This website is managed by Working Women Journalists (WWJ), an organization of professional women journalists in Nepal (www.wwjnepal.com). The WWJ received a donation from Toyota Foundation in Japan which has enabled it to produce these profiles and website.


उर्मिला अर्याल

प्रमुख, महिला विभाग, नेपाल कम्युनिष्ट पार्टीीएकीकृत मार्क्सवादी-लेनिनवादी)
पूर्वमन्त्री, महिला, बालबालिका तथा समाजकल्याण
जन्म : सन् १९५६, पर्सा जिल्ला

उर्मिला अर्याललाई हेनासाथ सामान्य महिलाजस्तो लाग्दछ तर नेपालको उन्नतिका निम्ति उहाँको योगदान विशिष्ट र अनुकरणीय रहेकै कारण नेकपा एमालेको महिला विभागको उच्च पदमा आसिन हुनुहुन्छ ।

पर्साजल्लाको दक्षिणी झाखरा मसियानी गाविसमा ५ अक्टोबर, १९५६ मा जन्मनु भएकी अर्यालका बुबा बलरामप्रसाद अर्याल र आमा जगतमाया अर्यालको गाउँमा राम्रो प्रतिष्ठा थियो ।
गोरखा जिल्लाबाट अर्यालको परिवार पहिले तर्राईको मोरङ जिल्लामा बसाइ सरेको थियो । त्यसपछि पर्साँदै अन्त्यमा बारामा बसोबास गर्नुभयो । उहाँका चारजना दाजुभाइ र एकजना बहिनी हुनुहुन्थ्यो र बहिनीको धेरैअघि पहिले निधन भइसकेको छ । उहाँका बुबाआमा पनि बितिसक्नु भएको छ । अर्याल परिवार ठूलो भए पनि छोरीहरुको शिक्षाका निम्ति कममात्र महत्व दिएको थियो । उहाँका हजुरबुबा र बुबा संस्कृत पढेलेखेका हुनुहुन्थ्यो तर आधुनिक शिक्षा अर्यालको पुस्तामा मात्र आएको थियो । उहाँका दाजुभाइलाई उच्च अध्ययनका निम्ति भारततर्फपठाइएको थियो तर छोरीहरुका निम्ति यस्तो अवसर दिइएको थिएन ।

अर्यालको परिवार वीरगंजमा बसाइ र्सदा उहाँको उमेर पाँचवर्षो थियो । त्यहाँ पुग्दाको क्षण उहाँलाई अझै ताजा छ । लगातारको वषाद्बीच दिनभर उहाँहरु घोडा चढेर त्यहाँ पुग्नु भएको थियो । वीरगंजमा उहाँहरुले थोरै जमिन किन्नुभयो र अर्याललाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पठाइयो । सबै केटाकेटीले विद्यालयमा अत्यन्त राम्रो प्रगति गरे र न्यून आर्थिक अवस्था भए पनि शिक्षाका निम्ति लगानी गर्न सकेकोमा परिवारमा गर्व थियो ।

अर्यालका साहिला भाइ रामेश्वरराज अर्याल राजनीतिमा संलग्न हुनुहुन्थ्यो र राजनीतिक नेताहरुले लेखेका पुस्तकहरु घरमा लिएर आउनुहुन्थ्यो । यसले अर्यालको ध्यान आकषिर्त गर्‍यो । वामपन्थी विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनमार्फ उहाँ १५ वर्षै उमेरमा राजनीतिमा संलग्न हुनुभयो ।

सन् १९७६ मा ठाकुरराम क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि अर्याल त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययनका निम्ति काठमाडौं आउनुभयो । यसै समयमा, सन् १९७७ र १९७८ बीचमा उहाँ स्नातकोत्तरमा गर्नैपर्ने इर्न्र्टनसीपका लागि राष्ट्रिय विकास सेवा पूरा गर्ने उद्देश्यले तनहुँ जिल्लाको पानीपोखरी पुग्नुभयो । उहाँले स्वास्थ्यमा समस्या आए पछि बीचमै इर्न्र्टनसीप त्याग्नुभयो तर अंग्रेजी मूल विषय लिएर सन् १९७९ मा एकवर्षो शिक्षा स्नातक पूरा गर्नुभयो । एकवर्षो अन्तरालमा उहाँले अर्थशास्त्रमा स्नातकोत्तर पूरा गर्नुभयो ।

