This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


सुप्रभा घिमिरे

सदस्य, संविधान सभा, नेपाली कांग्रेस
जन्म, १९४१, काठमाडौं

आधा शताब्दी अगाडिको नेपाली समाजमा थाप्दै मात्र कुनै दम्पत्ति आफ्नो छोरीलाई डाक्टर बनाउने कल्पना गर्न सक्थे । सुप्रभा घिमिरे एकजना त्यस्तो व्यक्ति हुनुभयो, जो आफैं मात्र स्कुल जानुभएनबरु जीवनै मानिसलाई शिक्षाको ज्योति देखाउन अर्पण गर्नुभयो र फेरि राजनीतिमा लागेर महिलाहरुलाई यो पुरुष प्रधान समाजको पञ्जाबाट फुत्काउनको लागि लडिरहनुभयो । यसका साथै हाल सन् २००८ को संविधान सभाको सदस्यको चुनावमा काठमाडौंबाट लडेर जित्नुभयो र नेपाली कांग्रेसकोमा चुनाव लडेर संविधान सभा पुग्ने दर्ुइ महिला भएर स्थापित पनि हुनुभयो ।

उहाँको जन्म काठमाडौंको एक रुढिवादी परिवारमा भएको थियो । उहाँको घरमा सात छोरहिर र चार छोराहरु थिए । पहिलो छोरीलाई परम्परागत रुपमा गर्दै आएको भनेर सानो उमेरमा बिहे गरिदिए र उनको रेखदेखपछि उनका बुबाआमाले अबदेखि छोरीहरुलाई स्कुलमा पठाउने प्रतिज्ञा गरे । यसप्रकार सुप्रभाको लागि शिक्षाको ढोका खुल्यो ।

परिवारबाट पर्ूण्ा सहयोग पाएर पनि उहाँले ३ कक्षा पुग्नासाथ स्कुल छोड्नु पर्‍यो टोलछिमेकले उहाँको परिवारलाई विभिन्न निहुँमा आलोचना गर्न थाले । त्यसपछाडि केही वर्षघरमै पढ्न थाल्नुभयो र पछि एकैपल्ट कक्षा ८ मा फेरि विद्यालयमा भर्ना हुनुभयो । सडकमा उहाँ एक्लै हिंड्दा बाटो उहाँलाई कुनै अर्कै गृहबाट आएकी जस्तै घुरेर हर्ेर्थे, केटीहरु स्कुल जाने भनेको त्यसबेला एउटा क्रान्ति नै थियो । उहाँलाई त हरेक दिन घरदेखि स्कुलसम्म जानु पनि सजाय जस्तै थियो । उहाँले यी सबै कुरालाई सहनुभयो किनभने उहाँलाई थाहा थियो, एकदिन उहाँलाई यो समाजको लागि एक नमुना भएर देखाइदिन्छु भनेर ।

उहाँ भन्नुहुन्छ -'हातमा पुस्तक लिएर बाटोमा हिंड्नु नै एकदम गार्‍हो काम थियो । मानिसहरु हामीलाई घुरेर हर्ेर्थे र त्यसमाथि घरमा बुबाआमाले सबैतिरको आलोचना सुन्नपथ्र्यो । तर म मेरो पर्ढाई पूरा गर्न दृढ थिएँ र गरेर छाडें ।'- यसप्रकार परिवारको सहयोग अझै प्रतिज्ञाको बलमा उहाँले १५ वर्षो उमेरमा एसएलसी पास गर्नुभयो र उच्च शिक्षा अध्ययनको लागि बाटो खोल्नुभयो ।

सुप्रभाको बुबा आमाको सपना उहाँलाई डाक्टर बनाउनु थियो । गणितमा कमजोर भएको कारणले उहाँ त्यति त लाग्न सक्नुभएन तर थुप्रै भविष्यका डाक्टरहरुलाई पढाउने शिक्षक भन्ने बन्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गर्नुभयो र त्यसपछि त्यसै विद्यालयमा लेक्चरर भएर जोडिनुभयो । विश्वविद्यालयमा उहाँको क्यारिएर पाटन संयुक्त क्याम्पसबाट शुरु भयो र त्यसपछि उहाँले पद्मकन्या क्याम्पस, ठाकुरराम क्याम्पस आदिमा पनि बेला बेलामा अनुभव बटुल्नुभयो । यसैबीच अध्ययनकै सिलसिलामा उहाँले इङल्यान्ड, प|mान्स र अन्य देश पनि भ्रमण गर्न जान पाउनुभयो ।

