This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


डा. सुमित्रा मानन्धर गुरुङ

अग्रणी जनजाति अधिकारकर्मी

जन्मः १९५४, काठमाडौं ।

डा. सुमित्रा मानन्धर गुरुङ पेशाको रुपमा भर्ूगर्भविद् हुनुहुन्छ । उहाँले सन् १९९८ मा हवाई विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि पाउनु भएको थियो । अध्ययन समाप्त गरेपछि गुरुङले एकीकृत पर्वतीय विकासका लागि अन्तर्रर्ााट्रय केन्द्र -इसिमोड), प्लान इन्टरनेसनल र न्यर्ूर् इराजस्ता संस्थाहरुमा महत्वपर्ूण्ा पदहरुमा रहेर काम गरिसक्नु भएको छ । उहाँका कार्यहरु खासरुपमा जनजाति, गरिब, विभेदीकृत गरिएका र सीमान्तकृत मानिसका तर्फलक्षित थिए । आफ्नो व्यावसायिक जीवन बाहेक गुरुङले आदिवासी जनजाति, दलित, मधेशी, महिला र अन्य सीमान्तकृत समुदायको अधिकारका निम्ति दशवर्षेखि वकालत गरिरहनु भएको छ । राष्ट्रिय र अन्तर्रर्ााट्रय संस्थाहरुले सञ्चालन गर्ने लक्षित कार्यक्रमका सकारात्मक र नकारात्मक असरका विषयमा विश्लेषण गर्न उहाँलाई विशेष रुची छ ।

सन् २००१ मा जातीय विभेदबिरुद्ध राष्ट्रिय गठबन्धन नामको सञ्जाल -एन-कार्ड) गठन गरिएको थियो । यस संस्थासँग आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पर्ूव गोर्खासमेत राज्यबाट सीमान्तकृत गरिएका दशवटा समुदायहरु आबद्ध थिए । यस गठबन्धनको अध्यक्षता गुरुङले गरिरहनु भएको छ । उहाँको नेतृत्वमा एन-कार्डले सीमान्तकृत समूहका निम्ति संविधानसभा चुनावताका विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । चुनाव सकिनासाथ यसले नमूना संविधान समेत प्रकाशित गरेको थियो । महिला सहकारी लिमिटेडको संस्थापक सदस्य रहनु भएकी गुरुङले हाल यसको अध्यक्षता पनि गरिरहनु भएको छ ।

मानन्धरलाई परम्परागत मिलबाट तेल निकाल्ने जाति भनेर चिनिन्छ । गुरुङको जन्मस्थान भने हनुमानढोका नजिकैको चसन टोल हो । उहाँको परिवार धनी र प्रगतिशील थियो । अशिक्षित भए पनि उहाँका हजुरबुबा अष्टनारायणमा दूरदृष्टि थियो । उहाँले आफ्नो परम्परागत घर छाडेर असन र्सर्नुभयो र नयाँ व्यापार थाल्नुभयो । राणा शासकहरुले २०औं शताब्दीमै साइकल चढेको देखेर प्रेरित बन्नुभएका उहाँले बेलायतमा निर्मित ६ वटा हर्कुलस साइकल भारतबाट झिकाएर बिक्री गर्नुभयो । यो नै नेपालमा पहिलोपटक र्सवसाधारणका निम्ति साइकल बिक्रीको घटना थियो ।

गुरुङको परिवारले शिक्षाको महत्व बुझ्नु भएको थियो । तर र्सवसाधारणका निम्ति शिक्षा राणाकालमा त्यति सहज थिएन, खासगरी सामाजिकरुपमा निषेधित गरिएकोले केटीहरुका निम्ति कठिन थियो । तैपनि, गुरुङका हजुरबुबाले आफ्ना घरका छोरीहरुले पनि शिक्षित बन्ने चाहना राखेर सहशिक्षा विद्यालय स्थापनाका निम्ति अभियान थालनी गर्नुभयो । राणाहरुले नारायणको अभियान थाहा पाए र योजना त्याग्न भने । उनीहरुको प्रयास असफल भयो र यही समूहले सन् १९४५ मा बसन्तपुर नजिकै भगवतीबारीमा शान्ति निकुञ्ज माध्यमिक विद्यालय अन्ततः खोलेरै छाड्यो ।

