९९१ मा आचार्यलाई कृषि, वन तथा भू-संरक्षण मन्त्रीमा नियुक्त गरियो र उहाँले मोरङ र इलामका जनताका निम्ति सानो तर महत्वपूर्ण विकास प्याकेज प्रदान गर्नुभयो । तर पार्टीभीत्र र मन्त्रालयमा भ्रष्टाचार गहिरोरुपमा रहेको धारणा अभिव्यक्त गरेको अभियोगमा उहाँलाई सात महिना पछि नै राजीनामा गर्न बाध्य पारियो ।
सन् १९९४ मा मोरङ निर्वाचन क्षेत्र ७ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएकी आचार्यलाई जलस्रोत मन्त्रीमा नियुक्ती दिइयो । सन् १९९७ मा उहाँले विद्युत खरिद सम्झौता सम्बन्धी नयाँ नीति ल्याउन महत्वपूर्ण कदम चाल्नुभयो । त्यसलगत्तै, सन् १९९८ मा उहाँ नेपालको पहिलो उपप्रधानमन्त्री बन्नुभयो । तर सन् १९९६ मा पार्टीको उपसभापतिमा निर्वाचित भए पनि उहाँको पार्टीीेतृत्वमा बलियो पकड र प्रभाव कायम हुन सकेन ।
सन् १९९९ मा आचार्यले नेपाली काङ्ग्रेसका कार्यकर्ताको तर्फाट आरम्भ गरिएको पार्टीको शुद्धिकरण अभियानको नेतृत्व गर्नुभयो । यस उद्देश्यका निम्ति उहाँले शान्ति पदयात्रा समेत आरम्भ गर्ने सोचाइ राख्नुभएको थियो तर परिस्थिति अझ खराव भयो र अन्ततः पार्टीकै विभाजित भयो ।
यसैवर्ष आचार्य मोरङबाट संसदको निर्वाचनमा उम्मेदवार बन्नुभयो तर पार्टी समर्थकले उहाँलाई पराजीत गर्न भूमिका खेले । यही नै उहाँको राजनीतिक करिअर समाप्त गर्ने एउटा श्रृङ्खलाको आरम्भ थियो ।
सन् २००० मा पोखरामा सम्पन्न नेपाली काङ्ग्रेसको १० औं महाधिवेसनबाट उहाँ केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभयो । उहाँले वीपीको विर्सिएका सिद्धान्तलाई पुनर्जीवीत गर्ने अभियान थालनी गर्नुभयो तर यो अभियान अल्पमतमा पर्यो र उहाँको प्रयास फलदायी हुन सकेन । आचार्यमा नेपाली काङ्ग्रेसलाई नेतृत्व गर्ने शक्ति र सामर्थ्य थियो तर पार्टीभीत्र रहेका सबै तत्वसँग सम्झौता गर्न उहाँ तयार हुनुभएन । उहाँको दृढ, निष्कपट प्रवृत्तिले पार्टीभीत्र उहाँले आफ्नो लवी तयार गर्न रोकेको थियो । उहाँको राजनीतिक योगदान अब इतिहास भएको छ र पार्टीभीत्र उहाँलाई विपक्षी शक्तिको रुपमा मात्र लिइन्थ्यो ।
यसैको परिणामस्वरुप आचार्यले पार्टीबाट अलग्ग रहने निर्णयगर्नुभयो । उहाँ विरामी समेत हुनुभयो र यसबाट उहाँ पार्टीी पार्टीनेताहरुबाट अझ टाढिनु भयो । उहाँ र उहाँका नजिकका नातेदारहरु शक्तिको राजनीतिमा संलग्न हुनुको सट्टा उहाँको औषधि उपचारका निम्ति खर्च जुटाउनेतर्फचासो दिन थाल्नुभएको थियो । दाजु प्रदीप आचार्य र उहाँको परिवार उहाँको अन्तिम दिनहरुमा सँगै हुनुहुन्थ्यो । उहाँको राजनीत्रि्रतिको र्समर्पण, सातवर्षम्मको जेल जीवन, नौवर्षम्मको निर्वासन र दुईवर्षम्मको भूमिगत जीवनलाई पार्टी विर्सेर थियो र नातेदारहरुले उहाँको उपचारका निम्ति रकम खोज्दै हिँड्न बाध्य पारिएको थियो । पार्टीको नेताहरु उहाँले अन्तिम श्वास लिनुअघिसम्म उहाँलाई भेट्न समेत पुगेका थिएनन् ।
नेपाली काङ्ग्रेसले आकष्मिकरुपमा गणतन्त्रलाई स्वीकार गरेकोमा धेरै पक्षबाट बधाई दिइएको थियो । तर धेरैजसो प्रतिबद्ध पार्टीीार्यकर्ताले यसलाई स्वीकार्न सकेनन् र यसमा आचार्य समेत एक हुनुहुन्थ्यो । यही द्वन्द्वले उहाँलाई एक्ल्याएको र मानसिक निर्वासनमा रहन बाध्य पारेको थियो । उहाँलाई भारतका निम्ति नेपालको राजदूतमा समेत मनोनयन गरिएको थियो । तर पार्टीभीत्रको आन्तरिक विवाद यति चरम थियो कि त्यो पदमा नियुक्त हुन उहाँलाई प्रेरित गरेन । उहाँका निम्ति यो आघात र अपमान थियो । त्यसपछि उहाँको स्वास्थ्य तीव्ररुपमा खस्कियो ।