सन् १९९० मा सुप्रभाले शंकर घिमिरेसँग विवाह गर्नुभयो जो त्यसबेलाको प्रतिबन्धित नेपाली कांग्रेसका कार्यकर्ता थिए । त्यसबेलासम्म उहाँलाई राजनीतिमा मन्त्री थिएन, तर श्रीमानको मार्फ् उहाँको पनि संगत विस्तारै नेपाली कांग्रेसका ठूला नेताहरुसँग हुन थाल्यो । उहाँ आफ्नो जीवनको शान्तिपर्ूण्ा र प्राज्ञिक जीवनमा रमाउँदै हुनुहुन्थ्यो र एक्ली छोरीको स्याहारमा बाँकी समय खर्च गर्दै हुनुहुन्थ्यो । सबैभन्दा राम्रो शिक्षा दिनमा लागिरहनु भएको थियो । तैपनि आफ्नै कुनै सूची नभइकन पनि पारिवारिक वातावरणको कारणले गर्दा राजनीतिमा एक प्रकारको लगाव बढ्दै गयो ।

सन् १९८१ मा उहाँको श्रीमानको असामयिक देहान्त भएपछि उहाँको सुखी संसारमा उहाँ एक्लो हुनुभयो । राजनीतिमा नगएसम्म उहाँ घरमा एक्लै र निराश भएर रहनुभयो । 'मेरो परिवारमा कसैको पनि राजनीतिक पृष्ठभूमि थिएन । बिहेपछिको परिवारमा राजनीतिक वातावरण थियो, आएका मानिससँग भेटघाट, कुराकानी हुन्थ्यो तर पनि राजनीतिमा रुचि जागेन तर श्रीमानको देहान्तपछि तिनीहरु घरमा आउन छोडे, म एक्लो एक्लो हुन थाले र मैले मानिसहरु सम्म पुग्न राजनीति गर्नैपर्छ भन्ने विचार बनाएँ ।'-उहाँ भन्नुहुन्छ ।

महिला र लोकतन्त्रको बारेमा कुरा गर्दा सुप्रभा एकदम स्पष्ट विचार राख्नुहुन्थ्यो । सन् १९८६ को नेपाल प्राध्यापक संघको चुनावमा उहाँ कोषाध्यक्षको पदमा उठ्नुभयो । उहाँलाई सम्झना छ, उहाँलाई तत्कालीन उपकुलपति वासुदेव चन्द्र मल्लले हौसला दिनुभएको थियो । त्यसले उहाँलाई विभिन्न जिल्लाका क्याम्पसहरुमा गएर थरीथरीका मान्छेसँग भेटघाट गर्ने मौका दियो । त्यसबेला महिलाहरु चुनावमा त उठ्थे तर आफै भोट माग्न जाँदैनथे । अनि उहारुँ एकजना महिला उम्मेदवारले भोट माग्न आएको देखेपछि सबै छक्क पर्थे । 'एक जना महिला उम्मेदवारले भोट माग्न पनि एक किसिमले संर्घष्ा नै गर्नुपथ्र्यो त्यसबेला'- उहाँ भन्नुहुन्छ । यसरी उहाँले नेप्रासंको २१ सदस्यीय केन्द्रीय समितिमा एक मात्र विजयी महिला सदस्य हुनुभयो ।

पछि उहाँ मंगलादेवीको अध्यक्षतामा बनेको नेपाल महिला संघको महासचिवमा पनि निर्वाचित हुनुभयो तर नेप्रासंघमा अध्यक्ष हुनुभएपछि त्यहाँबाट उहाँले राजीनामा दिनुपर्यो । नयाँ जिम्मेवारीलाई उहाँलाई नयाँ कार्यक्षेत्र खोलिदियो र उहाँले कहिल्यै चुनौतीहरु सामना गर्न डराउनु भएन । सन् १९९९ मा बहुदल पुनर्स्थापना नभएसम्म पञ्चायतीकाल भरि राजनीतिक पार्टर्ीी प्रतिबन्धित थिए । प्राज्ञहरुलाई पनि खुल्ला कार्यक्रमहरु सञ्चालन गर्न अनुमति थिए । लोकतन्त्रका र्समर्थक भएर उहाँ क्याम्पसहरुमा महिला प्राध्यापक र महिला विद्यार्थीहरुलाई संगठन गर्ने र राजनीतिक चेतना फैलाउने कार्यक्रमहरु सञ्चालन गर्नुहुन्थ्यो ।

