This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


स्टेला तामाङ

प्रिन्सिपल, भृकुटी माध्यमिक विद्यालय
अध्यक्ष, भृकुटी ज्ञान तथा विकास केन्द्र
सहसंयोजक, नेपाल आदिवासी जनजाति महिला महासंघ
जन्मः सन् १९४८, गोरखा जिल्ला

स्टेला तामाङले जीवनभर नेपाली बोल्ने तर गैह्र-नेपाली भाषीको रुपमा अबरोधको सामना गर्नुपर्‍यो । शिक्षाप्रति समर्पित रहनु भएकी स्टेला तामाङ शिक्षाविद् र जनजाति महिला नेत्रीको रुपमा सुपरिचित हुनुुहुन्छ । तामाङको जन्म गोरखा जिल्लाको दर्ुगम गाउँ सिरुङ्गामा सन् १९४८ मा भएको थियो । उहाँको पुख्र्यौली घर भने हेलम्बुको ताखर्कमा थियो तर हजुरबुबा बज्रयान बौद्धमार्गी धर्मवालम्बीका गुरु वा लामा हुनुभएको र उहाँलाई गोरखामा निमन्त्रणा गरिएकोले उहाँको परिवार आमाको जन्मघर गोरखातर्फसरेको थियो । त्यसपछि उहाँका बुबाआमा खानी कम्पनीमा काम गर्न म्यान्मारतर्फजानुभयो । तामाङले म्यान्मारमा बाल्यकाल बिताउनुभयो र त्यहाँ उहाँले विद्यालयमा पढाइसँगै स्थानीय भाषा पनि सिक्नुभयो । तर उहाँको परिवारले आफ्नो मातृभाषा तामाङलाई कहिल्यै बिर्सेन ।

तामाङ नौ कक्षामा पढ्दै गर्दा नेपाल र्फकनुभयो र काठमाडौंको एउटा विद्यालयमा कक्षा दशमा भर्ना हुनुभयो । "मैले एसएलसी परीक्षा उत्तर्ीण्ा गर्दा नेपाली भाषा कसरी बोल्ने मलाई थाहा थिएन । त्यसबखत मैले मातृ भाषामा शिक्षाको महत्व बुझें । म त्यसबखत एकप्रकारले तरङ्िगत पनि भएकी थिएँ । म नेपाल र्फकदा भाषिकरुपमा अपाङ्गजस्तै भएकी थिएँ । मातृ भाषाको सट्टा बालबालिकाको विकासका निम्ति अर्को भाषाको शिक्षा कसरी बाधक हुन्छ भन्ने बुझ्न सकेँ," उहाँले भन्नुभयो । तामाङको परिवार न्यून आय भएको वर्ग थियो र दिनमा तीनपटक खाना खान पाउनु सम्भव थिएन । उहाँको परिवारका सदस्यले घरमा ऊनी स्वेटर बुन्ने र बुबाले सडकमा लगेर बेच्ने गर्नुहुन्थ्यो ।
सन् १९६८ मा एसएलसी गरेपछि तामाङले सहायक शिक्षिकाको रुपमा मार्टियर्स मेमोरियल विद्यालयमा प्रवेश गर्नुभयो । उहाँले कला र शिक्षा विषयमा स्नातक तहको पढाइ पूरा गर्नेतर्फनिरन्तरता दिनुभयो । आदर्श विद्या मन्दिरमा काम गरेपछि उहाँले सन् १९७५ मा बौद्धमा भृकुटी पर्ूव-प्राथमिक विद्यालय स्थापित गर्नुभयो । थोरै लागतमा समेत रमाइलो वातावरणमा बालबालिकाले सिक्न सकून् भन्ने चाहना उहाँमा थियो । त्यस विद्यालयलाई विस्तारै माध्यमिक तहसम्म रुपान्तरित गरियो । "स्तरीयतामा कुनै किसिमको सम्झौता नगरीकन शिक्षा न्यून-लागतमा उपलब्ध हुनर्ुपर्दछ," उहाँ भन्नुहुन्छ ।