ठाकुरराम क्याम्पसमा शिक्षा विषय पढ्दा क्याम्पसको युनियनमा उहाँ उपाध्यक्षमा निर्वाचित हुनुभयो । त्यसयता, उहाँले विद्यार्थी राजनीतिमा सहभागिता बढाउँदै लैजानुभयो । सन् १९७९ मा उहाँले नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) का तत्कालीन महासचिव भक्तबहादुर श्रेष्ठबाट पार्टीको सदस्यता प्राप्त गर्नुभयो र पार्टीको संस्थापक जिल्ला सदस्य बन्नुभयो ।

पञ्चायत सरकारले सबै राजनीतिक दलका गतिविधिलाई प्रतिबन्धित गरेकोले अर्यालका बुबाआमाले छोरी राजनीतिमा रहेको कारण ठूलो दबाब र आलोचनाको सामना गर्नुपर्‍यो । उहाँका बुबाआमाले छोरीको जतिसक्दो चाँडो मागी विवाह गरिदिने कोशिस गर्नुभयो । उहाँ दबाबलाई त्याग्न सक्ने अवस्थामा हुनुहुन्थेन । "पहिले, बुबाआमालाई स्नातक तहको पढाइ पूरा गर्न मैले विश्वस्त बनाएँ र त्यसपछि, मैले स्नातकोत्तर तहको निम्ति अनुमतिका लागि पुनः अनुरोध गरेँ । मलाई पारिवारिक मामिलामा संलग्न हुन त्यति रुची लाग्दैनथ्यो किनभने मेरो सपना बेग्लै थियो," उहाँ भन्नुहुन्छ ।

सन् १९७९ मा अर्याल अखिल नेपाल महिला संघको सम्मेलन आयोजक समितिको संयोजक बन्नुभयो । सम्मेलन सन् १९८१ मा भारतको अयोध्यामा सम्पन्न भयो र उहाँ नै संघको पहिलो अध्यक्षमा चुनिनु भयो । नेपालका झण्डै ४५ जिल्लाका प्रतिनिधिको महासम्मेलनमा सहभागिता थियो । एकीकृत नेकपा (माओवादी) का तर्फाट संविधानसभाका सदस्य पम्फा भूसाललाई सम्मेलनले महासचिवमा निर्वाचित गर्‍यो । "मेरो निम्ति यो निक्कै ठूलो जिम्मेवारी थियो," अर्यालले भन्नुभयो । तर पञ्चायती प्रशासन होसियार थियो र उहाँको खोजी गर्न थाल्यो ।

अर्यालले प्यूठान जिल्लाका पार्टीको तल्लो निकायमा कार्यरत यामबहादुर थापासँग सन् १९८४ मा विवाह गर्नुभयो । यी जोडीको प्रगतिशील विवाह सम्पन्न भयो । "बलराम बास्कोटाको काठमाडौं घट्टेकुलोस्थित घरमा सामान्य जमघट थियो । मेरो आफ्नै र मेरा श्रीमान्को परिवार तथा केही साथीहरुलाई निमन्त्रणा गरिएको थियो । सबैको अघिल्तिर हामीले खुशी र दुःखका दिनहरुमा एकअर्कालाई साथ दिने वाचा गरेका थियौँ," उहाँ सम्झनुहुन्छ । उहाँले विवाहमा भेला भएका मानिसलाई चिया र समोसा खुवाउन रु. ६०० भन्दा बढी नलागेको बताउनुभयो ।

