नेपाली महिला
This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.
उर्मिला अर्याल
प्रमुख, महिला विभाग, नेपाल कम्युनिष्ट पार्टीीएकीकृत मार्क्सवादी-लेनिनवादी)
पूर्वमन्त्री, महिला, बालबालिका तथा समाजकल्याण
जन्म : सन् १९५६, पर्सा जिल्ला
उर्मिला अर्याललाई हेनासाथ सामान्य महिलाजस्तो लाग्दछ तर नेपालको उन्नतिका निम्ति उहाँको योगदान विशिष्ट र अनुकरणीय रहेकै कारण नेकपा एमालेको महिला विभागको उच्च पदमा आसिन हुनुहुन्छ ।
पर्साजल्लाको दक्षिणी झाखरा मसियानी गाविसमा ५ अक्टोबर, १९५६ मा जन्मनु भएकी अर्यालका बुबा बलरामप्रसाद अर्याल र आमा जगतमाया अर्यालको गाउँमा राम्रो प्रतिष्ठा थियो ।
गोरखा जिल्लाबाट अर्यालको परिवार पहिले तर्राईको मोरङ जिल्लामा बसाइ सरेको थियो । त्यसपछि पर्साँदै अन्त्यमा बारामा बसोबास गर्नुभयो । उहाँका चारजना दाजुभाइ र एकजना बहिनी हुनुहुन्थ्यो र बहिनीको धेरैअघि पहिले निधन भइसकेको छ । उहाँका बुबाआमा पनि बितिसक्नु भएको छ । अर्याल परिवार ठूलो भए पनि छोरीहरुको शिक्षाका निम्ति कममात्र महत्व दिएको थियो । उहाँका हजुरबुबा र बुबा संस्कृत पढेलेखेका हुनुहुन्थ्यो तर आधुनिक शिक्षा अर्यालको पुस्तामा मात्र आएको थियो । उहाँका दाजुभाइलाई उच्च अध्ययनका निम्ति भारततर्फपठाइएको थियो तर छोरीहरुका निम्ति यस्तो अवसर दिइएको थिएन ।
अर्यालको परिवार वीरगंजमा बसाइ र्सदा उहाँको उमेर पाँचवर्षो थियो । त्यहाँ पुग्दाको क्षण उहाँलाई अझै ताजा छ । लगातारको वषाद्बीच दिनभर उहाँहरु घोडा चढेर त्यहाँ पुग्नु भएको थियो । वीरगंजमा उहाँहरुले थोरै जमिन किन्नुभयो र अर्याललाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पठाइयो । सबै केटाकेटीले विद्यालयमा अत्यन्त राम्रो प्रगति गरे र न्यून आर्थिक अवस्था भए पनि शिक्षाका निम्ति लगानी गर्न सकेकोमा परिवारमा गर्व थियो ।
अर्यालका साहिला भाइ रामेश्वरराज अर्याल राजनीतिमा संलग्न हुनुहुन्थ्यो र राजनीतिक नेताहरुले लेखेका पुस्तकहरु घरमा लिएर आउनुहुन्थ्यो । यसले अर्यालको ध्यान आकषिर्त गर्यो । वामपन्थी विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमार्फ उहाँ १५ वर्षै उमेरमा राजनीतिमा संलग्न हुनुभयो ।
सन् १९७६ मा ठाकुरराम क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि अर्याल त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययनका निम्ति काठमाडौं आउनुभयो । यसै समयमा, सन् १९७७ र १९७८ बीचमा उहाँ स्नातकोत्तरमा गर्नैपर्ने इर्न्र्टनसीपका लागि राष्ट्रिय विकास सेवा पूरा गर्ने उद्देश्यले तनहुँ जिल्लाको पानीपोखरी पुग्नुभयो । उहाँले स्वास्थ्यमा समस्या आए पछि बीचमै इर्न्र्टनसीप त्याग्नुभयो तर अंग्रेजी मूल विषय लिएर सन् १९७९ मा एकवर्षो शिक्षा स्नातक पूरा गर्नुभयो । एकवर्षो अन्तरालमा उहाँले अर्थशास्त्रमा स्नातकोत्तर पूरा गर्नुभयो ।
ठाकुरराम क्याम्पसमा शिक्षा विषय पढ्दा क्याम्पसको युनियनमा उहाँ उपाध्यक्षमा निर्वाचित हुनुभयो । त्यसयता, उहाँले विद्यार्थी राजनीतिमा सहभागिता बढाउँदै लैजानुभयो । सन् १९७९ मा उहाँले नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) का तत्कालीन महासचिव भक्तबहादुर श्रेष्ठबाट पार्टीको सदस्यता प्राप्त गर्नुभयो र पार्टीको संस्थापक जिल्ला सदस्य बन्नुभयो ।