तामाङ महिलाले विद्यालय सञ्चालन गर्न त्यसबखत निक्कै समस्या झेल्नुपरेको थियो । महिला हुनु मुख्य अवरोध थियो । बुबाआमामा उहाँलाई प्रिन्सिपल बनाउन रुची थिएन । दोस्रो, तामाङहरु जीवनयापनका निम्ति रक्सी बेचबिखनको पेशा अंगाल्ने मानिसको रुपमा लिइन्छन् । त्यसकारण, परिवारले उहाँलाई विश्वास गर्न सकेका थिएनन् । मानिसले म्यान्मारबाट आएकी महिलाले विद्यालय खोलेको भनेर मात्र आफ्ना केटाकेटीलाई मेरो विद्यालयमा पठाएका थिए ।

तामाङले वैकल्पिक शिक्षाको धारणा विकसित गर्नुभयो । नेपालमा शैक्षिक प्रणालीको विकास अत्यन्त जरुरी रहेको र बालिका शिक्षामा पर्याप्त प्रेरणा भएमा मात्र शैक्षिक क्षेत्रमा प्रभावकारिता आउन सक्ने निष्कर्षा पुग्नुभयो । धेरै बालिकाहरु काठमाडौं बाहिरका जिल्लाबाट आएका छन् र तिनीहरुमध्ये धेरैले यौनजन्य यातनाको शिकार भइरहेका हुन्छन् । यर्सथ, तामाङले पर्ूण्ातः वैकल्पिक शिक्षा पद्धतिलाई सहयोग गर्ने निर्ण्र्ाागर्नुभयो । विद्यालयमा भर्ना भएका बालबालिकालाई पनि आयआर्जन, जस्तै हृयाण्डीक्राफ्ट, पेन्टिङ, सिलाइ, कृषिजस्ता, का सीप सिक्ने अवसर जुटाइएको थियो ।

उहाँले विकल्प ज्ञान तथा विकास केन्द्र नामको संस्था सन् २००१ मा आरम्भ गर्नुभयो । संस्थाले १८ महिने ६ वटा सीपमुलक कार्यक्रम सञ्चालन गरिसकेको छ । यस तालिमबाट धादिङ, रसुवा, ललितपुर, मोरङ, सिन्धुपलाञ्चोक, काभ्रे, इलाम, झापा, ताप्लेजुङ, धनकुटा र सुनसरी जिल्लाका १५० जना युवा महिलाले लाभ लिएका छन् । ती विद्यार्थीहरुमा दर्ुगम क्षेत्रका जनजाति महिला, कठिन परिस्थितिबाट जीवन चलाइरहेका र शिक्षाको अवसरबाट बन्चित रहेकाहरु थिए । कार्यक्रमअर्न्तर्गत केटीहरुले १८ महिना विद्यालयमा भर्ना हुनर्ुपर्दछ र उनीहरुले त्यहाँ आफ्नो रुचीअनुसारको व्यावसायिक सीपका साथै अनौपचारिक शिक्षा हासिल गर्न पाउँछन् । कार्यक्रम समाप्त भएपछि उनीहरु गाउँमै फर्केर थप शिक्षा हासिल गर्ने वा काममा लाग्न सक्छन् । आयआर्जनको यस कार्यक्रमलाई धन्यवाद दिनर्ैपर्दछ किनभने यसबाट सयौं केटीहरुलाई शिक्षित बनाउन सकिएको छ । तामाङले नदी किनार वा सडकमा बस्ने बालबालिकाका निम्ति निःशुल्क शिक्षा पुर्‍याउन घुम्ती विद्यालय कार्यक्रम समेत सञ्चालन गर्नुभएको छ ।