यस दम्पत्तिको जीवनमा धेरै समस्या देखापरे । संर्घषका दिनहरुमा न त अर्यालको न त श्रीमान्को परिवारले नै उहाँहरुलाई सहयोग गर्‍यो । उहाँ पूर्णकालीन कार्यकर्ता हुनुहुन्थ्यो र उहाँका श्रीमान्को थोरै तलब थियो । त्यर्सथ काठमाडौंमा बाँच्न मुश्किल भयो । परिवारको आवश्यकता पूरा गर्न उहाँले सन् १९८५ देखि झण्डै तीनवर्षम्म कलैयामा महिला विकास अधिकृतको रुपमा काम गर्नुभयो । उहाँले अन्तर्रराष्ट्रिय गैसस बालबचाउ कोषमा १८ महिना काम गर्नुभयो । उहाँका श्रीमान्ले केहीपछि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा काम पाउनुभयो । "श्रीमान्ले मलाई पूरै सहयोग गर्नुभयो । उहाँले पूर्णकालीन राजनीति गर्नका निम्ति कामबाट राजीनामा गर्न समेत भन्नुभयो । यो मेरो निम्ति ठूलो सहयोग थियो । मैले सम्पूर्ण जागिर सन् १९८७ मा त्यागेँ र पार्टीका निम्ति काममा जुटेँ," उहाँ थप्नुहुन्छ ।

"अहिले हामी पार्टीको एउटा तहमा पुगेका छौं र मानिसले हामीलाई वाटोमा देख्दा अभिवादन समेत गर्दछन् । अन्यथा हाम्रो जीवन नर्कमा जान्थ्यो । केटाकेटीका निम्ति दूध किन्ने पैसा समेत हामीसँग हुँदैनथ्यो र वर्षा एकजोर कपडा किन्ने सामर्थ्य हामीसँग थिएन । हामीलाई ऋण पत्याउने मानिस समेत थिएनन्," आफ्ना कठिनाइका दिन सम्झदै उहाँ भन्नुहुन्छ । उहाँ विगतका कुरा खोतल्न समेत चाहनुहुन्न । उहाँ यस्तो परिस्थितिलाई जीवनकै एक हिस्साको रुपमा लिन चाहनुहुन्छ ।

अर्यालले सिराहा, महोत्तरी, चितवन र मकवानपुर जिल्लामा भूमिगतकालमा कार्य गर्नुभयो र ती दिनहरुमा भोगेका धेरै कथाहरु दिलदिमागमा अझै ताजा छन् । उहाँले प्रहरीलाई झुक्याएर गाउँले केटी वा गृहिणी भएर भाग्ने तरिका सिक्नुभएको थियो । उहाँलाई कहिलेकाँही अपरिचित मानिसका घरमा आश्रय समेत लिन बाध्य हुनुपरेको थियो ।

उहाँ सम्झनुहुन्छ, "एकपटक, सन् १९७९ मा रामपुरमा एकजना अपरिचित मानिसका घरमा मेरो साथीले मलाई लिएर जानुभयो र मेरो बारेमा केही नबताइ त्यहाँबाट हिँड्नुभयो । विहानीपख, मेरो कारण गाउँमा ठूलै हल्लीखल्ली मच्चियो, त्यसघरमा अर्को श्रीमतीको रुपमा आएको भनेर मानिसले ममाथि शङ्का गरेका थिए । अन्त्यमा, मलाई उद्धार गर्ने गाउँकै मानिसको हवाला दिनुपरेको थियो ।"

जनआन्दोलन १९९० को अवधिमा अर्यालको पार्टीीत्र आन्तरिक द्वन्द्व चर्कियो । एउटा पक्ष एकीकृत वाम मोर्चा गठन गर्न चाहन्थ्यो तर अर्को समूह यसको विपक्षमा थियो । यो विवाद अप्रिल १९९० मा बहुदलीय प्रजातन्त्रको सफल पुनर्स्थापना भए पछि पनि जारी थियो । उहाँले अर्को वामपन्थी दल नेकपा एमालेसँग आबद्ध हुने निर्णयगर्नुभयो ।

