This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


शर्मिला कार्की

अध्यक्ष, जागरण नेपाल - गैर सरकारी संस्था
सचिव, गैर सरकारी संस्था महासंघ
जन्मः खोटाङ (वि.स. २०२३ -१९६६)

सानैदेखि आफ्ना छ जना साना भाइबहिनीको अभिभावक बन्नुभएकी शर्मिला कार्की महिला अधिकारकर्मीको क्षेत्रमा सुपरिचित नाम हो । अहिले उहाँ महिला राजनीतिकर्मीलाई तालिम सञ्चालन गर्न व्यस्त हुनुहुन्छ । महिला अधिकार, शान्ति र सुशासनका निम्ति स्थापना गरिएको जागरण नेपालको अध्यक्ष हुनुहुन्छ ।

पञ्चायती शासनकालको अवधिमै उहाँका बुबा उदार राजनीतिकर्मी हुनुहुन्थ्यो र उहाँले सदैव महिला शिक्षाका लागि हौसला प्रदान गर्नुभयो । त्यसैकारण आफ्नो परिवारका सातजना केटाकेटीमध्ये सबैभन्दा ठूली उहाँले शिक्षा हासिल गर्ने अवसर पाउनुभयो । उहाँकी साहिली बहिनी जन्मदा उहाँका छिमेकीले बहिनी जन्मनु बेक्कार भयो समेत भने तर बुबाले छोरीले सही शिक्षा पाएमा इन्दिरा गान्धीकै जस्तो सफल उदाहरण प्रस्तुत गर्नसक्ने बताउनुभएको थियो । उहाँ भन्नुहुन्छ, "हामीले सहयोग र हौसला पायौ भने हाम्रो आत्मविश्वास बढ्छ र हामीले चाहेको कुरा गर्न सक्छौं ।"

उहाँले चञ्चले उमेरमै विद्यालय तहको परीक्षा उित्तर्ण गर्नुभयो । उहाँका बुबाआमाले माथिल्लो तहको अध्ययनका निम्ति पद्मकन्या क्याम्पस, बागबजार, काठमाडौंको छात्रावासमा राख्ने निर्णयगर्नुभयो । तैपनि, उहाँलाई आफ्ना भाइबहिनीको बारेमा चिन्ता लाग्यो । त्यसकारण उहाँले काठमाडौंमा अध्ययन गर्ने इच्छा त्याग्नुभयो र स्तरीय शिक्षाका निम्ति भाइबहिनीसँगै विराटनगरतर्फलाग्नुभयो ।

उहाँ भन्नुहुन्छ, "त्यसयता, छ जना साना भाइबहिनीको जिम्मेवारी बहन गरेको कारण मैले नेतृत्व निर्माण गर्ने अवसर पाएँ ।" उहाँ अरनिको आवाशीय विद्यालयमा पढाउनुहुन्थ्यो । शिक्षामार्फ आफ्ना भाइबहिनीको भविष्य उज्यालो पार्ने धुनमा एकदशक लामो कडा मिहिनेतपश्चात उहाँले अन्ततः त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नका निम्ति काठमाडौं आउने सोचाइ बनाउनुभयो । उहाँ आफ्नो जीवनमा सदैव नयाँ कुरा सिक्ने र हासिल गर्ने चाहना राख्नुहुन्थ्यो । त्यसैकारण, उहाँले काठमाडौंमा अत्यन्त मिहिनेतका साथ दोस्रोवर्षअध्ययन गर्नुभयो । थेसिस तयारीका क्रममा उहाँले ललितपुर जिल्लाको भट्टेडाँडा गाउँमा सन् १९९३ मा १५ दिन बसेर गाउँको परिचयात्मक सामग्री तयार गर्ने अवसर पाउनुभयो ।