तामाङले बालिकाहरुका निम्ति धेरैवटा राष्ट्रिय र अन्तर्रर्ााट्रय शान्ति शिविर आयोजना गर्नुभएको छ । यसबाट उनीहरुले एसियाली मुलुकको महिला अधिकारका बारेमा जान्ने र द्वन्द्व समाधानका अहिँसात्मक तरिका सिक्ने अवसर पाएका छन् । सन् १९९९ देखि यी अभियानमा दर्जनौ मुलुकका ५० भन्दा बढी केटीहरुले सहभागिता जनाइसकेका छन् । वैकल्पिक शिक्षा पद्धत्रि्रतिको र्समर्पणका निम्ति तामाङले सन् १९९८ मा शिक्षा क्षेत्रमा सुपरिचित अशोका फेलोसिप समेत प्राप्त गर्नुभएको थियो । उहाँ जनजाति महिलाहरु मुलुकको शैक्षिक पद्धतिकै कारण धेरै पछि परेको बताउनुहुन्छ । "घरमै सिकेको कुरालाई पनि उनीहरुले विद्यालयमा पुगेर अर्को भाषामा दोहोर्‍याउनु परिरहेको छ र यसका निम्ति ठूलै प्रयासको खाँचो पर्दछ । उनीहरुको बाल्यकाल सरकारी भाषा अर्थात नेपाली सिक्दैमा बित्दछ । त्यर्सथ, मातृभाषामै शिक्षा दिनर्ुपर्दछ भन्ने कुरामा म ध्यान दिन्छु ।"
स्टेलाको जनजाति अभियानका सुपरिचित नेता परशुराम तामाङसँगको भेट आकस्मिक थियो । स्टेला हेलम्बुकी सायद पहिलो विश्वविद्यालय स्नातक हुनुहुन्थ्यो । जिल्लाका प्रभावशाली मानिसहरु कोही सुपरिचित मानिससँगै विवाह हुने अड्कलबाजी लगाउँथे । तामाङले आफ्नै जनजाति समुदायको व्यक्तिसँग बिबाह गर्न चाहनुहुन्थ्यो । राष्ट्रिय पञ्चायतका पर्ूव उपप्रमुख दावा फिन्जो तामाङले उहाँसँग भेट गर्नुभयो र परशुरामसँग भेटघाटको व्यवस्था मिलाउनुभयो । उहाँ नेपाल तामाङ घेदुङका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ बामपन्थी विचारधारा र पृष्ठभूमिको भए पनि उहाँमा जनजातिको अधिकारका विषयमा दरिलो प्रतिबद्धता थियो ।

तामाङले पछिल्लो समयमा महिलाको आन्दोलनले राम्रै गति लिएको भए पनि यो उच्च जातिका बाहुन-क्षेत्री महिलाको एजेन्डा बनेको र मुलधारमा रहेको निचोडमा पुग्नुभयो । उच्च जातिका हिन्दु समाजकै अधिकाँश महिला नेत्रीहरुको बाहुल्य रहेका कारण जनजाति महिलाका अधिकारलाई सम्बोधन गर्न सफल नभएको उहाँको ठम्याइ थियो । सन् १९९० पछि सबै जातीय संघसंस्थाहरु, जस्तै तामाङ, नेवार र थारु, स्वतन्त्र भए र जनजातिको अधिकारका निम्ति खुलेर काम गर्न प्रारम्भ गरे । जनजातीय आन्दोलन उच्चस्तरमा पुगे पनि अझै जनजाति समुदायका महिलाको विषयमा बिरलै चर्चा हुने गर्दथ्यो ।

नेपालभाषा मिसा खल -एनएमके) मात्र आदिवासी जनजाति महिलाको क्षेत्रमा कार्यरत थियो र यसले नेवारी महिलाको अधिकारका निम्ति काम गर्दथ्यो । तामाङले मिसा खलका अध्यक्ष डा. चुडा बज्राचार्यसँग भेटघाट गर्नुभयो र जनजाति महिलाका निम्ति आन्दोलन प्रारम्भ गर्ने सहमति गर्नुभयो । उहाँहरुले खासरुपमा जनजाति महिलाका सबाललाई उठाउने गरी छुट्टै संस्था स्थापित गर्ने निर्ण्र्ाासमेत गर्नुभयो । तामाङले सन् १९९७ मा विभिन्न आदिवासी जनजातिका महिलाका निम्ति सम्मेलन आयोजना गर्नुभयो र जनजाति महिलाका निम्ति एउटा संस्था स्थापना गर्ने धारणा अघि सार्नुभयो । जनजातिको आन्दोलनलाई कमजोर नपार्ने गरी उहाँ संस्था स्थापना गर्न चाहनुहुन्थ्यो र यसले जनजाति महिलाका सबाललाई छुट्टै रुपमा उठाउने भनिएको थियो । तर सम्मेलनले स्वतन्त्र महिला महासंघ बनाउने आवाज उठायो ।

