नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
डा. सुमित्रा मानन्धर गुरुङ
अग्रणी जनजाति अधिकारकर्मी
जन्मः १९५४, काठमाडौं ।
डा. सुमित्रा मानन्धर गुरुङ पेशाको रुपमा भर्ूगर्भविद् हुनुहुन्छ । उहाँले सन् १९९८ मा हवाई विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाउनु भएको थियो । अध्ययन समाप्त गरेपछि गुरुङले एकीकृत पर्वतीय विकासका लागि अन्तर्रर्ााट्रय केन्द्र -इसिमोड), प्लान इन्टरनेसनल र न्यर्ूर् इराजस्ता संस्थाहरुमा महत्वपर्ूण्ा पदहरुमा रहेर काम गरिसक्नु भएको छ । उहाँका कार्यहरु खासरुपमा जनजाति, गरिब, विभेदीकृत गरिएका र सीमान्तकृत मानिसका तर्फलक्षित थिए । आफ्नो व्यावसायिक जीवन बाहेक गुरुङले आदिवासी जनजाति, दलित, मधेशी, महिला र अन्य सीमान्तकृत समुदायको अधिकारका निम्ति दशवर्षेखि वकालत गरिरहनु भएको छ । राष्ट्रिय र अन्तर्रर्ााट्रय संस्थाहरुले सञ्चालन गर्ने लक्षित कार्यक्रमका सकारात्मक र नकारात्मक असरका विषयमा विश्लेषण गर्न उहाँलाई विशेष रुची छ ।
सन् २००१ मा जातीय विभेदबिरुद्ध राष्ट्रिय गठबन्धन नामको सञ्जाल -एन-कार्ड) गठन गरिएको थियो । यस संस्थासँग आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पर्ूव गोर्खासमेत राज्यबाट सीमान्तकृत गरिएका दशवटा समुदायहरु आबद्ध थिए । यस गठबन्धनको अध्यक्षता गुरुङले गरिरहनु भएको छ । उहाँको नेतृत्वमा एन-कार्डले सीमान्तकृत समूहका निम्ति संविधानसभा चुनावताका विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । चुनाव सकिनासाथ यसले नमूना संविधान समेत प्रकाशित गरेको थियो । महिला सहकारी लिमिटेडको संस्थापक सदस्य रहनु भएकी गुरुङले हाल यसको अध्यक्षता पनि गरिरहनु भएको छ ।
मानन्धरलाई परम्परागत मिलबाट तेल निकाल्ने जाति भनेर चिनिन्छ । गुरुङको जन्मस्थान भने हनुमानढोका नजिकैको चसन टोल हो । उहाँको परिवार धनी र प्रगतिशील थियो । अशिक्षित भए पनि उहाँका हजुरबुबा अष्टनारायणमा दूरदृष्टि थियो । उहाँले आफ्नो परम्परागत घर छाडेर असन र्सर्नुभयो र नयाँ व्यापार थाल्नुभयो । राणा शासकहरुले २०औं शताब्दीमै साइकल चढेको देखेर प्रेरित बन्नुभएका उहाँले बेलायतमा निर्मित ६ वटा हर्कुलस साइकल भारतबाट झिकाएर बिक्री गर्नुभयो । यो नै नेपालमा पहिलोपटक र्सवसाधारणका निम्ति साइकल बिक्रीको घटना थियो ।