उहाँको पराजय राजनीतिमा मात्र भएन, परिवारमा समेत पैतृक सम्पत्तिलाई लिएर यही नियती भयो । ललितपुरको भैंसेपाटीमा घर निर्माण गर्नका निम्ति जग्गा खरिद गर्न वनारसमा रहँदा खरिद गर्नुभएको जमिनको सानो टुक्रा उहाँ बिक्री गर्न चाहनुहुन्थ्यो । उहाँको नियमित आम्दानी थिएन र रकम अभावको कारण उहाँले त्यसलाई पूरा गर्न सक्नुभएन, यसैका कारण अस्वाभाविक सम्झौता समेत गर्नुपरेको थियो ।
एकजना उहाँका नातेदारका अनुसार आचार्यले सहकर्मी नेपाली काङ्ग्रेसका नेताकी छोरीको नाममा घरको स्वामित्व हस्तान्तरण गर्न सम्झौता गर्नुभएको थियो र उनलाई आचार्यले छोराझैं माया गर्नुहुन्थ्यो । उहाँले घर निर्माण पूरा गरे पछि त्यसबाट भाडा उठाउने सोचाइ राख्नुभएको थियो । तर यो सम्झौता कहिल्यै पूरा हुन सकेन र उहाँले आफ्नो सम्पत्ति सिध्याउनुभयो । त्यसपछि उहाँले धार्मिक गुरु अवदूत भगवान रामको प्रभावमा परेर पोखरामा आश्रम निर्माण गर्ने सपना देख्नुभयो तर यो पनि पूरा हुन सकेन । उहाँको मित्रपार्क, चावहिलमा निधन भएको थियो ।
आचार्यको विरामी, उपचार र मृत्यु नेपालको राजनीतिक इतिहासमा सुल्झाउन नसकिएको रहस्यको रुपमा रहनेछ । माथि उल्लेख गरिएका नेपाली काङ्ग्रेसका नेताकै विश्वासी छोरीको निगरानीमा उहाँ हुनुहुन्थ्यो । धेरैजना अनुभवी चिकित्सकको प्रत्यक्ष निगरानीमा झण्डै १८ महिना उहाँले विताउनुभयो । बैंककबाट उपचार गरेर फर्केलगत्तै उहाँलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका निम्ति भर्ना गरिएको थियो । बैंककमा उहाँको स्वास्थ्य परीक्षण गरेर धेरैवटा रोग पत्ता लगाइएको थियो । तर आचार्यलाई उच्च मानसिक विरामीका निम्ति दिइने औषधिको उच्च मात्रा कसले सिफारिस गरेको थियो भन्ने कसैलाई थाहा छैन । त्यही औषधिका कारण आचार्यको स्वास्थ्यमा गम्भीर क्षति पुर्याएको विश्वास गरिन्छ । अन्ततः उहाँले केही नातेदार, पार्टीले आफ्नै मुलुकलाई त्यागेर सन् २००९ को जुन १२ मा यस धर्तीबाट विदा हुनुभयो । उहाँको मृत्युको कारण अल्जाइमर र न्यूमोनिया हो भनेर प्रचार गरियो । प्रमुख राजनीतिक दलका नेताहरुले आचार्यको निधनप्रति दुःख व्यक्त गरेका थिए ।
नेपाली काङ्ग्रेसको इतिहासमा नातावाद कुनै नौलो पद्धति होइन । तर गिरिजाकै भान्जी भए पनि आचार्यले पार्टीभीत्र अपमानित हुनुपरेको र पार्टीभीत्रका अन्य व्यक्तिले भन्दा बढी संर्घष गर्नुपरेको थियो । कोइराला परिवारभित्र उहाँलाई प्रतिद्वन्द्वीको रुपमा हेरिन्थ्यो । उहाँको मृत्युपश्चात नेपाली काङ्ग्रेसभित्र शक्तीको बाँडफाँडमा भएको नाटकीय परिवर्तनको पछिल्तिर एकजना होनाहार प्रतिबद्ध राजनीतिक कार्यकर्ताको सम्पूर्ण विनासका निम्ति कसको भूमिका थियो भन्ने संकेत गर्नसक्दछ । कसले र किन उहाँलाई समाप्त पार्न चाहेको थियो भन्ने कुरा रहस्यको विषय बनिरहनेछ किनभने उहाँसँग न त सम्पत्ति थियो न त ठूलै शक्ति ।
पारिवारिक स्रोतका अनुसार आचार्यका अधिकाँश महत्वपूर्ण दस्तावेजहरु हराइसकेकोले यो सम्पूर्ण घटनाक्रमको सत्यता उद्घाटित हुने सम्भावना अत्यन्त क्षीण छ । यति हुँदाहुँदै पनि आचार्यलाई शाक्ति र लाभ हासिल गर्नका निम्ति नभइ आफ्नो राजनीतिक दल र राजनीतिक आस्थाप्रति जीवनपर्यन्त अटल रहने महिलाको रुपमा नेपाली राजनीतिमा सदैव सम्झना गरिनेछ ।