नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
, एकीकृत नेकपा (माओवादी)
उपाध्यक्ष : वाईसीएल
पर्व ब्रिगेड कमिसार : जनमुक्ति सेना
जन्म : २०३६ साल कात्तिक ४ गते, हसपुर गाविस, गोरखा जिल्ला ।
कुरा २०५७ साल पुस ११ गतेको हो । उक्त दिन गोरखा कारागारमा बन्दी जीवन बिताइरहेकी उमा भुजेलले अन्य चारजना माओवादी महिलासँग मिलेर एउटा योजना बनाउन थाल्नुभयो । योजनाको मुख्य बिषय कारागार तोडेर कसरी भाग्ने भन्ने थियो । सयोगबश उक्त दिन माओत्सेतुङको एक सय एघारौँ जन्मजयन्ती परेको थियो । यही अवसर पारेर उहाँहरूले कारागारको पर्खाल बाहिरसम्म पुग्ने सुरुङ बनाएर भाग्ने निर्णयगर्नुभयो । यसअघि पनि उहाँहरूको दुईपटकसम्म भाग्ने प्रयास असफल भइसकेको थियो । त्यसैले कैदी जीवनबाट मुक्त हुनका लागि कसरी सुरुङ निर्माण कार्यलाई सफल पार्ने भन्नेमै ध्यान केन्द्रित भयो उहाँहरूको ।
गोरखाको एक गाउँमा बास बस्ने क्रममा २०५६ साल कात्तिकमा उहाँहरू पक्राउ पर्नुभएको थियो । उक्त कारागारको महिला सेलमा पाँचजना माओवादी महिला भए तापनि त्यहाँबाट भाग्ने कुरामा पहिलो पहल उमाले नै गर्नुभएको थियो । आफ्नो उक्त कदम सम्झँदै उहाँ भन्नुहुन्छ-"कारागारको पर्खालभित्र बस्नुभन्दा मर्नु नै बेस लाग्यो मलाई । खुला आकाशमुनि बसेर जनताका साथमा काम गर्ने इच्छाले गर्दा मैले कारागार तोड्ने विचार गरे ।" आफ्नो लक्ष्यमा सफलता हाँसिल गर्ने उद्देश्यले उमा र उहाँका साथीहरूले त्यहाँको कारागार प्रमुखसँगको सम्बन्धलाई सुमधुर बनाउने कोसिस गरे । त्यसका लागि आफूले बनाएको योजनाअनुरूप उहाँहरू चल्न थाल्नुभयो । कारागारमा सुरुङ खन्नका लागि उहाँहरूसँग कुनै औजार नभएकाले झयालको डण्डीलाई नै प्रयोग गर्नुपर्यो । आफ्नो काममा कसैले शङ्का नगरून् भनेर उहाँहरूले प्रमुखको ध्यानलाई अन्यत्र मोड्ने प्रयास गर्नुभयो । जसको लागि आफ्नो पार्टीदा बाहिरका दुईइ महिलालाई उहाँहरूले कारागारमै नियमित एउटा कक्षा लिन थाल्नुभयो । आफ्ना लक्ष्य प्राप्ति हुन लाग्दाको पछिल्ला दिनहरूमा उहाँहरूले रातभरि गीत गाएर खुसियालीसमेत मनाउनुभयो ।
चैत्र १७ गते अर्थात् काम सुरु गरेको तीन महिनामा उहाँहरूले सात फिट गहिराइ र सात फिट लम्बाइ भएको एउटा सुरुङ निर्माण गर्नुभयो । त्यही दिन बिहान उमाको नेतृत्वमा अन्य पाँचजना माओवादी महिलासहितको टोली उक्त कारागारको झयालबाट भागेर सुरुङ हुँदै बाहिर निस्कन सफल हुनुभयो । त्यहाँ तैनाथ सुरक्षागार्डले चाल नपाउने गरी बिस्तारै हिँड्नु परेकाले उहाँहरूलाई मुख्य ढोका पार गर्न ४५ मिनेटभन्दा बढी समय लागेको थियो । यद्यपि मुख्य ढोकामा बसेको एक पालेले उहाँहरूलाई देखेर गोली चलाउँदै होसियार हामीले तिमीहरूलाई घेरिसकेका छौ, त्यसैले आफ्नो हतियार बिसाएर आत्मर्समर्पण गर भनेको सुनेपछि उमाले पनि निकै बहादुरीका साथ आफ्ना साथीहरूलाई सजक गराउनुभयो । त्यसपछि उहाँहरू सकेसम्म छिटो दौडिदै भाग्न सफल हुनुभयो ।