त्यस ठाउँका महिलाले भोगेको पीडा देख्दा मन कुँड्याउने किसिमको थियो । उहाँ भन्नुहुन्छ, "मैले त्यसैसमय जीवनकालपर्यन्त महिलाको भलाइका निम्ति कार्य गर्ने अठोट लिएँ ।" तथापि, उहाँको परिवारको अलग्गै सपना थियो र उनीहरु पढाइ सिध्याएपछि सरकारी कार्यालयमा जागीर खानुपर्छ भन्नुहुन्थ्यो । स्नातकोत्तरको पढाइ सिध्याएपछि उहाँले महिला विकास केन्द्रमा तीन महिना स्वयंसेवीको काम थाल्नुभयो । केन्द्रले र्सार्प इन्टरनेसनलको सहयोगमा नवलपरासीमा काम गर्नेगरी एउटा परियोजना प्राप्त गरेको थियो । उहाँले त्यहाँ १९९३ मा काम थाल्नुभयो र १९९४ मा विवाह गर्नुभयो ।

संविधानसभाका सदस्य एवँ मनमोहन अधिकारीकी छोरी शान्ती अधिकारी त्यतिखेर भर्खरै बेल्जियमबाट र्फकनुभएको थियो र उहाँले आउनासाथ एउटा नयाँ गैसस स्थापना गर्न प्रस्ताव गर्नुभयो । उहाँहरुले सामाजिक सेवा र मानव अधिकारमा बालबालिका महिला (सिडब्लआइएसएच) नामक संस्था स्थापना गर्नुभयो । घरेलु बालश्रमिकका सम्बन्धमा दुई वर्षन्दा बढी समय उहाँहरुले मिलेर त्यहाँ काम गर्नुभयो तर दक्षता र विचारको अभावका कारण कुनै महत्वपुर्ण कार्य गर्न सकिएन । त्यसपछि उहाँ स्वीडेनमा महिला विषय अध्ययन गर्न जानुभयो । अध्ययनका क्रममा उहाँले अप्रिका, दक्षिण अमेरिका र एसिया समेतका विभिन्न मुलुकका २५ जना सहभागीको अनुभवबाट यी मुलुकमा समेत महिलाको अवस्था दयालाग्दो रहेको थाहा पाउनुभयो ।

उहाँ भन्नुहुन्छ, "यसले मलाई महिलाका निम्ति काम गर्न उर्जा र हौसला प्रदान गर्‍यो ।" उहाँले नेपाल फर्केपछि केही समय स्वतन्त्ररुपमा काम गर्नुभयो । यद्यपि उहाँलाई धेरैवटा अन्तर्रराट्रीय गैर सरकारी संस्थाबाट रोजगारीको अवसर प्राप्त भएको थियो तर उहाँले यसलाई अस्वीकार गर्नुभयो र विभिन्न विषयमा अन्य महिलालाई तालिम प्रदान गर्न थाल्नुभयो । "सचेतना कन्सल्टेन्सी" को नाममा उहाँले १०-१५ दिने परामर्श कार्यक्रम समेत आयोजना गर्नुभयो । कहिलेकाँही उहाँले करिब रु. १०,००० सम्म कमाउनुहुन्थ्यो ।

उहाँले त्यसपछिका पाँचवर्षअत्यन्त सक्रिय भएर काम गर्नुभयो । उहाँले ग्रामीण तहका अधिकाँश महिला निर्णय निर्माण तहमा नभएको विश्लेषण गर्नुभयो । राजनीतिमा धेरै महिलालाई मञ्चमा बस्ने अनुमति समेत हुँदैन । राजनीतिमा महिला नआएसम्म र विद्यमान नीतिमा परिवर्तन नभएसम्म उनीहरुको अवस्थामा परिवर्तन नआउने भविष्यवाणी उहाँको थियो । उहाँले यी महिलालाई राजनीतिमा ल्याउन र राजनीतिज्ञसँग सक्रियरुपमा सहकार्यका लागि कसरी सहयोग गर्न सकिन्छ भनेर धेरै सोचविचार गर्नुभयो ।