'म सन् १९६० को जनआन्दोलनअघिको मार्च ८ को कार्यक्रम सधैं सम्भिmन्छु । नारी दिवसको उपलक्ष्य पारेर हामीले विभिन्न क्षेत्रका महिलाहरुलाई बोलाएर राजनीतिक अधिकारको कुरा गरेका थियौं । पारिजात, कमला पन्त र मीना पाण्डेले क्रमशः लेखक, विद्यार्थी र गृहिणीहरुलाई प्रतिनिधित्व गर्दै बोले । मैले प्राध्यापकहरुको तर्फाट बोलें । हामी सबै एकै विन्दुमा सहमत भयौं कि राजनीतिक अधिकारले नारी स्वतन्त्रताको ढोका खोल्नेछ ।'-उहाँले भन्नुभयो र थप्नुभयो । त्यो कार्यक्रमलाई त्रिविविका कमलकृष्ण जोशी र नरहरि आचार्यले पनि सहयोग गर्नुभएको थियो ।

यसरी पञ्चायतकालमा उहाँको काम पेशार्की र महिलाको स्वतन्त्रताको लागि लड्ने कार्यकर्ताको रुपमा अगाडि बढ्यो तर क्याम्पस प्रशासनले उहाँहरुलाई नजर राख्थ्यो त्यसकारण उहाँ कहिले बुढी महिलाको लुगा लगाएर जानुहुन्थ्यो अनि क्याम्पस भित्र पुगेपछि मात्र ड्रेस लगाउनुहुन्थ्यो । यसरी जनआन्दोलन सफल हुनुमा त्यसबेला भूमिका खेल्ने विभिन्न पेशाकर्मीहरु, प्राध्यापकहरु र प्राज्ञहरुको सशक्त सहभागिता पनि थियो ।

सुप्रभा धेरै अगाडि महिलाहरुको ४० प्रतिशत सहभागिताको कट्टर र्समर्थक हुनुहुन्थ्यो । ठाउँ पाउने वित्तिकै उहाँ लैगिंक विभेदको कुरा उठाउनुहुन्थ्यो र सरकारले मौका र नियुक्तिका हरेक ठाउँमा महिलाहरुलाई ४० प्रतिशत सीट छुट्याउनुपर्ने माग राख्नुहुन्थ्यो । तर प्रायः ठाउँमा मानिसहरु उहाँको कुरा सुनेर हाँस्थे । 'सन् १९९८ मा उपप्रधानमन्त्री शैलजा आचार्यसँगै म राष्ट्र संघको एउटा कार्यक्रममा गएकी थिएँ । त्यहाँ मैले लैगिक समानताको कुरा राख्दै ४० प्रतिशत सहभागिताको कुरा राख्ने । सबै विदेशीहरुले यसलाई स्वीकार गरे तर नेपालीहरुले नै मेरो कुरामा खिसी गरे ।'

सन् २००० मा सुप्रभाले प्राज्ञिक महिलाहरुसँग मिलेर 'वन थ्री फाइभ एकेडेमी' खोल्नुभयो । यसका उद्देश्य महिलाहरुलाई राजनीतिमा सहभागी हुन प्रोत्साहन दिने र राजनीतिमा रहेका महिलाहरुलाई टेवा दिनु थियो । यसबाहेक सन् २००६ को मार्च ८ का दिन अन्तरपार्टर्ीीहिला सञ्जाल गठन गरी जनचेतनाको कार्यलाई अझ अगाडि बढाउनुभयो । विभिन्न पार्टर्ीी लागेका महिलाहरुलाई एकै ठाउँमा ल्याउनु एकदम गार्‍हो काम थियो, तर पछि सबैले महिलाको मुद्दामा राजनीतिमा लागेका सबै महिलाहरु साझा सवालमा एकजुट हुनुपर्नेमा सहमत भए । यसले अहिले पैतृक सम्पत्तिमा महिलाको समान अधिकार, आमाको नामबाट नागरिकता, महिलाको निःशुल्क शिक्षा आदि मुद्दाहरुका वकालत गरिरहेको छ । 'हामी साँच्चै उठाउनुपर्ने मुद्दाहरुमा आवाज उठाइरहेका छौं । म अहिलेसम्मको उपलब्धिबाट सन्तुष्ट छैन तर प्रगति भने भैरहेको छ । हामी कति सफल छौं भने भोलिको समयले मात्र बताउने छ ।'- उहाँ भन्नुहुन्छ ।

सन् २००६ मा पुनर्स्थापित संसद्ले राज्यका सबै क्षेत्रमा ३३ प्रतिशत महिलालार्य स्थान दिने निर्ण्र्ाागरेपनि त्यो कार्यान्वयन भएको छैन । संविधान सभामा ३४ प्रतिशत मलिाहरु छन् तर पनि महिलाहरुको अवस्था भने जस्ताको तस्तै छ ।' हामीले भविष्यमा पनि धेरै संर्घष्ा गर्नुपर्छ । हामीले महिलाहरुको लागि नीति र कानुन र्फन लडिसक्यौं अब यसको कार्यान्वयनको लागि लड्नुहुन्छ ।'-उहाँले जोड दिनुभयो ।