असनको कमलाक्षीमा गुरुङको छमध्ये पाँचौं सन्तानको रुपमा जन्म भएको थियो । उहाँले सबैभन्दा पहिले सेतो दरबारमा रहेको मन्टेश्वरी स्कूलमा पाँचवर्षै उमेरमा पढ्न थाल्नुभयो । त्यसपछि उहाँ बालकुमारी विद्यालयमा पढ्न जानुभयो । उहाँले चार कक्षादेखि शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो र सन् १९७० मा एसएलसी उत्तर्ीण्ा गर्नुभयो । बाल्यकालदेखि नै गुरुङ व्रि्रोही र जिज्ञासु स्वभावकी हुनुहुन्थ्यो । रजश्वला हुँदाका बखत परिवारका सदस्यले छोरी र महिलाहरुलाई भान्सा र पूजा स्थलबाट अलग्ग राख्न चाहे पनि उहाँ यस्तो पुरातन सोचाइको बिरोध गर्नुहुन्थ्यो । गुरुङ १८ जनाको संयुक्त परिवारमा हर्ुकनु भएको थियो । परिवारका सबै सदस्यले हजुरबुबा, बुबा, काकाहरु र दाजुहरुलाई सम्मान गर्नुपर्ने परम्परा थियो र पुरुषहरुले खाना पकाउने, सफा गर्ने वा लुगाधुनेजस्ता काम गर्नुपर्ने बाध्यकारी व्यवस्था थिएन । गुरुङले यस प्रवृत्तिको समेत बिरोध गर्नुभयो ।

गुरुङको परिवारमा लैंगिक विभेद स्पष्टरुपमा देखिन्थ्यो किनभने काकाको घरमा रातीको खाना खाँदा परिवारका महिला सदस्यले पातबाट बनेका टपरीमा खाना खानुपर्ने र पुरुषहरुले धातुका थालबटुकामा खाना खाने व्यवस्था थियो । यस्तो विभेदपर्ूण्ा परिस्थिति बुझ्दा उहाँ त्यस्तै १३ वा १४ वर्षी हुनुहुन्थ्यो । उहाँले तल्लो जाति, गरिब र गाउँका मान्छेजस्ताको बिरुद्धमा हुने विभेदपर्ूण्ा कृयाकलाप सम्बन्धमा पछि मात्र आँखा खुले । गुरुङका बुबाले रत्नराज्य छात्रा कलेजमा गृहविज्ञान पढाउने चाहना राख्नुभयो तर उहाँलाई यो विषय पढ्न रुची थिएन र छात्रा कलेजमा पढ्नै उहाँलाई मन लागेन । उहाँले त्यसपछि पाटन क्याम्पसमा स्थानान्तरण गर्नुभयो र भूगोल पढ्न थाल्नुभयो । त्यसबखत उहाँको समूहमा दर्ुइजना मात्र केटीहरु थिए तर गुरुङले मन परेको विषय भएको कारण प्रविणता तह सहजै उत्तर्ीण्ा गर्नुभयो ।