उहाँले क्षमता निर्माणका निम्ति महिला राजनीतिकर्मीलाई तालिम दिने विचार अघि सार्नुभयो र सँगै आफ्ना राजनीतिक दलमा महिलालाई समावेश गर्न दलमाथि दबाब दिनुपर्ने निष्कर्षा पुग्नुभयो । उहाँले २००२ मा महिला अधिकार, सुशासन र शान्तिका निम्ति राजनीतिमा महिलालाई मद्दत गर्न जागरण नेपाल स्थापना गर्नुभयो ।

यसैगरी, उहाँले सिडब्लुआइएसएचमार्फ गैसस महासंघमा जिल्ला नेतृत्वको रुपमा निर्वाचित हुने अवसर समेत पाउनुभयो । त्यसबखत उहाँ सात वा आठवटा संस्थाको बोर्डमा हुनुहुन्थ्यो । उहाँ बोर्ड बैठकमा उपस्थित हुने एकमात्र महिला हुनुहुन्थ्यो ।

समाजमा द्वन्द्व थियो, त्यसकारण व्रि्रोहबाट पीडित भएका महिलाहरुका निम्ति कार्य गर्न मानिसले सुझाव दिएका थिए । त्यसैबखत, उहाँले मानव अधिकार आयोगसँग तथ्य-पत्ता लगाउने अभियानमा लमजुङ भ्रमण गर्ने अवसर प्राप्त गर्नुभयो । द्वन्द्व प्रभावित महिलाको दुःखबाट मर्माहत भएपछि उहाँले र्फकनासाथ यी महिलाका निम्ति केही उपयोगी काम प्रारम्भ गर्न रेणुराज राजभण्डारी, शोभा गौतम (महिला अधिकारकर्मी)सँग छलफल गर्नुभयो । डानिडा हुगोले द्वन्द्व प्रभावित महिलाका सम्बन्धमा अनुसन्धान गर्न उहाँलाई केही रकम प्रदान गर्‍यो । उहाँले पर्र्वी नेपालको दोलखा जिल्लामा पाँचवटा गाउँ विकास समितिमा अनुसन्धान गर्नुभयो । दुईतीन वर्षम्म महिलाका निम्ति उहाँले काम गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, "अहिले 'महिला शान्ति समूह' मा ९,००० भन्दा बढी महिला हामीसँग आबद्ध छन् जसले सामाजिक, राजनीतिक र आर्थिक सशक्तीकरणका निम्ति द्वन्द्व प्रभावित महिलालाई तालिम प्रदान गर्दछ ।" उहाँले यस्तै अनुसन्धान काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, मोरङ र सुनसरीमा समेत गर्नुभयो । तैपनि, उहाँको प्रमुख उद्देश्यनै राजनीतिमा महिलालाई ल्याउन सशक्तीकरण गर्नुथियो । उहाँले सन् २००३/४ मा राजनीतिकर्मीको सम्बन्धमा अध्ययनका निम्ति निजी प्रयासमा अनुसन्धान पनि गर्नुभयो । संसदका सदस्य, मन्त्री र अन्य उच्च ओहदामा महिलाको संख्या ३३ मात्र थियो । यी महिलालाई कसरी सफल हुनुभयो, चुनौति के छन् र अन्य महिलाका निम्ति सुझाव के छन् भनेर उहाँले तीनवटा प्रश्न गर्नुभयो । यो अनुसन्धान अझै जारी छ ।