दश वर्षजनयुद्ध र १९ दिनको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेको छ । तर मानिसहरुको सोचाईमा परिवर्तन ल्याउन अझ धेरै समय लाग्नेछ । उहाँलाई लाग्छ कि राज्यको सबैभन्दा माथिल्लो सथानदेखि घरघरसम्म रहेको पितृसत्तात्मक सोच त्यति सजिलै फेरिने छैन । उहाँ यसका लागि राजनीतिक पार्टर्ीी पनि दोषी छन् भन्ने कुरा स्वीकार्नुहुन्छ । 'पार्टर्ीीले पहिला आफ्नो महिलाहरु बारेमा नीति फर्ेर्नुपर्छ । पुरानो एकात्मक राजनीति र राज्य संरचनामा साथसाथै लैगिगक समानताका लागि विशेष नीतिहरु पनि बनाउँदै जानर्ुपर्छ । त्यसका लागि सामाजिक आन्दोलनमा लागेका महिलाहरु राजनीतिमा आउनर्ुपर्छ ।'

सुप्रभाले नेपाली कांग्रेसको लागि पञ्चायतकालदेखि नै काम गर्दै आउनुभएको थियो तर उहाँले सदस्यता भने सन् १९९० को राजनीतिक परिवर्तन पछि मात्र लिनुभयो । प्रोफेसर भएको नाताले उहाँ पार्टर्ीी बसेर काम गर्न सक्नु हुन्नथ्यो त्यसैले पेशाकर्मीहरुको मञ्चबाट काम गर्नुभयो । अरु अरु पार्टर्ीी महिला नेतृहरु जस्तै उहाँ पनि आफ्नो पार्टर्ीी महिलाहरुलाई खास ठाउँ नदिएको गुनासो गर्नुहुन्छ । कुनै पनि पार्टर्ीी उच्च दर्जाका नेताहरुमा महिलाहरुको नाम आउँदैन । त्यस क्षेत्रमा उहाँको आफ्नो पार्टर्ीीरु भन्दा पछि परेको पनि उहाँ स्वीकार्नुहुन्छ । 'महिला अधिकारको बारेमा राजनीतिक पार्टर्ीी अझै असंवेदनशील छन् । मलाई यो भन्न करै लाग्छ कि नेपाली कांग्रेस अझै खुला छैन तर महिलाहरुको मुद्दामा अझ अरु पार्टर्ीी भन्दा पछाडि नै पारेको छ । म भन्दा जुनियर पुरुषहरु राजनीतिज्ञहरुले जिम्मेवारीपर्ूण्ा स्थान पाएका छन् तर महिलाको लागि कुनै स्थान हुँदैन ।'
पार्टर्ीी उहाँले गरेको संर्घष्ाले उहाँलाई देशकै पहिलो संविधान सभाको चुनावमा लड्ने मौका दिएको छ । उहाँले चुनाव जित्नुहोला भनेर थोरैले मात्र आशा लिएको थियो किनभने उहाँको प्रतिस्पर्धा नेकपा एमालेका विद्या भण्डारीसँग थियो जसले पहिलो संसदीय चुनाव पनि जित्नुभएको थियो तर उहाँले सफलतापर्ूवक आफ्नो ठाउँ बनाउनुभयो र संविधान सभामा आफ्नो आवाज राख्ने अवसर पनि पाउनुभयो ।

सुप्रभा अब नेपालको नयाँ संविधान निर्माण प्रक्रियामा आफ्नो भूमिका निभाउन तयार भएर बस्नुभएको छ । 'जो जुनसुकै पार्टर्ीीट आएका होस्, म महिला मुद्दालाई सशक्त ढंगबाट राख्न सबै महिला सविधान सभा सदस्यसँग सहकार्य गर्नेछु ।'- उहाँले भन्नुभयो । महिलाहरु राजनीतिक पार्टर्ीी शर्ीष्ास्थ स्थानमा पुग्नलाई समय लाग्ने भए पनि उहाँ निराशाबाढी भने हुनुहुन्न । उहाँलाई विश्वास छ कि नयाँ संविधानले लिंगका मुद्दाहरुलाई समतामूलक समाजको महत्व बुझेर अगाडि लानेछ र त्यहाँ लैगिक विभेदको लागि कुनै स्थान हुने छैन ।

लक्ष्मी बस्नेत

Amrita Thapa Magar English नेपालीमा.

Bindra Hada Bhattarai English नेपालीमा.

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English नेपालीमा.

Uma Adhikari Regmi English नेपालीमा.