गुरुङको परिवारले शिक्षाको महत्व बुझ्नु भएको थियो । तर र्सवसाधारणका निम्ति शिक्षा राणाकालमा त्यति सहज थिएन, खासगरी सामाजिकरुपमा निषेधित गरिएकोले केटीहरुका निम्ति कठिन थियो । तैपनि, गुरुङका हजुरबुबाले आफ्ना घरका छोरीहरुले पनि शिक्षित बन्ने चाहना राखेर सहशिक्षा विद्यालय स्थापनाका निम्ति अभियान थालनी गर्नुभयो । राणाहरुले नारायणको अभियान थाहा पाए र योजना त्याग्न भने । उनीहरुको प्रयास असफल भयो र यही समूहले सन् १९४५ मा बसन्तपुर नजिकै भगवतीबारीमा शान्ति निकुञ्ज माध्यमिक विद्यालय अन्ततः खोलेरै छाड्यो ।
असनको कमलाक्षीमा गुरुङको छमध्ये पाँचौं सन्तानको रुपमा जन्म भएको थियो । उहाँले सबैभन्दा पहिले सेतो दरबारमा रहेको मन्टेश्वरी स्कूलमा पाँचवर्षै उमेरमा पढ्न थाल्नुभयो । त्यसपछि उहाँ बालकुमारी विद्यालयमा पढ्न जानुभयो । उहाँले चार कक्षादेखि शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो र सन् १९७० मा एसएलसी उत्तर्ीण्ा गर्नुभयो । बाल्यकालदेखि नै गुरुङ व्रि्रोही र जिज्ञासु स्वभावकी हुनुहुन्थ्यो । रजश्वला हुँदाका बखत परिवारका सदस्यले छोरी र महिलाहरुलाई भान्सा र पूजा स्थलबाट अलग्ग राख्न चाहे पनि उहाँ यस्तो पुरातन सोचाइको बिरोध गर्नुहुन्थ्यो । गुरुङ १८ जनाको संयुक्त परिवारमा हर्ुकनु भएको थियो । परिवारका सबै सदस्यले हजुरबुबा, बुबा, काकाहरु र दाजुहरुलाई सम्मान गर्नुपर्ने परम्परा थियो र पुरुषहरुले खाना पकाउने, सफा गर्ने वा लुगाधुनेजस्ता काम गर्नुपर्ने बाध्यकारी व्यवस्था थिएन । गुरुङले यस प्रवृत्तिको समेत बिरोध गर्नुभयो ।
गुरुङको परिवारमा लैंगिक विभेद स्पष्टरुपमा देखिन्थ्यो किनभने काकाको घरमा रातीको खाना खाँदा परिवारका महिला सदस्यले पातबाट बनेका टपरीमा खाना खानुपर्ने र पुरुषहरुले धातुका थालबटुकामा खाना खाने व्यवस्था थियो । यस्तो विभेदपर्ूण्ा परिस्थिति बुझ्दा उहाँ त्यस्तै १३ वा १४ वर्षी हुनुहुन्थ्यो । उहाँले तल्लो जाति, गरिब र गाउँका मान्छेजस्ताको बिरुद्धमा हुने विभेदपर्ूण्ा कृयाकलाप सम्बन्धमा पछि मात्र आँखा खुले । गुरुङका बुबाले रत्नराज्य छात्रा कलेजमा गृहविज्ञान पढाउने चाहना राख्नुभयो तर उहाँलाई यो विषय पढ्न रुची थिएन र छात्रा कलेजमा पढ्नै उहाँलाई मन लागेन । उहाँले त्यसपछि पाटन क्याम्पसमा स्थानान्तरण गर्नुभयो र भूगोल पढ्न थाल्नुभयो । त्यसबखत उहाँको समूहमा दर्ुइजना मात्र केटीहरु थिए तर गुरुङले मन परेको विषय भएको कारण प्रविणता तह सहजै उत्तर्ीण्ा गर्नुभयो ।