उहाँले १९९१ को पहिलो आमनिर्वाचनमा पर्साजल्लाबाट संसद सदस्यमा उम्मेदवारी दिनुभयो तर उहाँ पराजित हुनुभयो । सन् १९९४ को निर्वाचनमा उहाँले सोही निर्वाचन क्षेत्र छान्नुभयो तर नतिजा उही आयो । तर उहाँले हिम्मत हार्नुभएन र सोही स्थानमा १९९९ मा उम्मेदवार बन्नुभयो र अन्त्यमा, उहाँ प्रतिनिधिसभाको सदस्य बनेरै छाड्नुभयो ।

अर्यालले जिल्ला समितिमा झण्डै १२ वर्षकाम गर्नुभयो । पार्टीी संसदको कार्यसम्पादन र भूमिकालाई हेरेर उहाँलाई राम्रो पद उपलब्ध गराउन इच्छुक थियो । सन् २००२ मा अर्यालले पार्टीको केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दिनुभयो र वैकल्पिक सदस्यमा निर्वाचित हुनुभयो । सन् २००९ मा उहाँलाई केन्द्रीय कमिटी सदस्यमा महिला कोटाबाट उम्मेदवार हुन सिफारिस गरियो तर उहाँले खुला प्रतिष्पर्धा रोज्नुभयो र विजयी बन्नुभयो । यसबाहेक, उहाँ उच्चतहको पोलिटब्युरो सदस्यमा समेत निर्वाचित हुनुभयो ।

अर्याल पार्टीको आन्तरिक द्वन्द्वले धेरैलाई पूर्ण प्रतिबद्धतासहित कार्य गर्न निरुत्साहित बनाएको धारणा राख्नुहुन्छ । उहाँका अनुसार, सक्षम पुरुष नेताहरु पार्टीको पहिल्यैदेखि गढ रहेका क्षेत्रबाट चुनाव लड्न रुचाउने गरेको र महिला अधिकारकर्मीलाई जित्ने आशा नभएका अप्ठ्यारा क्षेत्रहरुमा महिलाप्रति दया देखाएको दाबी गर्नका निम्ति पठाइने गरिन्छ । तर महिलाहरुबीच समेत अर्को तहको प्रतिष्पर्धा छ । महिलाको निम्ति स्थान थोरै छुट्याइन्छ ।

पुरुष नेताहरुले आफ्ना भाषणमा महिला अधिकारकर्मीको र्समर्थक रहेको स्वाङ पार्ने तर महिलाको क्षमताका बारेमा व्यक्तिगतरुपमा पक्षपात गर्ने गरेको उहाँको धारणा छ । महिला अधिकारकर्मीको बढी प्रचारका निम्ति उहाँ आग्रह गर्नुहुन्छ ताकि पुरुष नेताहरुले महिलाहरुको क्षमतालाई राम्रोसँग न्याय गर्न सक्षम हुनेछन् ।

पार्टीीार्यकर्तालाई कुन कुराले त्यति धेरै स्वार्थी बनायो - सन् १९९० पछि पार्टीकोताहरुले त्यागको मार्ग छाडेको र शक्ति प्राप्त गर्ने होडबाजीमा लागेको उहाँको ठम्याइ छ । कार्यकर्ताहरुले अहिले आफ्नै साथीहरुको उच्चस्तरको आर्थिक अवस्था देखिरहेका छन् । साथीको रातारात भएको परिवर्तन देखेपछि एकअर्कामा इष्र्या हुनु स्वाभाविक हो । पार्टीी नेताहरु पार्टीीसहकर्मी कार्यकर्ता वा मुलुकको भन्दा आफ्नो सुरक्षाप्रति बढी चासो दिन थालेका छन् ।

