नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
उमा अधिकारी रेग्मी
सदस्य, संविधान सभा, नेपाली कांग्रेस
सभापति, अन्तर पार्टर्ीीहिला सञ्जाल
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
जन्म १९५४ जुन १५, गोरखा, कारेबेरी गाविस
सन् १९९० फेब्रुअरी मा नेपाली कांग्रेस र संयुक्त जनमोर्चाले ऐतिहासिक जनआन्दोलनको थालनी गर्नुभन्दा ५ दिन अगाडि काठमाडौंको मुटु रत्नपार्क हिडिरहेको बेलामा प्रहरीद्वारा गिरफ्तार हुनुभयो । उहाँ राजा वीरेन्द्रले बहुदलीय व्यवस्थाको पुनस्थापना भएको घोषणा नगरुन्जेल दर्ुइ महिना जेलमै पर्नुभयो । त्यसको ६ वर्षछि राजा ज्ञानेन्द्रको निरंकुश शासनको विरुद्ध सात राजनीतिक पार्टर्ीीको सञ्जालले फेरि देशभर आन्दोलन ग रे । त्यसै ताका सन् २००६ को जनवरीमा उमालाई फेरि पार्टर्ीीनर्देशानुसार वसन्तपुरमा विरोध पर््रदर्शनको अगुवाई गरिरहँदा पुनः पक्राउ गरे । त्यसबेला उहाँलाई दर्ुइ महिनासम्म हिरासतमा राखे ।
पञ्चायतीकालदेखि, जति जतिबेला देशमा राजनीतिक पार्टर्ीीले प्रमुख राजनीतिक आन्दोलन थाल्थे, उहाँ समातिनु हुन्थ्यो । उहाँले आफ्नो जीवनको राजनीतिक यात्रामा कुल तीन वषृ हिरासतमा बिताउनुभएकोछ । उहाँ भन्नुहुन्छ -' मैले मेरा राजनीतिको ४० वर्षा सबै प्रकारको अन्याय भोगे, श्रीमानबाट घरेलु अन्याय पाएँ, समाजबाट सामाजिक अन्याय पाएँ र पार्टर्ीीट राजनीतिक अन्याय पाएँ, किनभने म एकजना महिला हुँ ।' यी अनुभवहरुले उहाँलाई महिला अधिकारका लागि एक सशक्त योद्धा बनायो ।
उहाँको जन्म गोरखा जिल्लाको केराभेरी गाविसमा एक विशिष्ट ब्राम्हण परिवारमा तिजनामध्ये अन्तिम सन्तानको रुपमा भएको थियो । उहाँको बुबा त्यो पहाडी गाउँमा एक सामान्य किसान हुनुहुन्थ्यो र उहाँ सात वर्षो हुँदा उहाँको परिवार राम्रो जीवनको खोजीमा तर्राईतिर चितवनको गुञ्जनगर गाविसमा बर्साई र्सर्नुभएको थियो । यदि गोर्खामा नै हुँदो हो त मैले पढ्न पनि पाउँदिनथें होला र राजनीतिमा पनि आउँदिनथे होला'- उहाँ भन्नुहुन्छ । त्यतिबेला आमाबुबाहरु आफ्नो छोरीहरुलाई स्कुल पठाउँदैनथे । तर चितवनमा गइसकेपछि उहाँको दाजुले उहाँको आमा बुबालाई मैले गाउँमा ब्राम्हण परिवारका मानिसले पनि आफ्ना छोरीहरुलाई स्कुल पठाएको देखेकाु छु भनेर फकाए पछि मात्र उहाँले स्कुल जान पाउनुभयो । यसप्रकार उहाँ नौ वर्षो उमेरमा बल्ल स्कुल भर्ना हुनुभयो । यसैबेला उहाँको आमाबुबाले उहाँलाई उहाँको ११ वषर्ीया दिदीको बिहे भएकै बेला बिहे गर्राई दिने कोशिश गर्नुभएको थियो तर उहाँका बुबाआमाले उहाँलाई तिन वर्षसम्म मात्र स्कुल जाने अनुमति दिनुभयो ।
