This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


शान्ता थपलिया

अग्रणी अधिवक्ता

महिला अधिकारकर्मी
जन्मः सन् १९४१, तेह्रथुम जिल्ला ।

शान्ता थपलियाले महिला अधिकारलाई राजनीतिक विषयको रुपमा स्थापित मात्र नगरी लामो समयदेखि समाजले अस्वीकृत गदै अाएको महिला समानतालाई सुनिश्चित गर्नको निम्ति कानुनी संरचना सिर्जना गर्न महत्वपूर्ण योगदान गर्नुभयो ।

थपलियाको जन्म पूर्वी नेपालको तेह्रथुम जिल्लास्थित दुर्गम निगुरादिन आठर्राईको नेपाल गाउँमा २९ डिसेम्बर, १९४१ मा भएको थियो । सामाजिक अवरोधका बाबजूद उहाँले आमा विष्णुमाया र बुबा चन्द्रप्रसाद प्रर्साईंबाट आफ्ना दाजुहरुकै सरह समानताको व्यवहार प्राप्त गर्ने मौका पाउनुभएको थियो । उहाँ धेरैवटा कानुनी संस्थाहरुसँग सम्बद्ध हुनुहुन्छ र कानुनी सहयोगमार्फ समाजलाई पुनर्संरचना गर्ने लक्ष्य राख्नुभएको छ ।

छोरा र छोरीबीच विभेद नराख्ने परिवारमा जन्मनु भएकी शान्ता थपलियाले घरभित्रका काम गर्नुपर्ने त्यसबखतको सामाजिक मान्यता र परम्परालाई अक्षरशः पालना नगरी केटाहरुसँगै रुख चढ्ने, खेतवारीमा दौडने, फुटबल खेल्ने र चङ्गा उडाउने गर्नुभयो । उहाँ रुढीवादी अबरोधलाई आफ्नै इच्छामुताबिक तोड्नु हुन्थ्यो र महिलाले चाहना गरेअनुरुपका काममा अवरोध गर्ने नियमहरुको खुलेर विरोध गर्नुहुन्थ्यो ।

थपलियाले सन् १९६४ मा विवाह गरेर आफ्नो थर परिवर्तन भए पछि मात्र महिलाहरु पुरुषभन्दा भिन्न मानवजाति रहेको थाहा पाउनुभयो । त्रिभुवन विश्वविद्यालयमा कानुन संकायमा विद्यावारिधिका निम्ति आवेदन गर्दा आफ्नो अधिकारका निम्ति संर्घष गरेको उहाँलाई अझै सम्झना छ । उहाँको आवेदन अन्यको भन्दा अघि भए पनि प्रशासनले पुरुष साथीलाई स्थान दिएर उहाँको आवेदन फिर्ता गरिएको थियो । यस्तो किन गरियो भनेर थपलियाले सोध्नुभयो । प्रशासनको जवाफ थियो, "कानुनमा महिलाले विद्यावारिधि (पिएचडी) गर्नु र्व्यर्थ हो । यो विश्वविद्यालयको लगानी खेर फाल्नु मात्र हो ।" धेरै संर्घष गरेपछि मात्र उहाँको आवेदनलाई स्वीकार गरियो तर प्रशासनले उहाँले पाउने छात्रवृत्ति रोक्ने कोशिस गरेको थियो ।

थपलियाले जीवनमा भोग्नु परेको निराशापूर्ण अवस्था आफ्नो थप अध्ययनको क्रममा समेत जारी रहृयो । त्यसबखत, नेपालमा महिला छात्रावास थिएन र केही कलेजले मात्र कानुनको अध्यापन गराउँथे । थपलियाको परिवार उहाँलाई टाढासम्म पुर्‍याएर पढाउन इच्छुक र खुशी थिएन । उनीहरु थपलियाको विवाह चाँडै होस् भन्ने चाहन्थे । काका छत्रकेशरी प्रर्साईंको सहयोगमा थपलियाले बनारस हिन्दु विश्वविद्यालयमा आवेदन दिनुभयो र त्यहाँस्थित महिला छात्रावासमा कोठा पाउनुभयो । काका र बुबाले सहयोग गरे पनि उहाँले आर्थिक समस्याको सामना गर्नुपर्‍यो किनभने सन् १९६१ को सत्ता अपहरणपश्चात पञ्चायत सरकारले प्रर्साईंलाई गिरफ्तार गरेको थियो । थपलियाले सरकारबाट दुईवर्षो निम्ति छात्रवृत्ति प्राप्त गर्नुभयो । विदेशी केटीले हत्तपत्त प्राप्त गर्न नसक्ने छात्रवृत्ति पाएकोले उहाँ चाँडै नै विश्वविद्यालयका साथीहरुबीच लोकप्रिय बन्नुभयो ।