त्यसबखत महासंघ निर्माण गर्नका निम्ति सातवटा संघ आवश्यक पर्ने व्यवस्था थिएन । डा. चुडा बज्राचार्य, डा. यशोकान्ता भट्टचन र तामाङले अलग्गै महिला महासंघ स्थापनाका निम्ति मिलेर सक्रियतापर्ूवक काम गर्नुभयो । लामो कठिन प्रयासपछि थकाली, राजवंशी, मगर, गुरुङ, तामाङ र नेवार समेतका संघहरु स्थापना भए । तामाङ महिलाको संस्थाको रुपमा नेपाल तामाङ महिला घेदुङ त्यसैबखत दर्ता भयो । स्वतन्त्र पहिचान स्थापित गर्नका निम्ति सबै सम्बद्ध महिला संघसंस्थाका महिलाहरुले प्रयास गरेका थिए । यसबाहेक, महिलाहरु कार्यकारी समिति वा नेतृत्वमा बस्न तर्सन्थे । सातभन्दा बढी महिला समूहहरु स्थापित गरेपछि सन् १९९८ मा नेपाल महिला आदिवासी जनजाति महासंघ स्थापना गरियो । महासंघमा अहिले ३६ वटा आदिवासी जनजातिका संघसंस्थाहरु आबद्ध छन् ।

पुरुष नेताहरुका प्रभावका कारण जनजाति महिलाको संगठन खोल्न धेरै नै कठिन भएको तामाङको भनाइ छ । नेपाल आदिवासी जनजाति महासंघका पुरुष नेताहरुले हरेक समुदायमा महिलाको शाखा खोल्न चाहन्थे र त्यसलाई स्वतन्त्र पहिचान दिनर्ुपर्दछ भन्ने पक्षमा थिएनन् । जनजाति महिलाहरु प्रारम्भदेखि नै महिला आन्दोलनको हिस्साको रुपमा सक्रिय रहेका छन् तर यस्तो आन्दोलनले आदिवासी जनजाति महिलाका सबाललाई राम्रोसँग सम्बोधन गर्न कहिल्यै सकेन । अधिकारकर्मीहरुले विभिन्न धर्म, जातजाति र जनजाति समुदायको सबाललाई समायोजित गर्ने चुनौतिलाई आत्मसात गर्न सकेका छैनन् । यस्तो परिस्थितिमा छुट्टै एजेन्डा लिएर महिला आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको तामाङ विश्वास गर्नुहुन्छ । "हामीहरु मुलधारको महिला आन्दोलनमै रहेको भए ठिक हुने थियो तर यसका निम्ति हामी संगठित हुन जरुरी थियो । त्यसपछि हामीले अन्य अधिकारकर्मीसँग कुरा गर्न सक्थ्यौं । महिला आन्दोलनबाट जनजाति महिलाले अपहेलित भएको अनुभव समेत गरेको अवस्था आयो र यसैकारण हामीले स्वतन्त्र रुपमा खडा हुनुपर्ने अनुभव गर्‍यौं । अहिले, हामीहरु राष्ट्रव्यापी आन्दोलन भित्र छौं र हामीले मिलेर काम गर्नुपर्दछ एवँ उनीहरुलाई जनजाति महिलाको सबालका विषयमा सचेत बनाउनु पनि आवश्यक छ ।"