तर उमाले आफ्नो वाचा तोड्न पाउनुभयो किनभने उहाँ आफ्नो कक्षामा पहिलो हुनुभयो र उहाँको शिक्षक उहाँको घरमै आएर उहाँलाईनिरन्तर पढाउन अनुरोध गर्नुभये । यसप्रकार उहाँले एसएलसीसम्म पढ्न पाउनुभयो र त्यसपछि चितवनको भरतवपुरको एक क्याम्पसमा अर्थशास्त्र पनि पढ्नुभयो । २३ वर्षो उमेरमा उहाँ काठमाडौं आएर यहाँको महिला क्याम्पस पद्मकन्या क्याम्पसमा अर्थशास्त्र र गणित पढ्न थाल्नुभयो । दर्ुइ वर्षपछाडि शिक्ष्ँामा स्नातक गर्न त्रिभुवन विश्वविद्यालय भर्ना हुनुभयो ।
उहाँले २० वर्षो उमेरमा एक जना ब्राम्हणसँग विवाह गर्नुभयो जोसँग उहाँको आठ वर्षेखि परिचय थियो । विवाहले पनि उहाँको अध्ययनलाई बाधा पुर्याएन । एउटा छोराको जन्म भैसकेपछि उहाँले फेरि गोर्खाको एक क्याम्पसमा सहायक प्राध्यापक भएर पढाउन थाल्नुभयो । त्यसपछि उहाँले वीरेन्द्र बहुमुखी क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पसमा पनि पढाउन थाल्नुभयो । त्यसै समय उहाँले फेरि शिक्षा संकायमा स्नातकोत्तर गरी सर्वोत्कृष्ट अंक पनि ल्याउनुभयो ।
माध्यमिक तहमा पढ्दै उहाँले आफ्नो दाजुले लुकाएरलगाउने गरेको तरुण नामक भूमिगत पत्रिकामार्फ राजनीतिलाई बुझ्ेसम्म गरेको थियो । तरुण त्यसबेलाको प्रतिबन्धित नेपाली कांग्र्रेसले भारतको वाराणसीबाट प्रकाशन गर्ने गथ्र्यो । राणा विरुद्धको आन्दोलन, प्रजातन्त्रको लागि मरेर जाने शहदिहरु र विशेषगरी विश्वेश्वर प्रसाद कोइारलालाका देशका लागि गरेका संर्घष्ाको कथाहरु पढेर उहाँ ििभत्रभित्रै नेपाली कांग्रेसका कार्यकर्ता जस्तै हुनुभयो । १६ वर्षेा हुँदा त उहाँ आफ्नो विद्यालयको नेपाल विद्यार्थी संघको अध्यक्ष समेत हुनुभयो यो भनेको नेपाली कांग्रेसको विद्यार्थी संगठन हो ।
त्यस्तै प्रकारले कलेजमा पदा पनि उहाँ विद्यार्थी राजनीतिमा त्यत्तिकै सक्रिय हुनुभयो । राजनीतिक पार्टर्ीी कुनै पनि क्रियाकलापले त्यतिबेलाको एकदलीय पञ्चायती व्यवस्थाले प्रतिबन्ध लगाएको बेलामा विद्यार्थीहरु नै राज्यको विरुद्धमा आन्दोलन गर्ने एक सशक्त शक्तिको रुपमा स्थापित थियो । पद्म कन्या क्याम्पसमा भर्ना हुने वित्तिकै उहाँले नेविसंघको पहिलो क्याम्पस कमिटी त्यहाँ गठन गर्नुभयो र त्यसको अध्यक्षता पनि आफै ग्रहण गर्नुभयो । सन्१९७९ मा विभिन्न विद्यार्थी संगठनहरुले पाकिस्तानका पर्ूव प्रधानमन्त्री जुल्पिmकर अली भुट्टोको मृत्युदण्डको विरुद्धमा सञ्चालन गरिएको विद्यार्थी आन्दोलनमा उहाँले पद्म कन्या क्याम्पसको नेतृत्व गर्नुभएको थियो । पञ्चायतीकालको आफ्नो अनुभव उहाँ यसरी बताउनुहुन्छ - त्यस बेलामा आफ्नो कार्यक्रमहरु गर्न पाउने एक मात्र विद्यार्थी संगठन भनेको पञ्चायतका र्समर्थकहरुको मात्र थियो । त्यसकारण हामी क्याम्पसहरुमा पनि भूमिगत तरीकाले नै काम गर्नुपथ्र्यो । सन् १९८१ को नेविसंघको अधिवेशनमा म समातिएकी थिएँ । हिरासतमा हुँदा मेरो पेटमा रहेको बच्चा खेर गयो ।'