पञ्चायत सरकारले सबै राजनीतिक दलका गतिविधिलाई प्रतिबन्धित गरेकोले अर्यालका बुबाआमाले छोरी राजनीतिमा रहेको कारण ठूलो दबाब र आलोचनाको सामना गर्नुपर्यो । उहाँका बुबाआमाले छोरीको जतिसक्दो चाँडो मागी विवाह गरिदिने कोशिस गर्नुभयो । उहाँ दबाबलाई त्याग्न सक्ने अवस्थामा हुनुहुन्थेन । "पहिले, बुबाआमालाई स्नातक तहको पढाइ पूरा गर्न मैले विश्वस्त बनाएँ र त्यसपछि, मैले स्नातकोत्तर तहको निम्ति अनुमतिका लागि पुनः अनुरोध गरेँ । मलाई पारिवारिक मामिलामा संलग्न हुन त्यति रुची लाग्दैनथ्यो किनभने मेरो सपना बेग्लै थियो," उहाँ भन्नुहुन्छ ।
सन् १९७९ मा अर्याल अखिल नेपाल महिला संघको सम्मेलन आयोजक समितिको संयोजक बन्नुभयो । सम्मेलन सन् १९८१ मा भारतको अयोध्यामा सम्पन्न भयो र उहाँ नै संघको पहिलो अध्यक्षमा चुनिनु भयो । नेपालका झण्डै ४५ जिल्लाका प्रतिनिधिको महासम्मेलनमा सहभागिता थियो । एकीकृत नेकपा (माओवादी) का तर्फाट संविधानसभाका सदस्य पम्फा भूसाललाई सम्मेलनले महासचिवमा निर्वाचित गर्यो । "मेरो निम्ति यो निक्कै ठूलो जिम्मेवारी थियो," अर्यालले भन्नुभयो । तर पञ्चायती प्रशासन होसियार थियो र उहाँको खोजी गर्न थाल्यो ।
अर्यालले प्यूठान जिल्लाका पार्टीको तल्लो निकायमा कार्यरत यामबहादुर थापासँग सन् १९८४ मा विवाह गर्नुभयो । यी जोडीको प्रगतिशील विवाह सम्पन्न भयो । "बलराम बास्कोटाको काठमाडौं घट्टेकुलोस्थित घरमा सामान्य जमघट थियो । मेरो आफ्नै र मेरा श्रीमान्को परिवार तथा केही साथीहरुलाई निमन्त्रणा गरिएको थियो । सबैको अघिल्तिर हामीले खुशी र दुःखका दिनहरुमा एकअर्कालाई साथ दिने वाचा गरेका थियौँ," उहाँ सम्झनुहुन्छ । उहाँले विवाहमा भेला भएका मानिसलाई चिया र समोसा खुवाउन रु. ६०० भन्दा बढी नलागेको बताउनुभयो ।
यस दम्पत्तिको जीवनमा धेरै समस्या देखापरे । संर्घषका दिनहरुमा न त अर्यालको न त श्रीमान्को परिवारले नै उहाँहरुलाई सहयोग गर्यो । उहाँ पूर्णकालीन कार्यकर्ता हुनुहुन्थ्यो र उहाँका श्रीमान्को थोरै तलब थियो । त्यर्सथ काठमाडौंमा बाँच्न मुश्किल भयो । परिवारको आवश्यकता पूरा गर्न उहाँले सन् १९८५ देखि झण्डै तीनवर्षम्म कलैयामा महिला विकास अधिकृतको रुपमा काम गर्नुभयो । उहाँले अन्तर्रराष्ट्रिय गैसस बालबचाउ कोषमा १८ महिना काम गर्नुभयो । उहाँका श्रीमान्ले केहीपछि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा काम पाउनुभयो । "श्रीमान्ले मलाई पूरै सहयोग गर्नुभयो । उहाँले पूर्णकालीन राजनीति गर्नका निम्ति कामबाट राजीनामा गर्न समेत भन्नुभयो । यो मेरो निम्ति ठूलो सहयोग थियो । मैले सम्पूर्ण जागिर सन् १९८७ मा त्यागेँ र पार्टीका निम्ति काममा जुटेँ," उहाँ थप्नुहुन्छ ।