प्रतिकूल पारिवारिक परिस्थितिका कारण उहाँले कलेजभन्दा बाहिरका कृयाकलापमा आफूलाई संलग्न गराउन सक्नुभएन । उहाँकी हजुरआमा महिलाले ठूलो स्वरले हाँस्नु हुँदैन भन्नुहुन्थ्यो र उहाँका हजुरबुबा महिलाले गीत गाएको, नाचेको वा अभिनय गरेमा क्षमा दिनुहुन्नथ्यो । आजका दिनसम्म पनि उहाँ नृत्य गर्न सक्नुहुन्न, र साथीभाइबीच पनि । गुरुङले प्रविणता तहको अध्ययनकै क्रममा अंग्रेजी नाटक "मन्की प-बाँदरको हत्केला" मा अभिनयका निम्ति अभ्यास गर्नुभएको थियो । उहाँका बुबाले यो कुरा थाहा पाएर औधि रिसाउनु भयो र कलेज नै छाड्न बाध्य पार्नुभयो । उहाँ त्रिचन्द्र कलेजबाट भूगोल विषयमा मुख्य विषय उत्तर्ीण्ा हुने एकमात्र छात्रा हुनुहुन्थ्यो र पाठ्यक्रममा रहेको भए पनि फिल्डमा जान परिवारबाट अनुमति दिने सम्भावना ज्यादै न्यून हुन्थ्यो ।
कला विषयको स्नातक तहमा अध्ययन गरिरहँदा गुरुङको परिवारले मानन्धरको शिक्षित र धनी परिवारको प्रस्ताव लिएर आएको थियो । उहाँले हुनेवाला बेहुलासँग प्रश्न गर्नुभयो तर उसको व्यक्तित्वले उहाँलाई प्रभावित गर्न सकेन । त्यर्सथ बिबाहलाई पन्छाउनका निम्ति गुरुङले स्नातकोत्तर तहको अध्ययनका निम्ति कर्ीर्तिपुर जानुभयो । त्यहीँ उहाँको भेट कास्की सिकलेसका चन्द्र गुरुङसँग भयो र उहाँबाट निक्कै प्रभावित भएपछि दुवैबीच नियमित भेटघाट हुन थाल्यो । दुवैजना डा. हर्क गुरुङका शिष्य थिए ।
गुरुङले एकवर्षम्म राष्ट्रिय विकास सेवामा संलग्न हुनुपर्ने भयो । स्नातकोत्तर तह पूरा गर्न चाहने प्रत्येक विद्यार्थीले कुनै गाउँमा गएर इर्न्र्टनसीप गर्नुपर्ने थियो जसअर्न्तर्गत उनीहरुले स्थानीय विद्यालयमा पढाउने र ग्रामीण क्षेत्रका विकास गतिविधिमा सहभागी हुनर्ुपर्दथ्यो । गुरुङले तुलनात्मकरुपमा सजिलो क्षेत्रमा गए पनि हुने थियो तर उहाँले लमजुङको चिटी तिल्हार गाउँलाई रोज्नुभयो र त्यहाँ पुग्न डुम्रेबाट झण्डै आठदिन हिँड्नु पर्दथ्यो । सन् १९७६ देखि १९७७ सम्म त्यहाँ उहाँ सातजना साथीबीच हुनुहुन्थ्यो ।
चन्द्र भने उही कार्यक्रम अर्न्तर्गत सर्ुर्खेत पुगेका थिए र त्यसबीच उहाँहरुले दर्ुइवटा चिठी आदानप्रदान गर्नुभयो । लमजुङमा रहेको समयमा गुरुङको परिवारले बिबाहको कुरा गर्न छाडेका थिए । स्नातकोत्तर सक्नेबित्तिकै उहाँले राष्ट्रिय योजना आयोगमा काम पाउनुभयो र तीन महिनाको तालिमका निम्ति कोलोराडो पठाइयो । अमेरिकाबाट फर्केपछि उहाँले भूक्षयसम्बन्धी अध्ययन गर्नुभयो । चन्द्र गुरुङ एसियन इन्स्िटच्यूट अफ टेक्नोलोजी -एआइटी)मा ग्रामीण विकासमा स्नातकोत्तर गर्न बैंकक लाग्नुभयो । भाग्यवश गुरुङले पनि बैंककको एआइटीमा मानव बसोबास योजना विषयमा स्नातकोत्तर अध्ययनका निम्ति छात्रवृत्ति प्राप्त गर्नुभयो । चन्द्रसँग उहाँको पुनः बैंककमा भेट भयो ।