अर्याललाई सन् २००६ को २४ जुनमा दशमहिनाका निम्ति महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनाइयो । त्यसबखत नेपाली काङ्ग्रेस, नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक), नेकपा एमाले र नेपाल सद्भावना पार्टीको संयुक्त सरकार थियो र उहाँले महिलाको क्षेत्रमा परिवर्तन ल्याउने सपना देख्नुभएको थियो । उहाँले सरकारी नीतिमा केही मौलिक परिवर्तन गर्न यथार्थमै सफल हुनुभयो ।

संसद र मन्त्रिपरिषद् दुवैमा अर्यालले राष्ट्रिय महिला आयोग गठनमा महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले मानव बेचबिखन र सम्पत्ति अधिकार विधेयक पारित गर्ने, अन्तर-राज्य अनुकूलन सम्बन्धी नियमको तयारी गर्ने, ज्येष्ठ नागरिक कानुन पारित गर्ने र अपाङ्गता नीति तयार गर्ने कार्य गर्नुभयो । यी उहाँका केही प्रमुख उपलब्धी मात्र हुन् । तर उहाँसँग त्यसबखतका नमिठा सम्झना पनि छन् । "मेरा केही साथीले पार्टीको नेतृत्वसमक्ष राज्यमन्त्रीभन्दा ठूलो भूमिका दिनुपर्ने सन्देश पठाउनु भएको थियो ।"

महिला नेत्री विद्यादेवी भण्डारी रक्षामन्त्रीमा नियुक्त भए पछि उहाँलाई पार्टीको महिला विभागको प्रमुख बनाइयो । "मलाई ठूलो जिम्मेवारी दिइएको छ । हामी अहिले अधिकारकर्मी कल्याण कोष स्थापना गर्न र महिला आयआर्जनका निम्ति काम गर्न कृयाशील छौं । हामीहरु महिलाको सामाजिक जीवनको अवस्था र राजनीतिक योगदानका विषयमा कार्य गरिरहेका छौं," उहाँले भन्नुभयो ।

अर्यालले लोकतान्त्रिक महिला सञ्जालको अध्यक्षता समेत गर्नुभएको छ जसमा अधिकाँश राजनीतिक दलको प्रतिनिधित्व गर्ने ५३ जिल्लाका करिब ३०,००० सदस्य छन् । "हामीले सबै राजनीतिक दलमा आबद्ध रहनु भएका महिला अधिकारकर्मी सम्बन्धी प्रतिवेदन तयार गरेका छौं । यसबाहेक हामीसँग माथि आउने मौका नपाएका तर शिक्षित र परिश्रमी सदस्यको रर्ेकर्ड पनि छ । पार्टीका योगदान गर्ने सम्भावना रहेका ती महिलाका निम्ति मञ्च उपलब्ध गराउने योजना बनाइरहेकी छु ।"

मुलुक र पार्टीका निम्ति कार्य गर्नुभएकी अर्यालले अहिले महिला सम्बन्धी मानिसको धारणा र राष्ट्रका निम्ति उनीहरुको भूमिकामा आमुल परिवर्तन गर्नेतर्फअगाडि बढ्ने सोचाइ राख्नुभएको छ । "सायद म केही फरक देखिनेछु तर समानता, समतामुलक समाजका निम्ति भएको संर्घषमा म एक्लो देखिने मलाई थाहा छ ।"

Amrita Thapa Magar English नेपालीमा.

Bindra Hada Bhattarai English नेपालीमा.

Chhayadevi Parajuli English नेपालीमा.

Chitra Lekha Yadav English नेपालीमा.

Dharmashila Chapagain English नेपालीमा.

Jayapuri Gharti Magar English नेपालीमा.

Kabita Bantar Sardar English नेपालीमा.

Mandira Sharma English .

Parvati Thapa Magar English नेपालीमा.

Purna Kumari Subedi English नेपालीमा.

Ramrati Ram Chamar English .

Sukdaiya Chaudhari English नेपालीमा.

Sumitra Manandhar Gurung English नेपालीमा.

Uma Adhikari Regmi English नेपालीमा.