नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
शान्ता थपलिया
अग्रणी अधिवक्ता
महिला अधिकारकर्मी
जन्मः सन् १९४१, तेह्रथुम जिल्ला ।
शान्ता थपलियाले महिला अधिकारलाई राजनीतिक विषयको रुपमा स्थापित मात्र नगरी लामो समयदेखि समाजले अस्वीकृत गदै अाएको महिला समानतालाई सुनिश्चित गर्नको निम्ति कानुनी संरचना सिर्जना गर्न महत्वपूर्ण योगदान गर्नुभयो ।
थपलियाको जन्म पूर्वी नेपालको तेह्रथुम जिल्लास्थित दुर्गम निगुरादिन आठर्राईको नेपाल गाउँमा २९ डिसेम्बर, १९४१ मा भएको थियो । सामाजिक अवरोधका बाबजूद उहाँले आमा विष्णुमाया र बुबा चन्द्रप्रसाद प्रर्साईंबाट आफ्ना दाजुहरुकै सरह समानताको व्यवहार प्राप्त गर्ने मौका पाउनुभएको थियो । उहाँ धेरैवटा कानुनी संस्थाहरुसँग सम्बद्ध हुनुहुन्छ र कानुनी सहयोगमार्फ समाजलाई पुनर्संरचना गर्ने लक्ष्य राख्नुभएको छ ।
छोरा र छोरीबीच विभेद नराख्ने परिवारमा जन्मनु भएकी शान्ता थपलियाले घरभित्रका काम गर्नुपर्ने त्यसबखतको सामाजिक मान्यता र परम्परालाई अक्षरशः पालना नगरी केटाहरुसँगै रुख चढ्ने, खेतवारीमा दौडने, फुटबल खेल्ने र चङ्गा उडाउने गर्नुभयो । उहाँ रुढीवादी अबरोधलाई आफ्नै इच्छामुताबिक तोड्नु हुन्थ्यो र महिलाले चाहना गरेअनुरुपका काममा अवरोध गर्ने नियमहरुको खुलेर विरोध गर्नुहुन्थ्यो ।
थपलियाले सन् १९६४ मा विवाह गरेर आफ्नो थर परिवर्तन भए पछि मात्र महिलाहरु पुरुषभन्दा भिन्न मानवजाति रहेको थाहा पाउनुभयो । त्रिभुवन विश्वविद्यालयमा कानुन संकायमा विद्यावारिधिका निम्ति आवेदन गर्दा आफ्नो अधिकारका निम्ति संर्घष गरेको उहाँलाई अझै सम्झना छ । उहाँको आवेदन अन्यको भन्दा अघि भए पनि प्रशासनले पुरुष साथीलाई स्थान दिएर उहाँको आवेदन फिर्ता गरिएको थियो । यस्तो किन गरियो भनेर थपलियाले सोध्नुभयो । प्रशासनको जवाफ थियो, "कानुनमा महिलाले विद्यावारिधि (पिएचडी) गर्नु र्व्यर्थ हो । यो विश्वविद्यालयको लगानी खेर फाल्नु मात्र हो ।" धेरै संर्घष गरेपछि मात्र उहाँको आवेदनलाई स्वीकार गरियो तर प्रशासनले उहाँले पाउने छात्रवृत्ति रोक्ने कोशिस गरेको थियो ।
थपलियाले जीवनमा भोग्नु परेको निराशापूर्ण अवस्था आफ्नो थप अध्ययनको क्रममा समेत जारी रहृयो । त्यसबखत, नेपालमा महिला छात्रावास थिएन र केही कलेजले मात्र कानुनको अध्यापन गराउँथे । थपलियाको परिवार उहाँलाई टाढासम्म पुर्याएर पढाउन इच्छुक र खुशी थिएन । उनीहरु थपलियाको विवाह चाँडै होस् भन्ने चाहन्थे । काका छत्रकेशरी प्रर्साईंको सहयोगमा थपलियाले बनारस हिन्दु विश्वविद्यालयमा आवेदन दिनुभयो र त्यहाँस्थित महिला छात्रावासमा कोठा पाउनुभयो । काका र बुबाले सहयोग गरे पनि उहाँले आर्थिक समस्याको सामना गर्नुपर्यो किनभने सन् १९६१ को सत्ता अपहरणपश्चात पञ्चायत सरकारले प्रर्साईंलाई गिरफ्तार गरेको थियो । थपलियाले सरकारबाट दुईवर्षो निम्ति छात्रवृत्ति प्राप्त गर्नुभयो । विदेशी केटीले हत्तपत्त प्राप्त गर्न नसक्ने छात्रवृत्ति पाएकोले उहाँ चाँडै नै विश्वविद्यालयका साथीहरुबीच लोकप्रिय बन्नुभयो ।
उहाँले विवाह गरे पनि थपलियाका श्रीमान् डा. सुधाकर अनिल जीवनसंगी भन्दा समझदार मित्रजस्तो हुनुहुन्थ्यो र उहाँको अध्ययन र करिअरका कारण वैवाहिक जीवन सँगै विताउने समय दुवै जनाका निम्ति कमैमात्र प्राप्त भयो ।