आफ्नो आमाबुबाको सात सन्तानमध्येकी कान्छी उमाको जन्म २०३६ सालमा गोरखा जिल्लाको एक पहाडी गाउँमा भएको थियो । आफ्नो खेतिपातीले नभ्याएकाले साहूको जमिनमा अध्याय गरेर परिवार पाल्न बाध्य हुनुहुन्थ्यो उहाँका आमाबुबा । अल्पसङ्ख्यक आदिवासी जनजाति समुदायभित्रको आफू पनि एक सदस्य भएकाले सामाजिक र आर्थिकरूपमा आफ्नो परिवारलाई विभेद गरिँदै आएको उहाँले महसुस गर्नुहुन्थ्यो । डा. बाबुराम भट्टर्राई र सुरेश वाग्लेजस्ता माओवादीको जन्मथलो रहेको गोरखाकै स्थानीय एक नेतामार्फ उमाको बुबा र दाजु पनि कम्युनिस्ट पार्टी लाग्नुभएको थियो । त्यसैले उमाका लागि आफ्नो परिवार नै पहिलो गुरु बन्यो । उमाले पाँच-छ कक्षामा पढ्दादेखि नै सास्कृतिक समूहको सदस्यका रूपमा पार्टी बिभिन्न कार्यक्रममा क्रान्तिकारी गीतहरू गाउन थाल्नुभएको हो । नौ कक्षामा पुगेपछि उहाँ सयुक्त जनमोर्चा नेपालअर्न्तर्गको बिद्यार्थी सङ्गठनको क्षेत्रीय समिति सदस्य हुनुभयो । गोरखा शिक्षा क्याम्पसमा भर्ना भई त्यहाँको स्वबियु सदस्यमा निर्वाचित भएपछि उहाँको बढीजसो समय पार्टीक्रयाकलापमा नै बित्न थाल्यो । माओवादीले जनयुद्ध घोषणा गर्नुभन्दा एक वर्षपहिले उहाँ उक्त पार्टी आबद्ध हुनुभएको हो । त्यतिबेला उहाँको उमेर जम्मा १५ बर्षो मात्रै थियो ।
माओवादी जनयुद्धको सुरुका दिनदेखि नै उहाँले सक्रिय भूमिका निभाउँदै आउनुभएको छ । जनयुद्ध घोषणा भएको पहिलो दिन अर्थात् २०५२ साल फागुन १ गतेका दिन माओवादीको २५ जनाको समूहले गोरखाको एक साना किशान बैकमा आक्रमण गरेर त्यहाँको महत्वपुर्ण कागजपत्रहरू जलाइदिएका थिए । उक्त समूहमा उमा र कौशिला गुरुङ नाम गरेका दुईइ महिलामात्रै थिए । उहाँहरू स्वयसेवक दलका सदस्य हुनुहुन्थ्यो । उक्त दलको काम बिभिन्न भिडन्त सञ्चालन गर्ने, पक्राउ परेका शत्रुलाई भौतिक कारबाही गर्ने र प्रहरी चौकीमा छापा मार्नेलगायतका थिए । जनयुद्धको सुरुवात ताका माओवादीको सैन्य मोर्चातर्फनिकै कममात्रै महिला सहभागिता थियो । माओवादीका पासाङ अर्थात् नन्दकिशोर पुनले मध्यमाञ्चल क्षेत्रमा पहिलो सैन्य तालिम सञ्चालन गर्दा त्यहाँ उपस्थित महिलाको सङ्ख्या जम्मा चारमात्रै थियो ।