"अहिले हामी पार्टीको एउटा तहमा पुगेका छौं र मानिसले हामीलाई वाटोमा देख्दा अभिवादन समेत गर्दछन् । अन्यथा हाम्रो जीवन नर्कमा जान्थ्यो । केटाकेटीका निम्ति दूध किन्ने पैसा समेत हामीसँग हुँदैनथ्यो र वर्षा एकजोर कपडा किन्ने सामर्थ्य हामीसँग थिएन । हामीलाई ऋण पत्याउने मानिस समेत थिएनन्," आफ्ना कठिनाइका दिन सम्झदै उहाँ भन्नुहुन्छ । उहाँ विगतका कुरा खोतल्न समेत चाहनुहुन्न । उहाँ यस्तो परिस्थितिलाई जीवनकै एक हिस्साको रुपमा लिन चाहनुहुन्छ ।
अर्यालले सिराहा, महोत्तरी, चितवन र मकवानपुर जिल्लामा भूमिगतकालमा कार्य गर्नुभयो र ती दिनहरुमा भोगेका धेरै कथाहरु दिलदिमागमा अझै ताजा छन् । उहाँले प्रहरीलाई झुक्याएर गाउँले केटी वा गृहिणी भएर भाग्ने तरिका सिक्नुभएको थियो । उहाँलाई कहिलेकाँही अपरिचित मानिसका घरमा आश्रय समेत लिन बाध्य हुनुपरेको थियो ।
उहाँ सम्झनुहुन्छ, "एकपटक, सन् १९७९ मा रामपुरमा एकजना अपरिचित मानिसका घरमा मेरो साथीले मलाई लिएर जानुभयो र मेरो बारेमा केही नबताइ त्यहाँबाट हिँड्नुभयो । विहानीपख, मेरो कारण गाउँमा ठूलै हल्लीखल्ली मच्चियो, त्यसघरमा अर्को श्रीमतीको रुपमा आएको भनेर मानिसले ममाथि शङ्का गरेका थिए । अन्त्यमा, मलाई उद्धार गर्ने गाउँकै मानिसको हवाला दिनुपरेको थियो ।"
जनआन्दोलन १९९० को अवधिमा अर्यालको पार्टीीत्र आन्तरिक द्वन्द्व चर्कियो । एउटा पक्ष एकीकृत वाम मोर्चा गठन गर्न चाहन्थ्यो तर अर्को समूह यसको विपक्षमा थियो । यो विवाद अप्रिल १९९० मा बहुदलीय प्रजातन्त्रको सफल पुनर्स्थापना भए पछि पनि जारी थियो । उहाँले अर्को वामपन्थी दल नेकपा एमालेसँग आबद्ध हुने निर्णयगर्नुभयो ।
उहाँले १९९१ को पहिलो आमनिर्वाचनमा पर्साजल्लाबाट संसद सदस्यमा उम्मेदवारी दिनुभयो तर उहाँ पराजित हुनुभयो । सन् १९९४ को निर्वाचनमा उहाँले सोही निर्वाचन क्षेत्र छान्नुभयो तर नतिजा उही आयो । तर उहाँले हिम्मत हार्नुभएन र सोही स्थानमा १९९९ मा उम्मेदवार बन्नुभयो र अन्त्यमा, उहाँ प्रतिनिधिसभाको सदस्य बनेरै छाड्नुभयो ।
अर्यालले जिल्ला समितिमा झण्डै १२ वर्षकाम गर्नुभयो । पार्टीी संसदको कार्यसम्पादन र भूमिकालाई हेरेर उहाँलाई राम्रो पद उपलब्ध गराउन इच्छुक थियो । सन् २००२ मा अर्यालले पार्टीको केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिनुभयो र वैकल्पिक सदस्यमा निर्वाचित हुनुभयो । सन् २००९ मा उहाँलाई केन्द्रीय कमिटी सदस्यमा महिला कोटाबाट उम्मेदवार हुन सिफारिस गरियो तर उहाँले खुला प्रतिष्पर्धा रोज्नुभयो र विजयी बन्नुभयो । यसबाहेक, उहाँ उच्चतहको पोलिटब्युरो सदस्यमा समेत निर्वाचित हुनुभयो ।
अर्याल पार्टीको आन्तरिक द्वन्द्वले धेरैलाई पूर्ण प्रतिबद्धतासहित कार्य गर्न निरुत्साहित बनाएको धारणा राख्नुहुन्छ । उहाँका अनुसार, सक्षम पुरुष नेताहरु पार्टीको पहिल्यैदेखि गढ रहेका क्षेत्रबाट चुनाव लड्न रुचाउने गरेको र महिला अधिकारकर्मीलाई जित्ने आशा नभएका अप्ठ्यारा क्षेत्रहरुमा महिलाप्रति दया देखाएको दाबी गर्नका निम्ति पठाइने गरिन्छ । तर महिलाहरुबीच समेत अर्को तहको प्रतिष्पर्धा छ । महिलाको निम्ति स्थान थोरै छुट्याइन्छ ।