पञ्चायतकालमा थपलियाले धेरै समस्या झेल्नुपरेको थियो र उहाँको जीवन २०४६ मा प्रजातन्त्रको पुनर्स्थापना भए पछि मात्र केही सहज भएको थियो । उहाँका काका छत्रलाई पञ्चायतले विदेशी तत्व ठान्थ्यो र थपलियालाई समेत राज्यले लक्षित गरेको थियो किनभने उहाँले दाङमा सन् १९६९ मा अराजक तत्वका निम्ति वकालत गर्नुभएको थियो । उहाँलाई जिल्ला छाड्न समेत आदेश दिइएको थियो ।
करिअर प्रारम्भ हुँदाको बखत थपलियाले हेर्नु भएको एउटा मुद्दालाई लिएर उहाँलाई जिल्लाबाटै लखेट्नुका साथै उहाँकै कारण प्रमुख जिल्ला अधिकारी र अन्य पदाधिकारीलाई सरुवा गरिएको थियो । थपलियाले बहस गर्नुभएका अन्य दुईवटा त्यस्तै महत्वपूर्ण मुद्दामध्ये एउटा चिया पसल चलाउने विद्यार्थी र दोस्रो ११ वर्षी बालिकाको थिए ।
माथिल्लो तहका धेरैजना अधिकृतहरुले वालकले चलाएको चिया पसलमा पिएको चियाको निक्कै रकम पुगिसकेको थियो । बालकले पैसा चुक्ता गरिदिन आग्रह गरे पनि उनीहरुले बालकमाथि कानुन भङ्ग गरेको आरोपमा थुनामा राखेका थिए । त्यसबखत, शान्ति सुरक्षा भङ्ग गर्नुको अर्थ देशद्रोही तत्व हुनु वा उनीहरुलाई सामान्यतया "काङ्ग्रेस" भनिन्थ्यो ।
दोस्रो महत्वपूर्ण मुद्दा भनेको प्रजातन्त्र र्समर्थककी ११ वर्षी छोरीमाथि यौन दुराचारमा प्रशासकहरुको संलग्नता सम्बन्धी थियो । भाग्यवश, अधिकृतहरुले ती केटीलाई बोलाएकै स्थानमा भेला भएर उक्त कार्य रोक्नका निम्ति विद्यार्थीले योजना बनाइसकेका थिए । भेट गर्नुपर्ने स्थानमा उनीहरु आउनासाथ ती अधिकृतहरुले आमा र अन्य विद्यार्थीसँग लामो विवादको सामना गर्नुपर्यो । त्यो प्रयासलाई रर्ेकर्ड गरियो र अधिकृतहरुको अनुहार र्सार्वजनिक भयो ।
सरकारले थपलिया र उहाँका श्रीमान्माथि पटकपटक विभिन्न झुठा मुद्दा लगाएर आक्रमणको प्रयास गर्यो । पञ्चायती प्रशासकको पञ्जाबाट बचाउनकै निम्ति उहाँ अन्ततः त्रिभुवन विश्वविद्यालय कानुन क्याम्पसमा सहायक प्रोफेसरको पदमा नियुक्त भएर काठमाडौं प्रवेश गर्नुभयो ।
उहाँले नेपालको पहिलो महिला न्यायाधीश हुने सपना देख्नुभएको थियो । आफ्नो सपना साकार पार्नका निम्ति उहाँले विद्यावारिधि उत्तीर्ण गर्नुभयो र मुलुकको परिस्थिति, संस्कृति र परम्परा राम्रोसँग बुझ्नका निम्ति नेपालका गाउँगाउँमा भ्रमण गर्नुभयो । थपलियाले हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालयमा सर्म्पर्क राख्नुभयो र उनीहरुको सहयोगमा उहाँले महिलाले भोग्नु परेका समस्याका बारेमा बुझ्ने कोशिस गर्नुभयो । उहाँ नेपाली महिलाको मुक्तिका निम्ति केही ठोस कार्य गर्ने प्रतिबद्धतासहित काठमाडौं र्फकनुभयो ।
थपलियाले न्यायाधीश हुने योजनालाई पुनः सोचविचार गर्नुभयो र महिलाका निम्ति न्यायलाई सुनिश्चित गर्न केही गर्नुपर्ने निक्र्यौल गर्नुभयो । यसैको परिणामस्वरुप कानुनी सहायता तथा परामर्श केन्द्र (एलएसीसी) सन् १९८७ मा स्थापना भएको थियो । पीडित महिलाको सहायताका निम्ति दुई दशकभन्दा बढी समयदेखि यसै संस्थामार्फ उहाँ सक्रियरुपमा काम गरिरहनु भएको छ । तैपनि, स्वास्थ्यका कारण उहाँ केही वर्षेखि त्यति सक्रिय हुन पाउनु भएको छैन ।