प्रतिकूल पारिवारिक परिस्थितिका कारण उहाँले कलेजभन्दा बाहिरका कृयाकलापमा आफूलाई संलग्न गराउन सक्नुभएन । उहाँकी हजुरआमा महिलाले ठूलो स्वरले हाँस्नु हुँदैन भन्नुहुन्थ्यो र उहाँका हजुरबुबा महिलाले गीत गाएको, नाचेको वा अभिनय गरेमा क्षमा दिनुहुन्नथ्यो । आजका दिनसम्म पनि उहाँ नृत्य गर्न सक्नुहुन्न, र साथीभाइबीच पनि । गुरुङले प्रविणता तहको अध्ययनकै क्रममा अंग्रेजी नाटक "मन्की प-बाँदरको हत्केला" मा अभिनयका निम्ति अभ्यास गर्नुभएको थियो । उहाँका बुबाले यो कुरा थाहा पाएर औधि रिसाउनु भयो र कलेज नै छाड्न बाध्य पार्नुभयो । उहाँ त्रिचन्द्र कलेजबाट भूगोल विषयमा मुख्य विषय उत्तर्ीण्ा हुने एकमात्र छात्रा हुनुहुन्थ्यो र पाठ्यक्रममा रहेको भए पनि फिल्डमा जान परिवारबाट अनुमति दिने सम्भावना ज्यादै न्यून हुन्थ्यो ।

कला विषयको स्नातक तहमा अध्ययन गरिरहँदा गुरुङको परिवारले मानन्धरको शिक्षित र धनी परिवारको प्रस्ताव लिएर आएको थियो । उहाँले हुनेवाला बेहुलासँग प्रश्न गर्नुभयो तर उसको व्यक्तित्वले उहाँलाई प्रभावित गर्न सकेन । त्यर्सथ बिबाहलाई पन्छाउनका निम्ति गुरुङले स्नातकोत्तर तहको अध्ययनका निम्ति कर्ीर्तिपुर जानुभयो । त्यहीँ उहाँको भेट कास्की सिकलेसका चन्द्र गुरुङसँग भयो र उहाँबाट निक्कै प्रभावित भएपछि दुवैबीच नियमित भेटघाट हुन थाल्यो । दुवैजना डा. हर्क गुरुङका शिष्य थिए ।

गुरुङले एकवर्षम्म राष्ट्रिय विकास सेवामा संलग्न हुनुपर्ने भयो । स्नातकोत्तर तह पूरा गर्न चाहने प्रत्येक विद्यार्थीले कुनै गाउँमा गएर इर्न्र्टनसीप गर्नुपर्ने थियो जसअर्न्तर्गत उनीहरुले स्थानीय विद्यालयमा पढाउने र ग्रामीण क्षेत्रका विकास गतिविधिमा सहभागी हुनर्ुपर्दथ्यो । गुरुङले तुलनात्मकरुपमा सजिलो क्षेत्रमा गए पनि हुने थियो तर उहाँले लमजुङको चिटी तिल्हार गाउँलाई रोज्नुभयो र त्यहाँ पुग्न डुम्रेबाट झण्डै आठदिन हिँड्नु पर्दथ्यो । सन् १९७६ देखि १९७७ सम्म त्यहाँ उहाँ सातजना साथीबीच हुनुहुन्थ्यो ।

चन्द्र भने उही कार्यक्रम अर्न्तर्गत सर्ुर्खेत पुगेका थिए र त्यसबीच उहाँहरुले दर्ुइवटा चिठी आदानप्रदान गर्नुभयो । लमजुङमा रहेको समयमा गुरुङको परिवारले बिबाहको कुरा गर्न छाडेका थिए । स्नातकोत्तर सक्नेबित्तिकै उहाँले राष्ट्रिय योजना आयोगमा काम पाउनुभयो र तीन महिनाको तालिमका निम्ति कोलोराडो पठाइयो । अमेरिकाबाट फर्केपछि उहाँले भूक्षयसम्बन्धी अध्ययन गर्नुभयो । चन्द्र गुरुङ एसियन इन्स्िटच्यूट अफ टेक्नोलोजी -एआइटी)मा ग्रामीण विकासमा स्नातकोत्तर गर्न बैंकक लाग्नुभयो । भाग्यवश गुरुङले पनि बैंककको एआइटीमा मानव बसोबास योजना विषयमा स्नातकोत्तर अध्ययनका निम्ति छात्रवृत्ति प्राप्त गर्नुभयो । चन्द्रसँग उहाँको पुनः बैंककमा भेट भयो ।