उनीहरुका केही प्रश्नको जवाफको विश्लेषण गर्दा उहाँले सहभागीबाट कम्प्युटर, भाषा र प्रस्ताव लेखन दक्षता सम्बन्धी तालिम चाहिएको थाहा पाउनु भयो । एकपटक आफ्नो खुट्टा भाँचिएको र १५ दिनजति घरमै आराम गर्नुपर्ने समयमा यस्ता तालिम सञ्चालनका निम्ति राजनीतिककर्मी महिलालाई सहयोग गर्न रकम जुटाउनका निम्ति प्रस्ताव तयारी गर्नुभयो । सौभाग्यवश, उहाँले सन् २००६ मा राइट डेमोक्रेसी र इन्क्लुजन फन्डबाट रकम प्राप्त गर्नुभयो । राजनीतिक दलका महिलालाई सहभागी र क्षमता निर्माणका निम्ति सहयोग गर्न विभिन्न मुलुकको यो साझा कोष थियो । यस योजनामार्फ उहाँले पाँचै विकास क्षेत्रका ११ जिल्लामा जिल्ला तहदेखि ग्रामीण तहसम्मका ५७५ महिला नेत्रीहरुलाई महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव निर्मुलन सम्बन्धी सन्धी (सिडअ), राष्ट्रसंघीय प्रस्ताव १३२५ तथा धेरै अन्य महिला अधिकारसम्बन्धी विषयमा लगातार तालिम आयोजना गर्नुभयो । उहाँ भन्नुहुन्छ, "एकजना नेता सबै विषयमा जानकार हुनुपर्दछ, त्यसकारण हामीले महिला नेत्रीहरुलाई विभिन्न भाषामा बोल्न र र्सार्वजनिक कार्यक्रममा फर्र्तिका साथ प्रस्तुत हुने तरिकाबारे प्रशिक्षित गरायौँ ।"

र्सवप्रथमतः, मानिसले एउटै महिलालाई पटकपटक तालिम दिइरहेको भनेर नराम्रो माने तर पछि उनीहरु आफैले तालिम उपयोगी भएको बताए किनभने उनीहरुले हरेक कुरा जान्ने अवसर पाएका थिए । उहाँले संसदका सदस्यका निम्ति अंग्रेजी भाषा र कम्प्युटर तालिम सञ्चालन गर्नुभयो । उहाँको महिला राजनीतिकर्मीलाई प्रशिक्षित गराएको योजना 'राजनीतिमा महिला' को अवधि डिसेम्बर २००८ मा समाप्त भयो जसमा तीन महिना थप गरिएको थियो । अहिले उहाँले आफ्नै कार्यालयमा "राजनीति र नीति वकालतका निम्ति महिला स्रोतकेन्द्र" नामको स्रोतकेन्द्र स्थापना गर्नेगरी योजना निर्माण गरिरहनु भएको छ ।

"हाम्रो परियोजना समाप्त भए पनि हाम्रो उद्देश्य निरन्तर चलिरहेको छ" उहाँले थप्नुभयो । उहाँले परियोजनालाई व्यापकरुपबाट निरन्तरता दिइने बताउनुभयो । हामीले उनीहरुलाई राम्रोसँग बोल्ने तरिका सिकाएका छौं । हामीले उनीहरुको क्षमता निर्माणमा सहयोग गरेका छौं र उनीहरुलाई अवसर दिनुपर्दछ भनेर राजनीतिक दल समक्ष वकालत गरिरहेका छौं । उहाँले करिब ६१,००० हस्ताक्षर संकलन गरेर राजनीतिक दललाई हस्तान्तरण गर्नुभयो । जिल्लामा तालिम कार्यक्रमको अवधिमा तिनीहरुले तीन दिने तालिम दिन्थे र चौथो दिन राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरेर बोल्न लगाउने गरिन्थ्यो । दैलेखमा, उहाँ सम्झना गर्नुहुन्छ, महिला राजनीतिकर्मीले आफ्नो जिल्लामा पुरुषहरुलाई हटाएर भए पनि ३३ प्रतिशत आरक्षण अनुरुप महिलालाई 'शान्ति समिति' मा समावेश गर्न दलका बरिष्ट नेताहरुसमक्ष ज्ञापनपत्र बुझाए ।

जागरण नेपाल यस्ता घटनाक्रमको संगालोको रुपमा 'सिकेको पाठ' प्रकाशन गर्ने तयारीमा जुटेको छ ।