तत्कालीन राजदरबारले थपलियाले परिवार कानुनमा विद्यावारिधि पूरा गरेको सुनेपछि उहाँलाई सवारी शिविरमा सहभागी हुनका निम्ति निमन्त्रणा गरिएको थियो जहाँ तत्कालीन राजा र रानीका साथ भ्रमण गर्ने विभिन्न क्षेत्रका विज्ञहरुले दुर्गम क्षेत्रका बासिन्दालाई सेवा प्रदान गर्दथे । उहाँ धनकुटा, सुर्खेत र पोखरा शिविरमा जानुभएको थियो र सामाजिक न्याय, महिला अधिकारसँग सम्बद्ध धेरै विषयमा उहाँले प्रशिक्षण दिनुभयो । कानुनी सहयोग नभइ न्याय प्रदान गरेको आरोपमा अन्ततः उहाँका बिरुद्धमा रीट हालियो । तर रीट खारेज भयो र उहाँले कानुनी पेशा सन् १९६८ बाट प्रारम्भ गर्नुभयो । सन् १९७६ देखि उहाँले अध्यापन शुरु गर्नुभयो ।
थपलियालाई नेपालको प्रथम महत्वपूर्ण महिला व्यक्तिको रुपमा छनौट गरिएको थियो । कुनै पनि राजनीतिक दलको झण्डा नबोकेर पनि राजनीतिमा संलग्न हुन सकिन्छ भन्नेमा उहाँको विश्वास छ किनभने राज्यका हरेक क्षेत्रमा सामाजिक पुनःसंरचनाका निम्ति अभियान चलाउनु पनि आफैंमा राजनीति हो । उहाँलाई सन् २००३ मा मन्त्रिपरिषद्को निर्ण्र्ााबमोजिम सरकारका तर्फाट महिलाको स्वायत्त वकालत समूहमा मनोनित गरिएको थियो ।
थपलिया वर्तमान राजनीत्रि्रति तिखो आलोचक हुनुहुन्छ किनभने आजका नेताहरुले यस क्षेत्रलाई नै बदनाम गरेको उहाँको विश्वास छ । उहाँ सामाजिक कृयाकलापमार्फ नै समाज परिवर्तन हुनेमा विश्वास गर्नुहुन्छ र यसैलाई प्रमाणित गर्न उहाँ निरन्तर कृयाशील हुनुहुन्छ ।
मार्च ४ मा थपलियाको स्वास्थ्य परीक्षण गर्दा उहाँमा इन्डोमेटि्रकल क्यान्सर रोग देखापरेको छ । उहाँ चारदिन पछिका निम्ति निर्धारित गरिएको एउटा कार्यक्रमको तयारीमा हुनुहुन्थ्यो । उहाँले त्यो कार्यक्रम सम्पन्न गरेपछि मात्र उपचार आरम्भ गर्नुभयो र अहिले विगतमा झैं सक्रियरुपमा काममा जुट्नु भएको छ ।
"मेरी हजुरआमा नै मेरो बाल्यकालमा उत्प्रेरक हुनुहुन्थ्यो । त्यसपछि, मेरी आमा र दाजु, छत्रमणीले मेरो युवाकालमा प्रेरित गर्नुभयो र विवाहपछि मेरा श्रीमान्ले," उहाँ भन्नुहुन्छ ।
थपलियाले धेरै पुस्तकहरु र जर्नल लेखहरु प्रकाशित गर्नुभएको छ । कानुनी लेखका साथै उहाँले समय पाउनासाथ रचनात्मक लेखनमा समेत समय खर्चने गर्नुभएको छ । पेशाबाट अवकाश लिएको दिनदेखि साहित्यिक गतिविधिमा संलग्न हुने उहाँको सोचाइ छ । उहाँ अहिले आफ्नै बायोग्राफी लेख्न व्यस्त हुनुहुन्छ ।
नेपालप्रति उहाँको योगदानलाई धेरैपटक सम्मान गरिएको छ । उहाँले सन् १९८८ मा महेन्द्र विद्याभूषण जित्नुभएको थियो भने सन् २००२ मा दीघसेवा पदक प्राप्त गर्नुभयो । यसबाहेक उहाँलाई काठमाडौंमा आयोजित बेइजिङं१५ को राष्ट्रिय सम्मेलनको पुनरावलोकन कार्यक्रममा सम्मानित गरिएको थियो ।
आफ्नो करिअरको कालखण्डमा थपलियाले धेरैपटक प्रमुख पदहरु सम्हाल्ने अवसर पाउनुका साथै नेपाल र विदेशमा अध्ययन गर्ने प्रशस्त मौका पाउनुभयो । उहाँ सन् १९८७ देखि एलएसीसी अध्यक्ष रहेको र्सार्कस्तरीय प्रमिनेन्ट विमेन पर्सनालिटीमा रहनुका साथै नेपाल बार एसोसिएसन, नेपाल विकास परिषद्, राष्ट्रिय योजना आयोग र अन्य धेरैवटा मञ्चमा सदस्य भएर कार्य गरिसक्नु भएको छ । प्रेरक महिलाको जीवनका यी केही उपलब्धीका उदाहरण मात्र हुन् ।