सन् १९९० मा बहुदलको पुनर्स्थपना भैसकेपछि सबै दलहरुले खुला वातावरणमा काम गर्न पाए तर उहाँको संर्घष्ाको अन्त्य भएन । राजनीतिक परिवर्तन पछि स् १९९१ मा भएकोचुनावमा उहाँलाई पर्वत जिल्लाको उम्मेदवारमा रुपमा टिकट दियो । उहाँले चुनाव जित्नुभयो र २०५ सांसद भित्रका ७ जना महिला मध्ये एक जना हुन पाउनुभयो । उहाँले केन्द्रीय राजनीतिमा पदार्पण गरेपछि त्यही कार्य क्षेत्रमा लागेका उहाँको श्रीमान सँगको सम्बन्ध पेशागत र राजनीतिक दुवै किसिमबाट चिसो हुन थाल्यो । त्यसबेलादेखि उहाँ आफ्नो श्रीमानबाट भिन्न एक्लै बस्दै आउनुभएको छ । उहाँ एक जना महिला एक्लै बस्दा कति गार्हो हुँदो रहेछ भन्ने कुरा यसप्रकार बताउनुहुन्छ -'नेपाली समाजमा श्रीमान र श्रीमतीको सम्बन्ध बिग्रियो भने जहिले पनि श्रीमतीलाई दोष दिइन्छ र सम्बन्ध ब्रि्रेपछि श्रीमती नै ठीक छैन भन्छ । मैले आर्थिक संकट पनि झेल्नुपथ्र्यो किनभने मैले मेरो बुबाआमाबाट सम्पत्ति पनि पाएकी थिइन र मैेले मेरो र मेरो छोराको लागि कडा परिश्रम गरे ।'
सन् २००४ मा नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघको पहिलो अध्यक्षमा निर्वाचित हुनुभएकी उहाँले खुल्ला रुपमा पार्टर्ीी आफूमाथि अन्याय गरेको कुरा बताउनुहुन्छ । 'सन् १९९१ मा मलाई पर्वतबाट चुनाव लड्ने टिकट दिइो, जहाँ म कहिल्यै गएकी पनि थिइँन । पार्टर्ीी जहिले पनि उम्मेदवारी छान्दा पुरुषलाई प्राथमिकता दिन्छ र जित्ने सम्भावना कम भएका चुनाव क्षेत्रहरुमा मात्र महिलालाई पठाइन्छ । ठूला नेताका छोरीहरुले मात्र राम्रो मौका पाउँछ । म जस्तो साधारण किसानको परिवारमा जन्मेका महिलालाई मलाई जस्तै सबैतिर विभेदमा पारिन्छ । उहाँको आरोप सही पनि हुनसक्छ किनभने अप्रिल २००८ को संविधान सभाको चुनावमा पहिलो हुने जित्ने प्रणालीमा नेपाली कांग्रेसबाट दर्ुइ जना उम्मेदवार मात्र जित्न सफल भएका थिए । नेपाली कांग्रेसले पहिलो हुने जित्ने प्रणाली अर्न्तर्गत २४० मध्ये ३७ सीट पाएका थिए ।