पुरुष नेताहरुले आफ्ना भाषणमा महिला अधिकारकर्मीको र्समर्थक रहेको स्वाङ पार्ने तर महिलाको क्षमताका बारेमा व्यक्तिगतरुपमा पक्षपात गर्ने गरेको उहाँको धारणा छ । महिला अधिकारकर्मीको बढी प्रचारका निम्ति उहाँ आग्रह गर्नुहुन्छ ताकि पुरुष नेताहरुले महिलाहरुको क्षमतालाई राम्रोसँग न्याय गर्न सक्षम हुनेछन् ।
पार्टीीार्यकर्तालाई कुन कुराले त्यति धेरै स्वार्थी बनायो - सन् १९९० पछि पार्टीकोताहरुले त्यागको मार्ग छाडेको र शक्ति प्राप्त गर्ने होडबाजीमा लागेको उहाँको ठम्याइ छ । कार्यकर्ताहरुले अहिले आफ्नै साथीहरुको उच्चस्तरको आर्थिक अवस्था देखिरहेका छन् । साथीको रातारात भएको परिवर्तन देखेपछि एकअर्कामा इष्र्या हुनु स्वाभाविक हो । पार्टीी नेताहरु पार्टीीसहकर्मी कार्यकर्ता वा मुलुकको भन्दा आफ्नो सुरक्षाप्रति बढी चासो दिन थालेका छन् ।
अर्याललाई सन् २००६ को २४ जुनमा दशमहिनाका निम्ति महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनाइयो । त्यसबखत नेपाली काङ्ग्रेस, नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक), नेकपा एमाले र नेपाल सद्भावना पार्टीको संयुक्त सरकार थियो र उहाँले महिलाको क्षेत्रमा परिवर्तन ल्याउने सपना देख्नुभएको थियो । उहाँले सरकारी नीतिमा केही मौलिक परिवर्तन गर्न यथार्थमै सफल हुनुभयो ।
संसद र मन्त्रिपरिषद् दुवैमा अर्यालले राष्ट्रिय महिला आयोग गठनमा महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले मानव बेचबिखन र सम्पत्ति अधिकार विधेयक पारित गर्ने, अन्तर-राज्य अनुकूलन सम्बन्धी नियमको तयारी गर्ने, ज्येष्ठ नागरिक कानुन पारित गर्ने र अपाङ्गता नीति तयार गर्ने कार्य गर्नुभयो । यी उहाँका केही प्रमुख उपलब्धी मात्र हुन् । तर उहाँसँग त्यसबखतका नमिठा सम्झना पनि छन् । "मेरा केही साथीले पार्टीको नेतृत्वसमक्ष राज्यमन्त्रीभन्दा ठूलो भूमिका दिनुपर्ने सन्देश पठाउनु भएको थियो ।"
महिला नेत्री विद्यादेवी भण्डारी रक्षामन्त्रीमा नियुक्त भए पछि उहाँलाई पार्टीको महिला विभागको प्रमुख बनाइयो । "मलाई ठूलो जिम्मेवारी दिइएको छ । हामी अहिले अधिकारकर्मी कल्याण कोष स्थापना गर्न र महिला आयआर्जनका निम्ति काम गर्न कृयाशील छौं । हामीहरु महिलाको सामाजिक जीवनको अवस्था र राजनीतिक योगदानका विषयमा कार्य गरिरहेका छौं," उहाँले भन्नुभयो ।
अर्यालले लोकतान्त्रिक महिला सञ्जालको अध्यक्षता समेत गर्नुभएको छ जसमा अधिकाँश राजनीतिक दलको प्रतिनिधित्व गर्ने ५३ जिल्लाका करिब ३०,००० सदस्य छन् । "हामीले सबै राजनीतिक दलमा आबद्ध रहनु भएका महिला अधिकारकर्मी सम्बन्धी प्रतिवेदन तयार गरेका छौं । यसबाहेक हामीसँग माथि आउने मौका नपाएका तर शिक्षित र परिश्रमी सदस्यको रर्ेकर्ड पनि छ । पार्टीका योगदान गर्ने सम्भावना रहेका ती महिलाका निम्ति मञ्च उपलब्ध गराउने योजना बनाइरहेकी छु ।"
मुलुक र पार्टीका निम्ति कार्य गर्नुभएकी अर्यालले अहिले महिला सम्बन्धी मानिसको धारणा र राष्ट्रका निम्ति उनीहरुको भूमिकामा आमुल परिवर्तन गर्नेतर्फअगाडि बढ्ने सोचाइ राख्नुभएको छ । "सायद म केही फरक देखिनेछु तर समानता, समतामुलक समाजका निम्ति भएको संर्घषमा म एक्लो देखिने मलाई थाहा छ ।"