नेपाली साथीहरुको सहयोगमा उहाँले चन्द्रसँग प्रेम बिबाह गर्नुभयो । उहाँको परिवार बिबाहको खबर थाहा पाएर धेरै निराश भएको थियो किनभने उहाँको श्रीमान् काठमाडौं बाहिरका व्यक्ति हुनुहुन्थ्यो । तीन महिनापछि चन्द्रले छात्रवृत्ति प्राप्त गरेर मेडिकल जियोग्राफी विषयमा अध्ययनका निम्ति हवाई विश्वविद्यालय जानुभयो । गुरुङले आफ्नो पढाइ समाप्त गर्नुभयो र विद्यावारिधिका निम्ति हवाई विश्वविद्यालय नै पुग्नुभयो र उहाँले सन् १९८८ मा विद्यावारिधि पूरा गर्नुभयो ।
चन्द्रले हवाईमा एकजना जापानी महिलासँग बिबाह गर्नुभयो, तैपनि गुरुङले चन्द्रसँग पारपाचुके गर्नुभएन र दुवै परिवारबाट २४ वषर्ीया छोरी र २१ वषर्ीय छोरा छन् । उहाँका श्रीमान् चन्द्रको दर्ुभाग्यवश सन् २००६ मा भएको विभत्स हेलिकप्टर दर्ुघटनामा परेर निधन भयो ।
विद्यावारिधि अध्ययन पूरा गरेपछि गुरुङले इसिमोडमा भर्खरै नेपालमा चर्चामा रहेको लैंगिक विषयको अध्ययन प्रारम्भ गर्नुभयो । उहाँले डा. हर्क गुरुङसँग न्यर्ूर् इरामा रहेर काम गर्नुभयो र मकवानपुर समेतका विभिन्न जिल्लामा प्लान इन्टरनेसनलका तर्फाट चारवर्षकाम गर्नुभयो । यसपछि उहाँले विभिन्न अन्तर्रर्ााट्रय संस्थाहरुमा परामर्शदाताको रुपमा काम गर्नुभयो ।
गुरुङले बाल्यकालदेखि नै विभेदका बिरुद्धमा संर्घष्ा गरिरहनु भएको छ र अल्पसंख्यक समूहको भलाइका निम्ति केही गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सन् १९९३ मा सहरी क्षेत्रका गरिबहरुका निम्ति कार्य गर्नेगरी लुमन्ती संस्था स्थापना गर्न सक्रिय रहनुभयो । उहाँले जुम्लामा लघुकर्जा कार्यक्रम सञ्चालन गर्न अभियान थाल्नुभयो भने तर्राई क्षेत्रका मधेशी समुदायमा स्वावलम्बन विकास केन्द्रमार्फ सक्रियतापर्ूवक काम गर्नुभयो । उहाँले भूगोलको अध्ययनमा बढी समय लगाउनुको सट्टा सीमान्तकृत समुदाय र समावेशीकरणका विषयमा आफ्ना कार्यहरुलाई केन्द्रित गराउनुभयो ।
संर्घष्ा र परिवर्तनको संर्घष्ापर्ूण्ा जीवनमा गुरुङले राम्रा र नराम्रा दुवै अनुभव संगाल्नुभएको छ । उहाँको बौद्ध दर्शनतर्फो झुकाब र विपश्यनाको अभ्यासले जीवनका धेरै उकाली ओरालीलाई व्यवस्थित गर्न सघाएको छ । उहाँ जीवनका कठिन समय र उपलब्धीलाई सम्झनुहुन्छ तर जरुरत परेका व्यक्तिलाई सहयोग गर्न पाएकोमा भाग्यशाली ठान्नुहुन्छ । परिश्रमी जीवन बिताउन रुचाएकै कारण आजका दिनसम्म उहाँ दैनिकरुपमा १२ देखि १४ घण्टा काम गरेर आफूलाई व्यस्त राख्नुभएको छ ।