"हामीले राष्ट्रिय तहबाटै दक्षिण एसियाली क्षेत्रमा काम गर्न आरम्भ गरिसकेका छौं," उहाँ भन्नुहुन्छ । बुटबलमा आयोजित नेकपा एमालेको महाधिवेशनमा तिनीहरुले महाधिवेशन सफलतापर्वक सम्पन्न भएकोमा बधाइ दिनुका साथै पार्टीमा महिलालाई ३३ प्रतिशत स्थानको व्यवस्था गर्न अपिल समेत गरेको थियो । उहाँ भन्नुहुन्छ, "यस किसिमले हामीले महिलालाई तालिम मात्र प्रदान गरिरहेका छैनौ, राजनीतिक दलसमक्ष महिलालाई अवसर प्रदान गर्न वकालत गरिरहेका छौं ।"

अहिले उहाँले आफ्नो संस्थागत संरचनालाई विस्तार गर्ने योजनामा हुनुहुन्छ । यस्ता सबै कृयाकलाप सञ्चालन गरिरहँदा उहाँ गैसस महासंघको केन्द्रीय सदस्यमा काठमाडौं महासंघबाट निर्वाचित हुनुभएको थियो । गैसस महासंघमार्फ उहाँले राष्ट्रिय नेताको रुपमा काम गरिरहनु भएको छ ।

उहाँले गैसस महासंघमा महिला विभाग समेत स्थापित गर्नुभयो जहाँ विभागको प्रमुखको रुपमा उहाँलाई छानिएको छ । उहाँले गैसस महासंघका सबै ७५ जिल्ला कार्यालयमा महिला विभाग गठन गर्नुपर्ने वकालत गरिरहनु भएको छ । उहाँले लामो समयदेखि निरन्तर रुपमा मिहिनेतका साथ काम गर्नुभयो । प्रत्येक तीन वर्षा आयोजना हुने चुनावमा उहाँलाई सचिवमा निर्वाचित गरियो । आफ्ना साथीहरुले महिला विभागको नेतृत्व लिन आग्रह गरेका थिए । यसका कारण उहाँलाई महिला विभागको प्रमुख र सचिवको रुपमा दोहोरो भूमिका निर्वाह गर्दा समस्या पनि परेको थियो ।

गैसस महासंघमार्फ उहाँले राजनीतिक दलका बरिष्ट सदस्यहरुसँग छलफल गर्ने अवसर प्राप्त गर्नुभयो । उहाँले भन्नुभयो समाजको पुरुषप्रधान संरचना नै महिलाको प्रमुख दुश्मन रहेको छ । यसले पुरुषलाई प्राथमिकता दिएको छ र महिलालाई पछाडि छाडेको छ । हामीले संरचनालाई सच्याउन सक्यौं भने कसैले पनि जेसुकै गर्नसक्दछ । सामाजिक संरचना र मानिसको दिमागमा परिवर्तन गर्न नीति र कार्यक्रम निर्माण गरेर मात्र सम्भव छ । राम्रो पारिवारिक वातावरण भएमा मात्र आफूले संस्थामा बढी समय योगदान गर्न सक्छु, उहाँले भन्नुभयो । "मलाई कुनै शनिबार थाहा छैन जुन दिन मैले विदा लिन पाएको होस्," उहाँले बताउनुभयो । बच्चा भए पनि कुनै पनि बैठक उहाँले छाड्नु भएन । दूध खुवाउने समय अभाव भएकै कारण आफ्नो दूध समेत बच्चाका निम्ति रेप्रिजेरेटरमा राखेर काममा निस्केको उहाँले बताउनुभयो ।