उमाले संविधान सभाको चुनावमा पहिलो हुने जित्ने पट्टी चितवन जिल्लाबाट चुनाव लड्न खोज्नुभएको थियो तर पार्टर्ीी टिकट दिएन । उहाँले जस्तै नेपाली कांग्रेसबाट संविधान सभामा पुेका महिला सदसहयरु समानुपातिक प्तिनिधिको सीटबाट नै गएका हुन् । उहाँ राजनीतिक पार्टर्ीीले महिलालाई विभेद गरेकोमा आलोचना गर्नुहुन्छ र भन्नुहुन्छ -'कुनै पनि पार्टर्ििे पार्टर्ीींगठनको माथिल्लो पदहरुमा महिलाहरुको समान प्रतिनिधित्व भएको छैन । हाम्रै पार्टर्ीी ६४ जना केन्द्रीय कार्यसमितिमा ७ जना मात्र महिलाले ठाउँ पाएको छ । यस अर्थमा माओवादीहरु पनि फरक छैनन् किनभने तिनीहरुको ३५ सदस्यीय केन्द्रीय समितिमा पनि दर्ुइ जना मात्र महिला सदस्यहरु छन् । नेपाली नेताहरुमा पनि विशेषगरी नेपाली कांग्रेसभित्र अझै पुरानो सामन्तवादी चिन्तन बाँकी छ ।
पार्टर्ीीमा महिलाहरुको अवस्थामा खासै परिवर्तन आउन नसकेको देखेपछि सातवटा प्रमुख दलका महिला नेतृहरुले - उमा अधिकारी, नेकपा एमालेका सहाना प्रधान, नेपाली कांग्रेसका सुप्रभा घिमिरे आदिले यस विषयमा छलफल गरी सन् २००६ को अन्तराष्ट्रिय महिला दिवस मार्च ८ का दिन अन्तरपार्टर्ीीहिला सञ्जालको गठन गरे । उमा यसको अध्यक्ष बन्नुभयो । उहाँ भन्नुहुन्छ -'यस सञ्जालको मुख्य उद्देश्य भनेको नीति निर्माण प्रक्रियामा महिलाको सहभागिता बचाउनु हो । हामी नीति निर्माण संयन्त्रहरुमा ५० प्रतिशतको सहभागिता चाहन्छौं । त्यसकारण हामी हाम्रो सञ्जालमा राजनीतिक पार्टर्ीीको बीच भएका असमानताहरुको बारेमा कुरा गर्दैनौ यस साझा सवालमा छलफल गर्र्छौ । त्यो भनेको नै महिलाहरुको राजनीतिक अधिकारमा वृद्धि हो । ' यस सञ्जालले सात राजनीतिक पार्टर्ीीको सञ्जाल र माओवादीहरुलाई शान्ति प्रक्रियामा महिला सहभागिताको लागि दबाब दिइरहेको छ ।
अप्रिल २००६ को जनआन्दोलन भाग दर्ुइ पछि बनेको सात पार्टर्ीीे संयुक्त सरकारमा महिला सहभागी नबनाएपछि, दश वटा संसदीय समितिहरुमा कुनैमा पनि महिलालाई अध्यक्ष नबनाएपछि र अन्तरिम संविधान लेख्ने समितिमा कुनै पनि महिलालाई सहभागी नबनाएपछि त्यस सञ्जालले अरु महिला अधिकारकर्मीहरुसँग आन्दोलन गरे जसको फलस्वरुप महिलाहरु सहभागी गराइए । तिनीहरुले सात पार्टर्ीी माओवादीहरुालई अन्तरिम संविधान विधेयक बनाउँदा संविधान सभामा कम्तिमा एक तिहाई महिलालाई समावेश गरिनुपर्ने मागसहित दबाब पनि दिएको थियो ।
अन्तरिम संविधानअनुसार संविधान सभामा कुल सदस्य संख्याको ३३ प्रतिशत महिला हुनर्ुपर्दछ । उक्त सञ्जालका १३ जना संस्थापक सदस्यमध्ये हाल उमा समेत गरी ८ जना संविधान सभा सदस्यहरु छन् । यद्यपि उहाँ सन्तुष्ट हुनुहुन्न किनभने राज्यका चार प्रमुख पदहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संविधान सभा अध्यक्षमध्ये कुनै पनि पदमा महिला निर्वाचित भएन । नेपाली राजनीतिमा उमाको संर्घष्ा अझै जारी छ ।
कियोको ओगुरा ।