पार्टी जनयुद्ध सुरु गरेको डेड वर्षश्चात् उहाँ छिमेकी जिल्ला तनहुँमा सरुवा हुनुभयो । २०५५ सालमा आफू पक्राउ नपरुञ्जेल उहाँले पहिलो महिला कमाण्डरका रूपमा २५ जना पुरुष माओवादीसहितको टोलीको नेतृत्व गर्नुभयो । एउटा ठूलो सैन्य कार्बाहीका लागि माओवादीले आफ्ना केही चुनिएका सदस्यबाट मात्रै एक बिशेष कार्यदल बनाउँदा उमा र कौशिलामात्रै महिलातर्फाट त्यसमा पर्नुभएको थियो । जौबारी प्रहरी चौकीमा भएको पहिलो सैन्य कारबाहीको साथसाथै प्रहरी बलमाथि छापा मार्ने तथा एम्बुस बिछयाउने काममा पनि यी दुईइ महिला सहभागी भए । २०५४ साल फागुनमा तनहुँ जिल्लाको कालिकाटार प्रहरी चौकीमा मारिएको छापालाई उहाँ एक महत्वपुर्ण कारबाहीका रूपमा लिनुहुन्छ । सोही घटनालाई सम्झँदै उहाँ भन्नुहुन्छ- "२०५४ साल फागुनको महिना थियो । म र अर्को माओवादी साथी बिना थापाले प्रहरी चौकीका बारेमा सम्पुर्ण जानकारी बटुल्ने जिम्मा पायौँ । आफ्नो जिम्माअनुसार रातको समयमा त्यहाँ गयौँ र उक्त चौकीमा कतिजना प्रहरी छन्, उनीहरूले आफ्नो हतियार कहाँ राखेका छन्लगायतका बिषयमा रातभरि नियाल्यौँ । हामीले सङ्कलन गरेको जानकारीअनुसार अर्को दिन बेलुकी पउने दस बजे हाम्रो कमाण्डर शिशिलको नेतृत्वमा गएको २५ जनाको समूहले उक्त प्रहरी चौकीमा छापा मार्यौँ । समूहमा जम्मा तीनजना महिला थियौँ । उक्त कार्बाहीमा हामीले सफलतापर्वक ६ वटा तीन सय तीन राइफल, थुप्रै बन्दुक र बम कब्जा गर्यौ । तर सोही घटनामा हाम्रो एकजना कमरेड र बाह्रजना प्रहरीमध्येका एकको मृत्यु भएको थियो ।"
कारागार तोड्न सफल भएबित्तिकै उमालाई गोरखा र लमजुङ जिल्लामा सक्रिय दुईइवटा प्लाटुनमध्ये एकको कमाण्डर पनि बनाइएको थियो । प्लाटुन कमाण्डर भइसकेपछि उहाँको प्लाटुनले अन्य प्लाटुनसँग मिलेर गुल्मीर्,र् अघाखाँची र पर्वत जिल्लाका प्रहरी चौकीहरूमा छापा मारेको थियो । उहाँले गुल्मी जिल्लाको वामिटक्सार प्रहरी चौकीमा गरिएको आक्रमणमा सहायक कमाण्डरको भूमिका निभाउनुभएको थियो । नेपाली सेनालाई माओवादीविरुद्ध परिचालन गर्नका लागि सङ्कटकाल घोषणा गरिँदा उहाँले नेतृत्व गरेको समूहले सेनाका जवानहरूविरुद्ध एम्बुस बिछयाउने काम गर्यो । उनीहरू सेना कहिले आउँछन् भनेर सडकमा कुरेर बस्थे र देख्नेबित्तिकै पड्काउँथे । यसरी तीन ठाउँमा भएको बिस्फोटमा चारजनाको मृत्यु हुनुका साथै तीनजना घाइते भएका थिए ।
उमा पहिलोपटक २०५८ सालमा राप्ती क्षेत्रीय ब्युरो सदस्य भएर पार्टीङ्गठनका काममा जुट्न थाल्नुभयो । यसको केही महिनापश्चात् उमाको सरुवा अर्घाखँर्ची जिल्लामा जिल्ला समिति सचिवका रूपमा भएको थियो । त्यतिबेला अर्घाखँर्ची जिल्ला सदरमुकाममा भएको भिडन्तमा सेनातर्फ७० जवान र माओवादीतर्फ६४ जवानको मृत्यु भएको थियो । त्यतिबेला पनि उमाले उक्त कारबाहीका बारेमा तयारी गर्ने जिम्मेवारी पाउनुभएको थियो । यसको एक बर्षश्चात् उमा केन्द्रीय समिति सदस्य हुनुभयो र