उहाँमा पिएचडी गर्ने चाहना थियो तर लोकतन्त्रको पुनर्स्थापनाका कारण सम्भव भएन, उहाँका जस्तै धेरै संस्थाहरुको धेरै जिम्मेवारी मुलुकका निम्ति छन् । उहाँ भन्नुहुन्छ, "हामीहरु राजतन्त्रको अन्त्यसँगै सामन्ती प्रथाको अन्त्य हुनेमा विश्वस्त थियौँ तर दुई हप्तापछि संविधानसभा मस्यौदा समिति गठन हुँदा महिलाहरु त्यहाँ थिएनन् । म त्यो क्षण कहिल्यै विर्सन सक्दिन ।" उहाँको संस्था र धेरै अन्य महिला अधिकारकर्मीले सिँहदरवार अघिल्तिर चारदिनसम्म लगातार टायर बाल्यौं । उहाँलाई प्रहरीले पक्राउ गर्‍यो र दुईघण्टासम्म महेन्द्र प्रहरी क्लबमा थुन्यो । "महिलाको अधिकारका निम्ति क्रान्ती अझै पर्याप्त नरहेको मेरो निष्कर्षथियो," उहाँ भन्नुहुन्छ ।

समानुपातिक निर्वाचन पद्धतिका कारण संविधानसभामा सदस्यको संख्या अत्यधिकरुपमा बढ्यो तर कुनै पनि राजनीतिक दलले ३३ प्रतिशत आरक्षण महिलालाई दिएनन् । "कसैले पनि नेतृत्व क्षमता विकसित गरेर मात्र यस क्षेत्रमा संलग्न हुनुपर्ने मेरो विश्वास छ किनभने महिलाले आफ्नो काममा व्यावसायिकताको कमी भएर होच्याउने अवस्था सिर्जना नहोस्," उहाँ भन्नुहुन्छ ।

उहाँमा आफ्नो संस्थालाई संस्थागत गर्ने सपना पनि छ । हरेक व्यक्तिको आफ्ना निश्चित सिद्धान्तसँग आबद्ध हुन्छन् त्यसकारण हरेकले राजनीतिकरुपमा केही काम गर्न स्पष्ट हुनुपर्दछ । "म राजनीतिमा प्रवेश गरेँ भने म एक्लैले राजनीतिककर्मीलाई प्रभावित गर्न सक्दिन तर मैले महिला राजनीतिकर्मीको धारणामा परिवर्तन ल्याउन र संविधानसभामा उनीहरुलाई पठाउन सकेमा त्यसको प्रभाव बढी लाभदायी हुनसक्छ," उहाँले बताउनुभयो ।

महिलाले एक्लै केही गर्न सक्दैनन् किनभने समाजनै महिला र पुरुषबाट बनेको छ र एकअर्काको सहयोग बेगर सफलता हासिल गर्नु अर्को असम्भव कार्य हुने उहाँले बताउनुभयो ।

"हामीले विकासभन्दा पनि महिलाको अधिकारलाई सुनिश्चित गर्नेतर्फराम्रै प्रगति हासिल गरेका छौं र यसमा समय पनि लाग्दछ," उहाँले भन्नुभयो, "हामीले राजनीतिभन्दा बाहिर बसेर समस्याको समाधान निकाल्न सक्दैनौ त्यसकारण इच्छा गरिएको परिवर्तन ल्याउनका निम्ति हामीले राजनीतिसँग नजिकको सम्बन्ध स्थापित गर्नैपर्दछ ।" उहाँले भविष्यमा समेत आफू महिलाको अधिकारको क्षेत्रमा सक्रिय रहने बताउनुभयो ।

उहाँका अनुसार संविधानसभाका सदस्यहरुले गरिबमुखी, मानव अधिकार उन्मुख र महिला मैत्री संविधान तयार गर्नुपर्दछ र हरेकले शान्ति प्रक्रियाभन्दा माथि उठ्नु पर्दछ एवँ विकासका कार्यमा जुट्नु पर्दछ । "अझै पनि आशा जीवितै छ, हामी पहिल्यैदेखि ढिलो भइसकेको छ त्यसकारण समय बर्बाद नगरौं," उहाँ भन्नुहुन्छ ।

Amrita Thapa Magar English नेपालीमा.

Bindra Hada Bhattarai English नेपालीमा.

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English नेपालीमा.

Uma Adhikari Regmi English नेपालीमा.