उहाँले विवाह गरे पनि थपलियाका श्रीमान् डा. सुधाकर अनिल जीवनसंगी भन्दा समझदार मित्रजस्तो हुनुहुन्थ्यो र उहाँको अध्ययन र करिअरका कारण वैवाहिक जीवन सँगै विताउने समय दुवै जनाका निम्ति कमैमात्र प्राप्त भयो ।
पञ्चायतकालमा थपलियाले धेरै समस्या झेल्नुपरेको थियो र उहाँको जीवन २०४६ मा प्रजातन्त्रको पुनर्स्थापना भए पछि मात्र केही सहज भएको थियो । उहाँका काका छत्रलाई पञ्चायतले विदेशी तत्व ठान्थ्यो र थपलियालाई समेत राज्यले लक्षित गरेको थियो किनभने उहाँले दाङमा सन् १९६९ मा अराजक तत्वका निम्ति वकालत गर्नुभएको थियो । उहाँलाई जिल्ला छाड्न समेत आदेश दिइएको थियो ।

करिअर प्रारम्भ हुँदाको बखत थपलियाले हेर्नु भएको एउटा मुद्दालाई लिएर उहाँलाई जिल्लाबाटै लखेट्नुका साथै उहाँकै कारण प्रमुख जिल्ला अधिकारी र अन्य पदाधिकारीलाई सरुवा गरिएको थियो । थपलियाले बहस गर्नुभएका अन्य दुईवटा त्यस्तै महत्वपूर्ण मुद्दामध्ये एउटा चिया पसल चलाउने विद्यार्थी र दोस्रो ११ वर्षी बालिकाको थिए ।

माथिल्लो तहका धेरैजना अधिकृतहरुले वालकले चलाएको चिया पसलमा पिएको चियाको निक्कै रकम पुगिसकेको थियो । बालकले पैसा चुक्ता गरिदिन आग्रह गरे पनि उनीहरुले बालकमाथि कानुन भङ्ग गरेको आरोपमा थुनामा राखेका थिए । त्यसबखत, शान्ति सुरक्षा भङ्ग गर्नुको अर्थ देशद्रोही तत्व हुनु वा उनीहरुलाई सामान्यतया "काङ्ग्रेस" भनिन्थ्यो ।

दोस्रो महत्वपूर्ण मुद्दा भनेको प्रजातन्त्र र्समर्थककी ११ वर्षी छोरीमाथि यौन दुराचारमा प्रशासकहरुको संलग्नता सम्बन्धी थियो । भाग्यवश, अधिकृतहरुले ती केटीलाई बोलाएकै स्थानमा भेला भएर उक्त कार्य रोक्नका निम्ति विद्यार्थीले योजना बनाइसकेका थिए । भेट गर्नुपर्ने स्थानमा उनीहरु आउनासाथ ती अधिकृतहरुले आमा र अन्य विद्यार्थीसँग लामो विवादको सामना गर्नुपर्‍यो । त्यो प्रयासलाई रर्ेकर्ड गरियो र अधिकृतहरुको अनुहार र्सार्वजनिक भयो ।

सरकारले थपलिया र उहाँका श्रीमान्माथि पटकपटक विभिन्न झुठा मुद्दा लगाएर आक्रमणको प्रयास गर्‍यो । पञ्चायती प्रशासकको पञ्जाबाट बचाउनकै निम्ति उहाँ अन्ततः त्रिभुवन विश्वविद्यालय कानुन क्याम्पसमा सहायक प्रोफेसरको पदमा नियुक्त भएर काठमाडौं प्रवेश गर्नुभयो ।

उहाँले नेपालको पहिलो महिला न्यायाधीश हुने सपना देख्नुभएको थियो । आफ्नो सपना साकार पार्नका निम्ति उहाँले विद्यावारिधि उत्तीर्ण गर्नुभयो र मुलुकको परिस्थिति, संस्कृति र परम्परा राम्रोसँग बुझ्नका निम्ति नेपालका गाउँगाउँमा भ्रमण गर्नुभयो । थपलियाले हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालयमा सर्म्पर्क राख्नुभयो र उनीहरुको सहयोगमा उहाँले महिलाले भोग्नु परेका समस्याका बारेमा बुझ्ने कोशिस गर्नुभयो । उहाँ नेपाली महिलाको मुक्तिका निम्ति केही ठोस कार्य गर्ने प्रतिबद्धतासहित काठमाडौं र्फकनुभयो ।

थपलियाले न्यायाधीश हुने योजनालाई पुनः सोचविचार गर्नुभयो र महिलाका निम्ति न्यायलाई सुनिश्चित गर्न केही गर्नुपर्ने निक्र्यौल गर्नुभयो । यसैको परिणामस्वरुप कानुनी सहायता तथा परामर्श केन्द्र (एलएसीसी) सन् १९८७ मा स्थापना भएको थियो । पीडित महिलाको सहायताका निम्ति दुई दशकभन्दा बढी समयदेखि यसै संस्थामार्फ उहाँ सक्रियरुपमा काम गरिरहनु भएको छ । तैपनि, स्वास्थ्यका कारण उहाँ केही वर्षेखि त्यति सक्रिय हुन पाउनु भएको छैन ।