तामाङ जनजाति समुदायमा महिलाबिरुद्ध हुने विभेद बाहुन-क्षेत्री समुदायको तुलनामा घटेको स्वीकार गर्नुहुन्छ । परम्परागतरुपमा अधिकाँश जनजाति समुदाय मातृसत्तात्मक हुन् तर हिन्दुकरणको राष्ट्रिय अभियानका कारण विस्तारै उनीहरु पितृसत्तात्मक रुपमा परिणत भएका हुन् । जनजाति समुदायमा महिलाको स्थिति औसतभन्दा माथि छ तर अझै उनीहरु घेरामा परेका छन् र वास्तविक स्वतन्त्रता चाहना राख्ने हो भने तिनीहरु बाहिर आउनै पर्दछ । तामाङ भन्नुहुन्छ, "यर्सथ हाम्रो संर्घष्ा जनजाति पुरुषको जमातसँग समेत हुनर्ुपर्दछ ।" उहाँका अनुसार तामाङहरु एसियामै सबैभन्दा बढी मातृसत्तात्मक समुदायको रुपमा चिनिएका छन् तर यथार्थमा पुरुषको बाहुल्यताले अहिले जरो गाडेको छ ।"
प्रभाव रहने कुरालाई कसैले पनि वेवास्ता गर्न नसक्ने र विभेदरहीत भनिएको जनजाति समुदायका महिलाले पनि समाजमा व्याप्त प्रभावका बिरुद्धमा संर्घष्ा गर्नैपर्ने तामाङको विश्वास छ । "हामीले दोहोरो मापदण्डका आधारमा बस्नु हुँदैन । हामीले महिलामाथि, हाम्रो जनजाति समाजमा विभेद छ भन्ने कुरा स्वीकार गर्नुपर्दछ र हामीले यस्ता प्रवृत्तिका बिरुद्धमा संर्घष्ा गर्नुपर्दछ । हामीले हाम्रो परम्परालाई जागृत गर्नुपर्दछ । मातृसत्तात्मक प्रकृतिको व्यवस्थालाई पुनःस्थापित गराउनेतर्फलाग्नुको सट्टा हामीले जिम्मेदारीसहितको महिला र पुरुष समानताका आधारमा बस्नसक्ने परिस्थितिको समाज तयार गर्नुपर्दछ ।" यसैगरी, जनजाति समुदायले राजनीतिमा समेत सक्रिय सहभागी हुनु आवश्यक छ किनभने राजनीतिक हस्तक्षेप नभइ आदिवासी जनजाति आन्दोलन अघि बढ्न सक्दैन । उनीहरुले जनजाति राजनीति गर्नुपर्दछ । तामाङका निम्ति, धेरै जनजातिले जनजातिको आन्दोलनका निम्ति काम गरेका छन् किनभने उनीहरु आफू सम्बद्ध राजनीतिक दलसँग प्रभाव पारेर लाभ लिन मात्र इच्छुक देखिन्छन् । जनजातिको अनुहार सबै राजनीतिक दलमा देखिन्छ, तैपनि राजनीतिक बृत्तमा जनजातिका सबालहरु उठ्न सकेका छैनन् । "शारीरिकरुपमा हामीलाई निमन्त्रणा गरिएको छ तर बोल्न अनुमति दिइएको छैन । यसले महिलाको अर्थपर्ूण्ा सहभागिताको प्रतिनिधित्व गर्दैन," उहाँ भन्नुहुन्छ ।

तामाङ अहिले अन्तर्रर्ााट्रय जनजाति आन्दोलनको हिस्सा समेत बन्नुभएको छ । उहाँले सन् २००१ मा दक्षिण अफि्रकामा सम्पन्न जातिवादबिरुद्ध गैससको विश्व सम्मेलनमा अन्तर्रर्ााट्रय सञ्चालक समितिमा सदस्य चुनिनु भएको थियो । साथै, उहाँ दक्षिण एसियाली जनजाति महिला मञ्च -२००२) को सह-अध्यक्ष बन्नुभयो । सन् २००३ र २००४ मा सम्पन्न जनजाति मामिलामा राष्ट्रसंघीय स्थायी मञ्चको दोस्रो सत्रको जनजाति महिला ककसको अध्यक्षता समेत उहाँले गर्नुभएको थियो । तामाङले जनजाति महिला, द्वन्द्व रोकथाम र द्वन्द्वोत्तर शान्ति निर्माण विषयमा मार्च २००४ र २००५ मा राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित जनजाति सबालमा राष्ट्रसंघीय स्थायी मञ्चद्वारा आयोजित महिलाको स्थितिसम्बन्धी छलफलमा सक्रिय भाग लिनुभएको थियो ।

Amrita Thapa Magar English नेपालीमा.

Bindra Hada Bhattarai English नेपालीमा.

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English नेपालीमा.

Uma Adhikari Regmi English नेपालीमा.