उहाँमाथि अर्घाखँर्ची र कपिलवस्तु जिल्लाको पार्टीङ्गठनको रेखदेखको जिम्मा आइलाग्यो । २०६२ साल असोजमा रुकुमको चुनबाङमा भएको केन्द्रीय समितिको बैठकद्वारा पारित निर्णयआनुसार उहाँ सैन्य बलमा आउनुभएको हो । त्यसपछि जनमुक्ति सेनाको चौथो डिभिजनको परिवर्तन स्मृति ब्रिगेडको राजनीतिक कमिसारका रूपमा उहाँ नियुक्त हुनुभयो । जनमुक्ति सेनामा त्यति ठूलो पदमा पुग्ने महिला उहाँ नै हुनुहुन्थ्यो । त्यतिबेला उमाको साथमा अमृता थापा मगर र कमला रोका मगर पनि ब्रिगेड कमिसार बनेका थिए । हाल यी तीनैजना सविधानसभा सदस्य रहेका छन् ।
२०६२ साल चैत २४ गते दोस्रो जनआन्दोलन सुरु हुनुभन्दा चार महिना पहिले मध्यमाञ्चल र पश्चिमाञ्चलका आठवटा ब्रिगेडका जनमुक्ति सेनाले एक सैन्य अभियानको थालनी गरेका थिए । चार महिना लामो उक्त अभियानको नाम गण्डकी अभियान राखिएको थियो । राजतन्त्र र यसका सुरक्षा बललाई कमजोर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त अभियानमा माओवादीले गण्डकी क्षेत्रमा थुप्रै सैन्य कारबाही सञ्चालन गर्यो । जसअर्न्तगत जिल्ला सदरमुकाममा छापा मार्नुका साथै राजधानीसँग जोडिएका राजमार्गहरूमा एम्बुस बिछयाउने काम पर्थे । माओवादीको सबैभन्दा ठूलो र अन्तिम यस अभियानमा पनि उमा सुरुदेखि नै सक्रिय रहनुभयो । पाल्पा जिल्ला सदरमुकाम तानसेन र कपिलबस्तु जिल्ला सदरमुकाम तौलिहवामा माओवादीले मारेको छापामा उहाँ पनि सहभागी हुनुहुन्थ्यो ।
उहाँको विवाह २०५३ सालमा भीमसेन पोखरेलसँग भएको थियो । तर विवाहको दोस्रो बर्षनै श्रीमानको राज्यपक्षबाट हत्या भएपछि २०५७ सालमा उमाले पुन: दोस्रो विवाह गर्नुभयो । माओवादी र सरकारबीच भएको बृहत् शान्ति सम्झौतापश्चात् जब सबै जनमुक्ति सेनाहरू अनमिनको निरीक्षणमा शिविरमा बस्न थाले, तब उहाँ योग कम्युनिस्ट लिग (वाईसीएल) को उपाध्यक्ष नियुक्त हुनुभयो । वाईसीएलको प्राय:जसो केन्द्रीय समिति सदस्यहरू जनमुक्ति सेनाका कमिसार र कमाण्डरहरू रहेका छन् । त्यसपश्चात् उहाँ समानुपातिकतर्फाट सविधानसभा सदस्य बन्नुभएको हो ।
माओवादी सेनामा लामो समयसम्म बटुलेको अनुभवले उहाँ यो दाबी गर्नुहुन्छ कि महिला पुरुषभन्दा शारीरिकरूपमा कमजोर भए तापनि मानसिकरूपमा निकै बलिया छन् । कुनै पनि महिलासँग बलियो इच्छाशक्ति हुनेमा विश्वास गर्दै उहाँ भन्नुहुन्छ-"दसबर्षो जनयुद्धभर महिलाले पुरुषभन्दा इमान्दारीपर्वक काम गरे । उनीहरूमध्ये कत्ति बलात्कृत भए त कत्तिलाई थुप्रै यातना दिइयो, तैपनि उनीहरूले कडा मेहनत गर्न छाडेनन् । मलाई अहिले पनि सेनामा काम गर्न मन छ । तर म पार्टी निर्णयनुसार चल्ने भएकाले पार्टी नै दिएको जिम्मेवारी सम्हाल्ने छु । "