तत्कालीन राजदरबारले थपलियाले परिवार कानुनमा विद्यावारिधि पूरा गरेको सुनेपछि उहाँलाई सवारी शिविरमा सहभागी हुनका निम्ति निमन्त्रणा गरिएको थियो जहाँ तत्कालीन राजा र रानीका साथ भ्रमण गर्ने विभिन्न क्षेत्रका विज्ञहरुले दुर्गम क्षेत्रका बासिन्दालाई सेवा प्रदान गर्दथे । उहाँ धनकुटा, सुर्खेत र पोखरा शिविरमा जानुभएको थियो र सामाजिक न्याय, महिला अधिकारसँग सम्बद्ध धेरै विषयमा उहाँले प्रशिक्षण दिनुभयो । कानुनी सहयोग नभइ न्याय प्रदान गरेको आरोपमा अन्ततः उहाँका बिरुद्धमा रीट हालियो । तर रीट खारेज भयो र उहाँले कानुनी पेशा सन् १९६८ बाट प्रारम्भ गर्नुभयो । सन् १९७६ देखि उहाँले अध्यापन शुरु गर्नुभयो ।

थपलियालाई नेपालको प्रथम महत्वपूर्ण महिला व्यक्तिको रुपमा छनौट गरिएको थियो । कुनै पनि राजनीतिक दलको झण्डा नबोकेर पनि राजनीतिमा संलग्न हुन सकिन्छ भन्नेमा उहाँको विश्वास छ किनभने राज्यका हरेक क्षेत्रमा सामाजिक पुनःसंरचनाका निम्ति अभियान चलाउनु पनि आफैंमा राजनीति हो । उहाँलाई सन् २००३ मा मन्त्रिपरिषद्को निर्ण्र्ााबमोजिम सरकारका तर्फाट महिलाको स्वायत्त वकालत समूहमा मनोनित गरिएको थियो ।

थपलिया वर्तमान राजनीत्रि्रति तिखो आलोचक हुनुहुन्छ किनभने आजका नेताहरुले यस क्षेत्रलाई नै बदनाम गरेको उहाँको विश्वास छ । उहाँ सामाजिक कृयाकलापमार्फ नै समाज परिवर्तन हुनेमा विश्वास गर्नुहुन्छ र यसैलाई प्रमाणित गर्न उहाँ निरन्तर कृयाशील हुनुहुन्छ ।

मार्च ४ मा थपलियाको स्वास्थ्य परीक्षण गर्दा उहाँमा इन्डोमेटि्रकल क्यान्सर रोग देखापरेको छ । उहाँ चारदिन पछिका निम्ति निर्धारित गरिएको एउटा कार्यक्रमको तयारीमा हुनुहुन्थ्यो । उहाँले त्यो कार्यक्रम सम्पन्न गरेपछि मात्र उपचार आरम्भ गर्नुभयो र अहिले विगतमा झैं सक्रियरुपमा काममा जुट्नु भएको छ ।

"मेरी हजुरआमा नै मेरो बाल्यकालमा उत्प्रेरक हुनुहुन्थ्यो । त्यसपछि, मेरी आमा र दाजु, छत्रमणीले मेरो युवाकालमा प्रेरित गर्नुभयो र विवाहपछि मेरा श्रीमान्ले," उहाँ भन्नुहुन्छ ।

थपलियाले धेरै पुस्तकहरु र जर्नल लेखहरु प्रकाशित गर्नुभएको छ । कानुनी लेखका साथै उहाँले समय पाउनासाथ रचनात्मक लेखनमा समेत समय खर्चने गर्नुभएको छ । पेशाबाट अवकाश लिएको दिनदेखि साहित्यिक गतिविधिमा संलग्न हुने उहाँको सोचाइ छ । उहाँ अहिले आफ्नै बायोग्राफी लेख्न व्यस्त हुनुहुन्छ ।

नेपालप्रति उहाँको योगदानलाई धेरैपटक सम्मान गरिएको छ । उहाँले सन् १९८८ मा महेन्द्र विद्याभूषण जित्नुभएको थियो भने सन् २००२ मा दीघसेवा पदक प्राप्त गर्नुभयो । यसबाहेक उहाँलाई काठमाडौंमा आयोजित बेइजिङं१५ को राष्ट्रिय सम्मेलनको पुनरावलोकन कार्यक्रममा सम्मानित गरिएको थियो ।

आफ्नो करिअरको कालखण्डमा थपलियाले धेरैपटक प्रमुख पदहरु सम्हाल्ने अवसर पाउनुका साथै नेपाल र विदेशमा अध्ययन गर्ने प्रशस्त मौका पाउनुभयो । उहाँ सन् १९८७ देखि एलएसीसी अध्यक्ष रहेको र्सार्कस्तरीय प्रमिनेन्ट विमेन पर्सनालिटीमा रहनुका साथै नेपाल बार एसोसिएसन, नेपाल विकास परिषद्, राष्ट्रिय योजना आयोग र अन्य धेरैवटा मञ्चमा सदस्य भएर कार्य गरिसक्नु भएको छ । प्रेरक महिलाको जीवनका यी केही उपलब्धीका उदाहरण मात्र हुन् ।

Amrita Thapa Magar English नेपालीमा.

Bindra Hada Bhattarai English नेपालीमा.

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English नेपालीमा.

Uma Adhikari Regmi English नेपालीमा.