नेपाली साथीहरुको सहयोगमा उहाँले चन्द्रसँग प्रेम बिबाह गर्नुभयो । उहाँको परिवार बिबाहको खबर थाहा पाएर धेरै निराश भएको थियो किनभने उहाँको श्रीमान् काठमाडौं बाहिरका व्यक्ति हुनुहुन्थ्यो । तीन महिनापछि चन्द्रले छात्रवृत्ति प्राप्त गरेर मेडिकल जियोग्राफी विषयमा अध्ययनका निम्ति हवाई विश्वविद्यालय जानुभयो । गुरुङले आफ्नो पढाइ समाप्त गर्नुभयो र विद्यावारिधिका निम्ति हवाई विश्वविद्यालय नै पुग्नुभयो र उहाँले सन् १९८८ मा विद्यावारिधि पूरा गर्नुभयो ।

चन्द्रले हवाईमा एकजना जापानी महिलासँग बिबाह गर्नुभयो, तैपनि गुरुङले चन्द्रसँग पारपाचुके गर्नुभएन र दुवै परिवारबाट २४ वषर्ीया छोरी र २१ वषर्ीय छोरा छन् । उहाँका श्रीमान् चन्द्रको दर्ुभाग्यवश सन् २००६ मा भएको विभत्स हेलिकप्टर दर्ुघटनामा परेर निधन भयो ।

विद्यावारिधि अध्ययन पूरा गरेपछि गुरुङले इसिमोडमा भर्खरै नेपालमा चर्चामा रहेको लैंगिक विषयको अध्ययन प्रारम्भ गर्नुभयो । उहाँले डा. हर्क गुरुङसँग न्यर्ूर् इरामा रहेर काम गर्नुभयो र मकवानपुर समेतका विभिन्न जिल्लामा प्लान इन्टरनेसनलका तर्फाट चारवर्षकाम गर्नुभयो । यसपछि उहाँले विभिन्न अन्तर्रर्ााट्रय संस्थाहरुमा परामर्शदाताको रुपमा काम गर्नुभयो ।

गुरुङले बाल्यकालदेखि नै विभेदका बिरुद्धमा संर्घष्ा गरिरहनु भएको छ र अल्पसंख्यक समूहको भलाइका निम्ति केही गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सन् १९९३ मा सहरी क्षेत्रका गरिबहरुका निम्ति कार्य गर्नेगरी लुमन्ती संस्था स्थापना गर्न सक्रिय रहनुभयो । उहाँले जुम्लामा लघुकर्जा कार्यक्रम सञ्चालन गर्न अभियान थाल्नुभयो भने तर्राई क्षेत्रका मधेशी समुदायमा स्वावलम्बन विकास केन्द्रमार्फ सक्रियतापर्ूवक काम गर्नुभयो । उहाँले भूगोलको अध्ययनमा बढी समय लगाउनुको सट्टा सीमान्तकृत समुदाय र समावेशीकरणका विषयमा आफ्ना कार्यहरुलाई केन्द्रित गराउनुभयो ।

संर्घष्ा र परिवर्तनको संर्घष्ापर्ूण्ा जीवनमा गुरुङले राम्रा र नराम्रा दुवै अनुभव संगाल्नुभएको छ । उहाँको बौद्ध दर्शनतर्फो झुकाब र विपश्यनाको अभ्यासले जीवनका धेरै उकाली ओरालीलाई व्यवस्थित गर्न सघाएको छ । उहाँ जीवनका कठिन समय र उपलब्धीलाई सम्झनुहुन्छ तर जरुरत परेका व्यक्तिलाई सहयोग गर्न पाएकोमा भाग्यशाली ठान्नुहुन्छ । परिश्रमी जीवन बिताउन रुचाएकै कारण आजका दिनसम्म उहाँ दैनिकरुपमा १२ देखि १४ घण्टा काम गरेर आफूलाई व्यस्त राख्नुभएको छ ।

Amrita Thapa Magar English नेपालीमा.

Bindra Hada Bhattarai English नेपालीमा.

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English नेपालीमा.

Uma Adhikari Regmi English नेपालीमा.